175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 
 

 

 

उच्च रक्तचापले आँखामा पार्ने असर

 डा. रबा थापा

नेत्ररोग विशेषज्ञ

हाम्रो शरीरको रक्तचाप सामान्यभन्दा बढी हुने अवस्थालाई उच्च रक्तचाप भनिन्छ । हाम्रो देशमा पनि उच्च रक्तचापबाट प्रभावित व्यक्तिहरु दिन-परदिन बढ्दै गएको पाइन्छ । खानपिनमा बढी चिल्लो तथा नुनिलो पदार्थको प्रयोग, शारीरिक व्यायामको कमी, मानसिक तनाव, वंशाणुगत तथा शरीरका अन्य रोगहरु खासगरी मिर्गौलाका रोगहरु नै उच्च रक्तचापका प्रमुख कारणहरु हुन् ।

 

उच्च रक्तचापले मानिसको अत्यन्त संवेदनशील अंगहरु जस्तै- मिर्गौला, दिमाग, मुटु, आँखामा असर गर्छ । उच्च रक्तचापका कारण आँखामा असर परी आँखा अस्पताल धाउनेहरु पनि कम छैनन् । उच्च रक्तचापका कारण आँखामा परेको असरले दृष्टिसमेत गुम्न पुग्छ । त्यसैले रक्तचाप नियन्त्रणमा राख्नाले आँखामा पर्ने असरबाट पनि बच्न सकिन्छ ।

असर र सावधानी

उच्च रक्तचापका कारण आँखाको बाहिरी आवरणमुनि पटक-पटक रगत जम्ने गर्छ । आँखाको भित्री रस  (Vitreous Jel )मा पनि रक्तश्राव भई एक्कासि दृष्टि कम हुन सक्छ । त्यस्तै आँखाको पर्दा Retina का रक्तनलीहरुमा असर गरी पर्दामा रक्तश्राव तथा सुजन हुन सक्छ । साथै आँखाको पर्दाको रक्तसञ्चालन बन्द हुन सक्छ । अन्त्यमा आँखाको चाप बढ्ने, जलबिन्दु हुने, पर्दा फाट्ने हुन जान्छ । यस अवस्थामा समयमै रक्तचाप नियन्त्रण तथा आँखाको उपचार नभए सधैँका लागि दृष्टि गुम्न सक्छ ।

उच्च रक्तचापले दृष्टिनसा  (Optic Nerve)को सुजन तथा रक्तसञ्चालनमा असर पुर्‍याई नसा सुक्दै जान्छ । कहिलेकाहीँ उच्च उक्तचापका कारणले दिमागको दृष्टिकेन्द्रमा समेत रक्तश्राव वा रक्तसञ्चालनमा कमी भई आँखामा केही नदेखिए पनि अन्धोपन हुन सक्छ । त्यसैले उच्च रक्तचाप भएको व्यक्तिले समय-समयमा आँखाको परीक्षण गराइरहनुपर्छ ।

उच्च रक्तचाप भएका बिरामीले डाक्टरको सल्लाहअनुसार रक्तचापलाई नियन्त्रणमा राख्नर्ुपर्छ । कम्तीमा पनि वर्षा एक पटक आँखा परीक्षण गराउनर्ुपर्छ । कुनै बेला आँखाको दृष्टि कमी भएको महसुस भएमा तुरुन्त नेत्र विशेषज्ञकहाँ सर्म्पर्क राखिहाल्नर्ुपर्छ । समयमै उच्च रक्तचाप तथा आँखामा देखा पर्ने असरहरुको उपचार गर्न सके यसबाट हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ ।

(तस्वीरहरुः लेखकबाट प्राप्त)

 

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.