175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

 

 

बढी जापानीहरु आत्महत्या गर्छन

 भौतिक विकासले मात्र मानिसको जीवनलाई पर्णता दिंदैन भन्ने कुरा विकसित राष्ट्र जापानमा बढिरहेको आत्महत्याको घटनाले देखाएको छ । भौतिक सम्पन्नताका हिसाबले जापानी नागरिकहरुलाई कुनै कमी छैन तर निराशा, भावनात्मक विचलन, एक्लोपन, मानसिक अशान्ति, चिडचिडाहपन आदि कारणले उनीहरु आत्महत्या गर्नतिर उद्यत बनिरहेका छन् ।

हालैको एक सरकारी अध्ययनअनुसार गतवर्षप्रत्येक दिन असौत एक सय जना जापानी नागरिकले आत्महत्या गरेका थिए । सो तथ्याड्ढअनुसार सन् २००७ मा ३३ हजार ९३ जना जापानी नागरिकले आत्महत्या गरेका थिए । सन् २००६ को तुलनामा सन् २००७ मा आत्महत्या गर्नेहरुको संख्या ३ प्रतिशतले वृद्धि भएको छ । १० वर्षघिको तथ्याड्ढको तुलना गर्ने हो भने ३० हजारको संख्या वृद्धि भएको छ ।

नागरिकहरुमा आर्श्चर्यजनकरुपमा बढिरहेको आत्महत्याको संख्यालाई दृष्टिगत गरी जापान सरकारले आत्महत्या नियन्त्रणका लागि विविध कार्यक्रमहरु अघि सारेको छ । सन् २०१६ सम्ममा आत्महत्याको संख्यालाई उल्लेखनीयरुपमा घटाउनका लािग जापान सरकारले विभिन्न अभियानहरु नै सुरु गरेको छ ।

ड्रि्रेसन आत्महत्याको एउटा प्रमुख कारणका रुपमा पाइएको छ । यस्तैगरी शारीरिक स्वास्थ्य समस्या र ऋण अन्य कारणका रुपमा रहेका छन् । सेवानिवृत्त वृद्ध नागरिकहरुलाई निवृत्तिभरणले जीवन चलाउन मुस्किल परेपछि पनि आत्महत्या गर्ने गरेको पाइएको छ । यसरी आत्महत्या गर्नेहरुको संख्या अघिल्लो वर्षन्दा ९ प्रतिशतले वृद्धि भएको छ । ६० वर्षन्दा बढी उमेरका मानिसहरु अहिले सबैभन्दा बढी एक्लोपनको पीडाबाट पिल्सिएका छन् ।

गर्जियन पत्रिकाका जस्टिन मेक्करीलाई जापानको टेलिफोन परामर्श सेवाका अधिकारीले जानकारी दिएअनुसार वृद्ध मानिसहरुमा आर्थिक समस्या निरन्तररुपमा बढिरहेको छ र एक्लोपनको महसुस हुने समस्या पनि निरन्तररुपमा बढिरहेको छ ।

जापानमा अहिले सम्पूर्ण जनसंख्याको २० प्रतिशत वृद्धहरुले ओगटेका छन् र उनीहरुको मूलरुपमा जीवन धान्ने स्रोत भनेकै निवृत्तिभरण हो । राष्ट्रसंघको तथ्याड्ढअनुसार जापानमा हरेक १० हजार मानिसमा २४ जनाले आत्महत्या गरिरहेका छन् । यो संख्या अमेरिकाको भन्दा झन्डै दोब्बर नै हो । रुस संसारकै सबैभन्दा बढी आत्महत्या हुने देश हो ।

मानिसको जीवनको पर्णताका लागि भौतिक विकास मात्र नभई आध्यात्मिक ज्ञान, पारिवारिक स्नेह, सुरक्षाको भावना पनि हुन आवश्यक देखिन्छ । नैतिक शिक्षाको अभाव, कर्तव्यबाट विचलित हुँदै गएको नयाँ पुस्ताको सोचले संसारका कुनै पनि भागमा आत्महत्याको संख्या वृद्धि गर्न सघाउँछ । त्यसैले आजका केटाकेटीलाई भौतिक शिक्षा मात्र नभई नैतिक शिक्षा, स्नेह, माया-प्रेम, पारिवारिक भावना, मानवताको चेतना दिने शिक्षा प्रदान गर्न आवश्यक छ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.