Index

कोशीपीडितको स्वास्थ्य समस्या

मानसिक समस्याका रुपमा लाज

गर्भ लम्बिँदा आमा शिशुलाई खतरा

चिनियाँ केटाकेटीमा मोटोपनको खतर

विधवा यौनजीवन

विद्युतीय असरबाट बच्न मैनबत्त

बालबालिकालाई चुनौती बनेको बाथमुटुको रोग

किशोरीहरुमा गर्भपतनको लहर

लाभदायक ओखर
हतारमा गरिने चलाखीपूर्ण् मेकअप
शल्यक्रिया अघि र पछिको पोषण

नातामा बिहे गर्दा बढी लाग्ने मस्कुलर डिस्ट्रोफी

इसक्रिमका लोकप्रिय स्वादहरु 

 

निरोगी हुन शाकाहारी जीवनशैली

हेल्थ न्युज

नेपालको डाक्टरी शिक्षाप्रति विदेशीको आकर्षण

तपाईंका घरमा हाम्रा डाक्टर

राशिफल
 
 
 

बढ्दै छ ग्लोबल फन्डको प्रभाव

 क्ष्मण अधिकारी

Adhikari2007@yahoo.com

ग्लोबल फन्डले राउन्ड ७ को एचआईभी/एड्सतर्फो प्रिन्सिपल रिसिपेन्ट -प्रथम प्रापक)को रुपमा नेपाल सरकारलाई रकम दिन अस्वीकार गरेको छ । नेपाल सरकारको तर्फाट राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई प्रिन्सिपल रिसिपेन्टका रुपमा अघि सारिएको थियो । तर ग्लोबल फन्डले हालै सो केन्द्रलाई राउन्ड २ को रकम प्रभावकारीरुपमा खर्च गर्न नसकेको, केन्द्रको क्षमता अभिवृद्धि नभएको र सक्षम नेतृत्वको व्यवस्था नभएकोजस्ता विभिन्न आरोप लगाई केन्द्रलाई प्रिसिन्पल रिसिपेन्टको सूचीबाट हटाएको छ ।

एड्स, क्षयरोग र मलेरिया नियन्त्रणका लागि सहयोग गर्ने ग्लोबल फन्डले र्सवप्रथम राउन्ड २ मा नेपाललाई सहयोग गर्ने निर्णयगरी सन् २००३ देखि रकम निकासा गरेको थियो । राउन्ड २ मा युएनडीपी र सरकारलाई रकमको प्रथम प्रापक -प्रिन्सिपल रिसिपेन्ट)को रुपमा तोकिएको थियो र करिब ८२ करोड ८६ लाख रुपियाँ दिने सहमति भएको थियो । यस राउन्डमा विभिन्न विवाद आई समयमा रकम निकासा नहुँदा काम सम्पन्न गर्न विभिन्न कठिनाइहरु आएका थिए । राउन्ड २ को रकममध्येबाट राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको क्षमता अभिवृद्धि गर्नुपर्ने र्सत ग्लोबल फन्डले राखेकोमा अहिले सो नभएको र रकम पनि उचित किसिमले खर्च नभएको आरोप लगाई राउन्ड ७ को प्रिन्सिपल रिसिपेन्ट -पी.आर.)बाट सो केन्द्रलाई हटाइएको हो ।

सन् २००६मा नेपालले राउन्ड ७ को लागि प्रस्ताव पठाउँदा नै नेपाल सरकार पीआर हुने सरकारले एड्स बोर्ड गठन गर्ने र त्यसैले काम गर्ने भनेको थियो । सोहीअनुसार ग्लोबल फन्डले फन्डिङ गर्ने सहमति बनेको थियो ।

सन् २००७ को अगस्तमा बोर्ड गठन गर्ने कानुनी आधार तयार भयो । नोभेम्बरमा ३ करोड ६० लाख डलर एड्स नियन्त्रणका लागि दिने निर्णयपनि भयो । तर सरकारले सन् २००८ को जनवरीमा मात्र एड्स बोर्ड गठन गरेकाले भर्खर बनेको बोर्डलाई प्रिन्सिपल रिसिपेन्ट मान्न नसकिने कुरा उठाउँदै युएनडीपी र एड्स रोग नियन्त्रण केन्द्रलाई राउन्ड २ मा जस्तै सातौं राउन्डको प्रिन्सिपल रिसिपेन्ट मान्ने प्रस्ताव ल्यायो । त्यसलाई स्वास्थ्य मन्त्रालयले स्वीकार पनि गर्‍यो तर ग्लोबल फन्डले फेबु्रअरीदेखि अर्को किचलो निकाल्यो । यस पटक ग्लोबल फन्डले युएनडीपीलाई नै प्रिन्सिपल रिसिपेन्टका रुपमा स्वीकार गर्न नसकिने अड्को थाप्यो र राउन्ड २ मा युएनडीपीको कामलाई राम्रो तथा उदाहरणीय भनेर प्रशंसा गर्ने ग्लोबल फन्डले राउन्ड ७ मा युएनडीपीलाई नदिनुमा उसको आन्तरिक स्वार्थ रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको केन्द्रीय कोअर्डिनेसन कमिटी -सीसीएम)ले विधिपर्ूवक छनोट गरेर सिफारिस गरेको, ग्लोबल फन्डले नै राम्रो काम गर्ने भनेर प्रशंसा गरेको र सुरुमा युएनडीपीलाई पनि पीआर दिने भनेर सहमति जनाइसकेको अवस्थामा अड्को थाप्नु निश्चय नै ग्लोबल फन्डको स्वार्थ हावी भएको महसुस हुन्छ ।

यसैबीच ग्लोबल फन्डले युएनडीपीलाई पीआर नदिने र सरकारले मात्र काम गर्न नसक्ने भएकाले अरु संस्थालाई पनि पीआरका लागि अवसर दिन आह्वान गर्नुपर्ने नयाँ र्सत अघि सार्‍यो । यसमा सरकारले प्रतिवाद गरेपछि ६ महिनासम्म ग्लोबल फन्ड र सरकारबीच दोहोरी चल्यो । यसले राउन्ड ७ को परियोजना नेपालमा आउने/नआउनेसम्बन्धमा विभिन्न शंकाहरु उब्जायो । करिब ६ महिनाको वाकयुद्धपछि सरकारले अरुलाई पनि पीआर दिन खुला गर्ने र ग्लोबल फन्डले युएनडीपीलाई पनि पीआर स्वीकार गर्ने सहमतिमा कुरा टंुगियो ।

यसअनुसार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र युएनडीपी पीआर हुने र थप दर्ुइ वटा पीआरका लागि सूचना निकाल्ने सहमति बन्यो । यसअनुसार निवेदन आह्वान गर्दा सेभ द चिल्ड्रेन र नेपाल परिवार नियोजन संघ छनोट भए ।

राउन्ड ७ मा एचआईभी एड्स तथा यौनरोग नियन्त्रणका लागि नेपाललाई दिने सहमति भएको ३ करोड ६० लाख अमेरिकी डलरमध्ये १८ प्रतिशत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई उपचार, अनुगमन, भीसीटी, पीएमटीसी, यौनरोगको उपचार आदि कार्यक्रम सञ्चालन गर्न र करिब ४५ प्रतिशत युएनडीपीलाई नीति निर्माण, तालिम र औषधि खरिदका लागि दिने सहमति भयो ।

दर्ुइ वर्षो प्रथम चरणमा युएनडीपीलाई दिएको कार्यक्रम दर्ुइ वर्षछि सरकारले नै सञ्चालन गर्ने पनि सहमति भयो । यसबाहेक बाँकी रकम सेभ द चिल्ड्रेन र नेपाल परिवार नियोजन संघले एचआईभी/एड्स नियन्त्रण कार्यक्रमका लागि खर्च गर्ने सहमति भयो ।

यसैअनुसार सीसीएमले ४ वटा पीआर हुने गरी ग्लोबल फन्डमा अन्तिम निर्णय लागि प्रस्ताव पठायो तर ग्लोबल फन्डले अक्षमताका विभिन्न आरोप लगाई सरकारी निकाय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रलाई पीआर नदिने निर्णय पठायो । सो केन्द्रले गर्ने काम पनि प्रथम चरणमा युएनडीपीले नै गर्ने गरी हालै अन्तिम निर्णय पठाएर नेपाल सरकारलाई जिल्याइदिएको छ । यसले नेपाल सरकारको अक्षमतालाई केही हदसम्म उजागर गरेको छ । तर त्यसभन्दा बढी यस घटनाले ग्लोबल फन्ड नेपालमा कसरी हावी हुँदै छ भन्ने कुरा प्रस्ट पारेको छ ।

सहयोग कि हस्तक्षेप

विकासोन्मुख राष्ट्रमा सहयोग पुर्‍याउन स्थापना गरिएको ग्लोबल फन्डले प्रापक राष्ट्रको हितलाई प्राथमिकता दिएर सहयोग रकम दिनुपर्नेमा आफ्नो हित र स्वार्थलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसले सहयोगका नाममा हस्तक्षेपको महसुस गराएको छ । युएनडीपीकै सर्न्दर्भमा कहिले राम्रो र उदाहरणीय काम गरेको भन्ने, कहिले पीआर स्वीकार नगर्ने भन्ने, कहिले सरकारको भागमा परेको रकम पनि युएनडीपीलाई नै दिने भनेर निर्णयगर्नेजस्ता कार्यले ग्लोबल फन्डको नियतमा शंका उब्जाउन थालेको छ । ग्लोबल फन्डको पछिल्लो निर्णये सरकारी नीति र अडानलाई कमजोर पार्दै नेपालमा ग्लोबल फन्ड बढी नै हावी हुन लागेको देखिएको छ । यसलाई चुपचाप लागेर सहनु कदापि उचित मान्न सकिन्न ।

अहिले राउन्ड ७ को रकममध्ये दोस्रो चरणको पीआर राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र हुने भनेर ग्लोबल फन्डले सरकारी पक्षलाई फेरि फकाएको छ । साथै फन्डले त्यसमा र्सतहरु राख्दै केन्द्रले व्यवस्थापकीय र प्राविधिक पक्षमा सुधार गर्नुपर्ने जनाउ दिएको छ । राउन्ड २ मा पनि व्यवस्थापकीय सुधार गर्न भनेर सरकारलाई करिब ५२ हजार डलर दिएकोमा सो र्सत पूरा नभएको भनी राउन्ड ७ को प्रथम चरणमा जसरी केन्द्रको नाम अन्तिम अवस्थामा हटाइयो त्यसैगरी दोस्रो चरणमा पनि हटाउने सम्भावनाहरु प्रशस्त छन् । यसमा सरकारी पक्षका पनि कमजोरीहरु नभएका होइनन् ।

राउन्ड २ मा व्यवस्थापकीय सुधारका लागि प्राप्त रकमबाट उद्देश्यअनुरुप सरकारले काम गर्न सकेन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तत्कालीन प्रमुख डा. पदमबहादुर चन्दलगायत अरु तीन जना प्रमुख अधिकृतहरु कोही काजमा अस्थायीरुपमा आएका र कोही सरुवा भएर पनि अटेर गरी बसेका कर्मचारी थिए । यसमा पनि दह्रो नेतृत्व केन्द्रमा नदिएको भन्ने ग्लोबल फन्डको गुनासो रहेको बुझिएको छ ।

सरकारी निर्णयप्रक्रियामा ढिलासुस्ती, केन्द्रमा राजनीतिक हस्तक्षेप, सीमित खर्च गर्ने दायरा आदि कारणले युएनडीपीको रफ्तारमा केन्द्रले काम गर्न नसक्ने निश्चित छ । यसले गर्दा दोस्रो चरणमा पनि केन्द्रले रकम नपाउने सम्भावना बढी नै देखिन्छ ।

ग्लोबल फन्डले दिएको ठूलो रकम अहिले उसको सोच र आवश्यकताअनुरुप खर्च गर्न बाध्य पारिंदै छ ।

राउन्ड २ मा पाएको करिब ८२ करोड ८६ लाख रुपियाँ प्रभावकारीरुपमा खर्च नभएको भन्ने विभन्न क्षेत्रमा प्रश्न उठाइएको छ । राउन्ड २ को ठूलो रकमबाट सीमित क्षेत्रमा मात्र कार्यक्रम सञ्चालन गरिएको, मागअनुरुप उपचार सेवा पुर्‍याउन नसकेको, जनचेतना र स्वास्थ्यकर्मी तालिम कार्यक्रम गुणस्तर र प्रभावकारितामा भन्दा बढी औपचारिकतामा सीमित भएको आरोपहरु लगाइएका छन् ।

ग्लोबल फन्डबाट ठूलो रकम लिएर पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको र यस्ता कार्यक्रम  दिगो पनि नहुने भएकाले एड्स नियन्त्रण कार्यक्रम सरकारले आफ्नै स्रोतबाट सञ्चालन गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् । ग्लोबल फन्डले हात झिक्दा थुप्रै कार्यक्रम बीचमै धराशयी हुने भएकाले दिगो र भरपर्दो कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतहरु बढाउँदै लान जरुरी छ । ग्लोबल फन्ड नहुँदा कसरी काम गर्न सकिन्छ भनेर सोचविचार गर्नुपर्ने बेला आइसकेको देखिन्छ । अहिले राउन्ड ९ का लागि ग्लोबल फन्डले प्रस्ताव आह्वान गरिसकेको छ । एड्स नियन्त्रण बोर्डले पीआरका लागि दाबी गरेर प्रस्ताव पठाउने तयारी गरिरहेको छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.