ब्रहृमचर्य र स्वास्थ्य

 डा. राजेन्द्र भद्रा

किशोरावस्थामा साथीहरूसँग यौनसम्बन्धी गफगाफमा प्रशस्तै समय बिताएका निरजले त्यस बेला आफ्नो यौनिकतामा कुनै फरक भेटेका थिएनन् ।  अहिले उनी २५ वर्षो उमेरसम्म विवाह नै नगरी बसेका छन् । केही समयदेखि उनको संगत ब्रह्मचर्यपालन गरेका एक व्यक्तिसँग भएको छ ।

उनी बिस्तारै तिनै व्यक्तिको प्रभावमा पर्दै गएका छन् ।अहिलेसम्म यौनसर्म्पर्कको अनुभव नगरेका निरजलाई परिवारमा विवाहको दबाब बढ्दै गइरहेको छ । उनलाई यसप्रति रुचि छैन । तर विवाह नै नगरी बस्दा समाजले अनेक लाञ्छना लगाउलान् भन्ने डर पनि छ । विशेष गरेर नामर्द भन्लान् भन्ने उनलाई चिन्ता छ । अरुको यौनप्रतिको रुचि र यसको प्राप्तिका लागि मरिमेटेको तर आफूमा फरक दृष्टिकोण आएकोमा यो कतै असामान्य त होइन भन्ने पीर पनि पर्ने गरेको छ । अर्कोतिर यसरी जीवनभर यौनसर्म्पर्कमा परहेज गर्दा  स्वास्थ्यमा असर पर्छ कि भन्ने  चिन्ता पनि लाग्ने गरेको छ । हामीमध्ये कतिपयलाई अहिलेको यौनमय समाजमा निरजजस्ता व्यक्ति पनि होलान् जस्तो नै नलाग्न सक्छ । तर विभिन्न कारणले गर्दा आफ्ना अभिरुचिलाई केही सीमित घेराभन्दा बाहिर ल्याउने गरिँदैन । यौनसर्म्पर्क तथा यौनसम्बन्धलाई शारीरिक सम्बन्ध भनिने गरिए पनि वास्तवमा यो शारीरिक मात्रै होइन । शारीरिक रुपमा भएका कुरालार्इर्र्मानसिक रुपमा ग्रहण गरिएपछि भावनात्मक तालमेलले यसलाई यौनिक बनाउँछ ।

ब्रहृमचर्य के हो ?

कुनै समयमा विवाह नगर्नुलाई ब्रह्मचर्य मान्ने स्थिति थियो । किनकि विवाहबाहिर यौनसर्म्पर्क शायदै हुने गर्दथ्यो । अहिले अविवाहित हुँदाहुँदै पनि यौनसर्म्पर्क राख्ने पर्याप्त स्थिति देखिएको छ । त्यसैले अहिले ब्रह्मचर्य भनेको यौनसर्म्पर्कको अनुभव नहुनु हो भनेर परिभाषा गर्न थालेका छन् । तर यौनसर्म्पर्क नराख्नुको अर्थ ँअयौनिक’ अर्थात् असेक्सुअल ९बकभहगब० भने पक्कै नै होइन । व्यक्तिमा यौनसँग सम्बन्धित भावना पक्कै नै हुन्छन् होला, तर त्यसप्रतिको दृष्टिकोण वा प्रतिक्रियाको भिन्नतामा निकै फरक हुन्छ । त्यसैले कतिपयले ब्रम्हचर्यलाई यौनिकताको सुुसुप्त अवस्था पनि भनेका छन् ।

कहिलेकाहीँ ब्रह्मचर्यलाई यौनसर्म्पर्कबाट आफूलाई परहेज राख्ने कुरा मात्रै हो कि भन्ने सोच पनि पाइन्छ । तर यसको अर्थ फराकिलो छ । ब्रह्मचर्यर् इश्वरीय शब्द हो, यो ब्रह्म अर्थात् देवत्व प्राप्त गर्ने आचार हो । यो अविवाहित बस्नु वा यौनसर्म्पर्क नराख्नुमा सीमित छैन । ब्रह्मचर्य, यौनसम्बन्धी विचार र यौनेच्छादेखि पूर्ण् मुक्ति प्राप्त भएको स्थिति हो । एक शिद्ध ब्रह्मचारीले अन्य कुनै वस्तु वा विपरीत लिंगी व्यक्तिको र्स्पर्शमा कुनै फरक पाउँदैन । कतिपय पूर्वेली विद्वान्हरूले यौनऊर्जा

(वीय) बचाउनुपर्ने कुरा गरेका छन् । साधारणरुपमा वीय भन्नाले यौनउत्तेजनापछि चरम सुखको हाराहारीमा लिंगबाट निस्कने पदार्थलाई बुझिन्छ । तर त्यसमा मात्रै नभई ँवीय’लाई एक विशेष ऊर्जाको रुपमा लिइन्छ । यही यौनऊर्जालाई जीवनको सार तत्त्व पनि मानिन्छ । पूर्वीय प्राचीन चिकित्सा पद्धतिमा वीय उत्पादन हुने प्रक्रियामा लामो  र धेरै शक्ति खर्च हुने कुरामा विश्वास गरिन्छ । त्यसैले यसलाई खेर फाल्न नहुने र यो ऊर्जालाई बचाउनुपर्ने विश्वास गरिन्छ ।

ब्रहृमचर्य किन ?

पूर्वीय समाजमा ब्रह्मचर्यलाई निकै आदर गर्ने गरेको पाइन्छ । यसो गर्न निकै गाह्रो हुने भएर पनि हुन सक्छ । साधकले मात्रै गर्न सक्छन् । शायद यौनसर्म्पर्क नराख्ने बाचाको कारणले गंगापुत्र भीष्म’ बन्न पुगेका हुन् । हुन त ब्रह्मचर्य पालन गरी तपस्या गरेर बसेका साधकहरूलाई अप्सरा पठाएर यौनक्रियाकलापमा संलग्न हुन आकषिर्त गर्ने प्रयासका कथा धेरै सुन्ने पनि गरिन्छ । 

यौनसर्म्पर्कको परहेज विभिन्न व्यक्तिले आ-आफ्नै कारणले गर्ने भए पनि प्रायः धार्मिक वा नैतिक कारणले गर्ने गर्छन् । यौनेच्छा नभएका केही व्यक्तिको लागि त यो स्वाभाविक नै हो । त्यस्ता व्यक्तिहरु यसलाई अपनाउन अग्रसर हुने नै भए । वैदिक आश्रम प्रणालीमा गुरुकुलमा भएका चेलाले ब्रह्मचर्य पालन गर्ने प्रचलन थियो भन्ने ग्रन्थमा उल्लेख भएको पाइन्छ । योगमा यसलाई यौनऊर्जालाई स्खलनको माध्यमबाट खेर जान दिनुभन्दा बचाउनुपर्ने  कुरा गरिन्छ ।

कतिपयले यौनलाई भोक, प्यास, न्रि्रा जत्तिकै आवश्यक कुरा मान्छन् । तर कतिपयले ती कुराजस्तै यौनको वास्तविक आवश्यकता सोचिएजस्तो नभएको मान्छन् । यो कुरा पक्कै हो कि सन्तान उत्पादन गर्न र वंशजको निरन्तरताको लागि यसको विशिष्ट महत्त्व छ । एकातिर मानवले प्राप्त गर्ने सुखमध्ये यौनसर्म्पर्कबाट प्राप्त हुने यौनसुखलाई चरम सुखको संज्ञा दिइएको छ । अर्कोतिर थोरैले भए पनि यौनसर्म्पर्कपछि निराशाको अनुभव गर्ने यथार्थ पनि हाम्रा सामु छ । र्

वर्तमान समाजमा विशेष गरेर एचआईभी तथा यौनरोगको महामारी फैलिन थालेदेखि पर्ूण्ा ब्रह्मचर्यको नभए पनि विवाहपर्ूवको ब्रह्मचर्यलाई जोड दिन थालिएको छ । हुन त कतिपय व्यक्तिले पहिलेको तुलनामा कम यौनसर्म्पर्क राख्ने गरेको कुरा अध्ययनहरूबाट  देखिएको छ । तर ब्रह्मचर्यतिर आकषिर्त भएको कारणभन्दा अरु नै कारणले गर्दा यसो गरेको पनि हुन सक्छ । चिकित्सकीय, सामाजिक वा अन्य विभिन्न कारणले आफ्नो यौनेच्छालाई दबाउनुपरेको पनि हुन सक्छ ।  यसरी यौनसर्म्पर्कबाट परहेज गरेको कुरालाई  ब्रह्मचर्य भनिहाल्न मिल्दैन ।

कुनै पनि व्यक्तिलाई अन्य व्यक्तिको यौन तथा सामाजिक जीवनमा असजिलो नपारीकन आफ्नो यौनजीवन इच्छाअनुसार यापन गर्न पाउने अधिकार छ । यसमा कसैले अस्वाभाविक मान्नुपर्ने कुरा छैन । त्यसैले यो व्यक्तिगत रोजाइको कुरा हो । ब्रह्मचर्य स्वेच्छाले छनोट गरिएको यौनजीवन हो भने यसले सो व्यक्तिमा सकारात्मक प्रभाव पार्ने गर्दछ ।

ब्रहृमचर्यको असर

यौनसर्म्पर्कवाट परहेज गर्नु अनि ब्रह्मचर्य पालन गर्नु त्यसो गर्न चाहने सबैका लागि चासोको विषय हो । मानव आवश्यकताको माथिल्लो श्रेणीमा पुगिसकेका कतिपय व्यक्तिलाई यौन महत्त्वपूर्ण् नहुने भनाइ सुन्ने गरिन्छ । यस्तो स्थितिमा पुगेका व्यक्तिका लागि यौनसम्बन्धी क्रियाकलापमा सक्रिय नहुँदा पनि कुनै असजिलो नहुने र कुनै कुराको अभावको अनुभव नहुने उल्लेख छ । यसरी स्वेच्छाले ब्रह्मचर्य अपनाएका व्यक्तिलाई कुनै अभाव वा असजिलोको अनुभव हुँदैन र शारीरिक रुपमा कुनै नकारात्मक असर पर्दैन । ब्रह्ममा लीन हुन पाउने आध्यात्मिक वा नैतिक सिद्घ प्राप्तिको कुराले उसमा एक विशेष सुन्तुष्टि र परम सुखको सञ्चार गर्न सक्छ ।

अर्को पक्षलाई हेर्ने हो भने विशेष गरेर वैवाहिक वा प्रणयसम्बन्धमा असर पर्न सक्छ । ब्रह्मचर्य पालन गर्न चाहने व्यक्तिले अन्य कुनै व्यक्तिको दबाबमा वा लहैलहैमा लागेर आफ्नो रुचि वा इच्छाविरुद्ध ब्रह्मचर्य पालन गर्नतिर लाग्नुहुँदैन । फेरि ब्रह्मचर्य नै अपनाउँछु भनेर अठोट गरिसकेका व्यक्तिले परिवार वा कसैको दबाबमा आएर वैवाहिक जीवनमा बाँधिनु उचित हुँदैन । यसले विवाहमा संलग्न दुवै व्यक्तिको जीवन बरबाद हुन सक्छ । 

दबाब वा इच्छाविरुद्ध गरिएका ब्रह्मचर्य वा यौनसर्म्पर्कको परहेजबाट केही मानसिक समस्या हुन सक्छ । आफूलाई यौनसर्म्पर्कबाट कुनै असजिलो नभएको बताउने ब्रह्मचारीमा पनि चिडचिडाहटपन, अन्रि्रा, विभिन्न शारीरिक समस्या वा निराशाजस्ता लक्षणहरू देखिएको केही अनुसन्धानकर्ता बताउँछन् ।


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.