Index

 

- रगत भारततिर पनि जान्छ 
- बच्चा पाउन सिजेरियन कति       आवश्यक ?
मनोरञ्जनका लागि आइसक्रिमको बढ्दो  प्रयोग

होमियोपेथिक अध्ययनमा बढ्दो आकर्षा

अभिशाप बन्दै छ मोटोपन

पाठेघर क्यान्सरविरुद्ध खोप उपलब्ध

रेखाको लेजी लाइफ
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स

 

 

 

रगत भारततिर पनि जान्छ 

 िबम्मी शर्मा/वीरगन्ज

त्यो मरे मरोस् म रगत दिन्न, बरु अर्कै बिहे गर्छु तर त्यसलाई रगत दिएर म मर्न चाहन्नँ ।’वीरगन्जनजिकैको सिर्सिया गाउँका देवनारायणले रोगले थलिएर मर्न लागेकी आफ्नी श्रीमतीलाई  रगत दिन इन्कार गर्दै यसो भनेका थिए ।

सबैको शरीरमा जीवन बनेर दौडिरहेको रगत कुनै बेला दुर्घटना परेर वा बिरामी भई कमी हुन गएमा अरुसँग लिनुपर्ने बाध्यता पर्छ । तर जानेर वा नजानेर कतिपयले रक्तदान गर्न मान्दैनन् । जब आफू वा आफन्तलाई रगतको आवश्यकता पर्छ, त्यो बेला सञ्जीवनी बुटीजस्तो लाग्ने रगत संकलन गर्न हारगुहार गर्छन् ।

रक्तदानलाई जीवनदान र महादान जे भने पनि हुन्छ । मानिसको शरीरमा हरेक तीन महिनामा नयाँ रगत बन्ने र पुरानो रगत खेर जाने गर्छ । त्यही खेर जाने रगतलाई दान गर्न सक्यो भने अरुको जीवन त बच्छ नै, केही राम्रो काम गरेको आत्मसन्तुष्टि पनि हुन्छ ।

पर्सा बाहेक बारा, रौतहट, र्सलाही, चितवन, मकवानपुरलगायतका जिल्लाबाट आएका रोगीहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र अन्य निजी अस्पतालहरु भरिएका हुन्छन् । दुर्घटनामा घाइते भएर वा बिरामी परेर आएका विभिन्न जिल्लाका बिरामीहरुलाई बेला-बेलामा रगतको आवश्यकता पर्छ । त्यस बेला नजिकै रहेको नेपाल रेडक्रस सोसाइटीको पर्सा सखाको रक्तसञ्चार केन्द्रमा रगतको सट्टा रगत दिएर मात्रै रगत पाइन्छ । तर केही विशेष परिस्थितिमा रक्तदान गर्ने संस्था र चिकित्सकहरुको सिफारिसमा शोधभर्ना नगरी रगत दिने गरिएको सो रक्तसञ्चार केन्द्रका इन्चार्ज प्रवीण मानन्धर बताउँछन् ।

विशेष परिस्थितिमा छिमेकी मुलुक भारतको विहार राज्यको रक्सौल, बेतिया, मोतिहारी, पटनाबाट पनि रगतको माग हुने गरेको इन्चार्ज मानन्धर जानकारी दिन्छन् । महिनामा औसत ५ युनिटसम्म रगत यी ठाउँबाट माग हुन्छ । विशेषगरी निगेटिभ समूहको रगत भारतका विभिन्न ठाउँबाट माग भएपछि कहिले शोधभर्ना र कहिले संवेदनशील परिस्थितिमा यसै पनि दिएर पठाउने मानन्धर बताउँछन् ।

अरु बेला आफ्नो जमिन, भाषा र संस्कृतिका बेला जति विवाद गरे पनि मानिस जीवन र मृत्युको दोसाँधमा  परेपछि यी सबै भौगोलिक पर्खालहरु  आफ से आफ ढल्ने गर्दछन् । मानिसको संवेदनाले गर्दा एउटा देशको अपरिचित मानिसको रगत अर्को देशको अपरिचितको शरीरमा जीवन भएर दौडिन थाल्छ । त्यो क्षण साँच्चै जीवनको र्सार्थकता र आफूले केही राम्रो काम गर्न पाएको अनुभूति हुने गरेको रक्तसञ्चार केन्द्रमा २० वर्षबिताइसकेका मानन्धर बताउँछन् ।

विभिन्न रोगहरुको जाँच गरेर मात्र रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्न सकिन्छ । विभिन्न रोगको बारेमा जाँचेबापत सरकारी अस्पतालका बिरामीलाई ७ सय र निजी अस्पताल तथा नर्सिङहोममा भर्ना भएका बिरामीलाई ८ सय ५० रुपियाँ लिएर मात्र रगत उपलब्ध गराइन्छ । यहाँ हेपाटाइटिस बी र सी तथा एचआईभीको परीक्षण गरिन्छ । कसैको रगतमा एचआईभी पोजिटिभ भएको रगत परीक्षणबाट थाहा पाएपछि थप पुष्टिका लागि केन्द्रको काठमाडौं स्थित प्रयोगशालामा पुनः परीक्षण गरेर मात्र एचआईभी भएको भनी निक्र्योल गरेर मात्र सम्बन्धित व्यक्तिलाई बताउने गरिएको  मानन्धर जनाउँछन् । रगत परीक्षणबाट यीमध्ये कुनै रोग भएको थाहा भएपछि सो रगतलाई नष्ट गरिन्छ ।

८ वषीय राजु थालसेमिया रोगबाट पीडित बालक हुन् । राजुलाई प्रत्येक दुइ महिनामा रगत चढाउनर्ुपर्छ । गरिब परिवारका भएकाले उनको परिवारले उपचार गर्न सक्दैन । त्यसैले उनलाई चढाउने रगतको जिम्मा वीरगन्जको यस रक्तसञ्चार केन्द्रले लिएको छ । राजुजस्तै अरु बच्चाहरुलाई पनि यो केन्द्रले निःशुल्क रक्तदान सेवा प्रदान गर्ने गरेको छ ।

थालसेमियाका रोगीहरुलाई यहाँ निःशुल्क रगत दिने गरिएको मानन्धर बताउँछन् । मानिसको शरीरमा रगत नबन्ने रोग थालसेमिया रोगबाट विशेष गरी बच्चाहरु प्रभावित हुने गर्छन् । महिनामा करिब १३ जना थालसेमिया रोगीलाई रगत लिएबापत लाग्ने कुनै पनि प्रकारको सेवा शुल्क नलिई कुनै शोधभर्ना पनि नगरी रगत दिने गरिएको छ । थालसेमिया रोगीलाई प्रत्येक २ महिनामा १ देखि २ युनिटसम्म रगतको आवश्यकता पर्ने गरेको मानन्धर बताउँछन् ।

वीरगन्जको यस रक्तसञ्चार केन्द्रमा महिनामा ३ सयदेखि ३ सय ५० युनिटसम्म रगत खपत हुने गरेको छ भने विभिन्न व्यक्ति र संस्थाबाट हप्तामा ५० देखि करिब सय युनिटसम्म रगत संकलन हुने गरेको छ । संघसंस्थामार्फ रगत संकलन भए पनि व्यक्तिगत रुपमा आएर रगत दिनेहरुको संख्या निक्कै कम भएकोले कहिलेकाहीँ रगतको ठूलो अभाव हुने गरेको रेडक्रस सोसाइटी पर्सर्ाााखामा कार्यरत उदयराज शर्मा बताउँछन् । दैनिक करिब १५ जना बिरामीलाई कुनै न कुनै रुपमा रगत आवश्यक परे पनि करिब १० जनाले मात्र रगत  दिने गरेकाले रगत अभाव हुने गरेको हो । सहर-बजारका नागरिकमा रक्तदान गर्नेबारे चासो बढे पनि गाउँलेहरुमा अहिले पनि रक्तदानले कमजोरी आउँछ, बिरामी परिन्छ भन्ने धारणाले जरो गाडेको छ ।

महिलालाई सुत्केरी हुँदा वा रक्तअल्पताको समस्या भएमा सबैभन्दा बढी रगतको आवश्यकता पर्छ । वीरगन्जमा पनि विभिन्न जिल्लाबाट आएकामध्ये यहाँ संकलन गरिएको रगत बढी महिलाहरुलाई नै चढाइन्छ, तर पनि यसप्रति महिलाहरुको जागरुकता भने कम देखिएको छ । प्रति १ सय जना रक्तदान गर्नेहरुमा पुरुषको संख्या ७५ रहेको छ भने महिलाहरु २५ जना मात्र रक्तदानमा सहभागी हुने गरेका छन् । व्यक्तिगत रुचिले रगत दिनेहरुको संख्या निक्कै कम रहेको छ । संकलन भएका रगतमध्ये रक्तदानमा सहयोग गर्ने विभिन्न संघसंस्थाहरुको सिफारिसमा ८० प्रतिशत रगत कुनै शोधभर्नाविना नै दिने गरिएको मानन्धरको भनाइ छ ।

पहिला स्वेच्छिक रुपमा रक्तदान गर्ने व्यक्तिहरुको अभावमा कोही अपरिचित र आर्थिक अवस्था कमजोर भएकालाई आफन्त बनाएर रगत किन्ने अवस्था रहेको थियो भने मानिसको रक्तदानप्रति बढेको रुचि र चासोले रगत किन्ने अवस्थाको अन्त्य भएको मानन्धर बताउँछन् । थाहा भएसम्म त्यस्ता व्यक्तिलाई भित्रै छिर्न नदिने र किनबेच गरेको थाहा पाएमा बरु शोधभर्नाविना नै रगत दिने गरेको उनी बताउँछन् ।

                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.