175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 
 

 

 

मेरुदण्डको चोट र यौनजीवन 

  डा. राजेन्द्र भद्रा

मिलन बीए अन्तिम वर्षा पढ्दै गरेका छात्र हुन् । साथीभाइको जस्तै उनलाई पनि शक्तिशाली मोटरसाइकलमा बेस्सरी हुइँकिने रहर थियो । आमाले सचेत गराउँदागराउँदै पनि उनले वेगले मोटरसाइकल चलाउन थाले । परिणामस्वरुप उनी एक दिन दर्ुघटनाको सिकार भए । चिकित्सकका अनुसार उनको ढाडमा गहिरो चोट लागेको छ र शरीरको तल्लो भाग अब शायदै चल्न सक्छ । राति दीपिकालाई उनको घर पुर्‍याएर र्फकंदा वेगले मोटरसाइकल हाँक्दै गरेको मिलन सम्भिmन्छन् तर त्यसपछि केही याद छैन । एकैचोटि उनले आफूलाई अस्पतालमा पाए ।

आज कलेजका साथीहरू मिलनलाई भेट्न आए । त्यसमा दीपिका पनि थिइन् । त्यसैले मिलनलाई खुशी लाग्यो । तर दीपिकाचाहिँ यस दर्ुघटनाका बाबजुद मिलनको शारीरिक स्थितिलाई वास्ता नै नगरी प्रणयसम्बन्धलाई निरन्तरता दिने कुरा गरिरहेकी छन् । यो दर्ुघटनाको गम्भीर असरबारे दीपिकालाई कत्तिको थाहा छ, मिलनलाई थाहा छैन ।

  मिलनले पनि यसको गम्भीरता भर्खरै बुझन थालेका छन् । खुट्टा नचल्ने भएर ह्वील चेयरमा थल्लिएको मात्रै होइन, उनलाई आफ्नो यौना·को र्स्पर्शमा फरक परेको पनि थाहा छ र दिसा-पिसाब फुस्कने कुराले सताएको छ । यी सब कसरी दीपिकालाई बताउने भन्ने कुरा सोच्न पनि उनी सक्दैनन् । साथै उनलाई  आफ्नो यौनजीवन नै समाप्त भएको कुराले पनि एकदमै पिरोलेको छ ।

मानिस विभिन्न दुघटनामा परिरहन्छ, रुखबाट लडेर होस् वा सवारीसाधन दर्ुघटना होस्, कतिपय स्थितिमा मेरुदण्डमा गम्भीर असर पर्न सक्छ । धेरैजसो स्थितिमा पर्याप्त सावधानी नअपनाउनु नै मुख्य कुरा हो । सवारीसाधनको बढ्दो प्रयोगसँग दर्ुघटना पनि हुने गर्दछ । त्यसमा पनि राम्ररी नियम पालना नगरी असावधानीपर्ूवक सवारीसाधनको प्रयोग गर्दा कतिपयको मृत्यु नै हुने गरेको छ भने कतिपयले अ·भ· भई बस्नुपरेको हुन्छ ।

यौनिकता हाम्रो जीवनको अभिन्न भाग हो । उमेर, लि·, अनि शारीरिक क्षमतामा जेसुकै स्थिति भए पनि व्यक्तिलाई अयौनिक भन्न मिल्दैन । मेरुदण्डको गम्भीर चोट लाग्दा यौनजीवनमा गम्भीर प्रकृतिको प्रभाव पर्छ तर यसले व्यक्तिको सबै यौनेच्छा वा यौनिकतालाई समाप्त पार्न सक्दैन । त्यसैले उनीहरूलाई ँअयौनिक वस्तु’ जस्तो व्यवहार गरिनुहुँदैन । उनीहरूको यौनिकताको पनि आदर गरिनुपर्छ । यौनिकताका जैविक, सामाजिक, सांस्कृतिक, नैतिक र मानसिक पक्षहरू हुन्छन् । सामान्य अवस्थामा नै बोल्न असजिलो हुने समाजमा शारीरिक अक्षमता भएका व्यक्तिका यौन आवश्यकताका बारेमा शायदै कुराकानी हुन्छ ।

यौनजीवनमा पर्ने असर

यौनउत्तेजनाको लागि शारीरिक र हर्मोनहरूको भूमिकाजस्तै मानसिक पक्षको पनि महत्त्वपर्ण स्थान हुन्छ । साथै यी सबै कुरामा समन्वय हुनु पनि आवश्यक हुन्छ । स्नायु प्रणालीले यसमा महत्त्वपर्ण भूमिका खेल्छ र मेरुदण्डमा भएका स्नायुहरूबाट नै विभिन्न सन्देशहरू आवतजावत हुन्छन् । लि उत्तेजित हुनलाई यही मेरुदण्डको प्यारासिम्प्याथेटिक (Sympathetic)स्नायुहरूले सन्देश प्रवाह गर्न मद्दत गर्छन् । यसले यौना·मा उत्तेजनाको बेलामा रस आउने कुरामा पनि मद्दत गर्दछ । वीय स्खलनको लागि सिम्प्याथेटिक  ( Sympathetic )स्नायुको भूमिका रहन्छ । यसैका मद्दतले आन्तरिक यौना तथा मांसपेशी संकुचन हुने तथा खुल्ने कुरालाई पनि नियन्त्रण गर्छ । मेरुदण्डमा नै चोट लाग्दा, मतिष्क तथा अहरूबाट सन्देश आवतजावत गर्न बाधा पुग्छ ।

मेरुदण्डमा चोट लागेर स्नायु प्रणालीमा खराबी आयो भने यसको दीघकालीन रुपमा यौनजीवनमा असर पर्न सक्छ । यहाँ  मेरुदण्डमा चोट भनेर स्पानइल कर्ड इन्जुरी (Spinal Cord injury ) का बारेमा कुरा गरिदै छ । मेरुदण्डमा चोट कहाँनिर लाग्यो  र यसको गहिराइ कति हो, त्यसको आधारमा पछि पर्ने असर फरक हुन्छ । यदि मेरुदण्डमा लागेको चोटले पर्णरुपमा स्नायु प्रणालीलाई प्रभाव पारेको छ भने त्यसैअनुरुप यौनसम्बन्धी असरहरू देखिन्छन् ।

मेरुदण्डमा चोट लागेपछि पुरुष वा महिलाको यौना·मा कुनै संवेदनशीलता नै नहुन सक्छ र र्स्पर्शको प्रभाव नहुन सक्छ । पर्ण प्रकारको क्षति भएको स्थितिमा पनि मानसिक र शारीरिक रुपमा समस्या आउन सक्छ ।

ेरुदण्डको टी १० (T 10) भन्दा माथि चोट लागेका व्यक्तिहरूमा लि·को र्स्पर्श गर्दा स्वतः केही अनियन्त्रित रुपमा लि उत्तेजना हुन सक्छ । मेरुदण्डको तल्लो भागमा यो र्स्पर्शको सन्देश मस्तिष्कबाट स्वतन्त्ररुपमा काम गर्न सक्छ । यौनसर्म्पर्कको बेलामा सजिलो हुने भए पनि अन्य स्थितिमा असजिलो हुन सक्छ । चोट टी १० भन्दा तल भएमा र्स्पर्शले आफंै हुने रिप\mलेक्स इरेक्सन -चभाभिह भचभअतष्यल) सम्भव हुँदैन तर पर्णरुपमा मानसिक रुपमा -यौनसम्बन्धी सोच र यौनपरिकल्पना)ले लि·मा केही उत्तेजना आउन सक्छ । योनिको रसिलोपनमा पनि परिवर्तन आउन सक्छ । यौनउत्तेजनाको बेलामा पनि योनिमा रस नआउन सक्छ  । अनि र्स्पर्श गर्दा पनि केही फरक अनुभव हुन सक्छ । वर्ीय स्खलनमा केही फरक हुन सक्छ ।

अपर्ण किसिमको चोट छ भने ठयाक्कै यस्तो होला भन्न गाह्रो हुन्छ । तर यदि व्यक्तिले दिसा-पिसाबलाई राम्ररी नियन्त्रण गर्न सक्छ भने यौनकार्य पनि सामान्य हुने आशा धेरै गर्न सकिन्छ ।

महिलाहरूमा यौनचाहना परिवर्तन हुने, योनिरस आउने क्षमतामा परिवर्तन हुने र यौनसर्म्पर्क गर्दा केही असजिलो हुनेजस्ता परिवर्तन हुने गर्छन् । यौन चरमसुख प्राप्त हुन निकै गाह्रो वा प्रायः असम्भव नै हुन सक्छ । हर्मोनको कार्यप्रणालीमा कुनै प्रभाव परेको छैन भने यस्तो स्थितिमा पनि महिलाको प्रजनन क्षमता कायम नै रहन्छ भन्ने कुरामा विचार पुर्‍याउनर्ुपर्छ ।

पुरुषमा पनि अनेक किसिमका परिवर्तन देखिन्छन् । यौनेच्छा, लि· उत्तेजना, वर्ीय स्खलन, यौन चरमसुख प्राप्त गर्न सक्ने क्षमता वा अनुभव गर्न सक्नेजस्ता कुरामा प्रभाव पर्न सक्छ । यसबाहेक पीडा वा मांसपेशीको संकुचनले पनि यौनजीवनलाई नकारात्मक असर पर्न सक्छ । लि· उत्तेजना अनुमान गर्न नसकिने र कडापन पनि भरपर्दो नहुन सक्छ र समयावधि पनि चाँडो वा ढिलो हुन सक्छ । वर्ीयस्खलन वा चरमसुख कि त अलि छिटो वा ढिलो हुन सक्छ । खुट्टा चलाउन सक्ने वा नसक्ने कुराले पनि यौन क्रियाकलापमा असर पार्छ । त्यसैगरी मांसपेशीको संकुचन वा पीडाले पनि नकारात्मक असर पार्छ । यौनक्रियाकलाप मात्रै होइन, दिसापिसाब, हिँडडुल, सामान्य स्वास्थ्य, औषधि, सम्बन्ध र आफ्नै सोचविचारले व्यक्तिको यौनेच्छामा प्रभाव पार्छ ।

यस अवस्थामा पिसाब लागे पनि रोक्न सक्ने क्षमता नहुन सक्छ । त्यसैले निश्चित समयमा पिसाब फर्ेर्ने बानी बसाउनर्ुपर्छ । मूत्रथैली अनि मूत्रनलीको सुरु हुने ठाउँको मांसपेशीले बनेको भल्भ -खबखिभ० को बीचमा समन्वय नहुँदा पिसाब फर्ेन असजिलो हुन सक्छ । कतिपयले त निरन्तर रुपमा मूत्रनलीमा अर्काे नली राखेर बस्नुपर्ने स्थिति आउन सक्छ ।

प्रजनन क्षमतामा असर

प्रजनन क्षमतामा के-कस्तो असर पर्ला भन्ने कुराले धेरैलाई पिरोल्ने गर्छ । यस किसिमको गम्भीर स्थितिमा विवाह नै नहुन सक्छ । यसकै कारण कुनै सन्तानको मातापिता बन्न नसक्ने स्थिति पनि आउन सक्छ । तर जैविक रुपमा उनीहरूको क्षमता पर्णरुपमा नष्ट भएको हुँदैन । लि· उत्तेजित हुन नसक्नु वा यौना· संवेदनहीन हुँदैमा पर्णरुपमा सन्तान जन्माउने क्षमता नै हराउने होइन । शुक्रकीट नै निष्कासन हुन नसक्ने स्थितिमा चिकित्सकको मद्दतबाट गर्भाधानको लागि शुक्रकीट निकाल्न सकिन्छ । यसलाई कृत्रिम रुपमा गर्भाधान गराउने विभिन्न विधिका लागि उपयोग गर्न सकिन्छ । पर्ण स्वस्थताको अवस्थाभन्दा पाङ्ग्रे कर्ुर्सर्ीीर्थात् ह्वील चेयरमा सधैँ बस्नुपर्ने बाध्यता भएका पुरुषहरूको शुक्रकीटको गुणस्तर भने कम हुन सक्छ ।

समाधानका उपाय

 मेरुदण्डको चोटको सक्दो उपचार गर्नु महत्त्वपर्ण कुरा हो । यसले यौनजीवन मात्रै होइन जीवनको सम्पूर्ण पक्षलाई असर पार्छ । यौनलाई रहस्यमयी र वर्जित विषय बनाइँदा पक्कै मद्दत गर्दैन । मेरुदण्डको चोट लागेका व्यक्तिहरूसँग यौनका बारेमा स्पष्टरुपमा विस्तृत कुराकानी गर्नुपर्छ । यसरी चोट लागेका व्यक्तिका लागि यी परिवर्तनले यौनसहित सम्पूर्ण जीवन नै परिवर्तित गरेको हुन्छ । त्यसैले यौनजीवनमा एक किसिमको सक्रियताको लागि दक्ष व्यक्तिको परामर्श चाहिने हुन्छ ।

कुनै पनि व्यक्तिको स्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा निकै महत्त्वपर्ण हुन्छ ।  परामर्शमा कसरी थाहा दिने भन्ने कुराबारे राम्ररी चर्चा गरिनर्ुपर्छ । केहीले यौनजीवनलाई पर्णरुपमा परहेज गर्छन्, पराजित मानसिकताबाट ग्रसित हुन्छन् र यौनक्रियाकलपमा संलग्न हुने सबैजसो अवसरबाट पर भाग्छन् । तर अर्कोतिर कोहीचाहिँ यौनेच्छा पूरा गर्न निरन्तररुपमा लाग्छन्, यसप्रति पर्याप्त रुचि देखाउँछन् र सक्रिय रहन्छन् ।

यौन क्रियाकलाप भन्नासाथ लि·-योनि मैथुनबारेमा मात्र सोच्ने गरिन्छ । तर चुम्बन, भाइब्रेटरको प्रयोग र शरीर सुम्सुम्याउने जस्ता अनेक यौनक्रियाकलाप पनि गर्न सकिन्छ । यस प्रकारका क्रियाकलापले यौनसुख प्राप्त गर्न मात्र होइन अन्तर· सम्बन्ध विकास गर्न वा निरन्तरता दिन मद्दत गर्दछ । यौनसर्म्पर्क गर्दा पर्याप्त मात्रामा चिप्लो पदार्थको प्रयोग गर्न आवश्यक हुन सक्छ । किनकि योनिरस पर्याप्त नआउन सक्छ । चिप्लो पदार्थको प्रयोगले योनिमा चोट लाग्दैन ।

मेरुदण्डको चोट लागेका व्यक्तिमा प्रभावित नभएका अ·हरूमा यौनको दृष्टिले अति संवेदनशीलता विकसित हुन सक्छ । स्तन, गर्दन, काँध, अनुहार, ओठ निकै नै यौनसंवेदनशील बन्न सक्छन् । यस्तो अ·को र्स्पर्श, मर्दन, र्घष्ाणबाट यौनउत्तेजना प्राप्त हुने मात्र होइन कहिलेकाहीँ त यौन चरमसुखसमेत प्राप्त गर्न सकिन्छ । यौनपरिकल्पना पनि निकै नै विकसित हुन सक्छ, जसले यौनेच्छा परिपर्ूर्तिमा सहयोग गर्छ ।

केही व्यक्तिले पम्पको प्रयोग गरेर केही हदमा लि· उत्तेजनालाई फर्काएर यौनसर्म्पर्कमा संलग्न हुने गरेका छन् । विशेष र्सर्ुइको प्रयोग पनि गर्ने गरिन्छ । अहिले लि·मा शल्यक्रियाद्वारा विभिन्न किसिमका इम्लान्ट राखेर  यौनसर्म्पर्क राख्न सजिलो बनाउन सकिन्छ तर सामान्य अवस्थाको जस्तो संवेदनशीलता लि·मा नहुन सक्छ । उनीहरूको भनाइमा यौना·मा संवेदनशीलता नहुनु भनेको यौनभावना नहुनु त होइन, त्यसैले यौनिकताको यौना· केन्द्रित सोचबाट बाहिर निस्कनर्ुपर्छ ।

यस किसिमको गम्भीर चोट लागेपछि सम्पूर्ण जीवन नै गाह्रो हुने कुरामा दुइ मत छैन । तर धेरैले सोच्ने गरेजस्तो आफ्नो यौनसाथीले चटक्कै छोडिदिन्छन् वा यौनसाथी नै पाउँदैनन् भन्ने कुरा सत्य होइन । हजारौं व्यक्तिले विवाह गरेर पारिवारिक जीवन सुरु गरेका पनि छन् । त्यसैले सकारात्मक सोच राख्नु र त्यसमा पहल र प्रयास गर्नु महत्त्वपर्ण कुरा हो ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.