Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

आइसक्रिमसम्बन्धी रोचक जानकारी

- लगभग एक ग्यालन (४ लिटर जति) आइसक्रिम बनाउन १२ पाउन्ड दूधको  प्रयोग हुने गर्छ ।

 - कोनमा राखिएको एक स्कुप आइसक्रिम खाइसक्न झन्डै ५० पटक चाट्नर्ुपर्छ ।

 - क्यानडाको इड्मन्टन भन्ने ठाउँमा सन् १९८८ मा इतिहासमै सबैभन्दा ठूलो आइसक्रिम सन्डी -फलफूल, मसला आदि मिसाएको आइसक्रिम) बनाइएको थियो । यसको तौल २४ टनभन्दा बढी थियो ।

 -  सन् १९०४ मा सेन्ट लुइसमा आइसक्रिमको पर््रदर्शनी भएको थियो । सोही पर््रदर्शनीमा आइसक्रिम कोनको आविष्कार भएको थियो । भनिन्छ, जब आइसक्रिम र्सव गर्ने भाँडो रित्तियो तब ग्राहक रिझाउनका लागि आइसक्रिम पसलेले एउटा वाफल पसलेसँग मिली वाफललाई आइसक्रिम र्सव गर्ने कोनमा परिवर्तन गरेको थियो ।

- संसारमा सबैभन्दा बढी आइसक्रिमको प्रयोग गरिने देशहरु मध्ये रहेको अमेरिकामा हरेक वर्षएक व्यक्तिले लगभग ४८ पिन्ट -१ पिन्ट . ४७३.१८ मिलिलिटर)  आइसक्रिम उपभोग गर्ने गर्छ ।

- संसारमा आइसक्रिमको निम्ति भनी उपयोग गरिने ८० प्रतिशत भनिला बिन (Vanilla Bean) को उत्पादन मदगास्कर (Madagascar) हुने गर्छ ।

- आइसक्रिमका परिकारहरुमध्ये स्टिकमा पाइने आइसक्रिमबार विश्वमै र्सवप्रथम सन् १९२० ताका सुरुआत भएको थियो ।

 टि्रपल चकलेट क्रन्च सेक

 सामग्री

चकलेट कुकिज (टुक्रा पारेको)  - २ वटा

चकलेट सिरप - २ टेबल स्पुन

चकलेट आइसक्रिम  - २ स्कुप

दूध    - १/३ कप

विप क्रिम र क्यान्डीको धूलो - सजावटको निम्ति

 विधि

विप क्रिम र क्यान्डीबाहेक सबै सामग्री एउटा ब्लेन्डरमा राखी ३० सेकेन्डसम्म घोल्ने। सबै सामग्री एकैनासमा घोलिएको हुनर्ुपर्छ। अब यसलाई एउटा र्सर्विङ ग्लासमा राखी माथिबाट विप क्रिम र क्यान्डी हाली र्सव गर्ने।

पिनट बटर एन्ड जेली मिल्कसेक

आवश्यक सामग्री

पिनट बटर - १ टेबल चम्चा

जाम वा जेली - २ टेबल चम्चा

दूध - आधा कप

भेनिला आइसक्रिम - १ कप

 विधि

पिनट बटर र जाम  -स्ट्राबेरी वा र्‍याजबेरी वा अंगुरको जाम) लाई एउटा ब्लेन्डरमा मिसाउने। यसमा दूध र आइसक्रिम पनि थपेर राम्ररी घोल्ने र र्सव गर्ने। यसलाई अझ आकर्ष ढंगले सजाउनको लागि बदाम, चकलेट आदिका टुक्राहरु माथिबाट छरेर र्सव गर्न सकिन्छ ।

प्रस्तुतिः बिनी श्रेष्ठ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.