Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

टप टेन फुड्स

 अमेरिकाका डा. जोनी बोउडिन ९व्यललथ द्ययधमभल० ले मानिसले खानुपर्ने स्वास्थ्यवर्द्धक खानेकुराको लामो सूची तयार गरेका छन् । तर उनले तयार गरेको सूचीमा पर्ने खानेकुरालाई मानिसले ध्यान दिएर खाने गरेको पाइँदैन । डा. बोउडिन पोषणविज्ञ हुन् । उनी ँस्वास्थ्यवर्द्धक १५० खानेकुरा’ पुस्तकका लेखक पनि हुन्, जुन पुस्तक अत्यधिक मात्रामा बिक्री भएको थियो । उनले तयार गरेको सूचीमध्ये महत्त्वपर्ूण्ा १० वटा खानेकुराका बारेमा यहाँ जानकारी दिइएको छ, जसलाई स्वास्थ्यवर्द्धक एवम् औषधियुक्त खानेकुुराका रुपमा लिइएको छ ।

दालचिनी

दालचिनी-तेजपातले मधुमेह र कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत गर्छ । यसलाई कफी वा जौबाट बन्ने खानेकुरामा राखेर खानु फाइदाजनक हुन्छ ।

गान्टेमूला

गान्टेमूला प्राकृतिक रेड पिग्मेन्टको राम्रो स्रोत भएकाले यसको क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यसलाई काँचै सलाद बनाएर खाँदा लाभदायक हुन्छ । तर ताप दिएमा अर्थात् पकाएमा यसको एन्टिअक्सिडेन्ट पावर घट्छ । त्यसैले काँचै खानु राम्रो मानिन्छ ।

अनारको जुस

अनारको जुसले रक्तचाप कम भएको व्यक्तिलाई रक्तचाप बढाउन मद्दत गर्छ । साथै कोशिकाहरुको क्षति हुनबाट बचाउने तत्त्व अर्थात् एन्टिअक्सिडेन्ट पावर बढाउँछ । जुस पिएर खाने हुनाले सेवन गर्न पनि सजिलो हुन्छ ।

 बेसार

बेसारलाई ँसुपर स्टार अफ स्पाइसेस’ भनिन्छ । यो क्यान्सरविरुद्ध र उष्णताविरुद्ध लड्ने क्षमता भएको वस्तु हो । यसलाई तरकारीलाई पहेँलो पारेर राम्रो देखाउन मात्र प्रयोग गरिने होइन कि रोगविरुद्ध औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई तरकारीमा वा अण्डामा हालेर सेवन गर्ने गरिन्छ ।

फर्से बीयाँ

फर्सर्ीीे सबैभन्दा पोषणयुक्त पदार्थ यसको बीयाँ हो । यसको सेवनले आयु लम्ब्याउँछ । अर्थात् चाँडै मर्ने जोखिमलाई न्यून गर्छ । यसलाई भुटेर स्न्याकको रुपमा वा छोडाएर सलादको रुपमा पनि खान सकिन्छ ।

सुकेको आरुबखडा

आरुबखडा सोझै खान सकिन्छ । कलेजी रंगको गाढा आरुबखडा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ सुकाइएको यस्तो आरुबखडा झनै स्वास्थ्यवर्द्धक हुन्छ । यसले एन्टिअक्सिडेन्टको काम गर्ने हुनाले कोशिकाहरु नष्ट हुनबाट बचाउन

मद्दत मिल्छ ।

बन्दा

बन्दा पोषणशक्तिले भरिएको हुन्छ । यसमा भएको रासायनिक तत्त्वले क्यान्सर हुनबाट बचाउन सक्छ । मसिनो झुरा गरी काटेको बन्दालाई बर्गर वा स्यान्डविचमाथि र्छर्केर खान सकिन्छ । बन्दालाई मात्रै सलादको रुपमा पनि खान सकिन्छ ।

पोजन ब्लुबेरिज

प्रिmजमा राखिएको फलफूल वा तरकारीको केही पोषण तत्त्व नष्ट हुने भए पनि सामान्य चिसोमा नब्रि्रने गरी राखिएको प|mोजन ब्लुबेरीले स्मरणशक्ति बढाएको अध्ययनले देखाएको छ । यसलाई दहीमा घोलेर माथिबाट बदाम ९ब्lmयलम० को टुक्रा छरी खान सकिन्छ ।

हेरिङ माछा (Sardines)

यो सानो जातको माछा हो । डा. बोउडिनले यसलाई क्यानमा भएको स्वस्थकर खानाको संज्ञा दिएका छन् । यसमा ओमेगा-३ को मात्रा उच्च हुन्छ । क्याल्सियमयुक्त यस माछामा मर्करी हुँदैन । यस माछामा लौहतत्त्व, म्याग्नेसियम, फोस्फोरस, पोटासियम, जिड्ढ, कपरका साथै भिटामिन ँबी’ पनि प्रशस्त पाइन्छ । त्यसैले यस माछालाई स्वस्थकर मानिएको छ ।  यसलाई सलादमा मिसाएर वा अन्य तरिकाले

खान सकिन्छ ।

 स्वीस चार्ड

यो हरियो पात भएको एक किसिमको साग हो । यसमा क्यारोटेनोइड्स ९ऋबचयतभलयष्मक० तत्त्व हुने भएकाले यसको सेवनले उमेरका कारण आँखा कमजोर हुने समस्याबाट बचाउँछ । यसलाई जैतुनको तेलमा सामान्य किसिमले तारेर खाँदा राम्रो हुन्छ ।

प्रस्तुतिः रोहिणी/स्रोतः हेल्थ नेट

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.