|
हेल्थ न्युज कस्मेटिक डेन्टिस्ट्री लोकार्पण दन्तविशेषज्ञ डा. सुशील कोइरालाद्वारा लिखित कस्मेटिक डेन्टिस्ट्री (Cosmetic Dentistry) नामक पुस्तक हालै काठमाडौंमा एक कार्यक्रमका बीच र्सार्वजनिक गरियो । विश्वप्रसिद्ध प्रकाशक संस्था जर्मनीको डेन्टल टि्रब्युन इन्टरनेसलद्वारा हालै प्रकाशित सो पुस्तकको लोकार्पण गर्दै दन्तविशेषज्ञ डा. शम्भुमान सिंहले सो पुस्तकले नेपाली डेन्टिस्ट्रीलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय गराउन सफल भएको बताउनुभयो । पुस्तकका लेखक डा. सुशील कोइरालाले उक्त पुस्तकमा दन्तउपचारबारे तथा कस्मेटिक डेस्टिस्ट्रीका बारेमा चरणबद्धरुपमा विस्तृत वर्ण्र्ाागरिएको र क्लिनिसियन पोस्ट ग्रेजुयटका लागि लक्ष्य गरेर लेखिएको बताउँदै उक्त पुस्तक हाल ९२ वटा देशमा बिक्री भइरहेको र थाइल्यान्ड, मलेसिया, सिंगापुर र बंगलादेशमा हालै लोकार्पण भइसकेको जानकारी दिनुभयो । सो पुस्तकका बारेमा डा. राजतिलक बस्नेत, पत्रकार कुन्दा दीक्षित, डा. सुन्दरमणि दीक्षित, डा. प्रत्यूष वन्तलगायतले बोल्नुभएको थियो । वीर अस्पतालले पनि मिर्गौला प्रत्यारोपण गर्ने वीर अस्पतालले कात्तिक महिनाभित्रमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जले करिब २ महिनाअघि सफल मिर्गौला प्रत्यारोपण गरिसकेको छ । मिर्गौला प्रत्यारोपण गर्नेहरुको मागलाई त्रि.वि. शिक्षण अस्पतालले मात्र धान्न सकेको छैन । हरेक वर्ष१ सय ५० भन्दा बढी बिरामीले भारतमा गई मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् । त्यहाँ प्रत्यारोपण गर्दा ८ देखि १० लाख रुपियाँसम्म खर्च लाग्ने गरेको छ । वीर अस्पताल तथा त्रि.वि. शिक्षण अस्पतालमा करिब ३ लाख रुपियाँमा मिर्गौला प्रत्यारोपण हुन सक्ने जानकारी गराइएको छ । स्वास्थ्यकर्मी सुरक्षा विधेयक आउने सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि ँस्वास्थ्यकर्मी सुरक्षा विधेयक’ ल्याउने भएको छ । केही वर्षता खासगरी उपभोक्ताहरुबाट विभिन्न स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरुको माग तथा दबाबका कारण सरकारले यस किसिमको विधेयक ल्याउन लागेको हो । यो विधेयक मन्त्रिपरिषद्बाट पहिले नै पारित भइसकेको भए तापनि व्यवस्थापिका संसद्मा पेस भएको थिएन । होमियोप्याथी पुरस्कारको स्थापना ँहिज होलिनेस बुद्ध मैत्रीय टि्रटमेन्ट एन्ड हिलिङ सेन्टर’ ले होमियोप्याथिक चिकित्सा प्रणालीको उत्थानका लागि हालै डा.के.बी. प्रधाना· होमियोप्याथी पुरस्कार स्थापना गरेको छ । यो पुरस्कार नेपालको एकमात्र होमियोप्याथिक अस्पताल निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका र हालसम्म सोही क्षेत्रमा कार्यरत डा. के.बी. प्रधाना·को सम्मानमा उहाँको नाममा स्थापना गरिएको सो सस्थाले बताएको छ । सो पुरस्कार होमियोप्याथिक क्षेत्रसँग आबद्ध रही यसको उत्थानमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई वाषिर्क रुपमा होमियोप्याथिक चिकित्सा प्रणालीका जन्मदाता जर्मनका डा. स्याम्युल हानेमनको जन्मजयन्ती -१० अप्रिल) का दिन प्रदान गरिने भएको छ । होमियोप्याथिक चिकित्सा प्रणालीसँग आबद्ध भई योगदान पुर्याउनेहरुलाई यस पुरस्कारको स्थापनाले थप ऊर्जा प्रदान गर्ने अपेक्षा सो सस्थाले गरेको छ । सन् २००५ मा स्वयम्भू काठमाडौंमा स्थापना भएको हिज होलिनेस बुद्ध मैत्रीय टि्रटमेन्ट एन्ड हिलिङ सेन्टरले होमियोप्याथिक चिकित्सा प्रणालीलाई अत्याधुनिक प्याथोलोजी सेवाका साथ समन्वय गरी सेवा उपलब्ध गर्दै आएको छ र हालै भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । |
|
|
|
|
|
|