Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

 

माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन्छ

 जया प्रधान

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । तर सबै प्रकारको टाउको दुखाइ माइग्रेन हुँदैन । साधारण टाउको दुखाइभन्दा ज्यादै पीडादायिक रुपले दुख्ने यस प्रकारको टाउको दुखाइमा सामान्य अवस्थामा आउँदासम्म पनि व्यक्ति आफूलाई शारीरिक र मानसिक रुपले कमजोर भएको महसुस गर्छन् । माइग्रेन हुँदा प्रायजसो टाउकोको एक भाग दुख्ने अर्थात् दायाँ वा बायाँ भाग दुख्ने वा आधा कपाल दुख्ने हुन्छ । यसैगरी आँखाको पछाडि भाग, कन्चट अत्यधिक तवरले दुख्ने हुन्छ । दुखाइले गर्दा टाउको फुट्नेजस्तो भान हुने, वाकवाक लाग्ने, बान्ता हुने, प्रकाश हर्ेन नसकिने वा इच्छा नहुने, आवाज सुन्न नरुचाउने, बढी पसिना आउने, चेतना हराएजस्तो हुने आदि हुन्छ ।

यस प्रकारको टाउको दुखाइबाट पुरुषभन्दा महिला बढी पीडित छन् । तुलनात्मक रुपमा हर्ेर्ने हो भने दर्ुइमा एक महिला तथा तीनमा एक पुरुष यस समस्याबाट पीडित छन् ।

माइग्रेनको वास्तविक कारण स्पष्टरुपमा थाहा हुन नसके पनि टाउको तथा घाँटीका रक्तनली (Blood Vessel) र फैलावटले हर्मोनमा पैदा हुने गडबडीबाट यी रक्तनलीमा देखिने असामान्य स्थिति वा भास्कुलर प्रणाली (Vascular System) मा देखिने असामान्य स्थितिले गर्दा टाउको दुख्छ भने त्यसलाई माइग्रेनको रुपमा परिभाषित गरिएको छ । केन्द्रीय स्नायु प्रणालीमा हुने गडबडीबाट माइग्रेनको स्थिति पैदा हुन्छ भन्ने कुरा विशेषज्ञहरुको अध्ययनले देखाएको छ ।

माइग्रेनबाट पीडित व्यक्तिहरुको अनुभवअनुसार तुरुन्तै टाउको नदुखी बिस्तारै अर्थात् केही समयअगावै टाउकोको कुनै भाग हलुकासँग दुख्ने, हातखुट्टा कमजोर भएकोजस्तो हुने, खान मन नलाग्ने, वाक-वाक लागेकोजस्तो हुने, शरीरमा आराम नमिलेको जस्तो हुन्छ । त्यसपछि दुखाइ बिस्तारै बढ्दै असह्य स्थितिमा पुग्दा माथि उल्लिखित लक्षणहरु देखा पर्छन् ।

यस प्रकारको टाउको दुखाइलाई बाहिरी तत्त्वहरु जस्तै- चिन्ता, भोक, जलवियोजन (Dehydration) ले प्रभाव पारेको हुन्छ । यसैगरी प्रायः महिलाहरुमा महिनावारी हुनुअगाडि र पछाडि माइग्रेन हुन सक्छ । किनकि यस बेला पैदा हुने एस्ट्रजन ९भ्कतचयनभल० हर्मोनले गर्दा पनि टाउको दुख्ने हुन्छ । यस प्रकारको माइग्रेन कसै-कसैको उमेरसँगै बिस्तारै कम हुने कुरा अध्ययनले देखाएको छ । यदि परिवारमा माइग्रेनको समस्या छ भने त्यस्तो स्थितिमा यस रोगबाट पीडित हुने बढी सम्भावना हुन्छ ।

माइग्रेनमा हुने असह्य पीडालाई कम गर्न विविध प्रकारका औषधि सेवन गर्नेदेखि अन्य विभिन्न उपचार पद्धति अपनाउन सकिन्छ । केही निश्चित किसिमको खाद्यपदार्थले माइग्रेन समस्यालाई कम गर्न मद्दत पुर्‍याउँछ । खाद्यपदार्थको उचित छनोटबाट माइग्रेन निर्मूल पार्न नसके तापनि यसबाट हुने पीडालाई भने कम गर्न सकिन्छ । सबैलाई एउटै प्रकारको खाद्यपदार्थले असर पार्छ भन्ने हुँदैन । व्यक्तिअनुसार फरक हुन सक्छ ।

सम्बन्धित फिजिसियन तथा डाक्टरबाट टाउको दुखाइ माइग्रेन नै हो भन्ने पहिचान भएपछि सिफारिस गरेअनुसार उपचार गर्नुपर्ने हुन्छ । केही निश्चित खाद्यपदार्थ माइग्रेन बल्झाउने माध्यम भएकोले सकेसम्म यस प्रकारको खाद्यपदार्थ भोजनमा परहेज गरी समस्यालाई कम गर्न सकिन्छ तर निर्मूल भने गर्न सकिंदैन ।

साधारणतया माइग्रेनबाट पीडित व्यक्तिहरुले समय-समयमा खानेकुरा खानुपर्ने हुन्छ । दिनको ३ पटक मात्र खानेभन्दा पटक-पटक गरी दिनको ६ पटक खाँदा बेस हुन्छ । यसरी खाँदा भोको पेट नहुने र रगतमा ग्लुकोजको मात्रा सन्तुलित भई माइग्रेनको समस्यालाई कम गर्न मद्दत गर्छ ।

यसैगरी रिफाइन्ड गरेको चिनी जस्तै- सुक्रोज, ग्लुकोज खाँदा तुरुन्तै रगतमा ग्लुकोजको मात्रा बढ्ने र त्यसपछि अक्सिडेसन भएर तुरुन्तै घट्ने हुनाले माइग्रेनको समस्या भएको व्यक्तिले यस प्रकारको चिनी खानुभन्दा फलफूल तथा अन्य प्राकृतिक स्रोतबाट चिनी प्राप्त गर्दा बेस हुन्छ । किनकि यस प्रकारको प्राकृतिक चिनीले रगतमा ग्लुकोजको मात्रा धेरै बढाउँदैन, साथै एकैचोटि कम पनि गराउँदैन । ग्लुकोजको मात्रा कम भएर समस्या बल्झन सक्ने भएकोले सकेसम्म खानाबाट ग्लुकोज सन्तुलित राख्नर्ुपर्छ ।

जलवियोजन (Dehydration) अर्थात् शरीरमा पानीको अभावबाट पनि टाउको दुख्ने हुनाले माइग्रेन पीडित व्यक्तिहरुले दैनिक झोलपदार्थ तथा पानी प्रशस्त पिउनर्ुपर्छ । पानीको अभावमा शरीरले रगत तथा तन्तुमा जम्मा भएको तरल पदार्थ (Fluid) लिंदा रक्तनली खुम्चिने र परिणामस्वरुप टाउको दुख्ने हुन्छ । विशेषगरी शारीरिक व्यायाम गर्दा, अल्कोहल सेवन गर्दा प्रशस्त पानी पिउनुपर्ने हुन्छ । व्यायाम गर्दा बढी पसिना निस्कने हुनाले यसको पर्ूर्तिको लागि थप पानी पिउनुपर्ने हुन्छ भने अर्कोतिर अल्कोहल सेवनबाट बढी पिसाब निस्कने हुनाले शरीरमा पानीको कमी हुन सक्ने हुँदा यस्तो स्थितिमा थप पानी आवश्यक पर्ने हुन्छ ।

यसैगरी केही पौष्टिक तत्त्वहरु जस्तै- म्याग्नेसियम, क्रोमियमको कमीबाट पनि प्रायजसो टाउको दुख्ने हुन्छ । हाइपोग्लाइसिमिया हुँदा अर्थात् रगतमा ग्लुकोज कम हुँदा माइग्रेनको सम्भावना बढी हुने र शरीरमा क्रोमियम तत्त्वको कमीले पनि हाइपोग्लाइसिमिया हुने भएकोले सकेसम्म भोजनमा यो तत्त्व भएको खाद्यपदार्थर् समावेश गर्नुपर्छ । यस्तो स्थितिमा दैनिक २०० माइक्रोग्राम क्रोमियम सिफारिस गरिन्छ । सुन्तला, स्याउ, गोलभेंडा, ब्रोकाउली, चिल्लोरहित रातो मासु आदि क्रोमियमका उत्तम स्रोत हुन् ।

क्रोमियमबाहेक म्याग्नेसियमयुक्त खाद्यपदार्थको उपभोगबाट पनि माइग्रेनको समस्यालाई केही कम गर्न सकिन्छ । खानाबाट आवश्यक मात्रामा म्याग्नेसियम पर्ूर्ति नहुनाले, धूमपान, मद्यपान, चिन्ताजस्ता कारणले शरीरमा म्याग्नेसियमको कमी भई मस्तिष्कको रक्तनली खुम्चिनाले रक्तसञ्चालनमा प्रभाव परी कपाल दुख्ने अर्थात् माइग्रेन हुन सक्छ । मस्तिष्कमा प्रभावकारीरुपमा रक्तसञ्चालन गर्न एक वयष्क व्यक्तिलाई दैनिक ३ सय मिल्रि्राम म्याग्नेसियम आवश्यक पर्ने हुन्छ । यसको लागि दैनिक भोजनमा प्रशस्त मात्रामा पूरै अन्न, गेडागुडी, सागसब्जी समावेश गर्नुपर्छ ।

यस्तो स्थितिमा भोजनमा कम्प्लेक्स प्रकारको कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ प्रशस्त समावेश गर्नुपर्छ, जसले रगतमा ग्लुकोजको मात्रा सन्तुलित राख्न मद्दत गर्छ भने चिल्लोयुक्त खानाको सेवन सकेसम्म कम गर्नुपर्छ । तर अति आवश्यक फ्याटी एसिड ओमेगा-३ फ्याटी एसिड भएको खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ, जसले नसाहरुको कार्यलाई सुचारु राख्न र उत्तेजित हुनबाट बचाउँछ ।

खासगरी रक्तनलीमा रगतको प्रवाहमा हुने परिवर्तनबाट माइग्रेन हुने भए तापनि केही खानाले अझ यस स्थितिलाई बल्झाउने भएकोले विशेष खाद्यपदार्थको प्रयोग गरी समस्यालाई कम गर्न सकिन्छ । सबैलाई एकै प्रकारको खाद्यपदार्थले असर पार्छ भन्न सकिंदैन । चकलेट, दूध, क्रिम, आइसक्रिम, अल्कोहल, ससेसजस्ता खाद्यपदार्थलाई माइग्रेन बढाउने खाद्यपदार्थको रुपमा लिए तापनि यसमा पाइने अमाइन ९Amष्लभक० नामक पदार्थले समस्या बल्झाउने काम गर्छ । माइग्रेन पीडित व्यक्तिहरुको रगतमा ःयलयamष्लभ इहष्मबकभ ९ःब्इ० इन्जाइमको कमी हुने भएकोले रगतबाट प्राप्त हुने एमाइन टुक्रिन सक्दैन ।

यसैगरी नाइट्राइट्स ९ल्ष्तचष्तभक० र मनोसोडियम ग्लुटामेटजस्ता पदार्थले कसै-कसैलाई नराम्रो असर पार्ने हुन्छ । यस प्रकार माइग्रेनको समस्यालाई कम गर्न सिफारिस गरेको औषधिको सेवन तथा अन्य विविध तरिका अपनाउनुको साथै खानाबाट यसलाई कम गर्न सकिने भएकोले यस समस्याबाट पीडित व्यक्तिहरुले दैनिक खाने खानाको प्रकारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

माइग्रेनको पीडा कम गर्ने उपाय

       िनयमित सन्तुलित भोजन गर्ने बानी बसाल्नर्ुपर्छ ।

       तिन-चार घण्टाको अन्तरालमा खाइरहँदा रगतमा ग्लुकोजको मात्रा कम हुन पाउँदैन ।

       रिगतमा ग्लुकोजको मात्रा तुरुन्तै बढाउने र तुरुन्तै घटाउने खाद्यपदार्थभन्दा ग्लुकोजको परिमाण सन्तुलित राख्ने खाद्यपदार्थको छनोट गर्नुपर्छ ।

       डहाइड्रेसनबाट पनि माइग्रेन हुन सक्ने भएकोले प्रशस्त मात्रामा झोलपदार्थ, पानी पिउनर्ुपर्छ ।

       अिल्कोहलले शरीरमा पानीको परिमाण कम गर्ने भएकोले यसको सेवनमा कम गर्नुपर्छ वा बढी पानी पिउनर्ुपर्छ ।

       मिाइग्रेन बढाउने खालका खाद्यपदार्थको सूची बनाई करिब एक महिनासम्म यी खाद्यपदार्थ दैनिक भोजनमा समावेश नगरी हर्ेर्नुपर्छ । त्यसपछि एक वा दर्ुइ परहेज गरेका खाद्यपदार्थहरु क्रमिकरुपमा बिस्तारै भोजनमा समावेश गर्दै लग्दा कुन प्रकारको खाद्यपदार्थले समस्या उत्पन्न भएको हो भन्ने थाहा पाउन मद्दत पुग्छ । साथै अन्य कुनै असर नपार्ने खाद्यपदार्थ भोजनमा समावेश गर्दा त्यसबाट प्राप्त हुने पौष्टिक तत्त्वबाट वञ्चित हुनु नपर्ने हुन्छ ।

 रिक्तसञ्चार, स्नायु प्रणालीलाई स्वस्थ राख्ने, रगतमा ग्लुकोज सन्तुलित राख्ने तत्त्वहरु जस्तै- भिटामिन सीर्,र् इ, म्याग्नेसियम, क्रोमियम, भिटामिन बी६ युक्त खाद्यपदार्थहरु भोजनमा समावेश गर्नुपर्छ ।

किडा किसिमको व्यायाम गर्दा बढी शक्ति खर्च भई रगतमा ग्लुकोजको परिमाण कम हुन सक्ने भएकोले सकेसम्म हलुका व्यायाम तथा योगलाई प्राथमिकता दिनर्ुपर्छ ।

किम चिल्लो भएको तर कम्प्लेक्स कार्बोहाइड्रेटयुक्त स्वस्थकर भोजनको छनोट गर्नुपर्छ । ओमेगा-३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।

 माइग्रेनबाट टाउको दुख्ने पहिचान भएपछि सम्बन्धित डाक्टरको सल्लाहअनुसार सिफारिस गरेको औषधि, खाद्यपदार्थ, व्यायाम अपनाउनुपर्ने हुन्छ ।

टाउको दुख्ने लक्षणको आभास हुनासाथ आराम गर्ने, दुख्ने भागमा मसाज गर्ने, फलफूलको रस विशेष गोलभेंडाको जुस पिउने, कपालमा चिसो पानीको पट्टी हाल्दा दुखाइबाट केही राहत पाउन सकिन्छ ।

तोफुको परिकार

चार व्यक्तिका लागि आवश्यक सामग्री

मसिनो काटेको प्याज     - १ कप

मसिनो काटेको लसुन    - १ टेबल चम्चा

मसिनो काटेको बाबरी     - २ चिया चम्चा

काटेको गोलभेंडा  - १ कप

तोफु    - ३५० ग्राम

मरिचको धूलो    - थोरै

नुन    - स्वादअनुसार

तुलसीको पात   - चौथाइ कप

ओलिभ तेल     - ३ चिया चम्चा

विधि

  तोफुलाई काट्नुअगाडि पानी सोस्ने सफा कपडाले माथिबाट छोपेर हलुकासँग थिच्ने । यसो गर्दा तोफुमा भएको पानी सोसिन्छ । अनि सो तोफुलाई करिब एक इन्चको वर्गाकार टुक्रामा काटन्ुपर्छ ।

एउटा अलि गहिरो भाँडोमा तेल तातो गरी मसिनो गरी काटेको प्याज खैरो नहुन्जेल भुट्नर्ुपर्छ ।

 यिसरी खैरो पारी भुटेको प्याजमा काटेको लसुन तथा बाबरी हालेर केही बेर चलाई गोलभेंडा हाली मधुरो आँचमा छोपेर पकाउनर्ुपर्छ ।

१० मिनेट जति पकाएपछि यसमा तोफु, स्वादअनुसार नुन, मरिच हालेर ५ मिनेट जति नछोपी पकाउनर्ुपर्छ ।

  यिसमा काटेको तुलसीको पात मिलाई तात्तातै र्सव गर्दा बेस हुन्छ ।

 तोफु प्रोटिनयुक्त चिल्लोरहित खाद्यपदार्थ हुनुको साथै म्याग्नेसियमको पनि राम्रो स्रोत हो । १०० ग्राम तोफुमा १११ मिल्रि्राम म्याग्नेसियम हुन्छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.