Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 
 

सडकपेटीमै कहालीलाग्दो उपचार

 डा. अनन्तप्रसाद अधिकारी

काठमाडौंस्थित कोटेश्वर चोकको दक्षिणट्टकिो सडकछेउमै एउटा सानो पीपलको रुख छ । सो रुखमुनि बसेर भारतीय मूलका जस्ता देखिने एक अधबैंसे गानोको दबाई, दादको दबाई, पत्थरीको दबाई... भनेर कराइरहेका थिए । उनका अगाडि स-साना बोतलमा रातो, कालो, पहेँलो विभिन्न रंगका झोल राखिएका थिए । साथै केही जडीबुटीहरु र केही जनावरका सिङ तथा चराका चुच्चाहरु पनि सजाएर राखिएका थिए । हरेक दिन ती अधबैंसे यसरी नै फलाकिरहेका हुन्थे- पिनासको दबाई, गानोको दबाई, पत्थरीको दबाई हजुर...।

यसै क्रममा जिज्ञासावश यो लेखक पनि एक दिन त्यस ठाउँमा पुग्यो । यत्तिकैमा लगभग २५-३० वर्षा एक जोडी श्रीमान्-श्रीमती उनका सामुन्ने आइपुगे । ती कराइरहेका व्यक्तितर्फआकषिर्त हुँदै श्रीमतीचाहिँले भनिन्- ँमलाई पिनासले सतायो, यसको उपचार गरिदिनुपर्‍यो ।’

खुट्टो खोच्याएर हिँड्ने र हिन्दी मिसिएको नेपाली भाषा बोल्ने ती उपचारकको अनुहारमा खुशीका तरंगहरु देखिए । पिनास झार्ने कुराको पक्कापक्की भयो । बिरामीका श्रीमान्सँग १२ सय रुपियाँबाट सुरु भएको मोलतोल ७ सय रुपियाँमा आएर टुंगियो । उपचारकले ती महिलालाई सडकछेउतिर लगी टुक्रुक्क बसाए ।

हर्ेदाहर्ेर्दै पिनास झार्ने काम सुरु भयो । उपचारकले टिनको बाकसबाट एउटा फलामे सुइरो निकालेर बिरामीको नाकको डाँडीको दुवैपट्ट िछालामा साना प्वाल बनाए । ठीक त्यस्तै प्वालहरु कञ्चटमा पनि बनाए ।  विनाकुनै लठ्याउने औषधि, विनाकुनै एन्टिसेप्टिकको प्रयोगमा बिरामीमाथि गरिएको व्यवहारले म

-लेखक)लाई पेसागत संवेदनाले असाध्यै चिमोट्यो । घर-घरी म विचलित भए पनि आफू एक्लैले केही गर्न सक्ने स्थिति थिएन । तैपनि एउटा लेख लेख्ने अठोटका साथ ती महिलाको पीडा अवलोकन गर्दै रहें ।

ती उपचारकले बाकसबाट फरक-फरक साइजका बाँसका झैँ लाग्ने स-साना ढुङ्ग्रा निकाले र अघि बनाइएका प्वालमा ढुङ्ग्राको एक छेउ जोडेर अर्को छेउमा आफ्नो मुख राखी तान्न थाले । उनले हरेक प्वालबाट केही मिलिलिटर रगत तानेर फ्याँके अनि घाउमा कुन्नि केको कालो झोल लगाइदिएर पिनासको उपचार समाप्त भएको घोषणा गरे । त्यसपछि पुनः ३ सय रुपियाँमा थोरै कालो झोल र धूलो बिरामीको हातमा थमाई नियमित सेवन गर्नुपर्ने सल्लाह दिए । यसरी उनी एक दम्पतीको एक हजार रुपियाँ हात पार्न सफल भए । तर फुटपाथे व्यापारीलाई हटाउने क्रममा ती उपचारक हाल भने त्यहाँ देखिएका छैनन् ।

यो एउटा दृश्य त केवल सानो उदाहरण मात्र हो । यस्ता उपचारकहरु अन्य फुटपाथमा पनि भेटिन्छन् । जनताको स्वास्थ्यमा प्रत्यक्ष खेलबाड गर्ने यस्ता व्यक्तिलाई हामी टुलुटुलु हेरिरहेका हुन्छौं, अज्ञानवश यस्ता फुटपाथे ँडाक्टर’को सिकार भइरहेका हुन्छौं । यसरी असुरक्षित तरिकाले मान्छेको शरीरमा चोट लगाउने, रगत निकाल्ने, मुखले चुस्नेजस्ता मानवीय संवेदनाभन्दा बाहिरका कठोर कुराहरुको र्सार्वजनिक स्थलमा भएको प्रदर्शन गैरकानुनी होइन र -

एचआईभी/एड्सजस्ता थुप्रै सरुवा रोगको बिगबिगी भैरहेको वर्तमान अवस्थामा यस्ता असुरक्षित क्रियाकलापलाई नियन्त्रण गर्ने जिम्मेवारी कसको - स्वास्थ्यसंस्थामा उपचारको क्रममा कुनै कारणवश बिरामीको मृत्यु भएमा स्वास्थ्यकर्मीमाथि भौतिक कारबाही गर्ने तथा संरचना तोडफोड गर्न लालायित हुने आजको समुदायले यस्ता अमानवीय र असुरक्षित क्रियाकलापलाई रोक्नुपर्ने हो ।

देशमा लोकतन्त्र आइसकेपस्चात् बनेको अन्तरिम संविधानमा स्वस्थ रहन पाउनुपर्ने जनताको अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्दै कानुनमा व्यवस्था भएबमोजिम जनतालाई अत्यावश्यक आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था भइसकेको छ । सेवाको गुणस्तर नियमन एकाइको रुपमा स्वास्थ्यसँग सम्बन्धित परिषद्हरु कार्यरत छन् । औषधि पसलको दर्ता, रेखदेख र आवश्यक कारबाहीको लागि छुट्टै औषधि व्यवस्था विभाग छ । तर यस्ता नाम नखुलेका औषधि बेच्ने, चराका चुच्च्ाा र जनावरका सिङले उपचार गर्ने र माथि भनेभै+m दोबाटोमै अप्रसेन गर्नेहरुको खुलेआम चलेको व्यवसायले हाम्रो मिसनमा ठाडै चुनौती दिइरहेको सत्यलाई हामीले कुनै समस्याको रुपमा लिएकै छैनौं ।

उपचारको नाममा ठग्नेहरुबाट र्सवसाधारणलाई जोगाउन, सम्भावित संक्रमित रोगबाट बचाउन, अनाव्ाश्यक एवम् सम्भावित हानिकारक रसायनको अन्धाधुन्ध प्रयोगबाट बचाउन शिक्षित नागरिक समुदाय सचेत हुनुपर्ने जरुरी भइसकेको छ । साथै सरोकारवाला औषधि व्यवस्था विभाग, मेडिकल काउन्सिल, हेल्थ प्रोफेसनल काउन्सिल, आयर्ुर्वेद काउन्सिल आदिले गृह मन्त्रालयको सहयोगमा मुलुकको प्रमुख सहरका चोक-चोकमा विनारोकतोक अड्डा जमाएर बसेका दोबाटे उपचारकलाई कारबाही गर्न ढिला भइसकेको छ ।

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.