175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 
 
 
 
 

कालो छालाका लागि उचित मेकअप

 िबनु श्रेष्ठ

 ब्युटिसियन

हरेक व्यक्तिको छालाको रंग फरक-फरक हुन्छ । गोरो, गहुँगोरो, कालो आदि विभिन्न वर्ण्र्े छाला हुनुमा छालालाई रंग दिने तत्त्व मेलानिन भन्ने पिगमेन्टको कारणले गर्दा हुन्छ । यही मेलानिनको उपस्थिति बाक्लो भयो भने छाला कालो देखिन्छ । यस प्रकारको रंग भएकाहरुले गोरो बन्नतिर मेहनत गर्नुभन्दा आफ्नो वर्ण्र् महत्त्व बुझेर सोहीअनुरुप छालाको स्याहार गर्नुपर्छ ।

हाम्रो समाजमा ँकाली’ भनेर मायालु भावमा बोलाउने पनि गरिन्छ । ँकाली’ शब्दलाई हिस्सी परेकी भन्ने अर्थमा लिन सकिन्छ । त्यसैले कालो हुनासाथ नराम्रो भन्न मिल्दैन । अझ यस किसिमको छालालाई सुहाउँदो मेकअप गर्ने हो भने झनै हिस्सी परेको देख्न सकिन्छ । कालो छालालाई बढीभन्दा बढी सफा राख्नु आवश्यक हुन्छ । साथै छालाको स्वभावअनुरुप मेल खाने कस्मेटिक सामानहरु प्रयोग गरी सही स्याहार गर्नुपर्छ ।

कालो छालामा मेकअप गर्दा होसियारीपर्ूवक सही तरिकाबाट गर्नुपर्छ । छालासँग मेल खाने रंगको पातलो फाउन्डेसन लगाउनर्ुपर्छ । पाउडरको प्रयोग गर्दा अचेल मिनरलयुक्त पाउडर प्रयोग गर्न सकिन्छ, जसले गर्दा छालामा चमक आउँछ ।  आइस्याडो लगाउँदा सफ्ट र लाइट कलर सेडमा लगाउनर्ुपर्छ । गाजल र मस्कारा लगाउँदा पनि कालो रंगमै लगाउँदा राम्रो हुन्छ । कालै गाजल र कालै मस्काराले आँखालाई सुन्दर बनाउँछ ।

ब्लसर लगाउँदा रेडिस ब्राउन सेडहरु छान्दा नेचुरल लुक दिन्छ र पर्फेक्ट फेस (सही अनुहार) को सेप बनाउँछ । लिपस्टिक लगाउनुअघि फाउन्डेसन र पाउडर लगाएर ओठको बेस तयार गर्नुपर्छ अनि मात्र लिपस्टिक लगाउने गर्नुपर्छ । अन्यथा हल्का रंगका लिपस्टिक लगाउँदा ओठको रंगले गर्दा  गाढा वा अर्कै रंग बनाइदिन्छ । टीका साइनिङ स्टोनहरु भएको लगाउँदा चमक दिने हुनाले अनुहारलाई चमकपर्ण र आकर्ष बनाइदिन्छ ।

कालो छालामा मेकअप गर्दा सुन्तला, गुलाबी आदि रंगहरु प्रयोग गर्नुहुँदैन । रातो, टेराकोटा, प्लम, पिच, वाइन आदि रंगहरु उपयुक्त हुन्छ । छालालाई गोरो बनाउने धुनमा लाइट वा बाक्लो फाउन्डेसन, पाउडर, उबलकतष्अप लगाउँदा अनुहार नीलो देखिने र अनाकर्ष बन्नेजस्ता समस्या हुने गर्छ । यसबाट बच्नर्ुपर्छ । कालो छालामा चोटपटक लागेमा दाग बस्ने सम्भावना बढी हुन्छ । तर्सथ घाउ-खटिराबाट छालालाई जोगाउनर्ुपर्छ । डण्डिफोर, घाउ-खटिरा कोट्याउने, फुटाउनेजस्ता काम गर्नुहुन्न । रेगुलर फेसियल केयर, फेस प्याक,

भेज-पिल टि्रटमेन्ट, ओजन टि्रटमेन्ट आदि सेवाबाट दागको उपचार गराउन सकिन्छ । साथै सरसफाइ र सुरक्षाको लागि दिनहुँ ध्यान दिनर्ुपर्छ । म्वाइस्चराइजरको प्रयोग अति नै आवश्यक छ ।

यस प्रकारको छालामा घामबाट डढ्ने, जल्ने समस्या कमै हुन्छ । चाया, पोतो पर्ने समस्या पनि नगन्य नै हुन्छ । साथै चाउरी पर्ने, धर्काहरु आउने, झोल्लिने, लच्किने आदि बुढ्यौलीका चिह्नहरु पनि कालो छालामा ढिलै मात्र आउने गर्छ ।

दशैंमा माथि बताएअनुरुप मेकअप गरी रातो टीका र जमराले कपाल सजाएर आफन्तसँग टीका थाप्न जाँदा बेग्लै प्रकारको अनुभूति हुन्छ र सबैको मनमा ब्ल्याक इज ब्युटिफुल(Black is beautiful) भन्ने सोचाइ आउनेछ ।

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.