![]() |
सबैको शरीरमा जीवन बनेर दौडिरहेको रगत कुनै बेला दुर्घटना परेर वा बिरामी भई कमी हुन गएमा अरुसँग लिनुपर्ने बाध्यता पर्छ । तर जानेर वा नजानेर कतिपयले रक्तदान गर्न मान्दैनन् । जब आफू वा आफन्तलाई रगतको आवश्यकता पर्छ, त्यो बेला सञ्जीवनी बुटीजस्तो लाग्ने रगत संकलन गर्न हारगुहार गर्छन् । रक्तदानलाई जीवनदान र महादान जे भने पनि हुन्छ । मानिसको शरीरमा हरेक तीन महिनामा नयाँ रगत बन्ने र पुरानो रगत खेर जाने गर्छ । त्यही खेर जाने रगतलाई दान गर्न सक्यो भने अरुको जीवन त बच्छ नै, केही राम्रो काम गरेको आत्मसन्तुष्टि पनि हुन्छ ।
विशेष परिस्थितिमा छिमेकी मुलुक भारतको विहार राज्यको रक्सौल, बेतिया, मोतिहारी, पटनाबाट पनि रगतको माग हुने गरेको इन्चार्ज मानन्धर जानकारी दिन्छन् । महिनामा औसत ५ युनिटसम्म रगत यी ठाउँबाट माग हुन्छ । विशेषगरी निगेटिभ समूहको रगत भारतका विभिन्न ठाउँबाट माग भएपछि कहिले शोधभर्ना र कहिले संवेदनशील परिस्थितिमा यसै पनि दिएर पठाउने मानन्धर बताउँछन् । अरु बेला आफ्नो जमिन, भाषा र संस्कृतिका बेला जति विवाद गरे पनि मानिस जीवन र मृत्युको दोसाँधमा परेपछि यी सबै भौगोलिक पर्खालहरु आफ से आफ ढल्ने गर्दछन् । मानिसको संवेदनाले गर्दा एउटा देशको अपरिचित मानिसको रगत अर्को देशको अपरिचितको शरीरमा जीवन भएर दौडिन थाल्छ । त्यो क्षण साँच्चै जीवनको र्सार्थकता र आफूले केही राम्रो काम गर्न पाएको अनुभूति हुने गरेको रक्तसञ्चार केन्द्रमा २० वर्षबिताइसकेका मानन्धर बताउँछन् । विभिन्न रोगहरुको जाँच गरेर मात्र रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्न सकिन्छ । विभिन्न रोगको बारेमा जाँचेबापत सरकारी अस्पतालका बिरामीलाई ७ सय र निजी अस्पताल तथा नर्सिङहोममा भर्ना भएका बिरामीलाई ८ सय ५० रुपियाँ लिएर मात्र रगत उपलब्ध गराइन्छ । यहाँ हेपाटाइटिस बी र सी तथा एचआईभीको परीक्षण गरिन्छ । कसैको रगतमा एचआईभी पोजिटिभ भएको रगत परीक्षणबाट थाहा पाएपछि थप पुष्टिका लागि केन्द्रको काठमाडौं स्थित प्रयोगशालामा पुनः परीक्षण गरेर मात्र एचआईभी भएको भनी निक्र्योल गरेर मात्र सम्बन्धित व्यक्तिलाई बताउने गरिएको मानन्धर जनाउँछन् । रगत परीक्षणबाट यीमध्ये कुनै रोग भएको थाहा भएपछि सो रगतलाई नष्ट गरिन्छ ।
थालसेमियाका रोगीहरुलाई यहाँ निःशुल्क रगत दिने गरिएको मानन्धर बताउँछन् । मानिसको शरीरमा रगत नबन्ने रोग थालसेमिया रोगबाट विशेष गरी बच्चाहरु प्रभावित हुने गर्छन् । महिनामा करिब १३ जना थालसेमिया रोगीलाई रगत लिएबापत लाग्ने कुनै पनि प्रकारको सेवा शुल्क नलिई कुनै शोधभर्ना पनि नगरी रगत दिने गरिएको छ । थालसेमिया रोगीलाई प्रत्येक २ महिनामा १ देखि २ युनिटसम्म रगतको आवश्यकता पर्ने गरेको मानन्धर बताउँछन् । वीरगन्जको यस रक्तसञ्चार केन्द्रमा महिनामा ३ सयदेखि ३ सय ५० युनिटसम्म रगत खपत हुने गरेको छ भने विभिन्न व्यक्ति र संस्थाबाट हप्तामा ५० देखि करिब सय युनिटसम्म रगत संकलन हुने गरेको छ । संघसंस्थामार्फ रगत संकलन भए पनि व्यक्तिगत रुपमा आएर रगत दिनेहरुको संख्या निक्कै कम भएकोले कहिलेकाहीँ रगतको ठूलो अभाव हुने गरेको रेडक्रस सोसाइटी पर्सर्ाााखामा कार्यरत उदयराज शर्मा बताउँछन् । दैनिक करिब १५ जना बिरामीलाई कुनै न कुनै रुपमा रगत आवश्यक परे पनि करिब १० जनाले मात्र रगत दिने गरेकाले रगत अभाव हुने गरेको हो । सहर-बजारका नागरिकमा रक्तदान गर्नेबारे चासो बढे पनि गाउँलेहरुमा अहिले पनि रक्तदानले कमजोरी आउँछ, बिरामी परिन्छ भन्ने धारणाले जरो गाडेको छ ।
|
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |