Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 
 

सुन्तला पौष्टिकताले भरपूर

सुन्तलालाई पौष्टिकताले भरिपर्ूण्ा फलको रुपमा लिइन्छ । यसमा पाइने विभिन्न किसिमका पौष्टिक तत्त्वहरु स्वास्थ्यका लागि लाभदायक हुन्छन् । साथै यस्ता तत्त्वले विभिन्न किसिमका रोग न्यून गर्न पनि मद्दत मिल्छ । त्यसैले सुन्तलालाई बहुउपयोगी फलको रुपमा लिइन्छ ।

सुन्तलाको मूल थलो दक्षिण-पर्ूर्वी एसियामा भए पनि अहिले संसारका सबैजसो मुलुकमा यसको उत्पादन हुने गरेको छ । गुलियो स्वादका कारण यस फललाई धेरैले खान रुचाउँछन् । साथै संसारमै बढी प्रयोग गरिने फलहरुमध्ये यो पनि एक रहेको छ ।

सुन्तलाको बोक्रा छोडाएर सोझै खान सकिन्छ । आजभोलि यसको जुस पनि धेरैले मन पराउने गरेका छन् । जुस खान सजिलो हुने भएकाले बूढाबूढी र केटाकेटीका लागि त झन् उपयोगी हुन्छ । त्यसैले आजकल सुन्तलाको जुस बजारमा बढी नै बिक्री हुने गरेको पाइन्छ । बोक्रा छोडाएर वा जुस बनाएर जसरी उपभोग गरे पनि सुन्तला स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । सुन्तलाको बोक्रा खानामा सजावटका लागि पनि प्रयोग गरिन्छ । साथै केही औषधिहरुको लागि पनि यसको प्रयोग गरेको पाइन्छ । सुन्तला वा यसको जुसले शरीरमा स्फर्ूर्ति बर्ढाई ऊर्जा दिने हुनाले कमजोर शरीर भएका व्यक्तिहरुका निम्ति यो अमृतसरह हुन्छ ।

सुन्तलाको सेवनबाट हुने फाइदाहरु

सुन्तलामा प्रशस्त क्याल्सियम हुने भएकाले यसको सेवनबाट हाडको सुरक्षा हुनुका साथै हाड मजबुत बनाउन मद्दत पुग्छ । यसमा बेटा क्यारोटिन ९द्यभतब ऋबचयतभलभ० को उपस्थित रहने हुँदा मजबुत एन्टिअक्सिडेन्ट ९ब्लतष्यहष्मबलत० को काम गरी कोषहरु टुट्न र ब्रि्रनबाट जोगिन मद्दत पुग्छ । नाकबाट बढी सिँगान बग्नेजस्ता समस्या पनि सुन्तला खाने गर्नाले कम हुन्छ । साथै हरेक दिन सुन्तलाको सेवन गर्दा दाँतको उचित हेरचाह हुने विश्वास पनि छ ।

सुन्तलामा म्याग्निसियम हुने भएकाले यसले शरीरको रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यस्तै दिनहुँ सुन्तलाको जुस पिउनाले शरीरमा असल कोलेस्टेरोल ९ज्म्ी० को मात्रा बढ्न जाने हुँदा असल कोलेस्टेरोल ९ज्म्ी० र खराब कोलेस्टेरो ९ीम्ी० को मात्रा शरीरमा सन्तुलित भई कोलेस्टेरोलको समस्या नियन्त्रण हुन्छ ।

यसैगरी सुन्तलामा भिटामिन ँबी६’ प्रशस्त रहने हुँदा रगतमा चाहिँदो मात्रामा हेमोग्लोबिन ९ज्झयनयिदष्ल० उत्पादन गर्न मद्दत पुग्छ । साथै यसमा पाइने फोलिक एसिडका कारण मस्तिष्कको विकास हुन्छ । बच्चाको मस्तिष्क विकासको निम्ति फोलिक एसिड बढी जरुरी पनि हुन्छ । सुन्तलामा पोटासियमको मात्रा बढी हुनाले हृदयग्रन्थिहरु स्वस्थ रहन मद्दत मिल्छ ।

रोगीका लागि बढी लाभदायक

सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्दत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ भने आर्थराइटिस ९ब्चतजचष्तष्क०, दम, ब्रोङ्काइटिस, कब्जियत, रुघाखोकी, डिस्पेप्सिया ९म्थकउभउकष्ब०, ज्वरो, मुटुको रोग, इन्फ्लुएन्जा आदिका रोगीलाई फाइदा पुर्‍याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, एलभumयलष्ब, पाइरिया, श्वासप्रश्वासको समस्या, क्षयरोग -टिबी), टाइफाइड, मधुमेह, उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक हुन्छ ।  रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

 सुन्तलामा पाइने पोषण तत्त्व

भिटामिन ँए’

भिटामिन ँबी’

भिटामिन ँसी’

क्याल्सियम

फोस्फोरस

पोटासियम     

सल्फर

कपर

चिल्लो

फाइबर

लौहतत्त्व

म्याग्नेसियम

क्यालोरी

सोडियम

प्रोटिन

पलोरिक एसिड

 प्रस्तुतिः बिनी श्रेष्ठ/स्रोतः हेल्थ नेट

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.