175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

 

 

ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन 

डा. चक्रराज पाण्डे

हाडजोर्नी विज्ञ

एक जना डाक्टर ढाड दुखेर हिँड्न गाह्रो भएको र दुखाइ खुट्टासम्म र्सर्दै गएको समस्या लिएर आए । उनलाई अन्य केही डाक्टरले पहिले नै जाँचेर शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । हुन त उनको जस्तो समस्यामा  शल्यक्रिया नगरिने त होइन तर बिरामी आफैं हिँडेर आएको र पिसाब फर्ेन पनि गाह्रो भएको नपाइएकाले शल्यक्रियाको सट्टा अन्य उपचार गर्ने निर्णय गरियो ।

साधारण व्यायाम र केही औषधिले यस्तो समस्या बिस्तारै रोक्न पनि सकिन्छ । सल्लाह मानेर ती बिरामीले दुखाइ कम हुने औषधि सेवन गरे । केही व्यायाम र फिजियोथेरापी पनि गर्न थाले । यो घटना भएको करिब ९ वर्षभइसक्यो । अहिले ती डाक्टरलाई ढाड दुख्ने कुनै समस्या छैन । हुन त सबै जनालाई यसरी एउटै तरिकाले ढाड दुखेको उपचार गर्न सकिन्छ भन्नेचाहिँ छैन ।

 तर धेरैजसो ढाडको दुखाइलाई शल्यक्रिया गर्नचाहिँ अति नै विचार पुर्‍याउनर्ुपर्छ । ढाडको शल्यक्रिया गरेका कति बिरामी पुनः ढाड दुख्ने रोग बल्झेर वा संक्रमण भएर आएको भेटिन्छ । त्यस्तो बेलामा उपचार गर्न झन् लामो समय लाग्छ ।

 मैले अहिले दिनमा ३० जना बिरामी हेरेँ भने १० जना त ढाडको दुखाइको समस्या लिएर आएको पाइन्छ । ढाड दुखाइको मुख्य कारण मांसपेशीमा र साना-साना रेसाहरु -जसलाई हामी लिगामेन्ट भन्छौं)मा केही समस्या भएको कारणले हुन्छ । कति मानिसहरुमा चाहिँ गलत तरिकाको हिँडाइ, बसाइ र काम गराइको कारणले पनि यस्तो हुन्छ । विशेषगरी लामो समयसम्म एकै ठाउँमा बसेर काम गरिरहने मानिस र व्यायाम नगर्नेहरुमा यो समस्या बढी छ । यति मात्र नभएर मोटरसाइकल गुडाउने काठमाडौंका एकदम राम्रा र हट्टाकट्टा युवकहरुमा पनि यस्तो ढाड दुख्ने समस्या बढ्देै गएको पाइएको छ ।

ढाड दुख्ने समस्या लिएर आउनेमध्ये केहीमा बाथको समस्या भएको हुन सक्छ भने कतिको त मानसिक तनाव, कामको बोझका कारणले पनि ढाड दुख्ने समस्या हुन्छ । केही व्यक्तिहरुमा चाहिँ क्षयरोगकोे संक्रमणको कारणले वा ढाडमा पीप भरिएको कारणले पनि यो समस्या हुन सक्छ । अति कम बिरामीमा चाहिँ क्यान्सर भएर वा स्तन क्यान्सर फैलिएर ढाडमा पुग्दा वा रगतको क्यान्सरको कारणले पनि ढाड दुख्न सक्छ । तर यस्ता बिरामी अति नै कम देखिएका छन्, तथापि डाक्टरले यस्ता समस्या निदान गर्नचाहिँ होस पुर्‍याउनै पर्ने हुन्छ । 

कतिपय बिरामी ढाडको शल्यक्रियापछि अनेक थरीका संक्रमण भएर आउँछन् । त्यसैले ढाडको शल्यक्रिया गर्दा उपचार लिने र दिनेले बडो होस पुर्‍याउनर्ुपर्छ । ढाडको शल्यक्रिया जति सहजजस्तो लाग्छ, त्यस्तो हुँदैन । हामी अझै पनि प्रकृतिले हामीलाई कसरी बनाएको छ भनेर पर्णरुपमा परिचित भइसकेका छैनौं । ढाडको शल्यक्रिया गर्दा कुनै एउटा मांसपेशी र नसामा कुन बेला के हुन्छ भन्न सकिन्न । त्यसैले सकेसम्म अति महत्त्वपर्ण कारण नभई ढाडको शल्यक्रिया गर्नबाट बच्नर्ुपर्छ ।

आजकल त विभिन्न किसिमका निदानका उपकरणहरु छन् । तिनको प्रयोग गरेर संक्रमण  वा ट्युमर के हो भन्ने कुरा पत्ता लगाएर मात्रै उपचारको रणनीति बनाउनर्ुपर्छ । यदि हामीले कारण पत्ता लगाउन सक्यौँ र रोगी र उनको परिवारलाई सम्झाउन सक्याँै भने उपचार गर्न सजिलो हुन्छ । योगाभ्यास, फिजियोथेरापी र औषधिको प्रयोगले धेरैजसो ढाड दुख्ने समस्या समाधान हुन्छ । यद्यपि यसमा समय लाग्न सक्छ ।

शल्यक्रिया हरेक ढाड दुख्ने समस्याको समाधान होइन । उदाहरणको लागि हड्डी खिइएको वा हड्डीले नसा च्यापेको भनेर साधारण बोलचालको भाषामा चिनिने समस्या प्राय औषधि खाएर शल्यक्रियाविना नै ठीक हुन्छ भन्ने कुरा अमेरिकाका शल्यचिकित्सकले आफ्नो अध्ययन प्रतिवेदनमा बताएका छन् । यदि ढाडको शल्यक्रिया गरिहालियो भने संक्रमणबाट कसरी बचाउन सकिन्छ भनेर डाक्टर अति नै सावधान हुनर्ुपर्छ । सफलतापर्ूवक गरेको ढाडको शल्यक्रियामा पनि पछि संक्रमण भएर पुनः शल्यक्रिया गर्नुपरेका उदाहरण पनि प्रशस्त छन् ।

शल्यक्रिया गर्ने बेलामा डाक्टरको अति ठूलो जिम्मेवारी हुन्छ । बिरामीलाई शल्यक्रिया गरेपछि खुट्टा नचल्ने, दिसापिसाब गर्न गाह्रो हुने भयो भने त झन् बढी समस्या हुन्छ । रोगीले पनि शल्यक्रिया गरिहाल्न हतारिनु हँुदैन । यसमा डाक्टरको परामर्शको ठूलो भूमिका हुन्छ । ढाडको क्षयरोगसमेत औषधिले राम्रोसँग उपचार गर्न सकिन्छ । डाक्टरले कसरी बिरामी र उनको परिवारसँग कुराकानी गर्छ, कसरी परामर्श दिन्छ भन्नेजस्ता कुराले पनि ठूलो भूमिका खेल्छ । हरेक शल्यचिकित्सकले बिरामीलाई

के-के हुन सक्छ भनेर बुझाउनुपर्छ । हामीकहाँ पैसाको लागि मात्र चिरफार गर्ने डाक्टरहरु छैनन् । त्यो एउटा राम्रो कुरा हो । तर ढाडको शल्यक्रियाको लागि यदि कसैले परामर्श दिन्छ भने अरु शल्यचिकित्सकको पनि सुझाव लिन हिचकिचाउनु हुँदैन । अहिले शल्यक्रियाको संख्या बढ्नुको कारण पनि शायद मानिसले पैसा तिर्न सक्ने भएर बढेको हो कि भन्ने प्रश्न पनि यदाकदा उठ्ने गरेको छ ।

महिलालाई सुत्केरी हुँदा पनि आजकल सहरी क्षेत्रमा प्राकृतिक तरिकाले भन्दा शल्यक्रिया गरेर बच्चा निकाल्ने प्रवृत्ति बढ्दै गएको छ । यस्तो बढ्दो प्रवृत्ति नेपालमा मात्र होइन अमेरिकालगायत अन्य विभिन्न देशहरुमा पनि व्याप्त हुँदै गइरहेको छ । ढाडको शल्यक्रिया पनि केही बढी हुने गरेको छ तर औषधिले उपचार हुन सक्ने ठाउँमा पनि शल्यक्रिया गराइहाल्ने प्रवृत्तिमा रोक लगाउने हो भने बिरामी र चिकित्सक दुवैलाई फाइदा हुन्छ ।

ढाड दुख्ने कारणहरुमा जीवनशैलीले पनि ठूलो भूमिका खेलेको हुन्छ । व्यायाम, योगको साथै खानेकुरामा पनि परिवर्तन ल्याउनर्ुपर्छ । सकेसम्म प्राकृतिक रुपमा नै खाना खाने गर्नर्ुपर्छ । महिलाको लागि त झन् धेरै ध्यान दिनुपर्ने कुराहरु छन् । रजनोवृत्तिपछि उनीहरुको हाड कमजोर हुँदै जाने समस्या बढ्न सक्छ । त्यसमा पनि ढाड दुख्ने वा हड्डी भाँचिने समस्या निम्तिन सक्छ । त्यसैले खानेकुरामा भटमास, गेडागुडी, दूध, दही आदिको प्रयोग तथा व्यायाम, योग गर्ने र घाममा केही बेर बस्ने गर्नर्ुपर्छ । जीवनमा साधारण परिवर्तन ल्याएर पनि ढाडको दुखाइमा केही कम गर्न सकिन्छ । शल्यचिकित्सा त उपचारको अन्तिम उपाय हो भनी बुझ्नु जरुरी छ । 

ढाड दुख्ने समस्यालाई कम गर्ने वा निको पार्ने रणनीतिको लागि डाक्टर र बिरामी दुवै मिलेर काम गर्नुपर्छ । ढाड दुख्ने समस्यालाई जीवन पद्धतिसँग जोडेर नहेरीकन समस्या कम गर्न गाह्रो पर्छ । त्यसैगरी ढाड दुख्ने समस्याबाट पीडित व्यक्तिले व्यायाम, योग, हिँडाइलाई जीवनको एक अभिन्न अंग बनाउनै पर्छ । एक छाकको खाना खान बिर्सिए पनि व्यायाम, योगचाहिँ गर्न छोड्नुहुदैन ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.