175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

 

 

आइसक्रिममा पनि क्याल्सियम 

कुनै पनि खाना सही मात्रा र सही समयमा खानाले शरीरलाई फाइदा गर्छ । हरेक खानामा पाइने विभिन्न खाद्यतत्त्वले हाम्रो शरीर स्वस्थरुपमा चल्न मद्दत गर्छ । प्रायः सबैलाई थाहा नै छ - क्याल्सियमले हाम्रो हड्डी बनाउन मद्दत गर्छ । आजको नौलो वैज्ञानिक अनुसन्धानले क्याल्सियमको महत्त्वबारे धेरै ज्ञान हासिल गरिसकेको छ ।

क्याल्सियमले हाड स्वस्थ र मजबुत बनाउनुका साथै रक्तचाप नियन्त्रणमा राख्छ र कोलोन क्यान्सर ( Colon Cancer )को खतरालाई कम गर्छ । महिलाहरुको महिनावारीमा हुने दुखाइलाई पनि यसले कम गर्छ । क्याल्सियमले मिर्गौलामा हुने पत्थरीलाई केही हदसम्म भए पनि फैलनबाट  रोक्न सक्छ ।अमेरिकाको एक विश्वविद्यालयले अनुसन्धान गरी पत्ता लगाएबमोजिम क्याल्सियम-रिच डेरी फुड्स

( Calcium –Rich Dairy Foods )ले पेटमा भएको चिल्लो घटाउन मद्दत गरी शरीरको तौल घट्न सहयोग पुर्‍याउँछ ।अन्य खाना र आइसक्रिमबाट शरीरमा थपिन जाने सुगर एवम् स्याचुरेटेड फ्याटलाई ध्यानमा राखी आइसक्रिम सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ ।

  यसरी आइसक्रिममा पनि क्याल्सियमको केही मात्रा हुने भएकाले समय-समयमा यसको सेवन गरी मनोरञ्जन लिनुका साथै शरीरलाई आवश्यक थप क्याल्सियमको समेत पूर्ति गर्न सकिन्छ ।

क्याल्सियम इन्टेक

चाहिनेभन्दा बेसी क्याल्सियम सेवन अर्थात् क्याल्सियम इन्टेकले शरीरलाई आवश्यक खनिज, लौहतत्त्व, जिड्ढ, म्याग्नेसियम र फोस्फोरसजस्ता अन्य तत्त्व शोषण ( absorb) गर्न ढिलाइ हुन्छ । शरीरले सजिलै क्याल्सियम शोषण गर्न नसक्ने हुँदा यसको साथसाथै भिटामिन ँडी’ को प्रयोग पनि उत्तिकै जरुरी हुन्छ । भिटामिन ँडी’ले शरीरलाई क्याल्सियम शोषण गर्न मद्दत गर्छ ।

शरीरलाई आवश्यक क्याल्सियमको मात्रार्

गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरुले बढी क्याल्सियम भएका खाद्यपदार्थ खानर्ुपर्छ । त्यस्तै अन्य व्यक्तिहरुका लागि उमेरअनुसार निम्नबमोजिमको परिमाणमा क्याल्सियमको आवश्यकता पर्छ ।

उमेर समूह      दैनिक आवश्यकता

६ महिनासम्म   २१० मिल्रि्राम

७-१२ महिनासम्म २७० 

१-३ वर्ष५०० 

४-८ वर्ष८०० 

९-१८ वर्ष१३०० 

१९-३० वर्ष१००० 

३१-५० वर्ष१००० 

५१ वर्षन्दा माथि १२०० 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.