घरलाई बलियो बनाउने सिमेन्ट भएजस्तै हड्डीलाई बलियो बनाउने क्याल्सियम हो । यसको कमीले हड्डीहरु कमजोर हुँदै जान्छन् । रगतबाट शरीरमा क्यास्लियम प्रवेश गरेर हड्डी र सम्पूर्ण शारीरिक ढाँचालाई बलियो बनाउँछ । धेरै मानिसको शरीरमा पर्याप्त मात्रामा क्याल्सियम रहेको हुँदैन । सामान्य व्यक्तिको शरीरबाट एक दिनमा ४ सय देखि ५ सय मिल्रि्रामसम्म क्याल्सियम नष्ट हुँदै गइरहेको हुन्छ । रगतबाट बिस्तारै क्याल्सियमको मात्रा घट्दै जान्छ । यसले गर्दा अस्टियोपोरोसिस रोग हुने सम्भावना बढेर जान्छ ।
पुरुषभन्दा महिलालाई बढी हुने यो अस्टियोपोरोसिस रोग रजोनिवृत्ति भइसकेका महिलाहरुमा बढी हुने गर्छ । तर आजकल जीवनशैलीमा आएको परिवर्तनले गर्दा ३०/३५ वर्षा महिलालाई पनि यो रोग हुने गरेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका हड्डी तथा नसारोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद साह बताउनुहुन्छ । हाम्रो शरीरलाई दैनिकरुपमा १५ सयदेखि १८ सय मिल्रि्राम क्याल्सियम आवश्यक पर्छ । महिलाहरुको खानामा दूध था दूधजन्य पदार्थको कमी हुने भएकोले पनि यो रोग उनीहरुलाई बढी हुने गरेको डा. साह जानकारी दिनुुहुन्छ । किशोरीहरुमा पहिलो पटक महिनावारी छिटो हुनु वा ढिलो सुरु हुनुले पनि पछि गएर यो रोग हुन सक्ने डा. साह बताउनुहुन्छ । पिसाबबाट क्याल्सियम धेरै जाने र हड्डीमा क्यास्लियम जान बन्द भएपछि हड्डीको घनत्वमा कमी आउने गर्छ । यसले गर्दा हड्डी छिटो-छिटो भाँचिने तर जोडिन भने समय लाग्ने गर्छ । यो रोगमा हड्डीलाई भाँचिनबाट जोगाउनुपर्ने डा. साहका भनाइ छ । कहिलेकाहीँ हड्डी यति कमजोर हुन्छ कि हिँडडुल गर्दा पनि चट्किने गर्छ । यसको प्रमुख कारणबारे जानकारी दिंदै डा. साह भन्नुहुन्छ- ँमहिलाहरुमा पाइने एस्ट्रोजन नामक हर्मोनको कमीले गर्दा हड्डीको घनत्वमा कमी आउँछ ।’ रोगको सुरुआतमा लक्षण पत्ता लाग्दैन, हड्डी धेरै कमजोर भएपछि त्यसमा तनाव हुन थाल्छ । लडेर चोट लागेमा वा धेरै दुखेमा परीक्षणपछि अस्टियोपोरोसिस भएको थाहा हुन्छ । यसका सामान्य लक्षणहरुमा मांसपेशी दुख्ने, हातखुट्टाको हड्डी छुँदा पनि दुख्ने, हिँडडुल गर्दा दुख्ने र अलिकति काम गर्दा पनि कमजोर अनुभव हुने हुन्छ । सुरुमा हड्डीको घनत्त्वमा कमी आउने, हड्डी कमजोर भएर भाँचिने अवस्थामा पुग्नेजस्ता परीक्षणपछि थाहा पाइने अवस्थालाई अस्टियोपेनिया ९इकतभयउभलष्ब० भनिन्छ । यसले हड्डी भाँचिने खतरामा रहेको संकेत गर्ने डा. साह बताउनुहुन्छ । यो रोगले नाडी, मेरुदण्ड र हिपमा आफ्नो असर देखाउँछ । हड्डीको क्यान्सर भएकाहरु उपचारपछि पनि यो रोगबाट पीडित हुने गरेको डा. साह जानकारी दिनुहुन्छ ।
त्यस्तै मेटाबोलिक बोन डिजिज ( Metabolic Bone ) भएकालाई यदि हाइपर थाइराइड ( Hyper Thyroid )पनि भएको छ भने यो रोग हुने सम्भावना बढी हुन्छ । त्यस्तै अन्तरिक्षमा गएर आएकाहरु र पहाड चढ्नेहरुलाई पनि यो रोगले सताउने गरेको डा. साह बताउनुहुन्छ । साथै बाल्यकालमा पोषणयुक्त खानाको कमीले पनि पछि गएर यो रोग हुन सक्ने उहाँ औंल्याउनुहुन्छ । अस्टियोपोरोसिस रोग दुइ किसिमको हुन्छ- प्राइमरी र सकेन्डरी । यदि हड्डीको घनत्व एक वा त्योभन्दा कम छ भने त्यसलाई गम्भीर खालको अस्टियोपोरोसिस भएको मानिन्छ । कतिपय परिस्थितिमा हड्डीको बायोप्सी गरेर घनत्व पत्ता लगाएपछि बिरामीको उपचार गरिन्छ । साथै शरीरमा रहेका विभिन्न आइरनहरुको मात्राको जाँच गरेर पनि रोग पत्ता लगाइन्छ । अस्टियोपोरोसिस रोगको उपचारमा जुन कोशिकाहरुको मद्दतबाट यो रोग हुन्छ त्यसको कार्यलाई औषधिको प्रभावले घटाउने काम गर्छ । फिजियोथेरापी र औषधिको मद्दतले यो रोग ठीक हुने गरेको डा. साह जानकारी दिनुहुन्छ । उहाँका अनुसार २ देखि ६ महिनासम्मको उपचारले यो रोग ठीक हुन्छ । उमेर बढ्दै जाँदा हड्डीको घनत्व घट्दै जाने भएकाले ३५/४० वर्षो उमेरपछि हरेक वर्षहड्डीको घनत्व जाँच्नुपर्ने डाक्टरहरु सल्लाह दिन्छन् ।
प्रायः महिलाहरु दूध वा दूधबाट बनेका खानेकुरा खाँदैनन्, जसले गर्दा शरीरले आवश्यक मात्रामा क्याल्सियम प्राप्त गर्न सक्दैन । त्यसैले छोरीहरुलाई विशेष गरेर केटाकेटी उमेरदेखि दूध वा त्यसबाट बनेका खाद्यपदार्थहरु खानमा जोड दिनुपर्ने डा. साहको सल्लाह छ । दुग्ध पदार्थबाहेक गान्टेमुला, बदाम, तिल, हरियो सागपातमा पनि क्याल्सियम पाइन्छ । रजोनिवृत्तिपछि वा त्योभन्दा पहिले पनि महिलाहरुमा अस्टियोपोरोसिस रोग भएको पाइएको छ । तर यसले ७० वर्षनाघेकाहरुलाई बढी प्रभावित गर्ने गरेको छ । यो रोग पुरुषमा कम देखिए पनि उनीहरुलाई ६० वर्षएपछि हुने गरेको डाक्टरहरु बताउँछन् । यो रोगबाट बच्न सानैदेखि क्याल्सियम र भिटामिन ँडी’को खानामा अत्यधिक प्रयोग, नियमित व्यायाम र जीवनशैलीलाई सुव्यवस्थित पार्नु नै राम्रो मानिन्छ । उमेर ढल्किंदै गएपछि हड्डीलाई पटपट भाँचिन दिनुभन्दा मानवशरीरको आधारस्तम्भको रुपमा रहेको हड्डीलाई रोगबाट जोगाउनु नै बेस हुन्छ ।
|
|
|
|
|
|
|