ज्रि्रोले लिने स्वाद बडो गजबको हुन्छ । जब स्वादिष्ट भोजनको र गरिष्ठ परिकारको बानी पर्छ तब कसले विचार गर्छ भविष्यको रोगको बारेमा, समस्या परेर औषधि गर्नुपर्छ भन्ने बारेमा - एक जना परिचित इन्जियर हुनुहुन्थ्यो । उहाँलाई आलु असाध्यै मन पथ्र्यो । साथै चीज, मासु त दिनको दुइ-तीन चोटि नभई नहुने । उहाँको कामको प्रकृतिचँहिँ निकै कम हिँड्नुपर्ने थियो । त्यसैले उहाँ बिस्तारै ँगोलो’ बन्दै जानुभएको थियो । एकचोटि मैले उहँँलाई तपाईंको तौल त बढ्दै छ नि, खाना कम गर्ने कि १ भनेको थिएँ । त्यतिखेर उहाँले भन्नुभयो- ँआ... नखाएर मर्नुभन्दा त आनन्दसँग खाएर नै मर्नु जाती, आलु खान छोडँे भने बाँच्नै सक्दिनँ, मासु नभए भातै छिर्दैन । चीजजस्तो खानेकुरा त्यागेपछि कसरी टेबुलमा बस्ने - जे होला-होला ।’ झन्डै १० वर्षघि उहाँले भन्नुभएका यी कुरा मलाई अझै याद छन् । अहिले उहाँले मासु, आलु मात्र होइन भात पनि खान छोड्नुभएको छ । उच्च रक्तचाप, मधुमेह, मुटुको रोग सबैले एकै पटक आक्रमण गरेपछि उहाँको भोजन र दिनचर्या सबै बदलिएको छ । दिनको एक घण्टा हिँडाइ, व्यायाम, तौलेर खाने उहाँको बानी बसेको छ । अहिले उहाँको ज्रि्रो र उहाँको जीवन संयमित भएको छ । अहिले चेत आएर उहाँले आफूलाई औषधिको सहायताले भए पनि स्वस्थ राख्ने कोशिश गरिरहनुभएको छ । १० वर्षगाडि नै आलु र चीज नभई बाँच्न सक्दिनँ भन्ने मानसिकता त्यागेको भए शायद अहिले उहाँलाई औषधिको जरुरत पर्ने थिएन होला । यो समस्या उहाँको मात्र होइन, मोटोपन हुन सुरु भएका वा भइसकेका धेरै मानिसहरुको हो । जो ज्रि्रोको स्वादलाई रोक्न सक्दैनन्, व्यायाम गर्न सक्दैनन् वा चाहँदैनन् । मोटोपनले स्वास्थ्यमा समस्या सुरु भएपछि अनि रामदेवको योगदेखि श्यामदेवको ँमोटोपन घटाउने औषधि खाने’ प्रक्रियाको खोजी हुन्छ । १० दिनमा १० किलोग्राम तौल घट्नेजस्ता भ्रामक औषधिको विज्ञापनको पछि लाग्छन् । यसमा विशेषगरी महिलाहरु हुन्छन् । मोटोपन घटाउने कुनै र्ँर्सटकट’ बाटो हुँदैन भन्ने कुरा उनीहरु बुझ्दैनन् । जबसम्म शरीरलाई अलिकति दुःख दिएर व्यायाम गरिन्न, जबसम्म खानेकुरा कम खाइन्न, तेल-घिउ र मसलाले लदबद भएको भोजनलाई नाइँ भनिन्न, तबसम्म तौल घट्ने सवाल नै आउँदैन । अहिले खानाको परिणाम र परिकार बदलिएर ठूला मानिसहरु मात्र होइन युवायुवतीहरु र स्कुलका केटाकेटीहरुसमेत मोटोपनको सिकार हुन थालेका छन् । हाम्रो देशमा यसले विकराल रुप नलिए पनि सहरी क्षेत्रका बालबालिकाको खानेकुरा र जीवनशैली यस्तै रह्यो भने मोटोपन पनि एउटा ठूलै समस्या बन्ने देखिन्छ ।
ब नेपालमा राष्ट्रिय रुपमा यो समस्या देखा परी नहाले पनि वर्तमानले यस्तै भविष्यतर्फइङ्गित गरिरहेको छ । मोटोपनको समस्या भारत र चीनका मध्यमवर्गीय परिवारमा पनि बढ्दै गइरहेको छ । यसको मुख्य कारण नै अनुचित भोजन र व्यायाममा कमी भएको निष्कर्षनिकालिएको छ । काम गर्ने ठाउँमा, अतिथिहरु घर आउँदा वा आफू कसैको घर जाँदा चिसो पेयपदार्थ दिइन्छ, पिइन्छ । थाहा नै नपाईकन हामीले शरीरलाई नचाहिने क्यालोरी लिइरहेका हुन्छौं । ३ सय मिलीलिटर चिसो पेयपदार्थको बोतलमा झन्डै १० चम्चा चिनीको क्यालोरी हुन्छ । कतिपय मधुमेह भएका वा मोटा मानिसले चियाचाहिँ चिनी नहाली पिउँछन् तर ज्रि्रोको स्वादको लागि ठण्डा पेयपदार्थचाहिँ पिउँछन् । यसले समस्याको हल निस्कँदैन । यस्तै मोटा मानिसले वर्त वा उपवास बस्ने नाममा उपवास अघि-पछि झन् बढी खाएको कुरा त हाँसोको विषय नै बनिरहेको छ । मोटोपन भएका कतिपय महिलाले वर्त बसेको बेला भात नखाएको तर आलु, दूध, साबुदानाको खीर, पेयपदार्थ तथा रोटी प्रशस्त खाएको देख्दा उनीहरुले मोटोपन घटाउन कोशिश गरिरहेका छन् भन्ने कुरा अचम्म लाग्दो हुन्छ । यस्ता महिला वा पुरुषले पछि लामो समयसम्म अनेक थरीका समस्या भोग्नर्ुपर्छ । डाक्टर, औषधि आदिको पछि लाग्दालाग्दै समय जान्छ । कामको दबाबको कारणले व्यायाम गर्न र समयमा घरको खाना खान नभ्याएर पसलका खाना खाँदा अनेक समस्या हुन्छ । अनि बिरामी परेपछि ओछ्यानमा सुत्नचाहिँ तिनै व्यक्तिहरुले समय निकाल्नै पर्छ । विभिन्न तथ्यांकअनुसार विकसित देशमा ज्यादा खाना, व्यायामको कमीले मोटोपन भई मुटुरोगका कारण थुप्रै मानिसको ज्यान गइरहेको छ । विकासोन्मुख देशमा पनि यो क्रम बढ्दै गएको तथ्याड्ढ छ । मोटोपनले जीवनका विभिन्न पक्षहरुलाई मात्र नकारात्मक असर पार्ने होइन, भविष्यको पुस्तालाई समेत असर पर्न जान्छ । धेरै मोटा महिलालाई गर्भ रहन पनि समस्या पर्छ । मोटा महिलामा गर्भ रहेपछि त्योसँगै अरु जटिलताहरु पनि बढ्दै जान्छन् । मोटोपनको कारणले विभिन्न किसिमका क्यान्सर पनि हुन सक्ने कुरा प्रकाशमा आएको छ । खुट्टाका रगतका नसाहरु सुन्निने, घुँडा दुख्ने आदि समस्याका साथै ढाड दुख्ने समस्या त मोटोपनसँगै जोडिएर आउने समस्या हुन् । तर कमै मानिसले मात्रै ढाड दुख्ने समस्यालाई वा घुँडा दुख्ने समस्यालाई आफ्नो मोटोपनसँग जोड्छन् । अय्या, आत्था १ भन्दै मालिस गरेर ढाडको दुखाइ कम गर्ने कोशिश गर्छन् । यस्ता मानिसले खाना घर्टाई व्यायाम सुरु गरेर तौल कम गराउँदै गएमा ढाड दुख्ने, घुँडा दुख्ने जस्ता समस्या कम हुँदै जान्छ । मोटा व्यक्तिलाई खाना छोड्न गाह्रो हुन्छ र व्यायाम सुरु गर्न पनि कठिनाइ पर्छ । त्यसैले यस किसिमको समस्या आउन नदिन बेलैमा खानपान र व्यायाममा ध्यान दिनर्ुपर्छ । आधुनिक जीवनशैली र अत्यधिक खानपानलाई नियन्त्रण गर्न आफैंले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । म ज्रि्रोको स्वादको पछाडि दौडन्न, हल्का भए पनि हरेक दिन व्यायाम गर्छु, उपवास बसेको दिन बढी खान्न, चिसो पेयपदार्थलाई टाढै राख्छु आदि प्रतिबद्धता व्यक्त गर्नुपर्छ । यस्ता प्रतिबद्धताको पालन सुरु गर्न कठिन भए पनि केही हप्तापछि सामान्य भएर आउँछ र यो एउटा नियमित दिनचर्या बन्न पुग्छ । हल्का खाना र व्यायामले शरीरलाई गठिलो, फर्ूर्तिलो र स्वस्थ राख्न निश्चय नै मद्दत गर्छ ।
|
|
|
|
|
|
|