Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

छालामा हुने मुसाको होमियोप्याथिक उपचार

 डा. राजेश प्रधाना?

 होमियोप्याथिक चिकित्सक

धेरैजसो मानिसलाई जीवनमा एक पटक छालामा हुने समस्या मुसा -ध्बचतक) आउने गर्छ । यो समस्या एक प्रकारको भाइरस (Dna Human Papilla Virus) बाट हुने गर्छ । यो भाइरस एकबाट अर्को मानिसमा भन्दा शरीरको एक भागबाट अर्को भागमा र्सर्ने गर्छ । खासगरी छालाको टुक्राबाट वा चोटपटक वा भिजेको अवस्था जस्तै- स्वीमिङ पुलमा, मासु काटेर बेच्ने पेसा गर्नेहरु वा माछा काटेर बेच्ने मानिसमा यो समस्या फैलिएर जाने गर्छ ।

धेरैजसो छालामा हुने मुसा हानि गर्ने खालको हुँदैन तर पनि मानिसले यसलाई समस्याकै रुपमा लिने गर्छन् । गुप्ता?मा हुने मुसाले चाहिँ पाठेघरको मुखमा क्यान्सर गराउन सक्छ । कुनै प्रकारको मुसा एउटा-एउटा गरेर छालामा देखा पर्छ भने कुनै समूहमा देखा पर्ने गर्छ ।

मुसाका प्रकार

मुसा विभिन्न प्रकारका हुन्छन् । 

कमन वार्टसः

कमन वार्टस्  समूहको मुसा धेरै जनालाई हुने गर्छ, जुन अलि खस्रो खालको हुन्छ । यो गोलो, समान आकार नभएको, खैरो, खरानी वा पहेँलो रंगको हुन्छ । धेरैजसो मुसा आधा इन्चभन्दा साना खालका हुन्छन् । यस्ता मुसा घुँडा, अनुहार, औंला र नङको वरिपरि हुन्छन् । यस्ता प्रकारका मुसा छालाभरि फैलिने पनि गर्छ ।

 प्लान्टार वार्टसः

यस प्रकारको मुसा पैतालामा हुने गर्छ । हिँड्दा थिच्चिएको कारणले यसलाई कडा छालाले घेरिएको हुन्छ । यो कडा र चेप्टो हुन्छ । यो पैतालाको माथि र खुट्टाका औंलाहरुमा पनि देखा पर्छ । यस प्रकारको मुसाको बीचमा खैरो र कालो दाग हुने गर्छ । पैतालामा हुने मुसालाई खिल हो कि भनेर झुक्किने हुन्छ तर खिललाई काट्दा रगत आउँदैन भने यस प्रकारको मुसा काटिँदा सानो भागबाट रगत बहन्छ ।

प्लेन वार्टसः

यस प्रकारका मुसा सम्म परेका हुन्छन् । यी  मुसाहरु अनुहार र हातको पछाडि भागमा हुने गर्छन् ।

फिलिर्फम वार्टसः

यो लाम्चो, साँघुरो प्रकारको मुसा हो । यो परेला, अनुहार, घ्रि्रो र ओठमा देखा पर्छ ।

फ्ल्याट वार्टसः

यस प्रकारको मुसाचाहिँ  बढी केटाकेटी र वयष्कहरुमा समूहमा देखा पर्छ । यो चेप्टो खालको हुन्छ । साथै पहेँलो, खैरो वा खरानी रंगको हुन्छ, जुन मुखमा, हातको माथिल्लो भागमा देखा पर्छ । महिलाहरुको खुट्टातिर बढी हुन्छ भने पुरुषको दाह्रीमा हुने हुँदा दाह्री काट्दा यो फैलिएर जान्छ ।

जेनिटल वार्ट समूहको मुसाः

यो मुसा गुप्ता?मा हुने गर्छ । यसलाई भेनेरल वार्टस् पनि भनिन्छ । यो लि?मा, मलद्व।रवरिपरि र स्त्रीको गुप्ता?मा देखा पर्छ । यो असमान प्रकारको र झुप्पामा काउली फूलजस्तो पनि हुने गर्छ । गुप्ता?मा हुने मुसाहरु यौनसर्म्पर्क वा मलद्वारमा अप्राकृतिक यौनसर्म्पर्क गर्ने समलि?ीहरुमा हुने गर्छ । कुनै-कुनै ह्युमन पेपिलो भाइरसको केही प्रकारले ट्युमर बढाउन मद्दत गर्ने हुँदा अल्ट्रा भायोलेट विकिरणको कारण रोगसँग लड्न सक्ने क्षमता कम भएर छालामा पनि क्यान्सर गराउन सक्छ । 

मुसासम्बन्धी भ्रम र उपचार

मुसा आएको खण्डमा कतिपय मानिसले यस समस्यालाई दुःख पर्दा आउँछ र सुख हुँदा हराएर जान्छ भन्ने विश्वास राख्छन् । कसैले त धूप बालेर मुसा आएको ठाउँमा पोल्ने गर्छन् भने कसैले रौंले मुसालाई बाँधेमा पनि मुसा हराएर जान्छ भन्ने ठान्छन् ।

यसरी मुसा हटाउने विभिन्न प्रक्रिया अपनाए तापनि कहिलेकाहीँ आफ्नै रोग-प्रतिरोध क्षमताको कारण पनि मुसा हराउने गर्छ । जनकपुरको धनुषा धाममा मुसा निको पार्न भन्टाको भार -भन्टालाई सिन्का उनेर चढाउने) चढाउने प्रथा चलिआएको छ । साधारण चलनअनुसार उपचार गर्ने क्रममा कसैले मुसा आएको ठाउँमा चुन लगाउने, एसिड लगाउने, काट्ने वा विभिन्न औषधिको प्रयोग गरी कष्टकर तरिकाले उपचार गर्ने गर्छन् । तर होमियोप्याथिक उपचार प्रणालीद्वारा यस समस्याको हरण गर्न सकिएको प्रशस्त उदाहरण भएकाले अन्य चिकित्सा प्रणालीका चिकित्सकहरुले छालामा आएको मुसा हटाउन होमियोप्याथिक औषधि प्रयोग गर्ने सल्लाह दिने गरेको पनि पाइन्छ ।

होमियोप्याथिक औषधिहरु प्रयोग गर्ने क्रममा कतिपयले लगाउने मलहम वा झोलको प्रयोग गर्नुका साथै अरु धेरै वटा औषधि प्रयोग गरेको पाइन्छ, तर यो तरिकालाई होमियोप्याथिक सिद्धान्तअनुसार सही मानिदैन । होमियोप्याथिक उपचार प्रणालीमा कुनै पनि व्यक्तिलाई चोटपटक वा घाउ बाहिरी कारणबाट भएको छ भने मात्र लगाउने झोल वा मलहमको प्रयोग गरिन्छ र खाने औषधि एक पटकमा एक प्रकारको मात्र दिइन्छ । तर शरीरको भित्रैबाट उत्पत्ति भएका मुसा, छालासम्बन्धी अन्य घाउ, खटिरा वा अन्य समस्यामा लगाउने औषधिको प्रयोग गरिदैन र गर्नुहँुदैन । केवल खाने एक नामको औषधि दिई उपचार गरिन्छ ।

उपचारको क्रममा यस्ता समस्याहरुमा लगाउनुपर्ने पदार्थहरुको प्रयोग गर्दा सजिलो वा आरामको लागि औषधि नभएका पदार्थहरु स्पिरिट, ओलिभ तेल, भ्यासलिन आदि प्रयोग गर्न सकिन्छ । तर्सथ कुनै पनि व्यक्तिलाई छालामा मुसा आएको छ भने पनि होमियोप्याथिक चिकित्सकले रोगीको शरीरमा भएका सम्पूर्ण् शारीरिक समस्या र मानसिक अवस्था उपचार गर्दा प्रयोग गरेका औषधिहरु  व्यक्तिगत विवरण, क्लिनिकल परीक्षण, शरीरको बनावट आदि सबै कुराहरुको लेखाजोखा र मूल्याड्ढन गरेपछि कम्प्युटरको सहयोगबाट रेपटोराइजेसन प्रक्रिया गरिन्छ । यो प्रक्रियाबाट प्राप्त भएका औषधिहरुको समूहमध्येबाट बिरामीलाई निको पार्न सक्ने एउटा औषधिको छनोट चिकित्सकले गरेपछि आवश्यक मात्रामा रोगीलाई खान दिइन्छ ।

समयको अन्तरालमा रोगीलाई औषधिले के-कस्तो असर गरेको छ भन्ने कुराको निक्र्योल गरिन्छ । होमियोप्याथिक चिकित्सकले रोगीको उपचार गर्दा रोगको नाममा उपचार नगरी रोगीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन उपचार गर्ने गर्छन् । रोगी निको हुन विभिन्न कुराहरु जस्तै- रोगीको आत्मीय शक्ति, समस्याको जटिलता र भोगिरहेको समयमा भर पर्ने भएको हुँदा पनि कतिपयले होमियोप्याथिक उपचारमा औषधिले ढिलो काम गर्छ भन्ने भ्रम राख्ने गर्छन् ।

कुनै पनि व्यक्तिले होमियोप्याथिक उपचार गराउँदा चिकित्सकले सम्पर्ूण्ा समस्याको लेखाजोखा गरेर एक पटकमा एउटा नामको वा एक प्रकारको मात्र औषधि दिने गर्छन् । यसो नगरी धेरै वटा औषधि दिएको खण्डमा सो चिकित्सकलाई प्रश्न गरेर आफ्नो उपचार विधिको सिद्धान्तअनुरुप उपचार गर्न र बढी औषधिहरु नदिन आग्रह गर्न सक्छन् । यसो गर्दा कम खर्चमा उपचार हुन सक्छ ।

लामो समयदेखि नेपालमा होमियोप्याथिक उपचार पद्धतिको नाममा विभिन्न नाम भएका औषधिहरु मिलाएर वा एलोप्याथिक उपचार प्रणालीको नक्कल गरेर धन आर्जन गर्ने उद्देश्यले बनाइएका पेटेन्ट औषधिहरु बिक्री वितरण गरेर रोगीलाई वास्तविक उपचारबाट टाढा राखेको पनि पाइन्छ । साथै होमियोप्याथिक उपचारमा साइड इफेक्ट -नराम्रो असर) गर्दैन भन्ने भ्रम उत्पन्न गर्राई उपचार गरिरहेको पनि पाइन्छ । यदि चाहिएको मात्रा र केवल एक नाम भएको औषधि प्रयोग भएको खण्डमा मात्र यसबाट खराब असर हँुदैन तर मकै-भटमासजस्तो गरी मुठी-मुठी औषधि प्रयोग गरेको अवस्थामा अप्राकृतिक रोगहरु उत्पन्न गराएर जटिल समस्यामा अल्झनुपर्ने पनि हुन सक्छ ।

यो प्रणालीको मुख्य सार नै उपचार गराउँदा रोगीलाई एक पटकमा एउटा नाम भएको औषधि र चाहिने मात्रा प्रयोग गर्न दिनर्ुपर्दछ भन्ने हो ।  होमियोप्याथिक उपचार गर्ने सबै चिकित्सकले आफ्नो सिद्धान्तअनुरुप उपचार गरेर जनसमुदायमा सही सूचनाको प्रवाह गरेको खण्डमा नेपालमा पनि होमियोप्याथिकको स्थान युरोप र अमेरिकामा जस्तै हुन समय लाग्दैन ।

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.