175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 
 

 

 

जमरा लगाउने मात्र होइन खाने पनि गरौं

घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खानु पनि स्वास्थ्यको दृष्टिले महत्त्वपर्ण मानिन्छ तर धेरै मानिसलाई यसबारे थाहा नहुँदा दशैँ सकिनासाथ बाँकी जमरा सडक वा बारीमा फालेको देखिन्छ ।

सामान्यतया जौ, गहुँ आदि मिसाएर घटस्थापनामा जमरा राख्ने गरिन्छ । चोखो माटोमा बाक्लोसँग दानाहरु छरेर प्रकाश नपर्ने गरी छोपी-छोपी जमरा हुकाइन्छ । छोपेर हुकाइने हुँदा जमराको रंग अक्सर पहेँलो हुन्छ । यो जमरा दशैँको टीकासँगै ठूलो महत्त्वका साथ लगाइन्छ । यसरी लगाउनेबाहेक भोजनका रुपमा पनि यी जमराको उपयोग गर्न सकिन्छ । भोजनका रुपमा जमराको प्रयोग स्वास्थ्यका दृष्टिले निकै महत्त्वपर्ण छ । जौ, गहुँजस्ता बीज रोपेर उमारिएका जमराको भोजनमा महत्त्वपर्ण उपयोगिता हुने भए तापनि जौका जमरा सर्वोत्तम मानिन्छ ।

जमरा र्सूयको प्रकाश नपारी छोपेर उमारिने हुँदा यसमा क्लोरोफिल भन्ने तत्त्व हुँदैन । जमराजस्तै गरी बाक्लो पारेर तर प्रकाश पर्ने गरी उमारिएका गहुँ, जौका हरिया जमरामा क्लोरोफिल हुन्छ । पहेँलो जमरा पनि स्वास्थ्यका दृष्टिले उपयोगी हुने धारणा डा. अरुणा उप्रेतीको छ । उहाँ भन्नुहुन्छ-  ँतर हरियो रंग भएका जमरामा क्लोरोफिल हुने भएकोले यस्ता जमरा बढी उपयोगी हुन्छन् ।’ खासगरी दशैंमा टीका लगाउने नेपालजस्ता मुलुकमा जौ-गहुँको पहेँलो जमरा उमारिन्छ भने अन्य केही मुलुकमा यही तरिकाले ८-९ दिनमा तयार पारिएको हरियो जमरा भोजनका रुपमा प्रयोग गरिन्छ । यस्ता जमारा बजारमा किन्नसमेत पाइन्छ ।

 

जौको जमराको फाइदा

जौका जमरालाई अचार, सलाद, तरकारी, र्सवत आदि विभिन्न प्रकारका भोजनका रुपमा प्रयोग गर्न सकिन्छ । यी जमराको भोजनबाट मानिसको स्वास्थ्यमा विभिन्न किसिमका सकारात्मक परिवर्तनहरु आउँछन् । जौको जमराको भोजनले छालाको सौर्न्दर्य वृद्धि गर्नुका साथै बढ्दो उमेरसँग छालामा आउने सुख्खापनलाई पनि रोक्न मद्दत गर्छ ।

जापानको हागिबारा इन्सिटच्युट अफ हेल्थले जौको जमरासम्बन्धमा गहिरो अध्ययन गरेको छ । यस संस्थाका अनुसन्धानकर्ता डा. योसिहाइद हागिबाराका अनुसार शरीर बढ्न, स्वस्थ्य रहन र शरीरको मर्मत गर्न सघाउ पुर्‍याउने सबैभन्दा उत्तम खाद्यवस्तु जौको जमरा हो । यस्तै क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जना जीवविज्ञले जमरामा p4d1भन्ने महत्त्वपर्ण तत्त्व हुने पत्ता लगाएका छन् । यसले शरीरलाई फुल्न तथा सुजन हुनबाट जोगाउँछ । साथै शरीरको कोषमा हुने डीएनए (DNA) मर्मत गर्ने काम पनि यसले गर्छ । यही तत्त्वका कारण मानिसका शरीरमा हुने कोषहरुको मृत्यु ढिलो हुन जान्छ । यसले मानिसमा बुढेसकाल पनि ढिलो हुने बताइएको छ ।

यसका साथै दाँतको समस्या हुँदा मुख सुन्निन र विभिन्न किसिमका चर्मरोगहरुको समस्या हुनबाट जोगाउन पनि जौको जमराले मद्दत गर्छ । जौको जमराको जुस स्टेरोइड ( Steroid) औषधिभन्दा पनि बढी प्रभावकारी हुने तर औषधिको जस्तो साइड इफेक्ट नहुने अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार जौको जमराको जुसबाट शारीरिक क्षमता (Stamina) बढ्ने, यौनशक्ति वृद्धि हुने, सकारात्मक सोचाइमा वृद्धि हुनुका साथै नकारात्मक सोच एवम् बानीबेहोरामा पनि यसले परिवर्तन ल्याउँछ ।

 जमराको जुसमा पाइने पौषिक तत्व

जौको जमराको जुस अन्य अन्नको जमराको जुसजस्तो तीतो नहुने भएकाले सेवन गर्न पनि सजिलो छ । यसको जुसमा अर्गानिक सोडियम प्रशस्त पाइने हुँदा शरीरमा पानीको कमी -जलवियोजन) हुनेजस्ता स्वास्थ्यसमस्या पनि हट्छन् । प्रत्येक एक सय ग्राम जौको जमरामा ७७५ मिल्रि्रामसम्म अर्गानिक सोडियम हुने गर्छ । यसले रक्तप्रवाहमा हुने क्याल्सियमलाई रगतसँग घुलिएर बग्न मद्दत गर्छ । त्यस्तै शरीरका जोर्नीहरुमा जम्ने क्याल्सियमलाई पनि घोलिन मद्दत गरी नसाहरुलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जौको जमरामा पाइने विभिन्न महत्त्वपर्ण तत्त्वहरुका कारण पाचनशक्ति पनि वृद्धि हुन्छ ।

जापानको खाद्य विश्लेषण केन्द्र र अमेरिकाको विज्ञान प्रविधि तथा स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार जौको जमरामा विभिन्न किसिमका भिटामिन, खनिज तत्त्व र क्लोरोफिल प्रशस्त मात्रामा पाइन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुणा बढी भिटामिन बी१ तथा पालु·ोको भन्दा ३.३ गुणा बढी भिटामिन सी, ६.५ गुणा बेसी क्यारोटिन र ५ गुणा बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुणा बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुणा बेसी भिटामिन सी, गहुँको पीठोमा भन्दा ४ गुणा बढी भिटामिन बी१

हुन्छ । यसबाहेक इन्जाइम (Enzyme) लगायत अनेक किसिमका महत्त्वपर्ण तत्त्वहरु जौको जमरामा पाइन्छ । त्यसैले जौको जमरा भोजनका लागि उत्कृष्ट मानिन्छ ।

 गहुझ्को जमरा

जौको जमरामा सबैभन्दा बढी स्वास्थ्य उपयोगी तत्त्वहरु पाइने भए पनि गहुँको जमरा परम्परागत रुपमा बढी प्रयोग भएको देखिन्छ । आयर्ुर्वेदिक औषधिमा परम्परागत रुपमा प्रयोग गरिंदै आएकाले पनि गहुँको जमराको चर्चा बढी हुने गर्छ । गहुँ अन्नका रुपमा पनि बढी प्रयोग हुने भएकाले यसको बढी चर्चा भएको हुन सक्छ । गहुँको जमरामा पनि विभिन्न किसिमका भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ । यसमा क्लोरोफिल, भिटामिन बी१२, बी६, के, सी र बेटा क्यारोटिन लगायत स्वास्थ्यमा लाभ पुर्‍याउने विभिन्न तत्त्वहरु पाइन्छ । रोगले सिकिस्त बनाएका कतिपय मानिसलाई पनि गहुँको जमराको जुसले फाइदा पुर्‍याएको सुन्न, देख्न पाइन्छ ।

अहिले अमेरिकाका थुप्रै उपचार केन्द्रहरुमा गहुँको जमराको जुसलाई मुख्यरुपमा खानपिनमा प्रयोग गरी उपचार गर्ने गरिन्छ । गहुँको जमराले कलेजोमा भएका विषाक्त पदार्थलाई हटाउन मद्दत गर्छ । ठूलो आन्द्रा सफा गर्न, शरीरमा स्फर्ूर्ति बढाउन, पाचनशक्ति मजबुत बनाउन, रगतलाई सफा राख्न मद्दत पुर्‍याउँछ । यसमा ९७ किसिमका इन्जाइम, भिटामिनहरु, खनिज र अन्य महत्त्वपर्ण तत्त्वहरु हुने हुँदा यसले क्यान्सरको उपचारमा पनि मद्दत गरेको पाइएको छ ।

गहुँको जमराको जुस सेवनबाट विभिन्न रोगको संक्रमण हुनेबाट बच्न सकिने, रोग-प्रतिरोधात्मक क्षमता वृद्धि हुने, चिसो लाग्नबाट बचाउन मद्दत पुग्ने हुन्छ । पौष्टिकताको दृष्टिले हर्ेदा पनि गहुँको जमरामा मासुमा भन्दा बढी प्रोटिन पाइन्छ । यसले शरीरका चोटपटक छिटो निको पार्न मद्दत गर्नुका साथै मधुमेहको समस्या नियन्त्रण गर्न पनि मद्दत पुर्‍याउँछ । जमरा स्वास्थ्यका दृष्टिले निकै महत्त्वपर्ण हुने भएकाले यसलाई दशैँमा लगाउने काममा मात्र प्रयोग नगरी भोजनका रुपमा पनि उपयोग गर्नु बेस हुन्छ ।

प्रस्तुतिः बिनी श्रेष्ठ

स्रोतः इन्टरनेट

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.