|
तपाईंका घरमा हाम्रा डाक्टर डा. हरिहर खनाल, मुटुरोग विशेषज्ञ म २२ वर्षो भएँ । जुनसुकै घटनामा पनि एकदमै भावुक हुन्छु । निदाएको बेला श्वासको गति बढ्छ । समस्या आइपर्यो भन्ने थाहा हुन्छ तर आफूलाई ठीक अवस्थामा राख्न सक्दिनँ । यो कस्तो रोग हो र उपचार के होला ? नारायण पाण्डे नारायणजी, तपाईंको समस्या वास्तविक वा चिन्ताको फलस्वरुप वा मनोवैज्ञानिक जे पनि हुन सक्छ । तपाईंको भनाइमा ध्यान दिएर हर्ेदा त्यति डरलाग्दो अवस्था होइन जस्तो लाग्छ । तर हल्कारुपमा नलिई गहिराइमा गएर समस्याको निदान र उपचार गर्न जरुरी हुन्छ । आफ्नो फिजिसियन वा मनोचिकित्सक भेटेर सबै समस्याका बारेमा छलफल गर्नुस् र उच्च स्तरीय उपचार प्राप्त गर्नुस् । हाल म खाडी मुलुकमा काम गर्छु १५-२० दिनमा ५-६ दिन जति छाती दुख्ने, पोल्ने गर्छ । छाला जाँच, अल्ट्रासाउन्ड, सिटिस्क्यान, खकार जाँच गर्दा नर्मल देखिन्छ । खोकी, ज्वरो केही पनि छैन । के यो टिबीको लक्षण हो ? अनिल खत्री अनिलजी, तपाईंको समस्या वा लक्षण हर्ेदा क्षयरोग वा टिबी होलाजस्तो लाग्दैन । खाना समयमा नखानाले तथा अमिलो, पीरो वा चिल्लो खाना खानाले वा तनाव-चिन्ताले गर्दा हुने ग्यास्ट्राइटिस -ग्यास्टि्रक) हुन सक्छ । सादा खाना खाने, चिन्ता नलिने गर्नुहोला । त्यत्रो टेस्ट गरिसकेपछि नराम्रो रोग नभएको प्रस्ट भई नै हाल्यो । मलाई बच्चादेखि नै टाउको दुख्ने गरेको थियो । उपचार गराएर ६ महिनाअघिदेखि औषधि सेवन गरिरहेको छु । तर पनि टाउकाको कुनै भाग जोडसँग दुख्छ, जसले गर्दा शारीरिक रुपमा कमजोर हुँदै गएको र मानसिक असर परिरहेको छ । उपचारका लागि के गर्नुपर्ला ?- सुनिल श्रेष्ठ सुनिलजी, टाउकोको कुन भाग दुख्छ भन्ने स्पष्ट भएन । साथै तपाईंको उमेर र गराएको उपचार पनि थाहा पाउन सकिएन । टाउको बच्चैदेखि दुख्ने तर धेरै ज्यादा केही नहुँदा साधारण आँखाको शक्ति, कोण आदि नमिलेर दुख्ने तथा पिनासले दुख्ने वा माइग्रेनले दुख्ने, जे पनि हुन सक्छ । जेले दुखेको भए पनि डरलाग्दो र जटिल नहोला भन्ने लाग्छ । किनकि बढेर गएको छैन वा अन्य खराबी केही भएको छैन । एक पटक फिजिसियन भेटेर गहन परीक्षण गरी निक्र्योलमा पुग्नु बेस हुन्छ । म २८ वर्षो भएँ । मेरो दाहिने स्तन ठूलो छ र छाम्दा गिर्खा भेटिन्छ । गर्मीमा केही ठूलो हुन्छ र हल्का दुख्छ भने जाडोमा सानो हुन्छ तर दुख्दैन । के गर्दा निको होला ?- अमर थापा, रामपुर टोकनी, बारा थापाजी, यौवनावस्थामा स्तन बढ्नु हर्मोन रसको कारण र्ठहर्छ । तपाईंलाई त्यही भएको हुन सक्छ वा अन्य कारण पनि हुन सक्छ । गिर्खा भेटिन्छ भन्नुभएकाले त्यसलाई राम्रो ख्याल तथा ध्यान दिनुपर्ने जस्तो लाग्यो । विश्वास गरौं, डरलाग्दो रोग नहोला । त्यस्तै जाडो र गर्मीमा फरक हुने भन्ने त नहुनुपर्ने । जे होस्, राम्रोसँग विचार गर्दा तपाईंलाई खासै नराम्रो रोग छैन, तर पनि एक पटक शल्यचिकित्सक भेटेर सल्लाह लिनुभएमा राम्रो हुने थियो । म १५ वर्षी भएँ । शरीरमा लगाएको कपडा भिज्ने गरी धेरै पसिना आउँछ । पानी बढी पिउनाले हो कि ? जीविका थापामगर, अरगथु·े-२, बेनी, म्याग्दी जीविकाजी, तपाईंको शरीर बढी पसिना आउने गुण भएको होला । बढी पानी पिउनाले बढी पिसाब त लाग्छ तर बढी पसिना आउने कुरा विज्ञानबाट प्रमाणित भइसकेको छैन । जहाँसम्म पसिना निकाल्ने अन्य धेरै अवस्थाको लेखाजोखा नगरेसम्म यही हो भन्न मिलेन । एक पटक काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पताल गएर फिजिसियनसँग छलफल गरी घाँटीको थाइराइड ग्रन्थिको कामको मूल्याड्ढन वा अन्य परामर्श गर्नुभएमा उचित सल्लाह मिल्ने थियो । म ७ महिनाको बच्चाकी आमा २३ वषर्ीया नारी हुँ । मलाई अत्यधिक नाक चिलाउने, हाच्छिउँ आउने, सिँगान बग्ने, नाकमा खटिरा आउने भइरहन्छ । उपचारको बाटो के होला ? नमिता, उदयपुर नमिताजी, तपाईंको समस्या एलर्जीले गर्दा लाग्ने रुघा-खोकी वा चिसो हो । तपाईंलाई सधैँ सताउने हुनाले धूलो वा अन्य अति सामान्य वस्तुहरुबाट भएको एलर्जी -शरीरले नसहने अवस्था) भएर नै त्यस्तो भएको हुन सक्छ । त्यर्सथ साधारण परहेज गरेर हेर्नुहोस् । जस्तो- मास्क लगाउने, नाइलन वा सिन्थेटिक कपडा भरसक नलगाउने, रसायन वा अप्राकृतिक वस्तुहरु वा कृत्रिम खानेकुरा वा लगाउने कुरा जेले पनि हुन सक्ने हुनाले तिनीहरुबाट बच्ने प्रयास गर्नुस् । तपाईंको नितान्त व्यक्तिगत परीक्षण तथा अध्ययनको लागि आफैं चिकित्सककहाँ जानुभएमा स्तरीय सेवा मिल्नेछ । म २७ वर्षो भएँ । एक वर्षगाडि पिसाबमा (Pus Cells र Epitheatial Cell को मात्रा देखा पर्यो । औषधि गराउँदा पनि ठीक भएन । भिडियो एक्सरे गरेर हर्ेदा किड्नीमा १५.५ र १०.५ एम.एम. को पत्थरी छ । त्यसको पनि उपचार गरिरहेको छु । मेरो कझभल मा पनि एगक अभिि छ । यसले कुनै असर गर्छ/गर्दैन ? संजय ठकुरी (पाल्पा, तान्सेन) संजयजी, मिर्गौलाको पत्थरीको उपचार पत्थरको साइज तथा त्यसको स्थानमा भर पर्छ । मिर्गौलाको माथिल्लो भागमा हो र ७/८ मि.मि. भन्दा सानो पत्थर छ भने धेरै पानी पिएर वा अन्य तरिकाले बगाउन सकिन्छ । तपाईंको पत्थर मिर्गौलाको कुन भागमा हो भन्ने प्रस्ट भएन । त्यस्तै आकार पनि ठूलो भएकाले अप्रेसन मात्रै उपाय हो । तपाईंले भनेको पिसाबमा देखिएको एगक अभििक उपचारपछि ठीक हुन्छ । ठीक भएन भने वर्ीय पनि पिसाबमिश्रति भएर नै त्यस्तो रिजल्ट आयो होला । होइन भने एगक अभििक अति धेरै हुने तथा त्यस्तो पीप वा भित्री घाउको केन्द्र भएमा भिडियो एक्सरेमा देखा परिहाल्छ । युरो र्सजनको सल्लाह लिन सकेमा सबै प्रस्ट हुनेछ, यसको लागि पाल्पा पर्वास मेडिकल कलेजमा युरो र्सजन भएमा त्यहीँ, नत्र भने काठमाडौं आएर सम्बन्धित चिकित्सकबाट सल्लाह लिनुभएमा राम्रो हुनेछ । एक महिनादेखि मेरो मलद्वारभित्र डण्डिफोरजस्तो आएको छ । जब कडा दिसा लाग्छ मलद्वार पोल्ने र दुख्ने गर्छ । तर चिसो खाना खाँदा र ठण्डामा त्यस्तो अनुभव हुँदैन । विनाअप्रेसन कसरी उपचार गर्न सकिएला ? पदम गुरुङ, साउदी अरब पदमजी, तपाईंले भनेको खटिरा, पिलो, फिस्टुलाको गाँठो, ज्वलनयुक्त बवासिर जे पनि हुन सक्छ । त्यसको परिभाषा र परिचय स्पष्ट नभएसम्म उपचारको रणनीति तय हुँदैन । त्यस्तै उपचार पनि रोगअनुसार फरक-फरक हुने गर्छ । विनाअप्रेसन वा अप्रेसन गरेर पनि उपचार गर्नुपर्यो । चिकित्सकले अप्रेसन गर्न नपर्ने अवस्थालाई अप्रेसन गरेर तनाव वा भार लिन कहिल्यै चाहँदैनन् । तर्सथ पेटसम्बन्धी शल्यचिकित्सक देखाएर मात्र स्पष्ट हुन सकिएला । हाललाई खस्रो, रेसादार खाना तथा पानी प्रशस्त लिनुस् तथा दिसा पातलो पार्नुस् र जतिसक्यो छिटो चिकित्सक भेट्नुस् । म २१ वर्षो भइसक्दा पनि ओछ्यानमा पिसाब गर्ने आदत छुटेन । चिकित्सकको सल्लाहअनुरुप विगत एक वर्षेखि Tab..Imapramine (Diamin) र Tab. Oxybutinin ( No Cturine 75mg सेवन गर्दै छु, तर सुधार भएन ।? अजय पुनमगर, धन्चौर, अर्घर्ााँची अजयजी, तपाईंको समस्याको लागि सहानुभूति प्रकट गर्न चाहन्छु । तपाईंले खाएको औषधि औसत बिरामीका लागि अचुक हुनुपर्ने तर ठीक नभएको चिठी पढ्दा दुःख लाग्यो । यो औषधि सेवन नियमित गरेको छ कि छैन र कति समय लिनुभयो - यसले अलि-अलि गर्दै कम हुँदै जानुपर्ने हो । त्यसैले ध्यान वा योग गर्नुस् । ध्यान गर्ने बेला ँराति ओछ्यानमा पिसाब फर्ेर्नु महाभूल हो, ठूलो गल्ती हो तथा बर्बादी हो’ भन्ने मनमा लिइरहने गर्नुस् । अर्को उपाय औषधि नछाड्नुस् । एक पटक वीर अस्पताल वा शिक्षण अस्पताल आएर मनोचिकित्सक वा युरोलोजिस्टलाई भेटी उपचार गराउनुस् । महिलाको योनि चिलाउने कारण र उपचार के होला ? महेश महेशजी, चिलाउने कारणमा च्याउजन्य संक्रमण, एलर्जी, चिनीरोग वा अन्य समस्या पनि हुन सक्छ । उपचार पनि सोहीअनुसार नै निणिर्त हुन्छ । त्यसैले नजिकैको स्त्रीरोग विशेषज्ञको सेवा लिनुहोस् अनि मात्र स्पष्ट कारण तथा उपचार मिल्नेछ । हाललाई साबुन नपार्नुस् र छिटो विशेषज्ञ भेट्नुस् । म २५ वषर्ीय युवक हुँ । मेरो हात, पिठ्यँू र पेटमा छाम्दा गिर्खाहरु भेटिन्छन् तर दुख्दैन । हर्ेदा गिर्खा भएको भाग उठेको देखिन्छ । यो के हो र उपचार कसरी होला ? बिनु बिनुजी, ती छामिएका, देखिएका गिर्खाहरु खास नराम्रो रोगका लक्षण नभएर लाइपोमा भनिने बोसोका थुप्रिएका झुन्ड वा टुक्रा हुन् । ती बढ्दैनन्, दुख्दैनन्, खाली देख्दा डरलाग्दा हुन सक्छन्, थाहा नभएकालाई धेरै नै शंका र डर हुन सक्छ । धेरै बढ्ने र दुख्ने भएमा अर्कै रोग, डरलाग्दो समस्या हुन सक्छ । त्यसैले त्यसको उपचार भनेको र्ँपर्ख र हेर’ भन्ने सिद्धान्तमा रहने नै हो । ढुक्क हुनुस्, समय-समयमा चिकित्सकलाई देखाउनुस् । |
|
|
|
|
|
|