उमेर सुहाउँदो मेकअप

 िबनु श्रेष्ठ

ब्युटिसियन

गाजल, टीका, लिपस्टिक, पाउडर लगाएर राम्री बन्ने रहर सानी नानीदेखि बूढी बज्यैसम्मलाई हुन्छ । तर आफ्नो उमेरअनुसारको मेकअप गरेमा मात्र सबैको प्रशंसाको पात्र भइन्छ । जीवनका विभिन्न अवस्थाहरु उमेरको ऐनासरह हुनाले उमेर सुहाउँदो मेकअप गरी आफ्नो व्यक्तित्व आकर्ष बनाउन्ुपर्छ ।

टिनर्एजर्सः टिनर्एजर्सले मेकअप गर्दा धेरै गाढा मेकअप गर्नुहुन्न । यो उमेरमा प्राकृतिक रुप नै सुन्दर देखिन्छ । तर्सथ यस उमेरमा हल्का तरिकाले गरिएको मेकअप नै उपयुक्त हुन्छ ।

टिनर्एजर्सले सबभन्दा पहिले अनुहार, घाँटी सफा गर्नुपर्छ । त्यसपछि बरफको टुक्रा वा चिसो पानीले अनुहार सेक्नुपर्छ । यो उमेरमा तैलीय ग्रन्थिहरु अति नै सक्रिय हुन्छन् । त्यसैले डण्डिफोर, ब्ल्याकहेड्स, चिल्लोपन आदि हुने गर्छ । बरफले सेक्दा धेरै हदसम्म चिल्लोपना, पसिना नियन्त्रण हुने गर्छ ।

बरफले सेकिसकेपछि स्किन टोनरलाई भिजेको कटनको सहायताले अनुहारमा टोनि· गर्नुपर्छ । अनि कलरलेस फाउन्डेसन लगाएर त्यसमाथि लुज पाउडर लगाउनुपर्छ । अब आँखीभौंलाई उचित आकारमा कोर्ने, अलिकति भ्यासिलिन लगाएर परेलामा ब्रस गर्ने, हल्का रंगको लिपस्टिक लगाउने कार्य गर्नुपर्छ । लिप साइनर, लिप ग्लस मात्र लगाउँदा पनि राम्रो देखिन्छ । तर विशेष अवसरहरुमा कलर फाउन्डेसन, ब्लस-अन, मस्करा, लाइनर, टीका, ग्लिटर ग्लसयुक्त अन्य प्रोडक्ट पनि प्रयोग गरी मेकअप गर्न सकिन्छ ।

बीस-तीस वर्षो उमेरः यस उमेर समूहका लागि मेकअपमा कुनै बन्देज हुँदैन । यो उमेरमा मेकअपका सम्पूर्ण विधिबारे प्रायःलाई जानकारी प्राप्त भइसकेको हुन्छ । यस उमेरमा आफ्नो इच्छा र खूबीको सही प्रयोग गरी आफूलाई सुन्दर ढंगले सजाउन सकिन्छ ।

फाउन्डेसनका विभिन्न सेड प्रयोग गरी अनुहारलाई उचित आकार दिन सकिन्छ । यस्तै हेबी आई मेकअप गर्न सकिन्छ भने ब्लस-अनको प्रयोग गर्न सकिन्छ । आई सेडोमा पनि विभिन्न सेडलाई समायोजन गरी लगाउन सकिन्छ । लिप लाइनर र लिपस्टिकका विभिन्न सेड प्रयोग गर्न सकिन्छ । पाउडरमा कमप्याक्ट, लुज साथै मिनरलयुक्त पाउडर प्रयोग गर्न सकिन्छ ।

यस प्रकार मेकअपको उद्देश्य पूरा भएपछि क्लिन्जिङ उचित ढंगबाट गरिनु आवश्यक हुन्छ । साथमा सही केयर प्रोडक्टबाट उचित देखभाल गरेर छालालाई लामो समयसम्म सुन्दर बनाउन सकिन्छ ।

चालीसभन्दा माथिको उमेरः ४० वा ४० वर्षनाघिसकेका महिलाले समयमै उचित स्याहार पाएका छन् भने उनीहरुको जवानी सौर्न्दर्य प्रायः कायमै रहेको हुन्छ । छालामा चाउरीपना, दाग-धब्बाका साथै धर्काहरु पनि त्यति देखिंदैन । तर उमेरका कारण केही न केही  धर्स्ादाग-धब्बाहरु देखिनु स्वाभाविक हो । तर्सथ यो उमेरमा पुगेपछि निम्न कुराहरुमा ध्यान दिएर मेकअप गर्नुपर्छ ।

       राति सुत्नुअघि नियमित स्किन केयर गर्नुपर्छ । भिटामिनयुक्त क्रिमबाट हल्का मसाज गर्नुपर्छ ।

       मिवाइस्चराइजिङ प्रोडक्टको प्रयोग गर्नुपर्छ ।

       बिलस-अनको प्रयोग पहेँलो-नीलो खालको अनुहारमा गर्नु जरुरी हुन्छ ।

       अई लाइनरका ठाउँमा आई पेन्सिल प्रयोग गर्नुपर्छ ।

       अइब्रोलाई बाक्लो देखाउन हल्का रंग दिनर्ुपर्छ ।

       लप ग्लस, लिप साइनरको प्रयोग होसियारी र आवश्यकताअनुरुप गर्नुपर्छ ।

       पाउन्डेसन हल्का प्रयोग गर्ने गर्नुपर्छ ।

       िदनमा आई स्याडो लाइट सेडको प्रयोग गर्नुपर्छ । त्यो पनि हल्कारुपले मात्र गर्नुपर्छ ।

       मेकअप प्राकृतिक, सभ्य र सहज खालको हुनुपर्छ ।


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.