Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 
 
 

यौनशिक्षा एचआईभीसँगैको यौनजीवन

 डा. राजेन्द्र भद्रा

रेखाका श्रीमान् ४ वर्षछि विदेशबाट घर र्फकंदै छन् । त्यसैले रेखाको मनभरि खुशी छाएको छ । यति लामो समयदेखि मनमा दबाएर राखिएका यौनेच्छा पूरा गर्न पाउने कुराले उनी पुलकित छिन् ।

गत हप्ता छिमेकी रमाका श्रीमान्को मृत्यु भयो । उनलाई एड्स भएको थियो रे १ विदेशमा बसेको बेलामै उनलाई एचआईभीको संक्रमण भएको थियो  । उनी पनि तीन-चार वर्षविदेशतिर बसेका थिए । रेखालाई  यस घटनाले पिरोलेको छ । कतै आफ्ना श्रीमान् पनि एचआईभी संक्रमण बोकेर आउने त होइनन् - यदि त्यस्तो भएमा आफ्नै जीवन बरबाद हुने भय उनको मनमा छ । तर  एचआईभी शरीरमा भएर पनि लामो समयसम्म स्वस्थरुपमा बाँच्न सक्ने कुरा उनले सुनेकी छन् । एकपल्ट त एचआईभी भएकाले विवाह गरेको कुरा पनि पत्रिकामा आएको थियो, तर एचआईभी भइसकेपछिको वैवाहिक जीवन कस्तो हुन्छ भन्ने बारेमा उनलाई राम्रोसँग थाहा छैन ।

केही वर्षहिलेसम्म शरीरमा एचआईभी हुनुको अर्थ मृत्यु हुनुजस्तै हुन्थ्यो, यौनजीवन पनि समाप्त भएको कुरा मानिन्थ्यो तर अहिले धेरै परिवर्तन भएको छ । एचआईभी हुनेहरु पनि धेरै समयसम्म बाँच्न सकेका छन् । सास अड्काएर बाँच्ने मात्रै होइन, स्वस्थ र सक्रिय रुपमा बाँचेका छन् । कतिपयले त समाजमा ठूलो योगदान पनि गर्न सकेका छन् ।

यौनजीवनमा प्रभाव

एचआईभी र यौनका कुरा जटिल छन् । यौनसर्म्पर्कको माध्यमबाट होेस् वा अन्य माध्यमबाट एचआईभी सरेको होेस्, एचआईभी संक्रमण भएपछि यौनसर्म्पर्क वा अन्य यौनक्रियाकलाप सम्बन्धमा चासो र चिन्ता हुन्छ । शरीरमा एचआईभीको संक्रमण भएपछि यौनजीवनमा निकै हदसम्म नकारात्मक असर पार्ने गर्छ । यसको कारण मानसिक तथा चिकित्सकीय दुवै हुन सक्छ ।  एचआईभी संक्रमणको कारणले निकै चिन्ता, उदासीपन र  तनाव हुने गर्छ । यस्तो स्थितिमा यौनजीवन सुचारु हुने कुरा नै भएन । चिन्ता-पीरलाई कम गर्ने औषधिको कुअसरले पनि यौनक्षमतामा नकारात्मक असर पर्न सक्छ । अर्कोतिर एचआईभीविरुद्धका औषधिका अन्य शारीरिक कुअसरले पनि यौनक्रियाकलापमा नकारात्मक असर पार्न सक्छ । एचआईभी भएका व्यक्तिमा नभएका व्यक्तिमा भन्दा टेस्टेस्टेरोनका मात्रा केही कम हुने देखिएको छ, जसको नकारात्मक असर यौनेच्छामा पर्न सक्छ । एचआईभीविरुद्धको औषधिमध्ये प्रोटिएज इन्हिबिटर -उचयतभबकभ ष्लजष्दष्तयच) लाई यौनसमस्यासँग जोड्ने गरिन्छ तर यसको पक्का आधार भने छैन । यसको अर्को पक्षमा भने मनोवैज्ञानिक असरचाहिँ पर्न सक्छ ।

लि? उत्तेजना वा यौनेच्छाको कमीजस्ता समस्या एचआईभी नभएका व्यक्तिमा पनि हुन सक्छ । कसैलाई यस्तो भएमा सबै दोष एचआईभी संक्रमणलाई दिने गरिन्छ तर वास्तविक कारण अर्कै पनि हुन सक्छ । दर्ुइ जनामध्ये एकलाई एचआईभी भर्खरै भएको थाहा हुँदा कसरी एचआईभी सर्‍यो भन्ने कुरा प्रमुख हुन्छ । यसले दुवैको एकआपसभन्दा बाहिर यौनसर्म्पर्क भएको वा लागूपदार्थको लागि र्सर्ुइको साझा प्रयोग भएकोजस्ता कुराको संकेत गर्छ । यसो हुँदा सम्बन्धमा तनाव आउँछ । वास्तविकता उजागर हुँदै जादा आफ्नो यौनसाथीसँग रिस उठ्ने, धोका दिएकोदेखि उदासीपनजस्ता अनेक समस्या आउँछन् ।

एचआईभी नभएको साथीलाई र्सला भनेर कोही त यति धेरै सजग हुन्छन् कि यौनक्रियाकलापबाट नै परहेज गर्न थाल्छन् । यौनअन्तरंग प्रणयपर्ूण्ा सम्बन्धको लागि आवश्यक कुरा हो । अन्तरंग सम्बन्ध नहुँदा हतास, रोषको अनुभूति हुन्छ, जसले सम्बन्धमा नकारात्मक असर पर्न सक्छ । एचआईभी हुने व्यक्तिलाई ग्लानि तथा दोषीपनको भावना हुन सक्छ । तर अन्तरंगसम्बन्धमा एचआईभी नभएका व्यक्तिलाई पनि आफूमा एचआईभी भएकोजस्तो होओस् भन्ने भावना आउन सक्छ । यदि जोडीमा गहिरो प्रेम छ भने एचआईभी भएको व्यक्तिलाई कसरी आफ्नो साथीलाई एचआईभी नसरोस् भन्ने ध्याउन्न हुन्छ भने जोडीमध्ये अर्को व्यक्तिलाई भने एचआईभी भएकालाई कसरी हेरचाह गर्ने र स्वस्थ राख्ने भन्ने चिन्ता हुन्छ । यसरी फरक-फरक दृष्टिकोण हुँदा सम्बन्धमा असामञ्जस्यता आउन सक्छ ।

कुनै पनि व्यक्तिमा लि? उत्तेजनाको समस्या आउन सक्छ । त्यसको अन्तरनिहित कारण थाहा पाउनर्ुपर्छ । यसको सबै दोष शरीरमा एचआईभी हुनुलाई दिनु मनासिब होइन । एचआईभी संक्रमणपछि एड्सको अवस्थामा पुग्दा निकै अस्वस्थ वा बिरामी भई अन्य बिरामी परेको बेलामा जस्तो नकारात्मक असर पर्छ  ।

एचआईभी भए पनि यौनजीवन सकिंदैन

एचआईभी भएपछि धेरैजसोले यौनजीवन समाप्त भएको अनुभूति गर्छन् तर वास्तविकता यो होइन । शरीरमा एचआईभी भए पनि यौनजीवन रमाइलोसँग बिताउन सकिन्छ । यसको लागि अनेक कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । जोडीमध्ये दुवै नै एचआईभी संक्रमित छन् भने वा जोडीमध्ये कुनै एकमात्र एचआईभी संक्रमित छ भने त्यसैअनुसार जीवनशैलीमा सावधानी अपनाउनुपर्ने हुन्छ ।

जोडीमध्ये कुनै एकलाई मात्र एचआईभी भएको छ भने आफ्नो जोडीलाई मात्र नभई उपचार गर्ने स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तलाई पनि समस्या पर्छ । साथै सम्बन्ध पनि एकदमै तनावयुक्त हुन्छ । तर सकारात्मक तथा स्वस्थ जीवनशैली अपनाउन सकिएमा एचआईभी भएको स्थितिमा पनि आइपर्ने धेरै समस्या समाधान गरी जीवनलाई सुखमय बनाउन सकिन्छ ।

एचआईभी भएकामध्ये कतिपयलाई विवाह गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न पनि हुन्छ । एचआईभी शरीरमा भयो भन्दैमा विवाह गर्न नमिल्ने कुरा होइन तर वैवाहिक तथा यौनजीवनमा गहिरो प्रभाव पार्ने यस्ता कुरामा हुनेवाला जीवनसाथीसँग खुलारुपमा चर्चा गरिनर्ुपर्छ, गोप्यता राखेर विवाह गरिनु हँुदैन । शरीरमा एचआईभी छ भन्दैमा यौनजीवन समाप्त हुन्छ भन्ने सोच गलत हो । यति मात्रै होइन, सन्तान जन्माउने कुरामा पनि योजना बनाउन सकिन्छ । विशेष गरेर कसरी सन्तानमा र्सर्ने सम्भावना कम गर्न सकिन्छ भन्ने कुरा पनि राम्ररी छलफल गर्नर्ुपर्छ । अहिले उपचार विधिहरूका विकास भइसकेका छन्, जसले जोखिमलाई निकै न्यून बनाउन सकिन्छ ।

कुनै व्यक्तिमा एचआईभी छ वा छैन भनेर विचार गरेर मात्रै आफ्नो यौनसाथीको चयन गर्ने गरेको पनि पाइन्छ । यसलाई सेरोसोर्टिङ ९कभचय-कयचतष्लन० भनिन्छ ।

सकारात्मक तथा स्वस्थ जीवन

एचआईभी संक्रमण भइहालेमा के गर्ने त भन्ने प्रश्न हुन सक्छ । एचआईभी शरीरमा भए पनि सकारात्मक जीवनयापनको लागि अनावश्यकरुपमा कुनै पनि चिन्ता लिनु हुँदैन । यसले तनाव कम गर्न सहयोग मिल्न सक्छ ।

जीवनका पुराना नकारात्मक कुरा छोडेर सकारात्मक सोचसहित अघि बढ्ने अभ्यास गर्नुपर्छ । खानपान र व्यायामसहितको स्वस्थ जीवनयापन गर्नुपर्छ । यौनजीवन सुखमय हुनलाई स्वस्थ तथा स्फर्ूत शरीर चाहिन्छ । जोडीमध्ये एक जना मात्र संक्रमित हुँदा होस् वा दुवै जना, एचआईभी प्रवेश गरिसकेपछि पनि सुरक्षित यौनसर्म्पर्क  आवश्यक हुन्छ ।

सुरक्षित यौनसर्म्पर्क नै उचित

दुवै जनालाई एचआईभी संक्रमण भएको स्थितिमा पनि सुरक्षित यौनसर्म्पर्क गर्न आवश्यक छ भन्ने धेरैको मनमा प्रश्न हुन सक्छ । वास्तवमा यो आवश्यक छ । कुनै एक एचआईभी भएको व्यक्तिले अर्को एचआईभी भएको व्यक्तिसँग असुरक्षित यौनसर्म्पर्क गर्दा एचआईभी र्सन सक्छ, जसलाई एचआईभी पुनः संक्रमण  -चभष्लाभअतष्यल) वा सुपर-इन्फेक्सन -कगउभचष्लाभअतष्यल) भनिन्छ ।

एचआईभीका धेरै प्रजाति हुन्छन् । फरक किसिमको प्रजातिले संक्रमण गरेमा उपचार विधिमा थप जटिलता थपिन्छ । यदि औषधि नै सेवन गरिरहेको स्थिति छ भने पनि नयाँ प्रजातिको एचआईभीका कारण सो खाइरहेको औषधि प्रभावकारी नहुन सक्छ र सो फैलिन गई शरीरको प्रतिरक्षा प्रणालीलाई नै क्षति पुर्‍याउन सक्छ ।

एचआईभीदेखि बाहेक यौनसर्म्पर्कबाट र्सर्ने अन्य रोगहरु पनि छन् । त्यसैले दुवैको संक्रमणबाट बच्न प्रत्येक यौनसर्म्पर्कलाई सुरक्षित बनाउनु आवश्यक छ । त्यसका लागि एक भरपर्दो उपाय भनेको यौनसर्म्पर्कका बेला कन्डमको नियमित  प्रयोग नै हो ।

कन्डम फुटेमा के गर्ने ?

सुरक्षित यौनसर्म्पर्कको लागि कन्डमको सही प्रयोग गर्नुर्ुपर्छ । कतिपय स्थितिमा कन्डम फुट्न जान्छ । विशेषगरी एचआईभी भएको व्यक्ति र नभएको व्यक्तिबीच यौनसर्म्पर्क हुने क्रममा कन्डम फुट्दा दुवैमा चिन्ता हुन सक्छ । यस अवस्थामा अपनाउन सकिने केही उपायहरु यस्ता छन् ।

 किन्डम फुटेको थाहा भएपछि नअत्तालिई शान्त रहने प्रयास गर्नुपर्छ, जसले सही निर्णयगर्न सहयोग पुग्छ ।

 वर्ीय स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटेमा तुरुन्त यौनसर्म्पर्क गर्न रोक्नर्ुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसर्म्पर्कलाई निरन्तरता दिनर्ुपर्छ  ।

  वर्ीय स्खलन भइसकेको भए सावधानीपर्ूवक लि? निकालेर  लि? तथा त्यसको वरिपरि साबुन तथा मनतातो पानीले राम्ररी धुनर्ुपर्छ ।

 किन्डम फुट्नु र त्यसको सम्भावित असरको बारेमा आफ्ना जोडीसँग विस्तृतरुपमा कुराकानी गर्नुपर्छ ।

 

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.