|
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर डा. पुष्पप्रसाद शर्मा मानसिक रोग विशेषज्ञ टेलिभिजन नेपाली समाजको एउटा अभिन्न अंग भइसकेको छ । दुगम गाउँहरुमा पनि कुनै न कुनै प्रक्रियाबाट टेलिभिजन हर्ेन पाउने व्यवस्था गर्न थालिएको छ । बालबालिकामा टेलिभिजनप्रति निकै आकर्षा बढेको देखिन्छ । यसै क्रममा बालबालिकाहरु टेलिभिजनमार्फ ज्ञानवर्द्धक, शिक्षामूलक र समाचारमूलक कार्यक्रमबाहेक हिंसा, यौनजन्य हिंसा र अन्य नकारात्मक कार्यक्रमहरु पनि हर्ेन पुग्छन् । सञ्चार क्षेत्रको विकासले यी कुराहरुलाई सम्भव बनाएको छ । हाल अभिभावक, शिक्षक, बुद्धिजीवीहरुबाट यस कुरामा चासो देखाउन थालिएको छ । बालबालिकामा टेलिभिजनले कस्तो असर पार्छ भन्ने बारेमा उनीहरुले चासो व्यक्त गर्न थालेका छन् । लागूपदार्थ, दुर्व्यसन, हिंसा, सौर्न्दर्य, लै?कि भूमिका व्यक्तिहरुबीच अन्तरसम्बन्ध, आत्महत्या आदिजस्ता टेलिभिजनमा आउने दृश्यहरुले बालबालिका र किशोर-किशोरीहरुमा असर पार्छ । तर टेलिभिजनले एउटा अभिभावक र शिक्षकको भूमिका पनि खेल्न सक्छ । टेलिभिजनले अभिभावक र बालबालिकाबीचमा एउटा मध्यस्थताको भूमिका खेल्न सक्छ र धेरै हदसम्म परिवारको अन्तरसम्बन्धको विकास गर्न यसको सकारात्मक भूमिका हुन सक्छ । धेरै मानसिक स्वास्थ्य कार्यकर्ताको ठम्याइमा टेलिभिजनमार्फ बालबालिका र किशोर-किशोरीहरुले संसारको बारेमा जानकारी लिने मात्र हैन कि उनीहरु आफू पनि यसका अंश हुन् भन्ने कुरा आत्मसात् गर्छन् । यी टेलिभिजनका सकारात्मक पक्ष हुन् । टेलिभिजन र लागूपदार्थ टेलिभिजनमार्फ बालबालिका र किशोर-किशोरीलाई विभिन्न वस्तु र व्यवहारका नकारात्मक असरको बारेमा बेलाबखतमा सचेत गराउने कार्यक्रमहरु देखाइए तापनि धेरैजसो कार्यक्रम, सिनेमा आदिका विषयवस्तु चुरोट र रक्सीजन्य पदार्थलाई सकारात्मकरुपमा केन्द्रित गरी बनाइएका हुन्छन् । यसले बालबालिका र किशोर-किशोरीहरुमा ती वस्तुका बारेमा सकारात्मक छाप पर्न सक्छ । झन् अझ केही कार्यक्रमहरुमा रक्सी र चुरोटलाई पुरुषत्वसँग गाँसेर देखाइने पनि गरेको छ । यसले किशोरहरुलाई बढी प्रभाव पारेको देखिन्छ । रक्सीको प्रयोग र किशोरहरुमा हुने बढ्दो मोटरसाइकल दर्ुघटना पनि यसै सेरोफेरोमा हर्ेन सकिन्छ । टेलिभिजनको माध्यमबाट सिकेको रक्सीजन्य पदार्थको दर्ुर्व्यसन एउटा सुरुआत मात्र हुन सक्छ । पछि त्यो कुलत अन्य लागूपदार्थ सेवनमा विस्तारित हुन सक्छ । यी सबै कुराहरुलाई ध्यानमा राख्दा लागूपदार्थको दर्ुर्व्यसन र यसको विस्तारमा टेलिभिजनको अहम् भूमिका रहेको देखिन्छ । तर यसको नकारात्मक असरका बारेमा टेलिभिजनजस्ता सञ्चारमाध्यमलाई सशक्तरुपमा उयोग गरिएको देखिदैन । लै?कि भूमिका, शारीरिक बनोट र सौर्न्दर्य टेलिभिजनले बालबालिकालाई आफ्नो लै?कि भूमिकाको बारेमा पनि धेरै जानकारी दिएको हुन्छ । राम्रोसँग पढ्न पनि नसक्ने साना बालबालिकालाई कार्टर्ुुआदिजस्ता कार्यक्रमको माध्यमद्वारा पुरुष-महिला र लै?कि भूमिकाको बारेमा जानकारी दिन सकिन्छ । तर टेलिभिजनमार्फ दिइने लै?कि भूमिका सधैँ एकै प्रकारको हुने र केहीहदसम्म रुढिवादी संस्कार र महिला-पुरुषमा हुने कार्यक्षेत्र विभाजनमा बढी केन्द्रित रहेको देखिएको छ । लैगकि भूमिकाको साथै बालबालिका र किशोर-किशोरीमा आफ्नो शारीरिक बनोटको बारेमा जानकारी दिन पनि टेलिभिजनले धेरै भूमिका खेलेको देखिन्छ । यसको साथसाथै सौर्न्दर्यलाई अनावश्यक र चाहिनेभन्दा बढी प्राथमिकता दिने कार्यमा पनि टेलिभिजनको धेरै हदसम्म भूमिका छ । टेलिभिजनमार्फ प्रसारण गरिने त्यस्ता कार्यक्रम र विभिन्न विज्ञापनहरुमा सौर्न्दर्य र शरीरको बनावटलाई अतिरञ्जित गरी देखाइने कार्यक्रमलाई हेरेर विशेष गरी किशोरीहरुमा आफ्नो शरीर र सौर्न्दर्यप्रति हीन भावना मौलाउने र मानसिक एवम् शारीरिक ऊर्जा त्यसमा खर्च गर्ने प्रवृत्ति देखिएको छ । आफ्नो शरीर र त्यसको बनावट विशेष गरेर दुब्लो रहने होडमा खानपिनसमेत छोडी अन्ततः अत्यन्त जटिल किसिमको भोक नलाग्ने ९बलयचभहष्ब० मानसिक रोगको विकाससमेत हुने गरेको देखिएको छ । किशोरहरु पनि टेलिभिजनमा देखाइएकाजस्ता सुगठित शरीर आफ्नो नभएका कारण विभिन्न किसिमका मानसिक समस्याका सिकार भएका देखिएका छन् । हिंसा र टेलिभिजन टेलिभिजनमा प्रसारण हुने र बालबालिकालाई सबभन्दा नकारात्मक असर गर्ने हिंसासम्बन्धी कार्यक्रमहरु हुन् । हिंसाजन्य कार्यक्रमहरु आजकल सूचनामूलक कार्यक्रम जस्तै कि समाचार आदिमा पनि नजानिंदो किसिमले उपस्थित भएको देखिन्छ । यौनजन्य हिंसा भएका कार्यक्रमहरु पनि बालबालिका र किशोर-किशोरीहरुले टेलिभिजनमा नै धेरै देखेका हुन सक्छन् । बालबालिका जो अत्यन्त धेरै टेलिभिजन हेछन् उनीहरुले यो संसारलाई धेरै नै हिंसात्मक देखेका हुन्छन् भन्ने कुरा विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् । हिंसात्मक किसिमका केही कार्यक्रम हेर्ने बालबालिका अरुभन्दा आक्रामक देखिएका छन् । यसको मतलब बालबालिका र किशोर-किशोरीहरु टेलिभिजनको माध्यमबाट पनि हिंसात्मक गतिविधिहरु सिकिरहेका हुन्छन् भन्ने बुझिन्छ । जुन बालबालिकाहरु पहिलेदेखि नै केही भावनात्मक समस्याहरुले ग्रसित भएका हुन्छन्, तिनीहरुलाई हिंसात्मक कार्यक्रमहरुले छिटो असर गर्छ । झन् हिंसात्मक गतिविधि र उक्त कार्य गर्ने व्यक्तिले कुनै सजाय नपाएको देखाउनुले पनि बालबालिकामा उक्त कार्यप्रति आकर्षा बढेको हुन्छ । हिंसालाई राम्रो ठहर्याउनु, यसलाई जीवनको सत्य घटनामा आधारित भएको देखाउनु, हिंसा बदला लिने एक अचुक उपायजस्तो गरेर देखाउनु र हिंसा कुनै पनि दुःख-पश्चात्ताप आदि कुरासँग असम्बन्धित जस्तो गरी देखाउनुले पनि टेलिभिजन हिंसात्मक कार्य सिक्ने एउटा माध्यम बन्न सक्छ । टेलिभिजनलाई बालबालिका र किशोर-किशोरीहरुका लागि राम्रो कार्यमा उपयोग गर्न सकिने भए तापनि यसको लाभदायी प्रभावभन्दा पनि नराम्रो प्रभाव नै बढी देखिन्छ । अभिभावकहरु के टेलिभिजन हर्ेन दिनु उचित हुन्छ त भन्ने प्रश्न पनि गर्छन् । यससम्बन्धमा भन्नुपर्दा कुन कार्यक्रम र कति समय भन्ने कुरा अत्यन्त महत्त्वपर्ूण्ा हुन्छ । धेरैजसो अभिभावकले धेरै टेलिभिजन हेरेमा केटाकेटीको आँखा ब्रि्रने, पढाइमा समय कम हुने कुरामा मात्रै ध्यान दिएका हुन्छन् तर लामो बिदाको बेलामा जब बालबालिका शैक्षिक क्रियाकलापहरु गर्न पर्दैन, त्यस बेला उनीहरुलाई सम्भवतः टेलिभिजन हर्ेन रोक लगाइँदैन, साथै उनीहरुले कस्ता कार्यक्रम हर्ेछन् भन्ने कुराको पनि हेक्का राखेको पाइँदैन । त्यसले गर्ने मानसिक असरको बारेमा पनि त्यति ध्यान दिइएको पाइँदैन, जुन अत्यन्तै जरुरी छ । त्यसैले अभिभावक, शिक्षक, मानसिक स्वास्थ्य कार्यकर्ता, सामाजिक कार्यकर्ताहरुले एक किसिमको दबाब सृजना गर्नुपर्ने बेला आइसकेको छ । टेलिभिजनमा देखाइने विज्ञापन, कार्यक्रम, सिनेमा आदिमा बालबालिका र किशोर-किशोरीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने खालका प्रस्तुतिहरुलाई गैरकानुनी घोषणा गर्न दबाब दिनर्ुपर्छ, अन्यथा यसले हाम्रो समाजमा अत्यन्त नराम्रा असरहरु पुर्याइरहनेछ ।
|
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |