Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

 

तल्लो पेट दुख्ने समस्या

 डा. सुमनराज ताम्राकार

 स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 नर्सिङ विषयको प्रमाणपत्र तहमा अध्ययनरत रमिलाको एक्कासि तल्लो पेट दुख्न थालेपछि उनलाई साथीहरुले अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याए । आवश्यक जाँच गरेर पीडा कम गर्ने इन्जेक्सन दिएपछि उनले निकै आराम महसुस गरिन् ।

किशोरी अवस्थामा पुगेकाहरुमध्ये करिब १० प्रतिशतमा तल्लो पेट दुख्ने समस्या हुन्छ । महिनावारीका समयमा तल्लो पेटमा कडा  पीडा हुने यस समस्यालाई डिस्मेनोरिया पनि भनिन्छ । डिस्मेनोरिया अर्थात् पीडादायी महिनावारी महिनावारीका बेला कुनै कारणविना -प्राथमिक) र कारक तत्त्वसहितको -सेकेन्डरी) गरी दर्ुइ प्रकारको हुन्छ । यो समस्याका कारण कतिपय किशोरी वा महिलाले प्रत्येक महिना अनाहकमा शारीरिक तथा मानसिक तनाव बेहोर्न बाध्य हुनर्ुपर्छ ।

चिकित्साशास्त्रको भाषामा महिनावारीको बेला तल्लो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । यसले व्यावहारिक रुपमा किशोरी वा महिलाको दैनिक क्रियाकलापमा असर पुग्ने गरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ ।

नेपालको पर्रि्रेक्ष्यमा किशोरी तथा सम्भ्रान्त परिवारका महिलाहरुमा ढिलो विवाह गर्ने तथा कम बच्चा पाउने कारण व्यापकरुपमा यो समस्या हुने गरेको छ ।  यो समस्या गाउँघर तथा दर्ुगम क्षेत्रका किशोरी तथा महिलाहरुलाई पनि हुने गर्छ तर  स्वास्थ्य चेतनाको अभावमा तथा स्वास्थ्यजाँच एवम् उपचारका लागि प्रकाशमा नआउने भएकाले वास्तविक रुपमा पीडितहरुको संख्या सोचेभन्दा निकै धेरै छ ।

प्राथमिक प्रकारको डिस्मेनोरिया

यसप्रकारको डिस्मेनोरियामा जननेन्द्रियमा स्पष्टरुपमा कुनै समस्या देखिंंदैन । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलाहरुमा यस्ता खाले डिस्मेनोरिया हुन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिरिनजस्ता कतिपय पीडा कम गर्ने औषधिको प्रचलनपछि यस्ता खाले डिस्मेनोरियामा उल्लेखनीय रुपमा कमी

आएको छ ।

प्रायः किशोरी अवस्थामा हुने, डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक प्रकारको डिस्मेनोरियामा सानो पेट दुख्न सुरु हुनुको कारण वास्तविक रुपमा थाहा हुन सकेको छैन । गर्भावस्था तथा सुत्केरी भएपछि निराकरण हुने यस्ता खाले डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याइ तथा पाठेघरमा अक्सिजन अभाव हुनाले हुने गरेको विश्वास गरिएको छ ।

किशोरी अवस्थामा हुने मानसिक तनाव, चिन्ता एवम् पीडा खप्न सक्ने क्षमतामा कमीका साथै पाठेघरको मुख साँगुरिने, जन्मजातरुपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्यधिक मात्रामा भ्यासोप्रेसिन -पाठेघर खुम्च्याइलाई बढाउने रासायनिक पदार्थ) तथा प्रोस्टाग्लान्डिन

-पाठेघरको मध्यम तहमा रक्तसञ्चार घटाउने रासायानिक पदार्थ) को उत्पादनले गर्दा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ ।

महिनावारी सुरु भएको २ वर्षम्म यस्ता खाले डिस्मेनोरिया हुन सक्छ । प्रभावित किशोरीकी आमा तथा दिदीलाई पनि यस्तै समस्या भएको हुन सक्छ । यो समस्या सम्भ्रान्त परिवारक महिलामा बढ्ता देखिन्छ ।

प्राथमिक प्रकारको डिस्मेनोरिया महिनावारी सुरु हुनु केही घण्टाअगाडिदेखि वा महिनावारीको सुरुआतसँगै सानो पेट दुख्ने कार्य सुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री त्रि्रातिर र्सन सक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने हुन सक्छ । तर पेट वा जननेन्द्रियको आन्तरिक जाँचमा त्यस्तो कुनै खराबी भने भेटिंदैन ।

प्राथमिक प्रकारको उपचारको लागि किशोरीको स्वास्थ्यस्थिति सुधार्न पोषिलो खानेकुरामा ध्यान दिनुका साथै पीडा हुनुको कारण प्रस्ट्याउने, ढाडस दिनेलगायत मानसिक टेवा दिनर्ुपर्छ । यस्तो बेला खेलकुद, टेलिभिजन, योगलगायतका आफ्नो रुचिकर कार्यमा सँलग्न हुनर्ुपर्छ । नियमित रुपमा दिसा गरी तल्लो आन्द्रा खाली राख्नर्ुपर्छ । यसका साथै निकै पीडा हुँदा चिकित्सकको परामर्शमा पीडा कम हुने औषधिहरु प्रयोग गर्न सकिन्छ ।

अविवाहितबाहेक -परिवार नियोजन चाहने) लाई पीडा कम हुने औषधिबाट पनि सुधार नभएकोमा पिल्स चक्की प्रयोग गर्न सकिन्छ । तर कसै-कसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणालीलाई निष्त्रिmय बनाउने सामान्य शल्यक्रियाको जरुरत पनि पर्न सक्छ ।

सेकेन्डरी प्रकारको डिस्मेनोरिया

यस प्रकारको डिस्मेनोरियामा जननेन्द्रियमा उत्पन्न भएको समस्याको कारण पीडादायी महिनावारी हुन्छ । महिनावारीअगाडि जननेन्द्रिय -पुट्ठाभित्रको प्रजनन अंग) हरुमा रक्तसञ्चार बढ्नाले यी अंगहरुमा तनाव बढ्छ र पीडा

महसुस हुन्छ ।

जर्ीण्ा प्रकारको जननेन्द्रियसम्बन्धी संक्रमण, सानो पेटवरिपरि रगत जम्ने समस्या -इन्डोमेटि्रओसिस), उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति -एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या -फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासु झोलिने समस्या -पोलिप) तथा पाठेघरमा राखेको कपर टीका कारण यस्तो खाले डिस्मेनोरिया हुन्छ ।

यस्तो प्रकारको डिस्मेनोरिया भएका महिलाको उमेर करिब ३० वर्षनाघेको र बच्चा पाइसकेको हुने गरेको पाइएको छ ।  यस्तो खालको पीडा तल्लो पेट र ढाडमा हुन्छ । प्रायः महिनावारी सुरु हुनु ३ देखि ५ दिनअगाडि पेट दुख्न सुरु भई महिनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ । पीडाको सुरुआत तथा अवधि पीडाको कारक तत्त्वमा भर पर्छ ।

वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता अन्य लक्षण हुँदैनन् । तर पीडादायी महिनावारी हुनुको अन्तरनिहित कारण जस्तै कि इन्डोमेटि्रओसिस, एडेनोमायोसिस, फाइब्रोइड पोलिप आदिका छुट्टै लक्षणहरु भने देखा पर्छन् । पेट तथा जननेन्द्रियको आन्तरिक परीक्षण एवम् अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपीलगायतका विशेष खाले परीक्षणहरुबाट कारक तत्त्व निक्र्योल गर्न सकिन्छ ।

सेकेन्डरी प्रकारको डिस्मेनोरियाको निराकरणका लागि कारक तत्त्वलाई लक्षित गरी उपचार गनर्ुपर्छ । अधिकांश समस्यालाई शल्यक्रियाको जरुरत परे पनि समस्याको गम्भीरता, प्रताडित व्यक्तिको उमेर तथा बच्चा पाउने चाहनाअनुसार उपचारको छनोटमा भिन्नता आउँछ । शल्यक्रिया नगरुन्जेल वा शल्यक्रिया गर्ने उपयुक्त समय पर्खुन्जेल औषधि सेवनबाट पनि यस्तो खाले डिस्मेनोरियालाई नियन्त्रणमा राख्न सकिन्छ ।

घरेलु उपचार

महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या -डिस्मेनोरिया) बाट छुटकारा पाउन कतिपय घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा-पानी तताएर पिए पनि आराम मिल्न सक्छ । 

आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवम् व्यायाम र घुमफिर गरेमा ध्यान अन्यत्र मोडिने हुनाले यसो गर्दा पनि फाइदै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।  

डिम्ब निष्कासनमा हुने पीडा

 डिम्ब निष्कासनका बेला हुने पीडालाई  मिट्टलर्समर्ज सिन्ड्रोम पनि भनिन्छ । यो धेरै महिलाले प्रायः भोग्ने गरेको समस्या हो । यस्तो पीडा महिनावारीको मध्यताका देखा पर्छ । नाइटोमुनि वा तल्लो पेटको दायाँ वा बायाँतिर हुने यो पीडा १२ घण्टाभन्दा लामो समयसम्म रहँदैन । मिट्टलर्समर्ज सिन्ड्रोमसँगै योनिबाट हल्का रक्तश्राव र अत्यधिक योनिश्राव हुन सक्छ । यसो हुनुको कारण भने प्रस्ट छैन । डिम्बभित्र अत्यधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिडचिडाहट एवम् डिम्बवाहिनी नली तथा पाठेघरको खुम्च्याइको कारणले यस्तो पीडा भएको विश्वास गरिन्छ । ढाडस तथा पीडा घटाउने सामान्य औषधिबाट यो पीडा कम गर्न सकिन्छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.