Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 

ब्युटीकेयर

सौर्न्दर्यले उदासीनता हटाउने

 िबनु श्रेष्ठ

 ब्युटिसियन

सुख-दुःख, सफलता-असफलता, उतार-चढाव आदिले हाम्रो शरीरमा सकारात्मक एवम् नकारात्मक प्रभाव परिरहेको हुन्छ । सकारात्मक प्रभावले हाम्रो बाह्य सौर्न्दर्यलाई सुन्दर बनाइदिन्छ भने नकारात्मक प्रभावले मलीन बनाइदिन्छ । जतिसुकै राम्रो पहिरन भए पनि नकारात्मक प्रभाव परेको छ भने उदासीपन देखिन्छ र सौर्न्दर्यमा समेत नराम्रो असर पर्छ ।

नकारात्मक विचार, दबाब, डाहा गर्ने बानी, फोहोर वातावरण, विभिन्न प्रकारका समस्या, अकस्मात् आइपर्ने पीर-मर्का, घटनाहरुले हामीलाई उदासीन र हतोत्साही बनाइदिन्छ । यसको सीधा प्रभावले हाम्रो स्वास्थ्य र सौर्न्दर्यलाई नष्ट गरिरहेको हुन्छ । साथै उदासीनताले अनुहारको चमक हराउनु, चाउरीपन आउनु, सुखापन बढ्नु, चिल्लोपन आउनु, डण्डिफोर बढ्नु, कपाल झर्नु, नङ कमजोर भई टुक्रिनुजस्ता बाह्य सौर्न्दर्यसँग प्रत्यक्ष सरोकार रहने कुराहरुलाई बढावा दिइरहेको हुन्छ ।

आजको प्रतिस्पर्धात्मक र डौदधूपको समयमा जीवन त्यति सरल छैन । साहस, संर्घष्ा र सकारात्मक सोच लिएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । यसले गर्दा आफूलाई पनि राम्रो र अरुमा पनि सकारात्मक म्यासेज प्रवाह हुन्छ । उदासीन, हतोत्साही, निरासा, मूड खराबबाट कसरी बच्ने भन्ने बारेमा ज्ञान नहुनाले हामीले आफ्नो स्वास्थ्य र सौर्न्दर्यलाई नष्ट पारिरहेका हुन्छौं । सही समयमा नखानु, न्रि्राको कमी, आन्तरिक एवम् बाध्य स्वास्थ्य स्याहारप्रति लापरबाही, सौर्न्दर्यप्रति बेवास्ता आदिले व्यक्तित्वमा नकारात्मक प्रभाव पर्छ । परिणामस्वरुप आफ्नो काम, कर्तव्य, जीवनशैलीमै निराशा उत्पन्न हुन पुग्छ ।

सकारात्मक सोच, कार्य, जीवनशैलीले गहनाको कार्य गर्छ । आफ्नो सौर्न्दर्यप्रति सजग रहनाले सुनमा सुगन्धको काम गर्छ । मूड प|mेस बनाउनमा सौर्न्दर्यले ठूलो भूमिका खेलेको हुन्छ ।

एक पटक एक जना महिला मलाई प|mेस बनाइदिनुपर्‍यो भन्दै ब्युटी सेन्टरमा आउनुभयो । त्यतिखेर उहाँको मूड खराब भएकाले आत्मशक्ति कमजोर थियो । हर्ेर्दैमा उहाँ  ६० वर्षी जस्तो देखिनुहुन्थ्यो । उहाँले प|mेस र य? लुकको लागि आवश्यक उपचार चाहियो भन्नुभयो । त्यसपछि हामी सबै स्टाफले सल्लाह गर्‍यौं । उहाँका लागि फेसियल टि्रटमेन्ट, पेडिक्योर, हेयर कटका साथै कलरिङ टि्रटमेन्ट गर्ने निष्कर्षनिकाल्यौं । रिल्याक्सिङ फेसियल, रिल्याक्सिङ पेडिक्योर, न्यु हेयर स्टाइल, ब्लन्ड (Blonde) हाइलाइट कलरिङ गरेपछि त अनुहारमा आएको चमकले उहाँ ३०-३५ वर्षो जस्तो देखिनुभयो । उहाँको व्यवहारमा पनि अचम्मको परिवर्तन आयो । उहाँ शालीन हुनुभयो ।

मानिस परिवर्तन चाहन्छ तर कहिलेकाहीँ परिस्थितिले गर्दा एकै प्रकारको जीवनशैलीमा बाँधिनुपर्ने भएकाले आफूलाई हीनताबोध हुन्छ । फलस्वरुप रुखो र कडा स्वभावमा परिवर्तन हुन पुग्छ । तर आफ्नो सौर्न्दर्यलाई स्याहारसुसार गरेर आफूलाई सधैँ प|mेस, यो?, मोर्डन लुक दिन सकिन्छ ।

 

उदासीन एवम् मूड खराब हुँदा निम्न उपायहरु अपनाएर आफूलाई खुशी बनाउन सकिन्छ।

       रिल्याक्सिङ फेसियल टि्रटमेन्ट गर्न सकिन्छ र्।

       पेडिक्योर, मेनिक्योर गराउन सकिन्छ र्।

       हेयर स्टाइल परिवर्तन गर्न सकिन्छ र्।

       नयाँ नेल पलिस, नेल एक्सटेन्सन, नेल डिजाइन गराउन सकिन्छ र्।

       कपालमा तेल लगाएर मसाज गरी टि्रटमेन्ट गर्न सकिन्छ र्।

       हाइलाइट, कलर, एक्सटेन्सन आदि गराउन सकिन्छ र्।

       हेयर स्टे्रट, पर्मानेन्ट वेभ वा टेम्पोररी स्ट्रेट, वेभ आदि गर्न सकिन्छ र्।

       मेकअप थपघट वा परिवर्तन गरेर पनि प|mेस लुक पाइन्छ र्।

       बडी मसाज गराउँदा रिल्याक्स हुन्छ र्।

       अन्य सौर्न्दर्यसम्बन्धी उपायहरु अपनाएर सौर्न्दर्य वृद्धि गर्न सकिन्छ ।

आत्मशक्ति कमजोर हुँदा आत्मविश्वामै कमी आउने वा हराउने हुन्छ । त्यसैले विभिन्न सौर्न्दर्य उपचारमध्ये केहीलाई अपनाएर जीवनलाई सहज र सरल बनाउन सकिन्छ ।

 

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.