बालबालिकामाथि मानसिक औषधिको बढ्दो प्रयोग

लरेन्स एच डिल्लर

एम.डी.

मैले सन् १९७८ देखि क्यालिफोर्नियाको वाल्नट क्रिकमा बालबालिकाको आनिबानीबारे बालचिकित्सकको रुपमा काम गर्दै आएको छु । मैले घर र विद्यालयमा स्वस्थ र सन्तुलित व्यवहार देखाउन संर्घष गर्दै आएका २ हजारभन्दा बढी बालबालिकाको उपचार र मूल्याड्ढन गरेको छु ।

 गतवर्षमात्र मैले ४ सयभन्दा बढी बालबालिकाका लागि रिटालिन र स्नायु प्रणाली एवम् मस्तिष्क उत्तेजक पार्ने औषधिहरु सिफारिस गरेको थिएँ । म तिनीहरुलाई मानसिक सम्बन्धी औषधि सिफारिस नगर्ने पक्षमा छैन । तर उपचारका लागि सम्बन्धित बालबालिकाका परिवार र डाक्टरलाई आफ्नो भूमिका निर्वाह गर्न लगाउन मलाई कहिलेकाहीँ अप्ठ्यारो महसुस भएको थियो ।

यससम्बन्धी अध्ययन तथा अनुसन्धानमा लागेर टेलिभिजन नेर्टवर्कलाई सूचना प्रदान गर्दै आएको ए.सी. निल्सेन कम्पनीले सन् १९९५ देखि १९९९ सम्मको र्सर्वेक्षणको आधारमा बालबालिकामा यस्तो औषधिको प्रयोगमा अत्यधिक वृद्धि भएको जनाएको छ ।

प्रोज्याकजस्ता औषधिको प्रयोग १८ वर्षुनिका बालबालिकाहरुमा ७४ प्रतिशत, ७-१२ वर्षउमेरकालाई १५१ प्रतिशत र ६ वर्षतथा त्योभन्दा कम उमेरका लागि ५८० प्रतिशतसम्म वृद्धि भएको छ । त्यस्तै १८ वर्षुनिकालाई मूड ठीक पार्ने लिथियमको प्रयोगमा मात्र ४० गुणा अर्थात् ४ हजार प्रतिशतले वृद्धि भएको छ । साथै नयाँ एन्टिसाइकोटिक औषधि जस्तै-  रिस्परडलको प्रयोगमा पनि वृद्धि भएको पाइएको छ ।

करिब  ५० लाख अमेरिकी बालबालिकाले अहिले मानसिक औषधि सेवन गर्ने गरेका छन् । औषधि उत्पादन एवम् औषधि बिक्री वितरण प्रशासन र राष्ट्रिय चिकित्सा निकायद्वारा गरिएको र्सर्वेक्षणले सन् १९९८ मा मात्र झन्डै ४० लाख बालबालिकाले उत्तेजक औषधि रिटालिन प्रयोग गरेको जनाएको छ ।

विगत ६० वर्षन्दा लामो समयदेखि एकाग्रता नभएका एवम् अत्यन्तै चकचके स्वभावका केटाकेटीको उपचारका लागि रिटालिनको प्रयोग हुँदै आएको छ । तर केही वर्षता केटाकेटीहरुमा विभिन्न उद्देश्यले थरी-थरीका मानसिक औषधि प्रयोग गरिंदै आएको छ । अहिले रिटालिन २/३ वर्षा कलिला बालबालिकाका लागि समेत सिफारिस हुने गरेको छ । हालै मिचिगनमा गरिएको एक र्सर्वेक्षणले यसको पुष्टि गरेको हो ।

वयष्कहरुको हीनताबोधको उपचारका लागि प्रयोग हुने गरेको औषधि प्रोज्याक (अहिले झोलमा पनि उपलब्ध), प्याक्सिल, जोलोफ्ट, बेलब्युटि्रन, इफेक्सर र सेरजोन बालबालिकाको आनिबानीका समस्याको उपचारका लागि प्रयोग भइरहेका छन् । यस्ता समस्या समाधानका लागि उच्च रक्तचापको उपचारका लागि सुरुमा बनाइएका औषधि क्लोनिडाइन (क्याटाप्रेस)को प्रयोग हुन थालेको छ ।

८ वषीय बबी पियर्रर् बुबाले मलाई आफ्नो छोराको बानी-व्यहोराबारे मूल्याड्ढन गर्न आग्रह गरे । बबीलाई तीन वटा छुट्टाछुट्टै मानसिक रोगसम्बन्धी औषधि ख्वाइएको रहेछ । बबी दुइ वर्षो छँदा नै पियर्रर्ेे उनकी पत्नी क्यारोलबीच पारपाचुके भएदेखि नै तिनीहरुबीच झगडा हुँदै आएको रहेछ । किन्टरगार्टर्ेेेखि नै विद्यालयमा बबीमा समस्याहरु देखिएको थियो । शिक्षकहरुका अनुसार बबीको अध्ययनमा वितृष्णा, अत्यन्तै चकचकेपना, ढिलो सिकाइ र एकलकाटे पारा देखिएको थियो ।

बबीको घरमा पनि विशेषगरी आफ्नी आमासँगको सम्बन्ध टाउको दुखाइको विषय बनेको थियो । उसले क्यारोललाई घृणा र प्रतिवाद गरी जे भेट्यो त्यसले हिर्काउने र टोक्ने प्रयास गथ्र्यो । ऊ आफ्नो कोठामा बाँधिएर नबस्ने र सामानहरु तोडफोड गर्ने खालको थियो ।

पियर्रे आफ्नो छोरामा विगत तीन वर्षभत्र ३ वा ४ पटक मात्र यस्तो समस्या देखेको बताए । तर बबीले आफ्नो आमामाथि भने कम्तीमा साताको एकचोटि दर्ुर्व्यवहार देखाउने गथ्र्यो । ४ वर्षो उमेरमा क्यारोलले बबीलाई चाइल्ड थेरापिस्टकहाँ लगेकी थिइन् । थेरापिस्टले बालकमा ध्यान अपुगको कारण देखिने विसंगति -एटेन्सन डिफिसिट डिर्सअर्डर- एडीडी) वा अत्यन्तै चकचकेपनाको समस्या भएको अनुमान गरिन् । थेरापिस्टले बबीलाई मातापिताको पारपाचुकेबाट पनि आघात पुगको शंका गरिन् । बबीलाई तीन वर्षम्म लगातार साप्ताहिक खेलकुद थेरापीमा संलग्न गराइयो । कहिलेकाहीँ थेरापिस्टले क्यारोललाई बबीसँग गर्ने व्यवहारबारे सरसल्लाह पनि दिने गर्थिन् ।

पियरले  थेरापिस्ट एक पटक मात्र भेटेका थिए । उनले थेरापी उपचार विधिलाई त्यति विश्वासै गरेका रहेनछन् । १७ वर्षलामो पियर्रर्ेेगको दाम्पत्य जीवनमा क्यारोल पनि लामै समयसम्म मनोरोगी रहेकी थिइन् । गम्भीर हीनताबोधको समस्याका कारण उनले चर्चित एन्टिडिप्रिसेन्ट प्रोज्याक र चिन्ता हटाउने भ्यालियमजस्तो चक्की एटिभानको प्रयोग गरेकी थिइन् ।

पाँच वर्षो उमेरदेखि बबीलाई रिटालिन ख्वाउन थालिएको थियो । उनमा विद्यालयप्रति वितृष्णा र एकलकाटेको समस्या देखिएको थियो । अन्य साथीहरुबाट छुट्टै बस्ने बबी दुइ पटक कक्षाकोठा छोडेर भागेका थिए । पछि बबीलाई अर्को उत्तेजक औषधि डेक्सेड्राइन दिइयो । तर बबीको व्यवहारमा कुनै नियन्त्रण नआएको देखिएपछि अन्ततः क्यारोलले उनलाई मनोचिकित्सककहाँ लगे । बबीको चिडचिडेपना हीनताबोधको कारण भएको अनुमान गरी मनोचिकित्सकले उनलाई अर्को औषधि बेलब्युटि्रन थपिदिए । यो औषधि धूमपानको लत छुटाउनका लागि पनि प्रयोग गरिन्छ । बेलब्युटि्रनले बबीमाथि खासै प्रभाव नगरेकाले दुइ महिनापछि यो औषधि छुटाइयो ।

बबीको समस्या यथावत् रह्यो । क्यारोलकहाँ बस्दा बबीको सुत्ने समय बेलुका साढे आठ बजे तोकिएको थियो । तर ११ बजेसम्म नसुती ऊ क्यारोलसँग खाना वा पानी मागिरहन्थ्यो । बबीलाई सुताउनका लागि एनाप|mनिल नामक न्रि्राको औषधि दिइयो । एनापनिल हीनताबोध, अनावश्यक विचारबाट पीडित एवम् अस्वाभाविक व्यवहार देखाउने जस्तै- बारम्बार हात धोइरहने वयष्कहरुलाई पनि दिइने औषधि हो । तर प्रायः कसै-कसैलाई यो औषधिको प्रभाव असहनीय हुन सक्छ । यो चक्की लिनासाथ बबी तुरुन्तै मस्त निदाउँथ्यो । तर पियर्रर्ेे उसलाई कहिलेकाहीँ मात्र यो चक्की दिने गर्थे ।

बबी ७ वर्षुग्दा क्यारोलले मस्तिष्कको परीक्षण र मानसिक रोग पत्ता लगाउन विवादास्पद उपायहरु अपनाउने र निर्धक्कसँग मानसिक औषधि प्रयोग गराउनमा कहलिएको एउटा मानसिक रोगसम्बन्धी निजी क्लिनिकमा लगे । बबी ठूलो हुँदै गइरहेको थियो । उसले एक जना बालकलाई सिसाकलमले घोचिदियो । मनोचिकित्सकले बबीको मस्तिष्कको थप परीक्षण नगरी उसलाई चर्को हीनताबोध अर्थात् बाइपोलार डिर्सअर्डर भएको जनाउँदै अर्को औषधि दिए । उनलाई दिइएको न्युरोन्टिन नामक चक्की मूड स्थिर गर्ने औषधि थियो । मनोचिकित्सकले यस औषधिले उसको रिस नियन्त्रण गर्न र उनको स्वभाव थप नब्रि्रन मद्दत पुर्‍याउने बताए ।

मैले बबीलाई पहिलो चोटि भेट्दा उसलाई बिहान एक चक्की डेक्सेड्राइन, न्युरोन्टिन दिनको तीन चक्की र राति सुत्नुअघि एनाप|mनिल एक चक्की दिइने गरिएको थियो । तर आमासँग बस्दा उसलाई अझै धेरै अर्थात् दिनको १२ चक्की औषधि दिइन्थ्यो । बुबासँग बस्दा विशेषगरी सप्ताहान्तमा उसलाई डेक्सेड्राइन र एनाप|mनिल दिइँदैनथ्यो । तर न्युरोन्टिन नदिइँदा बबीलाई टाउको दुख्ने र चिडचिडेपन देखिन सक्ने बताइएकाले पियर्रर्ेेई त्यो चक्की छुटाउन डर लाग्थ्यो ।

दुइ जना अभिभावकको अनौठो भावना र भावभक्तिको जालोमा परेको बबी निकै रिसाहा र दुःखी बच्चाको रुपमा देखिएको थियो । ऊ हर्ुकाउनका लागि सजिलो बच्चा होइन । विशेषगरी आफंै हीनताबोधबाट पीडित क्यारेललाई बबीलाई सम्हाल्न हम्मे नै परिसकेको थियो ।

बबीको कथाले उनको अजीवको रोगको मात्र हैन अमेरिकामा बालबालिकालाई आवश्यक परीक्षण नगरिएका डरलाग्दा मनोरोगका औषधि दिने नराम्रो प्रचलनलाई पनि उजागर गरेको छ । अचेल त्यहाँ ३ वर्षा बालबालिकामा समेत बाइपोलार डिर्सअर्डर देखिएको भन्दै बालरोग विशेषज्ञहरुले पुरानो औषधि लिथियमको सट्टा बालबालिकामा परीक्षण नभइसकेको न्युरोन्टिन वा डिपाकोटेजस्ता चक्कीहरु निर्धक्क सिफारिस गरिरहेका छन् । तर दिग्भ्रम र मानसिक रोग नभई अति चकचके स्वभावका बालबालिकालाई रिर्स्पर्डल नामक मनोरोगको औषधि दिने प्रचलन बढेको छ ।

वास्तवमा ठ्याक्कै कति बालबालिकाले स्नायु शिथिल पार्ने औषधि प्रयोग गरिरहेका छन् भन्ने थाहा नभए पनि सन् १९९६ को पछिल्लो र्सर्वेक्षणमा १५ लाख बालबालिकाले यस्ता औषधि प्रयोग गरिरहेको उल्लेख गरिएको छ । तीमध्ये अधिकांश किशोरीहरु थिए । र, अन्य २ लाखभन्दा बढी १२ वर्षुनिका बालबालिका रहेका थिए । सन् १९९६ यता यस्ता औषधिको प्रयोग गर्ने बालबालिकाको संख्या प्रत्येक वर्षबढ्दै गइरहेको छ । 

नयाँ-नयाँ अनुसन्धानबाट तयार पारिएका नामै थाहा नभएका औषधिहरु पनि बालबालिकामाथि प्रयोग भइरहेको छ । केही डाक्टरहरुले रोगका लक्षण भगाउने नाममा त्यस्ता औषधि सिफारिस गरिरहेका छन् । अमेरिकामा रिटालिनजस्ता औषधि विश्वभरकै तुलनामा ८० प्रतिशत खपत भइरहेको छ । क्यानडामा त्यसको खपत ४० प्रतिशत रहेको छ । युरोप र औद्योगिक एसियाली मुलुकमा केवल ८ प्रतिशत यस्ता औषधि खपत हुने गरेको छ ।

अनुवादः ओमशंकर

स्रोत: इन्टरनेट

 


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.