|
सडकपेटीमै कहालीलाग्दो उपचार डा. अनन्तप्रसाद अधिकारी काठमाडौंस्थित कोटेश्वर चोकको दक्षिणट्टकिो सडकछेउमै एउटा सानो पीपलको रुख छ । सो रुखमुनि बसेर भारतीय मूलका जस्ता देखिने एक अधबैंसे गानोको दबाई, दादको दबाई, पत्थरीको दबाई... भनेर कराइरहेका थिए । उनका अगाडि स-साना बोतलमा रातो, कालो, पहेँलो विभिन्न रंगका झोल राखिएका थिए । साथै केही जडीबुटीहरु र केही जनावरका सिङ तथा चराका चुच्चाहरु पनि सजाएर राखिएका थिए । हरेक दिन ती अधबैंसे यसरी नै फलाकिरहेका हुन्थे- पिनासको दबाई, गानोको दबाई, पत्थरीको दबाई हजुर...। यसै क्रममा जिज्ञासावश यो लेखक पनि एक दिन त्यस ठाउँमा पुग्यो । यत्तिकैमा लगभग २५-३० वर्षा एक जोडी श्रीमान्-श्रीमती उनका सामुन्ने आइपुगे । ती कराइरहेका व्यक्तितर्फआकषिर्त हुँदै श्रीमतीचाहिँले भनिन्- ँमलाई पिनासले सतायो, यसको उपचार गरिदिनुपर्यो ।’ खुट्टो खोच्याएर हिँड्ने र हिन्दी मिसिएको नेपाली भाषा बोल्ने ती उपचारकको अनुहारमा खुशीका तरंगहरु देखिए । पिनास झार्ने कुराको पक्कापक्की भयो । बिरामीका श्रीमान्सँग १२ सय रुपियाँबाट सुरु भएको मोलतोल ७ सय रुपियाँमा आएर टुंगियो । उपचारकले ती महिलालाई सडकछेउतिर लगी टुक्रुक्क बसाए । हर्ेदाहर्ेर्दै पिनास झार्ने काम सुरु भयो । उपचारकले टिनको बाकसबाट एउटा फलामे सुइरो निकालेर बिरामीको नाकको डाँडीको दुवैपट्ट िछालामा साना प्वाल बनाए । ठीक त्यस्तै प्वालहरु कञ्चटमा पनि बनाए । विनाकुनै लठ्याउने औषधि, विनाकुनै एन्टिसेप्टिकको प्रयोगमा बिरामीमाथि गरिएको व्यवहारले म -लेखक)लाई पेसागत संवेदनाले असाध्यै चिमोट्यो । घर-घरी म विचलित भए पनि आफू एक्लैले केही गर्न सक्ने स्थिति थिएन । तैपनि एउटा लेख लेख्ने अठोटका साथ ती महिलाको पीडा अवलोकन गर्दै रहें । ती उपचारकले बाकसबाट फरक-फरक साइजका बाँसका झैँ लाग्ने स-साना ढुङ्ग्रा निकाले र अघि बनाइएका प्वालमा ढुङ्ग्राको एक छेउ जोडेर अर्को छेउमा आफ्नो मुख राखी तान्न थाले । उनले हरेक प्वालबाट केही मिलिलिटर रगत तानेर फ्याँके अनि घाउमा कुन्नि केको कालो झोल लगाइदिएर पिनासको उपचार समाप्त भएको घोषणा गरे । त्यसपछि पुनः ३ सय रुपियाँमा थोरै कालो झोल र धूलो बिरामीको हातमा थमाई नियमित सेवन गर्नुपर्ने सल्लाह दिए । यसरी उनी एक दम्पतीको एक हजार रुपियाँ हात पार्न सफल भए । तर फुटपाथे व्यापारीलाई हटाउने क्रममा ती उपचारक हाल भने त्यहाँ देखिएका छैनन् । यो एउटा दृश्य त केवल सानो उदाहरण मात्र हो । यस्ता उपचारकहरु अन्य फुटपाथमा पनि भेटिन्छन् । जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड गर्ने यस्ता व्यक्तिलाई हामी टुलुटुलु हेरिरहेका हुन्छौं, अज्ञानवश यस्ता फुटपाथे ँडाक्टर’को सिकार भइरहेका हुन्छौं । यसरी असुरक्षित तरिकाले मान्छेको शरीरमा चोट लगाउने, रगत निकाल्ने, मुखले चुस्नेजस्ता मानवीय संवेदनाभन्दा बाहिरका कठोर कुराहरुको र्सार्वजनिक स्थलमा भएको प्रदर्शन गैरकानुनी होइन र - एचआईभी/एड्सजस्ता थुप्रै सरुवा रोगको बिगबिगी भैरहेको वर्तमान अवस्थामा यस्ता असुरक्षित क्रियाकलापलाई नियन्त्रण गर्ने जिम्मेवारी कसको - स्वास्थ्यसंस्थामा उपचारको क्रममा कुनै कारणवश बिरामीको मृत्यु भएमा स्वास्थ्यकर्मीमाथि भौतिक कारबाही गर्ने तथा संरचना तोडफोड गर्न लालायित हुने आजको समुदायले यस्ता अमानवीय र असुरक्षित क्रियाकलापलाई रोक्नुपर्ने हो । देशमा लोकतन्त्र आइसकेपस्चात् बनेको अन्तरिम संविधानमा स्वस्थ रहन पाउनुपर्ने जनताको अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्दै कानुनमा व्यवस्था भएबमोजिम जनतालाई अत्यावश्यक आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था भइसकेको छ । सेवाको गुणस्तर नियमन एकाइको रुपमा स्वास्थ्यसँग सम्बन्धित परिषद्हरु कार्यरत छन् । औषधि पसलको दर्ता, रेखदेख र आवश्यक कारबाहीको लागि छुट्टै औषधि व्यवस्था विभाग छ । तर यस्ता नाम नखुलेका औषधि बेच्ने, चराका चुच्च्ाा र जनावरका सिङले उपचार गर्ने र माथि भनेभै+m दोबाटोमै अप्रसेन गर्नेहरुको खुलेआम चलेको व्यवसायले हाम्रो मिसनमा ठाडै चुनौती दिइरहेको सत्यलाई हामीले कुनै समस्याको रुपमा लिएकै छैनौं । उपचारको नाममा ठग्नेहरुबाट र्सवसाधारणलाई जोगाउन, सम्भावित संक्रमित रोगबाट बचाउन, अनाव्ाश्यक एवम् सम्भावित हानिकारक रसायनको अन्धाधुन्ध प्रयोगबाट बचाउन शिक्षित नागरिक समुदाय सचेत हुनुपर्ने जरुरी भइसकेको छ । साथै सरोकारवाला औषधि व्यवस्था विभाग, मेडिकल काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल, आयर्ुर्वेद काउन्सिल आदिले गृह मन्त्रालयको सहयोगमा मुलुकको प्रमुख सहरका चोक-चोकमा विनारोकतोक अड्डा जमाएर बसेका दोबाटे उपचारकलाई कारबाही गर्न ढिला भइसकेको छ ।
|
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |