Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 
 

एड्स नियन्त्रणमा नयाँ सोचको आवश्यकता

  लक्ष्मण अधिकारी

adhikari2007@yahoo.com

एक जनाबाहेक अरुसँग यौनव्यवहार नगर्ने काठमाडौंकी २७ वषर्ीया युवती अहिले एचआईभी संक्रमणको चपेटामा परेकी छन् । लागूऔषधका दर्ुर्व्यसनी आफ्ना पतिले संक्रमित सिरिन्जबाट लागूपदार्थ लिँदा उनमा एड्स हुने भाइरस सरेको र यौनसर्म्पर्कमार्फ श्रीमतीमा सरेको पाइएको छ । लोग्नेको असुरक्षित व्यवहारले गर्दा अहिले उनको जीवन संकटमय बनेको छ । उनमा एचआईभी संक्रमण भएको थाहा भएपछि गर्भमा रहेको शिशुलाई सो भाइरसबाट बचाउन उनले उपचार सुरु गरेकी छन् ।

यस्तै ११ वर्षघि भारतमा काम गर्न गएका लोग्नेको पाँच वर्षघि बिरामी भई घर आउँदा उपचारकै क्रममा मृत्यु हुँदा बेसहारा बनेकी ३८ वषर्ीया एक महिला अहिले आफैं सिकिस्त भएकीले छोराछोरीको बिचल्ली भएको छ । भारतको मुर्म्बईमा काम गर्ने क्रममा असुरक्षित यौनसर्म्पर्क गर्दा लोग्नेमा एचआईभी सरेको र घर आउँदा श्रीमतीलाई पनि सारेकाले निर्दोष ती महिला एचआईभी संक्रमणको पीडामा परेकी छन् ।

पुरुषहरुको बढी यौनसक्रियता

सिरिन्जबाट लागूपदार्थ नलिने र सुरक्षित यौनव्यवहार गर्दागर्दै पनि एचआईभी संक्रमणको पीडा भोग्न बाध्य भएका मानिसहरु अहिले हाम्रो समाजमा प्रशस्तै देखिन थालेका छन् । यसको मूल कारण यौनव्यापार नै भएको निष्कर्षनिकालिएको छ । त्यसमा पनि यौनकर्मीका ग्राहक नेपाललगायत एसियामा एचआईभी फैलाउने मुख्य कारक तत्त्व हुन् ।

एचआईभीले सबैभन्दा बढी आक्रान्त पारेको अप्रिmकी मुलुकका पुरुष र महिला दुवै विवाहबाहिरको यौनसर्म्पर्कमा सक्रिय हुन्छन् । त्यसैले त्यहाँ एचआईभी संक्रमणको मूल कारण यौनसर्म्पर्क भए पनि यौनव्यापार होइन, तर नेपाललगायत एसियाली मुलुकमा महिलाभन्दा पुरुष नै विवाहबाहिरको यौनसर्म्पर्कमा बढी सक्रिय हुन्छन् । पाँच जनामध्ये एक जना पुरुषले जीवनमा कुनै न कुनै बेला यौन खरिद गरेका हुन्छन् । पुरुष बढी सक्रिय भएकै कारणले यौनको माग बढ्न गएकाले नेपाललगायत एसियाली मुलुकमा यौनबजारको विस्तार हुन पुगेको छ । बजारमा यौनकर्मी महिलाको संख्या पुरुषभन्दा कम भएकाले यौनको व्यापारिक कारोबार बढ्न गएको छ र एक जना महिलाले धेरै जना पुरुषसँग यौनसर्म्पर्क गर्ने हुँदा एचआईभी संक्रमणको दर पनि त्यहीअनुसार वृद्धि भएर गएको छ ।

अध्ययनअनुसार एसियालीहरु जब आम्दानीबाट खान पुर्‍याउँछन् त्यसपछि यौनतिर लाग्छन् । नेपाललगायत एसियाली देशहरुमा सहरीकरण, वैदेशिक रोजगारीका अवसर आदिले आम्दानी बढ्दै छ । यसले यौनव्यापारलाई पनि विस्तार गर्दै लगेको छ ।

विश्वमा १० प्रतिशत वयष्कले यौन किन्नुलाई सामान्य मानिन्छ तर नेपालमा वयष्क मानिसको १५ प्रतिशतले यौन किन्ने गरेकाले यौनव्यापारबाट नेपालमा एचआईभी संक्रमणको खतरा निकै ठूलो रहेको छ, तर यसलाई सम्बोधन गर्ने गरी केन्द्रित ९ँयअगकभम० कार्यक्रम नआउँदा नेपालमा एचआईभी संक्रमणको गति वृद्धि भइरहेको छ ।

संक्रमणको मूल कारण यौनव्यापार

एचआईभी संक्रमण नियन्त्रणका लागि नेपालमा विगत २० वर्षा अर्बाैं रुपियाँ खर्च गरेर विविध किसिमका कार्यक्रम सञ्चालन गरे पनि नियन्त्रणमा सफलता प्राप्त नगरेकाले अहिले कार्यक्रमका मोडलहरुप्रति नै प्रश्नचिह्न उठ्न थालेको छ । समस्याको मूल जड समाएर नियन्त्रण प्रयास गर्नुभन्दा परम्परागतरुपमा सबै संस्थाले सबै प्रकारका कार्यक्रम सञ्चालन गर्ने प्रवृत्तिले एचआईभी संक्रमण नियन्त्रणमा नआएको अनुसन्धान विज्ञहरुले बताउन थालेका छन् ।

अप्रिmका र एसियामा एड्स संक्रमणको प्रवृत्ति फरक भएकाले नियन्त्रण कार्यक्रम पनि फरक ढंगले ल्याउनुपर्ने हालै राष्ट्रसंघका महासचिव वानकी मुनलाई बुझाइएको एड्ससम्बन्धी एसिया कमिसन रिपोर्टमा उल्लेख गरिएको छ । सो प्रतिवेदनअनुसार एसियामा एचआईभी फैलनुमा असुक्षित यौनव्यापार (Paid Sex), संक्रमित रसर्ुइको साझा प्रयोग (IDUS) र पुरुषबीच असुरक्षित यौनसर्म्पर्क (msm) नै मुख्य हुन् । यिनै कुरामा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरे एसियामा एचआईभी संक्रमण घटाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वास्तवमा यिनै विषयमा केन्द्रित भएर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने थाइल्यान्ड, कम्बोडिया र भारतको तामिलनाडु राज्यमा उल्लेखनीयरुपमा एचआईभी संक्रमण नियन्त्रण भएको छ भने नेपाललगायत अन्य एसियाली मुलुकमा एचआईभी संक्रमणले तीव्र गति लिइरहेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सन् २००७ को र्सर्वेक्षण तथ्याड्ढअनुसार नेपालमा एचआईभी संक्रमितहरुको संख्या करिब ७० हजार रहेको अनुमान छ । तीमध्ये करिब ६५ हजार १५ देखि ४९ वर्षउमेर समूहका छन् । १४ वर्षुनिका एचआईभी संक्रमितको संख्या करिब १ हजार ८ सय छ भने ५० वर्षन्दा बढी उमेरका करिब ३ हजारलाई एचआईभी संक्रमण भएको अनुमान गरिएको छ । यस र्सर्वेक्षण प्रतिवेदनअनुसार संक्रमण प्रवृत्ति हर्ेदा सबैभन्दा बढी बसाइँ सरेर काम गर्न जानेहरु -३८.८ प्रतिशत), त्यसपछि क्रमशः कम जोखिम समूह मानिएका ग्रामीण महिला, यौनकर्मी, सिरिन्जबाट लागूपदार्थ लिने, कम जोखिम समूह मानिएका सहरका महिला र समलिंगी पुरुषहरु रहेका छन् । यो प्रवृत्तिलाई गहिरिएर हर्ेदा नेपालमा एचआईभी संक्रमणको मूल कारक तत्त्व पनि यौनव्यापार वा पैसा तिरेर गरिने यौनसर्म्पर्क नै रहेको देखिन्छ । नेपालीहरुमा औसत एसियाली मुलुकमा भन्दा पनि यौनसर्म्पर्कबाट एचआईभी र्सर्ने खतरा बढी रहेको अनुसन्धानबाट पाइएको छ ।

पुरुष बढी जिम्मेवार

खासगरी यौन किन्ने पुरुषहरु नै एसियामा एड्स संक्रमणमा मुख्य कारक तत्त्वका रुपमा पाइएका छन् । किनभने कि त उनीहरु विवाहित हुन्छन् वा केटी साथी राखेका हुन्छन् वा विवाह गर्ने तरखरमा हुन्छन् र उनीहरुले एक जनासँग मात्र यौनसर्म्पर्क गर्ने तथा कम जोखिम समूह मानिएका आफ्ना  पत्नी वा केटी साथीलाई एचआईभी सल्काउँछन् ।

हालैको र्सर्वेक्षणअनुसार एसियामा हाल करिब १ करोड महिलाले यौन बेच्छन् र ७ करोड ५० लाख पुरुषले नियमित यौन किन्छन् । यसअनुसार एक जना महिलाले सात जनाभन्दा बढी पुरुषलाई यौन बेच्ने गरेको देखिन्छ । अहिलेसम्म भएका विभिन्न र्सर्वेक्षणअनुसार नेपालमा करिब ६ लाख पुरुषहरु नियमित रुपमा यौन किन्छन् तर यहाँ नियमित यौन बेच्ने महिलाहरुको संख्या करिब ३० हजार रहेको अनुमान छ । यसअनुसार एक जना महिलाले २० जना पुरषलाई यौन बेच्नुपरिरहेको देखिन्छ । एक जना यौनकर्मी महिलाले जति धेरै पुरुषसँग यौनसर्म्पर्क गर्छिन् एचआईभी संक्रमणको गति पनि त्यति नै धेरै हुन्छ । यसरी हर्ेदा यौनकर्मी महिलाकहाँ गएर असुरक्षित यौनसर्म्पर्क गर्ने पुरुषमार्फ कम जोखिम समूह मानिएका महिलाहरुमा तीव्र गतिमा एचआईभी संक्रमण भइरहेको छ ।

यसको नियन्त्रण भनेको पैसा तिरेर गरिने यस किसिमको यौनसर्म्पर्कलाई सुरक्षित गराउनु वा कन्डमको प्रयोग गराउनु नै हो । यौन पर्यटन मुलुकका रुपमा चिनिएको थाइल्यान्ड र कम्बोडियामा महामारीका रुपमा फैलिएको एचआईभी संक्रमण दरलाई ह्वात्तै घटाउन सक्नुमा शतप्रतिशत कन्डम प्रयोग नै हो । तर नेपालमा मुख्य समस्या पहिचान गरी केन्द्रित भएर नियन्त्रण कार्यक्रम सञ्चालन नगरिएकाले एचआईभी नियन्त्रण कार्यक्रम सफल हुन नसकेको पाइएको छ ।

विदेशमा काम गर्नेले धेरै एड्स ल्याए

नेपालमा एचआईभी संक्रमण गराउने अर्को मुख्य समूह भनेको विदेशमा खासगरी भारतमा काम गर्न जानेहरु नै हुन् । अन्य देशको तुलनामा भारतमा सस्तोमा यौन किन्न पाइने, शैक्षिक र आर्थिक हिसाबले पनि कमजोर वर्ग बढी भारतमा जाने भएकाले त्यहाँ बढी जोखिम रहेको पाइएको छ ।

करिब २५ लाख मानिसलाई एचआईभी संक्रमण भएको भारतमा नेपालबाट करिब १५ लाख मानिस बसाइँ सरेर काम गर्न जान्छन् । तीमध्ये करिब ३ लाख -२५ प्रतिशत) जोखिमपर्ूण्ा व्यवहार गर्दै यौनकर्मीकहाँ जान्छन् । तीमध्ये कतिलाई एचआईभी संक्रमण छ भन्ने एकिन तथ्याड्ढ नभए पनि सन् २००६ मा डा. विजयलाल गुरुवाचार्यसमेतले गरेको अध्ययनअनुसार भारतमा काम गर्दा जोखिमपर्ूण्ा यौनव्यवहार गर्ने मध्यपश्चिम नेपालका ८.२ प्रतिशत र पश्चिम नेपालका ३.२ प्रतिशतलाई एचआईभी संक्रमण भएको पाइएको छ । यी मानिस नेपाल आउँदा कम जोखिम व्यवहार गर्ने श्रीमती वा केटी साथीलाई एचआईभी र्सार्छन् ।

सन् २००७ मा गरिएको र्सर्वेक्षणअनुसार नेपालमा एचआईभी संक्रमितहरुको कुल संख्या -करिब ७० हजार) को ३८.८ प्रतिशत यिनै बसाइँ सरेर काम गर्न जानेहरु छन् भने २१.१ प्रतिशत ग्रामीण क्षेत्रका कम जोखिम समूह मानिएका महिलाहरु छन्, जसलाई प्रायः आफ्नै पतिले एचआईभी सारेका छन् । तर यो समूहलाई केन्द्रित गरेर खासै प्रभावकारी कार्यक्रम सञ्चालन गरिएको छैन । नेपालबाट विदेशतिर काम गर्न जाने बेलामा काम गर्न जानेहरुलाई प्रचार पम्प्लेटमार्फ र घरका महिलालाई पनि सञ्चारमाध्यमबाट यसबारे सम्झाउने गरिन्छ । यसले एचआईभी नियन्त्रणमा कुनै भूमिका खेल्न सकेको पाइँदैन । यौन किन्ने ठाउँमा जोखिमपर्ूण्ा व्यवहार रोक्ने कुनै कार्यक्रम छैन । त्यस्तै कमाएर आएको लोग्नेलाई जे भए पनि यौनतिरस्कार गर्न नसक्ने महिलाका लागि पनि कुनै ठोस तथा केन्द्रित कार्यक्रम नभएकाले यो समूहबाट पनि एचआईभी संक्रमण डरलाग्दोसँग फैलिइरहेको छ । यस्तो समूह बर्सर्ेे बढिरहेको छ र संक्रमणको दर पनि बढिरहेको छ तर यसलाई सम्बोधन गर्ने प्रभावकारी कार्यक्रमको अभाव खट्किएको छ ।

नेपालका एचआईभी संक्रमितहरुमध्ये ७.४ प्रतिशत सिरिन्जबाट लागूपदार्थ लिनेहरु छन् । यसरी लागूपदार्थ लिनेहरुले आपसमा सिरिन्जको माध्यमबाट एचआईभी सार्ने मात्र नभई कम जोखिम समूह मानिएका श्रीमती, केटी साथीलाई संक्रमण गराउँछन् । त्यसमध्ये केही यौन किन्ने वा बेच्ने कार्यक्रममा सम्लग्न भई त्यहाँ पनि एचआईभी फैलाउँछन् । नेपालमा सिरिन्जबाट लागूपदार्थ लिनेहरुको संख्या ३० हजार भएको अनुमान छ ।

यस्तै नेपालमा एचआईभी संक्रमण गराउने एउटा सक्रिय समूह पुरुष समलिंगीहरुको हो । नेपालका संक्रमितहरुमध्ये ३.६ प्रतिशत पुरुष समलिंगी ९ःक्ः० छन् । यीमध्ये एउटा समूहले ग्राहकको भूमिका गरी यौन किन्छन् भने अर्को समूहले यौन बेच्ने काम गरेको हुन्छ । यी दुवै समूहको असुरक्षित यौनव्यवहारबाट एचआईभी संक्रमणलाई बढवा दिइरहेको छ । नेपालमा यिनीहरुको संख्या करिब १ लाख २५ हजार भएको अनुमान छ । यसरी एचआईभी संक्रमण गराउने यिनीहरु एउटा प्रमुख कारक तत्त्व भए तापनि नियन्त्रणको लागि यिनीहरुमा केन्द्रित कार्यक्रमहरु भने सञ्चालन भएका छैनन् ।

गरिब, महिला र केटाकेटी बढी पीडित

एचआईभी नियन्त्रणमा सुस्तता र संक्रमणमा तीव्रताको कारण नेपालमा एचआईभी संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ । एचआईभी संक्रमणको सबैभन्दा ठूलो असर गरिब परिवार र केटाकेटीलाई पर्छ, जसलाई एड्ससँग सम्बन्धित रोगबाट बच्ने कुनै सहयोग र सामाजिक सुरक्षा प्राप्त छैन ।

सन् २००७ को तथ्याड्ढअनुसार नेपालका १ हजार ८ सयभन्दा बढी बालबालिका र १६ हजाभन्दा बढी महिलाहरु एचआईभी संक्रमित भएका छन् । नेपालजस्तो मुलुकमा महिला र केटाकेटीमा एचआईभी संक्रमण हुँदा अपहेलना हुने, शिक्षा, स्वास्थ्य र रोजगारीका कुरामा भेदभाव हुने, आर्थिक, सामाजिक शोषण हुने, अवसरहरुबाट वञ्चित हुने, विभिन्न रोग लाग्दा उपचारको व्यवस्था नहुनेजस्ता समस्याहरु रहेका छन् । त्यसमा पनि गरिब परिवारमा यो समस्या निकै ठूलो रहेको छ । यसका साथै बाबुआमालाई एड्स हुँदा छोराछोरीको शिक्षा, स्वास्थ्य, स्याहार, सुरक्षा खानपानजस्ता कुरामा ठूलो समस्या हुने गरेको छ । अझ यस्ता विधवा महिलालाई त सम्पत्ति, घरसमेत छोड्न बाध्य पारिन्छ । परिवारमा कसैलाई एचआईभी हुँदा परिवारको र राष्ट्रकै अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । यसले देशको गरिबीलाई अझ बढाउँदै लाने निश्चित छ ।

नेपालमा करिब ७० हजार एचआईभी संक्रमित भएको अनुमान भए पनि करिब १३ हजार मात्र स्वास्थ्यसंस्थाको सर्म्पर्कमा आएका छन् । बाँकी ठूलो समूहको पहिचान हुन सकेको छैन । यसले गर्दा उनीहरुले एचआईभी संक्रमण बढाउनुका साथै औषधि उपचार सेवाबाट पनि वञ्चित रहेका छन् । संक्रमित संख्याको १० देखि १५ प्रतिशतलाई उपचारको जरुरत पर्छ । यसरी हर्ेदा नेपालमा करिब ११ हजारलाई उपचारको जरुरत पर्ने देखिन्छ तर करिब २ हजारमा मात्र उपचार सेवा पुगेकोले उपचार कार्यक्रमबाट ठूलो समूह वञ्चित रहेको देखिन्छ ।

एचआईभीसँग सम्बन्धित सेवाहरु अति गरिब, अल्पसंख्यक समूहका यौनकर्मी, दर्ुर्व्यसनी समलिंगी, केटाकेटी आदिको गम्भीर चासोको कुरा हो तर नेपालमा कार्यक्रमहरु डिजाइन गर्दा यो पक्ष अत्यन्तै उपेक्षामा परेको देखिन्छ । अब बन्ने कार्यक्रमहरुले यी समस्याहरुलाई सम्बोधन गर्न सक्नर्ुपर्छ ।

नयाँ ढंगले नियन्त्रण कार्यक्रम बनाइने

करिब दर्ुइ दशकदेखि नेपालमा सञ्चालित एचआईभी नियन्त्रणका कार्यक्रम असफल भएको र परम्परागत कार्यक्रमले एचआईभी नियन्त्रण हुन नसक्ने हालैको एसिया कमिसन रिपोर्टमा उल्लेख भएको सर्न्दर्भमा अब नेपालले कसरी आफ्ना कार्यक्रम अगाडि बढाउँछ - एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. शरद वन्त भन्नुहुन्छ- ँनेपालमा पनि एचआईभीका बढी जोखिम समूह भनेको यौनकर्मी र तिनका ग्राहक बसाइँ सरेर काम गर्न जानेहरु, सिरिन्जबाट लागूपदार्थ लिनेहरु र पुरुष समलिंगीहरु नै भएकाले यिनैलाई फोकस गरेर कार्यक्रम तयार गर्ने सोच बनाइएको छ । अझ नेपालमा एचआईभी फैलाउने मुख्य एजेन्ट भनेकै यौनकर्मीका ग्राहक हुन् तर उनीहरु छरिएर रहने र पहिचान गर्न कठिन हुने भएकाले उनीहरुलाई कार्यक्रमभित्र पार्न निकै कठिन छ, तैपनि अब उनीहरुमा केन्द्रित कार्यक्रमको आवश्यक छ ।’

उहाँका अनुसार अहिले ३० प्रतिशतभन्दा बढी यौनकर्मीकहाँ कार्यक्रम पुग्न सकेको छैन र ठूलो जोखिम समूहमा रहेका बसाइँ सरेर काम गर्नेहरुमा पनि कार्यक्रम पुग्न सकेको छैन । अब यिनलाई फोकस गरेर कार्यक्रम तयार गरिनेछ ।

भारतमा काम गर्न जाने जोखिम समूहमा रहेका कामदारलाई एचआईभी संक्रमणबाट जोगाउन र संक्रमितलाई उपचार सेवा दिन त्यहीँ कार्यक्रम सञ्चालन गर्नेबारेमा भारतीय अधिकारीहरुसँग कुरा अघि बढाइएको डा. वन्तले बताउनुभएको छ । विदेशमा गएकाहरुलाई एचआईभी संक्रमणबाट जोगाउन कार्यक्रम चाहिन्छ भन्ने भए पनि हाल नीति, कार्यक्रम छैन तर सन् २००९ को कार्यक्रममा पार्ने योजना रहेको उहाँले बताउनुभयो । डा. वन्तले हालका कार्यक्रमहरु सबैतिर छरिएको र मूल समस्या केन्द्रित नभएकोले नियन्त्रणमा सफलता पाउन नसकेको स्वीकार गर्दै अबका कार्यक्रम मूल समस्यामा केन्द्रित ९ँयअगकभम० भएर बनाइने बताउनुभएको छ ।

एचआईभी/एड्स नियन्त्रणका लागि पुराना सोचहरु असफल भइसकेकाले अबका कार्यक्रमहरु नयाँ सोचका साथ परिवर्तित ढंगले आउने अपेक्षा गरिएको छ ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.