175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

 

 

कस्तो मासु खाने?

 जया प्रधान

नेपालीको महान् चाड बडादशैं हरेक वर्ग र स्तरका व्यक्तिले आ-आफ्नै तरिका एवम् हैसियतअनुसार मनाउँछन् । जे-जस्तो किसिमले मनाए पनि यसलाई मासुको परिकार खाने र खुवाउने चाडका रुपमा लिन सकिन्छ । अन्य समयमा मासु खान नसक्ने वा कम मात्र खानेहरुले पनि यस समयमा मासु र यसको परिकारलाई विशेष प्राथमिकता दिई भोजनमा समावेश गर्छन् ।

हुन त पौष्टिक दृष्टिकोणले माछा-मासु पोषिलो खाना हो । तर चार्डपर्वमा साथीभाइ-आफन्तका साथमा रमझम गरी आवश्यकभन्दा बढी खाएमा पोषिलोको बाबजुद पनि यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

  साधारण स्वस्थ व्यक्तिले त के-कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनर्ुपर्छ भने उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड बढेको अवस्थामा, गाउट हुँदा मुटुसम्बन्धी समस्यामा झन् सावधानी अपनाउनुपर्ने हुन्छ । चार्डपर्वमा एकचोटि त खाने हो, जति खाए पनि हुन्छ भन्ने गलत धारणाले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

साधारणतया मासु प्रोटिनको राम्रो स्रोत भए तापनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना सक्छ ।

रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिन प्रशस्त पाउनुका साथै तृप्त फ्याटी एसिड ( Saturated fatty Acid )पनि प्रशस्त मात्रामा हुन्छ । राँगो, बँदेल, हरिणजस्ता जनावरहरु प्रायः शारीरिकरुपमा चुस्त हुने हुँदा कोलेस्टेरोलको मात्रामा त्यति फरक नपरे पनि तृप्त फ्याटी एसिडको परिमाणमा केही कम हुने भएकोले चिल्लो र क्यालोरीको मात्रा केही हदसम्म कम हुन्छ । खाद्य पदार्थ अर्थात् मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याटी एसिडले बढी खराब असर पार्छ । किनकि शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि मात्र खराब चिल्लो  ( Bad fat )बन्छ । यसलाई खराब कोलेस्टेरोल

 ( LDL )पनि भनिन्छ । त्यसैले मासुमा भएको चिल्लोमा विशेष ध्यान दिनर्ुपर्छ । वयष्क तथा वृद्धहरुमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले यस प्रकारको रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायमा सांस्कृतिक प्रचलन र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएको हुन्छ । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्दा बेस हुन्छ । मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरुको भोजनमा पूरै परहेज गर्नुपर्ने हुन्छ । यस किसिमको मासुको उपभोग थोरै गर्नुको साथै पकाउने विधिमा समेत विचार पुर्‍याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ग्रिल्ड (Grilled), बेक (Bake) वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसै गरी विभिन्न अंगका मासु जस्तै- मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ । यी अंगका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ए, डीर्,र् इ र केही मात्रामा भिटामिन बी पाइन्छ । तामा, लौहतत्त्व, जिन्कजस्ता खनिज तत्त्व पनि प्रशस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु कसरको रुपमा जम्मा हुने भएकाले सकेसम्म कलिलो जनावरको कलेजो उपभोग गर्दा बेस हुन्छ ।

यस्तै रातो मासु हाली बनाएको (Saurages, Bacon दबअयल जस्ता मासुका परिकारमा  Preservatives राख्ने भएकोले यस्तो मासु बढी खानाले क्यान्सरको सम्भावना हुन सक्ने कुरा अध्ययनले देखाएको छ । यस प्रकार प्रोटिनको स्रोतको बाबजुद पनि रातो मासु स्वास्थ्यको दृष्टिकोणले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु बेस हुन्छ ।

सय ग्राम रातो मासुमा पाइने चिल्लो र

तृप्त फ्याटी एसिडको मात्रा

 मासुको चिल्लो  तृप्त फ्याटी एसिड

 प्रकार    -प्रतिशतमा)   -प्रतिशतमा)

ससेस   ८०     ३३

कलेजो  २७     ११

बँदेलको मासु    २६     ९

भेडाको ,,       ४८     २२

हरिणको ,,      १८     ८

खसीको ,,      ५८     २३

 सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरु·ीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु, पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक-फरक हुन्छ । र्टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ ।

यसैगरी छालासहित कुखुराको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी बनाउँदा र छाला निकाल्दा तृप्त फ्याटी एसिड कम हुन सक्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने र्सव गर्ने बेला मात्र छाला निकाल्दा बेस हुन्छ । किनकि छालाले मासु नरम राख्नुका साथै र्सव गर्ने समयमा छाला निकाल्दा तृप्त फ्याटी एसिड पनि हट्ने हुन्छ । यस्तै कुखुरा तथा अन्य चराचुरु·ीको मासु प्रयोग गरी बनाएको ससेस, जयत मयन पनि रातो मासुजस्तै स्वस्थकर हुँदैन ।

चराचुरीको प्रकारअनुसार पनि चिल्लोको प्रतिशत फरक-फरक हुन्छ । कुखुरा र र्टर्कीको मासुमा झन्डै त्यत्ति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालको चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि  अस्टि्रच, त्रगबष्, िपरेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारको मासुमा तृप्त फ्याटी एसिड कम भए तापनि उपयुक्त पकाउने विधि छनोट गर्न सकेमा, स्वस्थकर र सफा वातावरणमा अत्पादन भएको चराचुरु·ीको मासु उपभोग गर्न सकेमा अस्वस्थकर मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर -विशेषगरी बर्डफ्लु) बाट जोगिन सकिन्छ ।

सय ग्राम चराचुरुीको मासुमा पाइने चिल्लो र तृप्त फ्याटी एसिडको मात्रा

 मासुको प्रकार    चिल्लो  तृप्त फ्या.ए.

         (प्रतिशतमा) (प्रतिशतमा)

छालासहित

कुखुराको ब्रेस्ट   ३६     १०

छालारहित

कुखुराको ब्रेस्ट   २४     ७

छालासहित

र्टर्कीको ब्रेस्ट    ३८     ५

छालारहित

कुखुराको पखेटा,साँप्रो     ४३     १२

छालासहित

हाँसको मासु     ५०     १९

ससेस   ५०     १५

 

यसैगरी मासुको दाँजोमा कम मात्र प्रयोग गर्ने भए पनि विशेषगरी माछा र यसका परिकारलाई पनि भोजनमा समावेश गरिन्छ । पौष्टिक र स्वास्थ्यको दृष्टिकोणले माछा झन् पोषिलो हुन्छ । चार्डपर्वबाहेक सकिन्छ भने हप्ताको दुइचोटि भोजनमा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्त्वहरु प्रशस्त हुन्छ । खासगरी यसमा भिटामिन बी१ -थायमिन), बी३ -नायसिन), बी६ र डी प्रशस्त हुनुको साथै फोसफोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्त्वहरु पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्त्व ओमेगा-३ फ्याटी एसिड पनि हुन्छ ।

सय ग्राम माछामा पाइने चिल्लो, तृप्त

फ्याटी एसिड र ओमेगा-३ फ्याटी एसिड

 

माछाको चिल्लो  तृ.फ्या.ए.       ओ.३ फ्या.ए.

प्रकार   -५)    -५)    ग्राम

क्बlmयल       ४६     ८.०    १.४

इथकतभच      ३२     १०.०   ०.६

ऋबचद  १४     ०.९    ०.४

ऋयम  ७      १.४    ०.३

ज्भचचष्लन     ५१     ११.४   १.७

 

केही सेलफिसमा कोलेस्टेरोलको मात्रा बढी हुने भएकोले प्रायः खानामा संलग्न गरिंदैन । तर यसमा कोलेस्टेरोलको मात्रा धेरै भए तापनि तृप्त फ्याटी एसिडको मात्रा कम हुने भएकाले भोजनमा यसलाई परहेज गर्न जरुरी पर्दैन । मासुजस्तै थोरै चिल्लो प्रयोग हुने पकाउने विधि अपनाउन सकेमा अझ यसको पौष्टिक महत्त्व बढ्ने हुन्छ । यस्तै पखाल्दा, काट्दा तथा उपयुक्त पकाउने विधिको छनोटमा सावधानी अपनाउन सकेमा यसमा यदि हानिकारक कीटाणु छ भने पनि नष्ट हुन्छ । राम्ररी पकाउँदा तापले कीटाणु नष्ट पार्छ ।

केही विशेष अवस्था जस्तै- गर्भवती, सुत्केरी समयमा टुना, र्सार्क, र्स्वर्डफिस जस्ता पारो (MERCURY) बढी भएको माछा परहेज गर्नुपर्छ ।

माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुको साथै ओमेगा-३ फ्याटी एसिडको कारणले अझ यसको महत्त्व बढेको छ । यस प्रकारको फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल (HDL)बढाउँछ भने खराब कोलेस्टेरोल (LDL) र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकोले मुटसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा यो फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ ।

यस प्रकार अन्य खाद्यपदार्थको साथसाथै माछा-मासुको परिकारलाई पनि सन्तुलित राख्न सकेमा वा सचेत भएमा ँचार्डपर्व हो, जति खाए पनि हुन्छ’ भन्ने किसिमको गलत धारणा नआउने र आ-आफ्नो  परम्परागत मान्यताअनुसार स्वस्थ तथा हर्षोल्लासका साथ कुनै पनि उत्सव मनाउन सकिने कुरामा दुइ मत हुँदैन ।

 चिकेन प्याटिज

आवश्यक सामग्री

कुखराको मासु -ब्रेस्ट)    ४५० ग्राम

अदुवाको पेस्ट   १ टेबल चम्चा

सोया सस      १ टेबल चम्चा

नुन    स्वादअनुसार

कालो मरिच     अलिकति

आँटा   १ टेबल चम्चा

ओलिभ तेल     १ टेबल चम्चा

बनाउने विधि

- मासुको छाला निकाली सफा पानीमा पखालेर मसिनो गरी मिन्स बनाउनर्ुपर्छ ।

-  एउटा ठूलो बावलमा मिन्स, सोयासस, अदुवाको पेस्ट र मरिच हालेर राम्ररी मोली केही मिनेट त्यसै राख्नर्ुपर्छ ।

- मोलेको मासुलाई ४ भागमा विभाजन गरेर एक इन्च जति मोटो हुने गरी गोलाकार दिई आँटामा हलुकासँग लतपत्याउनर्ुपर्छ ।

- प्यानमा थोरै तेल हालेर उक्त मासुको प्याटिजलाई मधुरो आँचमा पकाउनर्ुपर्छ । एक साइड रातो-खैरो भएपछि पल्टाएर पुनः थोरै तेल हाली रातो नहुन्जेलसम्म पकाउनर्ुपर्छ । यसबाहेक प्याटीलाई बेक  वा ग्रिल गरेर पनि पकाउन सकिन्छ ।

-  यसरी तयार गरिएको चिकेन प्याटिज, पातलो गरी बनाएको सुख्खा रोटी, सलादको पात, कम चिल्लो भएको मायोनाइज ९ःबथयललबष्कभ० दलेर खान सकिन्छ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.