Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 
 
 

मधुमेह पीडितका लागि खानेकुरा  

 डा. हरिहर खनाल

(एमडी, एमडी तथा पीएचडी)

harikhanal@yahoo.com

रगतमा भएको चिनी हरेक कोशिकामा पुगी ऊर्जा बनेर शरीरलाई शक्ति प्रदान गर्नुपर्नेमा त्यसो हुन नसकी चिनी रगतमा थुप्रिनुलाई मधुमेह भएको भनिन्छ । यस अवस्थामा रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी हुन्छ र ऊर्जा बन्ने प्रक्रिया प्रभावित हुन्छ । चिनी रगतमा थुप्रिनाले ऊर्जा उत्पादनमा एकदमै कमी आउँछ । त्यसैले मधुमेह भएको व्यक्ति कमजोर हुने र दुब्लाउने हुन्छ । पिसाबबाट चिनीको मात्रा पनि बढी जाने हुनाले शरीरमा पानीको मात्रा कम भई पर्ुनर्जलीय उपचार गर्नुपर्ने हुन सक्छ । यस बेला प्यास बढी लाग्ने र ऊर्जाको अभावले बढी भोक लाग्ने हुन्छ, तर जति खाना खाए पनि ऊर्जामा परिणत हुन नसक्ने हुन्छ । त्यस्तै जीवाणुको संक्रमण भएमा वा अन्य घाउ-खटिरा आएमा सन्चो हुन गाह्रो हुन्छ ।

रगतमा भएको चिनीका अणुहरु कोशिकामा गएर जीवरासायनिक क्रियाबाट ऊर्जा बन्ने प्रक्रियामा इन्सुलिन हर्मोनको महत्त्वपर्ूण्ा भूमिका हुन्छ । इन्सुलिन हर्मोनले नै कोशिकामा चिनीको अणु जाने बाटो खुलाउने हो । चिनीरोग हुनेहरुमा यही इन्सुलिनको गुणात्मक वा मात्रात्मक कमी हुने भएकाले  समस्या थोपरिन्छ । मधुमेहको प्रभाव मिर्गौला, मस्तिष्क, आँखा, मुटु, स्नायु, रक्तनली जताततै देखिन्छ र उपचार भएन भने यसको खराब प्रभाव बढ्दै जान्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु, इन्सुलिनको प्रभावकारितामा सुधार ल्याउनु तथा चिनीरोगका अन्य जटिलता आउन नदिनु नै यसको उपचार हो । त्यसैले मधुमेह भएका वा यसको लक्षण देखापर्नेहरुले र्सवप्रथम पोषण उपचार विधि ( Diet Therapy) अपनाउनर्ुपर्छ । यो उपचार विधि नै आधारस्तम्भ भएकाले खानाको बारेमा स्पष्ट धारणा बनाउनु आवश्यकता छ । चिनीरोग लागेको सुरुकै अवस्थाका, अलि-अलि मात्रै चिनीको मात्रा बढेका, उच्च तौल भएका, खानाको भारस्वरुप चिनी देखा परेका रोगीहरुको १०-२० प्रतिशत चिनीरोगलाई खानाले मात्र पनि नियन्त्रण गर्न सकिन्छ । खानामा हुने चिनी, शरीरको ऊर्जा आवश्यकता, शरीरको औसत अवस्था आदिको विश्लेषण गरेर व्यक्तिपिच्छे फरक-फरक खानेकुराको सल्लाह दिइए तापनि समग्ररुपमा सबै चिनीरोगीलाई करिब-करिब उही प्रकारको खानाको सल्लाह दिने गरिन्छ ।

स्वस्थ अवस्थामा खानाअनुसार वा चिनीको मात्राअनुसार जरुरी भएमा इन्सुलिनको उत्पादन कुनै पनि बेला बढ्न सक्छ तर चिनीरोगीमा त्यसको सम्भावना नभएकाले उसलाई दिइने खानामा विचार पुर्‍याउनुपर्ने हुन्छ । अर्को कुरा खानाको सल्लाह दिँदा व्यावहारिक, प्राकृतिक, सहज, स्थानीय खानाको बाहुल्यता तथा चालचलनको पनि मनन गरेर दिइनु राम्रो र्ठहछ । धेरैजसोले आफ्नो मौलिकता छोडेर अमेरिका वा बेलायतमा बनाइएका खाना-तालिका नेपाली भाषामा रुपान्तरण गरेर बिरामीलाई दिने गरेको पाइन्छ । त्यस्ता तालिका २ देखि ५ प्रतिशतले बुझेर उपयोगको प्रयास गरे पनि ९५ प्रतिशत फाइलमा थन्क्याउने मात्र गर्छन् ।

खान हुने वा नहुने खाद्यपदार्थहरु

औषधीय खाद्यपदार्थ

प्राकृतिक रुपमा चिनीरोग नियन्त्रण गर्ने वा प्रतिरोध गर्ने भनी मानिएका लाभदायी खाद्यपदार्थ मेथी, लसुन, अदुवा, प्याज, दालचिनी, तुलसी, तीतेकरेला, गुवार, बेसार आदि हुन् । यी खाद्यपदार्थहरु उपचारका रुपमा समेत उपयोग गर्ने चलन छ । यस्ता खाद्यपदार्थको उपयोगले अन्य औषधिका मात्रा घटाउनुपर्ने स्थिति पनि आउन सक्छ । अचानक चिनीको मात्रा बढ्ने र बेहोस हुने समस्याहरुसमेत तीतेकरेला, तुलसी र मेथीले नियन्त्रण गर्न मद्दत गर्छ ।

तरकारी तथा सागसब्जी

मधुमेह भएकाले बन्दाकोपी, मूला, गोलभेंडा, फूलकोपी, सिमी, भिन्डी, भान्टा, काँक्रो, च्याउ, भेडे खर्ुसानी, रायो, चम्सुर, पालुो, प्याज, लसुन, घिरौंला, बोडी, अन्य हरिया सागसब्जी स्वतन्त्ररुपमा जति खाए पनि हुन्छ । यस्ता तरकारीलाई सुरक्षित मानिन्छ ।

त्यस्तै हरियो मकै, चुकन्दर, लौका, कुभिण्डो, कटहर, हरियो फर्सर्ीीकेराउ वा अन्य हरिया गेडागुडीहरु अलि-अलि नियन्त्रितरुपमा खान हुने तरकारीहरु हुन् ।

यसैगरी पाकेको फर्सर्ीीआलु, सगरखण्ड, गाजर वा हिउँदे मीठो सिमी आदि चाहिँ अति न्यून मात्रामा खान वा चाख्न मात्र सकिने तरकारी हुन् ।

काष्ठफल वा अन्य फलफूल

आरुबखडा, किवी, मौसम, सुन्तला, स्याउ, एभोक्याडो, नासपाती, आरु आदि मधुमेहीले राम्रैसँग केही मात्रामा खान हुने फलफूलहरुमा पर्दछन् । यी फलफूलहरु फाइदाजनक तथा तुलनात्मकरुपमा सुरक्षित हुनाले केही मात्रामा खाए हुन्छ तर  निस्पिmक्रीरुपमा खानुचाहिँ  राम्रो होइन  ।

यस्तै अलि नियन्त्रितरुपमा कम मात्रामा खान हुने फलफूलमा मेवा, केरा, आँप, अंगुर, भुइँकटहर, पैयुँ आदि हुन् । यी फलफूल प्रशस्त खान हुँदैन । साथै गुलियोमा वा चिनीमा संरक्षित भएमा त झन् खानै हुँदैन, वर्जित मानिन्छ ।

साह्रै कम मात्रामा खान वा चाख्न मात्र हुने फलफूलमा काजु, किसमिस, आरु जातका अन्य फलफूल, बदाम, हलुवावेद, सापोटा, खजुर, खरबुजा, तरुल, सगरखण्ड पर्दछन् । यी फलफूल भरसक नखानु राम्रो हुन्छ  ।

अन्न, गेडागुडी वा दालयुक्त खाद्यपदार्थ

मधुमेह भएकाहरुले स्वतन्त्ररुपमा खान हुने सुरक्षित खाद्य पदार्थमा रहरको दाल, राजमा, भटमास, केराउ, चना, मास, गहुँ, जौ, कोदो, मकै तथा अन्य केही खाद्यवस्तु र दालजन्य वस्तुहरु पर्दछन्  । चिल्लोविहीन दूध, दही, मही आदि पनि खान हुन्छ ।

ठिक्क मात्रामा नियन्त्रितरुपमा खान हुने खाद्यपदार्थमा हरियो मकै, सेतो चामल, खैरो चामल, उसिनेको चामल, घैया, फापर, बासमती चामल, चिउरा, मराही, झिलु?ी वा अन्य चामलजन्य खाद्यपदार्थहरु पर्दछन् ।

यस्तै रागी, ताइचु?े वा मीठो चामल, उखु, चिनी, मिश्री, मह आदि भरसक नखानु नै उत्तम हुन्छ । यी खाद्यपदार्थ नखाई भएन भने अति नै कम अर्थात् चाख्नु मात्र,  बेस हुन्छ ।

पर्ूण्ारुपमा वर्जित वा खानै नहुने खाद्यपदार्थहरुमा चिनी, सख्खर, घिउ, तेल, मिर्ठाई, हलुवा, चिनीमा सञ्चित फलफूल वा खाने पदार्थ, तारेको, भुटेको चिल्लो खानेकुरा, खीर, मिश्री, जेरी, स्वारी आदि पर्दछन्  ।

खानाको गुण, वैगुण हेरेर, फाइदा-बेफाइदा लेखाजोखा गरेर, सुरक्षित खानामा जोड र असुरक्षित खानामा खबरदारी गर्नै पर्ने हुन्छ । परिवारको तथा चिनीरोगीको समान जिम्मेवारी देखिने हाम्रो समाजमा चिकित्सकले पनि झन्डै आधा जिम्मेवारी बहन गर्नर्ुपर्छ । परामर्श, छलफल तथा सल्लाहसहितको उपचार राम्रो हुन्छ ।

यसरी खानाको बारेमा जानकारी हुनु तथा उक्त ज्ञानअनुसारको सत्य सल्लाह बिरामीलाई दिनु चिकित्सकको कर्तव्य हो । त्यस्तै अन्य वर्ग, खानाविद्, पोषणविद् वा अरु जनस्वास्थ्यविद्हरुले पनि राम्रोसँग मनन गरी आफूले बुझेर त्यस्तै सल्लाह प्रदान गर्नर्ुपर्छ । व्यावहारिक रुपमा खानाको पर्ूण्ा ज्ञान भएको खण्डमा खानाबाट हुने फाइदा प्रशस्त लिन सकिन्छ ।

खानासम्बन्धी जान्नै पर्ने कुरा

- भोको कहिल्यै नबस्ने, भरसक अत्यधिक पनि नखाने ।

- खाना नियमित, निर्दिष्ट तथा सुरक्षित मानिएको छान्ने र खानामा सधैँ एकरुपता ल्याउने ।

- खाना र औषधिको समयको सम्बन्ध हुने हुनाले तोकिएको समयमा तोकिएको खाद्यपदार्थ खाने र पक्का भएमा मात्र औषधि वा इन्सुलिन लिने गर्नुपर्छ ।

- खानाको गुण, ऊर्जा तथा मात्रा र सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकको सल्लाहविना के होला र, मलाई थाहा छ भन्ने मिथ्या विश्वासमा अडिई अथवा हाम्रा बुबाले यसो गर्दा पनि केही भएन भन्नेजस्ता विश्वासमा परी निर्णयगर्नु हुँदैन । सबभन्दा मुख्य कुरा वैज्ञानिक आधार तथा तथ्यपरक तर्कको आधारमा कुनै पनि क्रियाकलाप वा निर्णयगर्नर्ुपर्छ ।

- राति, दिउँसो तथा बिहानको खाना वैज्ञानिक रुपमा के-कस्तो छ र किन भनेर व्याख्या गर्दा खानाको प्रकृति फरक-फरक हुन्छ नै । दिनभरि सक्रिय जीवनशैलीमा हुनु तथा राति सुत्नुले फरक-फरक ऊर्जाको आवश्यकता पर्छ । त्यसैले खाना पनि फरक-फरक हुनु स्वाभाविक हो । बिहान र दिउँसो अलिअलि ऊर्जादायक खाना -कार्बोहाइड्रेट- चामल, आलु, दूध आदि) खानुपर्ने हुन्छ भने राति ऊर्जाको आवश्यकता कम हुने हुनाले अझै कम खाने सल्लाह दिइन्छ । त्यसैले बिहान केही नियन्त्रित मात्रामा भात खाए पनि साँझ वा रातिका लागि रोटी अथवा च्याँख्ला खान जोड गरिन्छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.