![]() |
बङ्गलादेश हुँदै नेपालको २० किलोमिटरनजिक देखा परेको छ । गत जनवरीयता मात्र नेपालसँग सीमा जोडिएको राज्य पश्चिम बंगालका १४ वटा जिल्लामा यो रोग देखा परिसकेको छ । पश्चिम बंगालका कुखुरामा बर्डफ्लु रोग देखा पर्नासाथ सो क्षेत्रमा घेराबन्दी गरी लाखौं कुखुुरा, हाँस, अण्डा नष्ट गरिए । कतिपय व्यापारीहरु रातारात कुखुरा, हाँस, अण्डा बोकेर नेपालतिर छिरे । पश्चिम बंगालका मानिसले पक्षीजन्य वस्तुहरु खान कम गरेपछि त्यहाँबाट सस्तोमा कुखुरा, हाँस, अण्डा किनेर नेपालमा बढी नाफा लिई बिक्री गर्न थालेको पाइयो । यसले नेपालमा यो रोग फैलिने खतरालाई ह्वात्तै बढाइदिएको छ । नेपालमा यो रोग भित्रिन नदिन सरकारले सीमाक्षेत्रमा कडाइ गर्यो तर पनि केही व्यापारीले एम्बुलेन्समा राखेर दार्जीलिङबाट कुखुराको मासु नेपाल भित्र्याएको पाइएको छ । बिरामी बोक्दा एम्बुलेन्सले एक हजार रुपियाँसम्म लिने गरेकोमा कुखुराको मासु ल्याउँदा पाँच हजार रुपियाँसम्म लिने गरेको सम्बद्ध व्यापारीहरुले स्थानीय प्रहरीलाई बताएका छन् । त्यस्तै गरी पश्चिम बंगालको रोगग्रस्त क्षेत्रका स्थानीय कुखुरा नेपाली कुखुरासँग मिसाएर बसबाट काठमाडौं र पोखरासम्म पुर्याउने गरेको पनि पाइएको छ । सीमाक्षेत्रमा निगरानीका बाबजुद भारतबाट लुकिछिपी अण्डाहरु ल्याउने क्रम पनि रोकिएको छैन । यसले नेपालमा संक्रामक रोग बर्डफ्लुको खतरालाई अझ नजिक्याउँदै लगेको छ ।र्
बर्डफ्लु एभिएन इन्फ्लुएन्जा भाइरसका कारणले लाग्छ । यसलाई ँहाइली पेथोजेनिक एभिएन इन्फ्लुएन्जा’ पनि भनिन्छ । यो खासगरी पक्षीहरुमा लाग्ने अति संक्रामक घातक सरुवा रोग हो । यस रोगका भाइरस सामान्यतया मानिसमा कमै मात्रामा देखा पर्छन् । कुखुरा, हाँस, र्टर्की तथा अन्य पक्षीमा यो रोग लागेपछि त्यस्ता पक्षीलाई छुने, चलाउने, काट्ने, स्याहार गर्ने, भुत्ल्याउने, बोक्नेजस्ता कार्य गरी तिनीहरुको प्रत्यक्ष सर्म्पर्कमा आउने मानिसलाई यो रोग लाग्छ । कुखुरा-हाँससँग खेल्ने केटाकेटीलाई पनि यस्तो रोग लागेको पाइएको छ । मानिसलाई यो रोग लागेपछि बचाउन मुस्किल पर्छ । यसको खासै उपचार छैन । बर्डफ्लु भाइरसको सतहमा दुइ प्रकारका प्रोटिनहरु रहेका हुन्छन् । तिनीहरु हिमाग्लुटिनिन (Haemagglutinin) र न्यूरामिनिडेज (Neuraminidase) हुन् । भिन्न प्रकारका प्रोटिनहरु भएको हुनाले यी भाइरस भिन्न प्रजातिका हुन्छन् यो भाइरसले समयअनुसार थप आक्रामक हुँदै आफ्नो स्वरुप पनि परिवर्तन गरिरहेको हुन्छ । सुरुमा H1N1 का रुपमा देखिएको यो भाइरस H5N1, H7N7 मा परिवर्तन हुँदै H9N2 को रुपमा देखा परिसकेको छ । इन्फ्लुएन्जा ए भाइरसका विभिन्न यी उपप्रजातिहरुमध्ये H5N1(एसिया) र H7N7 (युरोप)ले मानिसलाई रोग लागेको पाइएको छ । यो भाइरस रोगी कुखुराको सुलीमा तीन महिनासम्म बाँच्न सक्छ । दूषित पानीमा ४ देखि ३० दिनसम्म रहन्छ । यो भाइरसले धेरै ताप खप्न सक्तैन । ७० ड्रि्री सेल्सियसको तापक्रम तथा अम्लीय वातावरणमा यो भाइरस निष्त्रिmय हुन्छ । यस भाइरसलाई विभिन्न चलनचल्तीका रसायनहरु प्रयोग गरी सजिलैसँग नष्ट गर्न पनि सकिन्छ । यो भाइरसले घरपालुवा पक्षी कुखुरा, हाँस, र्टर्की, मैना, सुगालाई बढी प्रभाव पारेको पाइएको छ । त्यसबाहेक अरु थुप्रै जंगली चराचुरुगी र मानवबस्तीनजिक रहने भङ्गेरा, सारौँ, पानीहाँस आदिलाई पनि रोगको प्रभाव परेको पाइएको छ । त्यस्तैगरी सुँगुर, घोडा, मानिस आदिलाई पनि यसले अफ्नो प्रभावमा पारिरहेको छ ।
पछिल्लो पटक सन् १९९७ मा हङकङमा यो रोग देखा परेपछि अहिले (गत मार्च महिना) सम्म ३७२ जनामा यो रोग देखा परेको र २३५ जनाको यही रोगका कारण मृत्यु भएको प्रमाणित भएको छ । विगत १० वर्षो अवधिमा यो रोगका कारण ३७२ जना मानिस मात्र संक्रमित भएका छन् । मानवस्वास्थ्यमा थोरै मात्र प्रभाव देखिएको यो रोगका बारेमा यति धेरै चर्चा किन - यो धेरैको चासो र खुल्दुलीको विषय बनेको छ । विगत १० वर्षो अवधिमा सम्भवतः एड्सपछि सबैभन्दा बढी चर्चा भएको रोग हो यो । यस रोगको नियन्त्रणका नाममा विश्व बैंकलगायत विश्वका विभिन्न स्वास्थ्यसंस्था र सरकारले ठूलो धनराशि खर्च गरिरहेका छन् । नेपालमा पनि स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालयअर्न्तर्गत दुइ वटा एभिएन इन्फ्लुएन्जा नियन्त्रण आयोजना सञ्चालित छन् । यसरी किन यसलाई यति धेरै महत्त्व दिइएको भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो । विगत १० वर्षो अवधिमा यस रोगले मानवस्वास्थ्यमा खासै असर नपुर्याए पनि इतिहासको कालखण्डमा यसले करोडको संख्यामा मानिसको ज्यान लिएको पाइएको छ । विश्व स्वास्थ्य संघका अनुसार विगतमा ठूला तीन वटा महामारी फैलिएर धेरैको ज्यान लिएको थियो । सो संघका अनुसारसन् १९१८-१९ मा ँस्पेनिस इन्फ्लुएन्जा’ले विश्वमा ४ देखि ५ करोड मानिस मरेको अनुमान गरिएको छ । त्यतिखेर के कारणले मानिस मरे भन्ने एकिन नभए पनि पछि यो पत्ता लागेको थियो । मानवइतिहासमा यो भयानक मृत्युको घटना थियो । यस्तैगरी सन् १९५७ मा एसियन इन्फुएन्जाका कारण करिब २० लाख मानिसको मृत्यु भएको थियो भने सन् १९६८ मा हङकङ इन्फ्लुएन्जाले करिब १० लाख मानिसको मृत्यु भएको थियो । एकैचोटि ठूलो संख्यामा मानव विनाश गर्न सक्ने भएकाले पनि अहिले यो रोग फैलिन नदिन ठूलो र्सतर्कता अपनाइएको हो । पछिल्लो पटक यो भाइरस सन् १९९७ मा हङकङमा देखा परेको थियो । त्यस बेला १८ जना मानिसमा यो भाइरस संक्रमण भएकोमा ६ जनाको मृत्यु भयो । कुखुराबाट आक्रामक रुपमा यो भाइरस मानिसमा फैलिरहेको थाहा भएपछि त्यहाँ करिब १५ लाख कुखुराहरु नष्ट गरिएका थिए । यस्तै सन् २००३ मा नेदरल्यान्डका एक जना भेटेरिनरी डाक्टरको रहस्यमय मृत्यु भएपछि युरोपमा बर्डफ्लुको संक्रमण भएको अनुमान गरी त्यहाँ ठूलो सन्त्रास फैलियो । त्यसपछि यो रोग चीन, भियतनाम, थाइल्यान्ड, म्यान्मार, इन्डोनेसिया, इजिप्ट, अजरबैजान, नाइजेरिया, पाकिस्तान, र्टर्की, कम्बोडियामा फैलियो । यो रोग कुखुरामा देखा परेपछि रातारात लाखौं कुखुरामा फैलिने भएकाले यसको नियन्त्रणका लागि ठूलो क्षेत्र घेराबन्दी गरी लाखौं कुखुरा, हाँस, र्टर्की आदि तथा अण्डाहरु नष्ट गरिए । यसले उल्लिखित देशहरु खासगरी दक्षिण-पर्ूर्वी राष्ट्रको अर्थतन्त्रलाई तहसनहस नै बनाइदियो । हजारौं कुखुरा व्यवसायीहरु टाट पल्टिए । नेपालको छिमेकी भारतको गुजरातमा यो रोग र्सवप्रथम २००५ मा देखा पर्यो । त्यसपछि तिब्बत, बंगलादेशमा पनि यो रोग देखा पर्यो । यसरी फैलँदै यो रोग गत महिना नेपालको पर्ूर्वी सीमा दार्जीलिङमा पनि देखा पर्यो । यसले नेपालमा यो भाइरस फैलिने खतरा व्यापकरुपमा बढाएको छ ।
छिमेकी देशमा यो रोग देखा परेपछि नेपालमा प्रवेश गर्न नदिन व्यापक र्सतर्कता अपनाइएको पशु सेवा विभाग एभियन इन्फ्लुन्जा नियन्त्रण आयोजनाले जानकारी दिएको छ । यो आयोजनाका अनुसार रोग नियन्त्रणका लागि तर्राईका ३० वटा जिल्ला र कुखुराको बढी कारोबार हुने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र स्याङ्जा जिल्लालाई अति जोखिम र अन्य जिल्लाहरुलाई जोखिम र कम जोखिम समूहमा विभाजित गरी नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । शंकास्पद कुखुराहरुबाट नमुना संकलन गरी परीक्षणका लागि अस्ट्रेलिया, बेलायत पठाउने गरिएको छ । अहिलेसम्म पठाइएका ४ हजार १ सय १६ नमुनामध्ये कुनैमा पनि इन्फ्लुएन्जा पाइएको छैन । हुन त नेपालमै पनि यसको परीक्षण हुन्छ, तर अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि बाहिर पठाउने गरिएको हो ।र् बर्डफ्लुसम्बन्धी सरकारका प्रवक्त डा. वैकुण्ठप्रसाद पराजुली भन्नुहुन्छ- ँपशु सेवा विभागअर्न्तर्गतका क्षेत्रीय प्रयोगशालामा आधा घण्टामा बर्डफ्लु हो/होइन थाहा हुन्छ । रोग छ भन्ने भएपछि किसिम छुट्याउन बाहिर पठाउने गरिन्छ । भाइरसको एच र एन तत्त्वमध्ये एचका बारेमा नेपालमा थाहा हुन्छ र एनका बारेमा पत्ता लगाउन मात्र बाहिर पठाउनर्ुपर्छ । तर अहिलेसम्म नेपालमा यो रोगका विषाणु पाइएका छैनन् ।’ पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशकसमेत रहनुभएका डा. पराजुलीका अनुसार रोग भित्रिन सक्ने सम्भावित सीमाक्षेत्रमा कुखुरा व्यवसायी, उपभोक्ता, सशस्त्र प्रहरी, जनपद प्रहरी, पशु सेवा विभागका प्रतिनिधिहरु भएको टोली गठन गरी गस्ती सुरु गरिएको छ । यो टोलीले चोरी-पैठारी गरेको पाइएमा ठाउँमै कारबाही गर्ने अधिकार पाएको छ । केहीले अज्ञानताका कारण र केहीले नाफाका लागि गैरजिम्मेवार भएर कुखुरा, अण्डा, मासु चोरी-पैठारी गर्ने गरेको पाइएको छ । उहाँका अनुसार हाल भारतबाट पक्षीजन्य पदार्थहरु मासु, कुखुरा, हाँस, प्वाँख, अण्डा, चल्ला, भ्याक्सिन ल्याउन प्रतिबन्ध गरिएको छ । भारतमा प्रायः सेतो अण्डा नै हुने र कसैले ल्याएमा तुरुन्त थाहा हुने भएकाले नष्ट गर्ने गरिएको छ । कसै-कसैले सेतो अण्डालाई चियाको पत्तीमा रंगाएर पनि नेपाल ल्याएको तर त्यसको रंग तुरुन्तै थाहा पाएकाले अहिले यस किसिमको काम गरेको नपाइएको डा. पराजुली बताउनुहुन्छ । उहाँका अनुसार केही गरी नेपालमा बर्डफ्लु देखिएमा नियन्त्रणका लागि एक्सन प्लान तयारी अवस्थामा छ । नेपालको कुनै भागमा यो रोग फेला परेमा दैवी प्रकोप -उद्धार) ऐन २०३९ सक्रिय गरी बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुरुप सो रोग देखिएको तीन किलोमिटर क्षेत्रलाई घेरा गरी त्यसभित्रका सारा पक्षीहरु नष्ट गर्ने अधिकार छ । अहिले हरेक जिल्लाबाट हरेक हप्ता पक्षीको रोगको बारेमा प्रतिवेदन केन्द्रमा आउने गरेको र त्यसका आधारमा रोग अनुगमन गर्ने गरेको प्रवक्ता डा. पराजुली बताउनुहुन्छ ।
नेपालको २० किलोमिटर क्षेत्रमा रोग देखा परिसकेको र भारतबाट कुखुरा, अण्डा, हाँस, मासु, भ्याक्सिन आदि चोरी गरी नेपालमा ल्याउने गरेकाले नेपाल अति नै जोखिममा छ । संक्रमित क्षेत्रका कुखुराको सुली जुत्तामा टाँसिएर आए त्यसबाट पनि र्सन सक्छ । त्यस्तैगरी अण्डाको क्रेट, कुखुरा बोकेको क्रेट, गाडीमा टाँसिएको सुली, भुत्लाबाट पनि यो रोग र्सन सक्ने खतरा हुन्छ । सहरबजारमा जंगली चराहरु भारत, पाकिस्तानबाट ल्याई बेच्ने गरिएको छ । यस्ता चराहरुबाट पनि घरपालुवा पक्षीलाई रोग र्सन सक्छ । नेपालका विभिन्न ताल, नदीमा मौसमअनुसार चीन, साइबेरिया आदिबाट पनि विभिन्न चरा आई लामो समय बसेर जान्छन् । पक्षीको प्वाख, सुली, मरेको पक्षी र जिउँदो पक्षीबाटै पनि घरपालुवा वा बस्तीछेउमा बस्ने चराहरुमा रोग र्सन सक्छ । नेपाल बर्डफ्लुको अति जोखिमपर्ूण्ा क्षेत्रमा पर्ने भएकाले यसबाट बच्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट र्सतर्कता अपनाउनर्ुपर्छ । मानिस वा कुखुरामा यो रोग लागेमा कुनै विशेष उपचार छैन । विदेशमा केही एन्टिभाइरल औषधिहरु प्रयोग गरिने भए तापनि नेपालमा यी औषधिहरु उपलब्ध छैनन् । यी औषधिहरु महँगा हुनुका साथै यसका साइड इफेक्टहरु पनि धेरै भएकाले नेपालमा हाल प्रयोगको सम्भावना देखिएको छैन । इन्फ्लुएन्जा भाइरस विरुद्ध खोप विकास गर्न सकिने भए तापनि यो भाइरसले रुप परिवर्तन गरिरहने भएकाले यो खोपको प्रभावकारिता पनि खासै हुने देखिएको छैन । अहिलेको यो रोगबाट बच्ने उपाय भनेको रोग भित्रिन नदिन र्सतर्कता अपनाउनु नै हो । जनस्वास्थ्यमा घातक असर गर्ने र देशको अर्थतन्त्रमै ठूलो क्षति पुर्याउन सक्ने यो रोगको माध्यम बनेका कुखुरा, हाँस, अण्डालगायत अन्य पक्षीजन्य वस्तुहरु कसैले पनि देशमा ल्याउनुहुँदैन । व्यापारीहरुले सीमित नाफाका लागि जनस्वास्थ्य र देशको अर्थतन्त्रमा आघात पार्ने काम गर्नुहुँदैन । सहर-बजारमा जंगली चराहरु खुलारुपमा बेचेको देखिएको छ । यसले रोग सार्ने खतरा निकै भएकाले यस्ता पक्षी बेच्न प्रतिबन्ध लगाउनुका साथै र्सवसाधारणले खरिद गरेर पाल्नु पनि हुँदैन । कुखरा, हाँसहरुमा यस रोगका लक्षण देखिनासाथ सम्बन्धित पशु सेवा कार्यालयमा खबर गर्नुपर्छ । कसैले अवैधरुपमा पक्षीजन्य वस्तु ल्याएको पाइएमा सोही ठाउँमा नष्ट गरी गाडिदिनुपर्छ । नेपालमा हाल यो रोग देखा परेको छैन । कुखुराको मासु, अण्डा राम्रोसँग पकाएर खान कुनै खतरा पनि छैन । कुखुरामा रोगको लक्षण पक्षीहरुमा बर्डफ्लु देखिएमा अकस्मात्, अस्वाभाविक रुपमा धेरै कुखुराहरु मर्छन्। पक्षीमा सिँगान-र्याल देखिन्छ, टाउको सुन्निने, सिउँर-लोती नीलो रंगको हुने हुन्छ। त्यसैगरी दाना नखाने, तिर्खाउने, छर्ेर्ने, पक्षघात हुने र फुल पार्न बन्द हुने वा कमजोर बोक्रा भएको फुल पार्ने गर्छन्। जोखिममा रहेका मानिस कुखुराका फार्ममा काम गर्ने कामदार, चराचुरु·ीको औषधि उपचार गर्नेहरु यो रोग र्सर्ने जोखिममा रहेका हुन्छन्। कुखुरा तथा चराचुरुी विक्रेताहरु र पशुवधशालामा काम गर्ने व्यक्तिहरुलाई पनि यो रोग र्सर्ने खतरा हुन्छ। यो रोग जुनसुकै मानिसलाई लाग्न सक्ने भए तापनि पुराना रोगी तथा रोगसँग लड्ने क्षमता कम भएकालाई चाँडो लाग्छ। मानिसमा लक्षण मानिसमा बर्डफ्लु लागेमा श्वास फर्ेन गाह्रो हुन्छ। ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, मांसपेसी दुख्ने, आँखाको संक्रमण हुनेजस्ता लक्षणहरु देखिन्छन्। मासु, अण्डा खाने कि नखाने ? मासु तथा अण्डामा रोगका विषाणु पाइने भए तापनि ती विषाणुहरु ६० ड्रि्री सेन्टिग्रेटको तातोमा ३० मिनेटमै मर्छन्। त्यसैले राम्ररी पकाएको मासु, अण्डाबाट यो रोगका विषाणु मानिसमा र्सर्दैनन्। तर राम्ररी नपाकेको मासु, अण्डा खानुहुँदैन । यसबाट रोग र्सर्ने सम्भावना धेरै हुन्छ। त्यसैगरी रोगी वा मरेको हाँस कुखुरा खानुहुँदैन। मासु वा कुखुरा छोएपछि राम्ररी हात धुनुपर्छ। रोगका विषाणु भएमा यी वस्तुबाट श्वास-प्रश्वासमार्फ रोग र्सन सक्छ। |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |