Index

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

Find happiness at Shaadi.com

 

 

 

तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन

 रोहिणी घिमिरे

हाम्रो देशमा कम्तीमा ५० स्थानमा प्रकृत्रि्रदत्त तातो पानीका मूलहरु रहेका छन् । यी मूलहरुबाट आउने तातो पानीको तापक्रम ४२ देखि ७३ ड्रि्री सेल्सियससम्म पाइएको तथ्यांक छ । यसरी पृथ्वीको भित्री भागबाट निक्लिएको तातो पानी ( Hot Sprint Water ) स्वास्थ्यका दृष्टिकोणले उपयोगी हुने विश्वासले तातो पानीमा नुहाउन जानेहरुको संख्या बढ्दो छ ।  तर यस्तो पानी स्वास्थ्यका लागि उपयोगी हुन्छ वा हुँदैन भनेर नेपालमा कसैले अनुसन्धान गरेको छैन । यद्यपि वैज्ञानिक खोज-अनुसन्धान गर्ने नेपालको एकमात्र सरकारी निकाय नास्ट पनि यसबारे अनभिज्ञ छ ।नास्टका रिर्सच एसोसिएट गणेश पोख्रेल भन्नुहुन्छ- ँप्राकृतिक रुपमा जमिनबाट निस्किएको तातो पानीमा साल्ट, फोस्फोरसजस्ता खनिज तत्त्वहरु हुने भएकाले

  त्यस्तो पानीमा नुहाउँदा फाइदा पुगेको कुरा सुनेको हुँ तर नास्टका तर्फाट यससम्बन्धी अनुसन्धान भएको छैन ।’ कुन स्थानको तातो पानीमा कुन-कुन तत्त्व पाइन्छ र त्यस्ता तत्त्व भएको तातो पानीमा नुहाउँदा कस्ता रोगहरु निको हुन्छन् भन्ने ठोस आधार नभए पनि तातो पानीमा नुहाएर ढाड दुख्ने, घुँडा दुख्ने, बाथ, हाड-जोर्नी दुख्ने समस्याका साथै छालाको रोगमा कमी आएको बताउनेहरु भने कम छैनन् । कोदारी राजमार्गमा पर्ने तातो पानीमा नुहाउन आएको तीन पटक भइसकेको बताउने काभ्रेकी ठूली तामाङको शरीर चिलाउने रोग निकै कम भइसकेको उनको अनुभव छ । उनी भन्छिन्- ँचिलाउन कम भएकाले नै दोहोर्‍याएर नुहाउन आएकी हुँ ।’

८० वर्षन्दा माथिका बूढाबूढीलाई पनि डोर्‍याएर नुहाउन ल्याउने गरेको ६ वर्षगाडिदेखि टिकट काउन्टरमा काम गर्दै आएका र्सर्ूयबहादुर तामाङ बताउँछन् । उनका अनुसार धेरैजसो एक पटक नुहाएपछि फर्किहाल्छन् भने एक हप्तादेखि एक महिनासम्म बसेर दिनदिनै नुहाउनेहरुको संख्या पनि कम छैन । यहाँ नुहाउन वर्षरि नै मानिस आउने भए तापनि हरेक वर्षो कात्तिक महिनामा चाहिँ दैनिक १ हजारदेखि २ हजार मानिस नुहाउन आउने गरेको तातो पानी काउन्टरका तामाङ बताउँछन् । कोदारी राजमार्गमा पर्ने तातो पानी र म्याग्दीको बेनीबजारको तातो पानी नुहाउनका लागि बढी उपयोगी मानिएको छ । त्यसैले यहाँ नुहाउनेहरुको संख्या अन्य ठाउँको तुलनामा बढी नै छ । यहाँको पानीको तापक्रम पनि शरीरले सहन सक्ने किसिमको छ ।

हातगोडा सुन्निएमा, दुखेमा, मर्किएमा नुन-पानीले सेक्ने चलन परापर्ूवकालदेखि नै चलिआएको हो । यसले त्यस्ता सामान्य समस्या ठीक पनि हुने गर्छ । त्यसरी नै नुन र फोस्फोरसको मात्रा मिसिएको जमिनमुनिबाट निस्कने तातो पानीले पनि स्वास्थ्य समस्यामा सुधार आएको हुन सक्ने नास्टका वैज्ञानिक विश्वनाथ प्रसाद यादवको धारणा छ ।

तातो पानी हानिकारक पनि हुन सक्छ

सबै ठाउँको तातो पानी एकै किसिमको हुँदैन । कहीँ बढी तापक्रम हुन्छ भने कहीँको तातो पानीको तापक्रम कम हुन्छ । बढी तापक्रम भएको तातो पानीमा धेरै बेर नुहाउँदा छालालाई असर गर्न सक्छ । फेरि केटाकेटीका लागि त यस कुरामा धेरै विचार पुर्‍याउनर्ुपर्छ । त्यस्तै कुनै ठाउँको तातो पानीमा बढी खनिज पदार्थ मिसिएको हुन्छ  भने कहीँको तातो पानीमा कम खनिज पदार्थ मिसिएको हुन्छ । बढी खनिजजन्य पदार्थले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ । फेरि विभिन्न तत्त्वहरु भएको तातो पानीमा बाँच्न सक्ने सूक्ष्म जीवहरुले पनि मानवशरीरलाई असर पुर्‍याउन सक्छन् ।

तातो पानीमा बाँच्न सक्ने एककोषीय अमिबा नाकभित्रको बाटो भएर मस्तिष्कमा पुग्न सक्छ । यसको उपचार भएन भने मस्तिष्कलाई नराम्रो प्रभाव पर्छ । युएस सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार हट स्प्रिङ वाटरमा एक्यान्थामोइब ( Acanthamoeba) छरिएर रहने भएकाले यसले मानवशरीरमा संक्रमण गराउन सक्छ । त्यस्तै यस्तो पानीमा हुन सक्ने लेजियोनेला ब्याक्टेरिया पनि हानिकारक हुन्छ । जापानको एक हट स्प्रिङ वाटरमा नुहाउनेहरु हर्पस सिम्प्लेक्स भाइरस ( Herpes Simplex Virus) द्वारा प्रभावित भएको पाइएको छ । यसैगरी इटालीको पोज्जुअली (Pozzuoli) सहरस्थित तातो पानीमा एक किसिमको भाइरस र एसिड भएको पत्ता लागेको छ, जसले मानवकोषलाई असर पुर्‍याउने बताइएको छ । तर नेपालमा पाइएको तातो पानीबाट अहिलेसम्म कसैलाई नकारात्मक असर परेको जानकारीमा आएको छैन । यसो भन्दैमा बढी तापक्रम र अन्य तत्त्वहरु भएको पानीमा निर्धक्क नुहाउने स्थिति भने छैन । यहाँको तातो पानी परीक्षण गरेर लाभदायक छ वा हानिकारक छ भन्ने कुरा छुट्याउनु आवश्यक छ । तातो पानीले रोग निको हुने विश्वासमा दर्ीघरोग लाग्ने स्थिति बन्नु हुँदैन ।

तातो पानीको प्रयोग

विकसित मुलुकहरुमा जमिनमुनिबाट निरन्तर निस्किरहने तातो पानीलाई विभिन्नरुपमा प्रयोग गर्ने गरेको पाइन्छ । विशेषगरी यसको बढी सदुपयोग जापानमा गरिएको छ । जापानलगायत, अमेरिका, चीन तथा युरोपियन मुलुकहरुमा तातो पानीसहितको पार्क, होटल, स्नानघर, पौडीपोखरी आदि बनाएर पर्यटक लोभ्याउने गरिएको छ । अमेरिकाको एलोस्टोन नेसनल पार्कमा प्रकृत्रि्रदत्त तातो पानीको फोहोरा नै छ, जसले पर्यटक तान्ने काम गरिरहेको छ ।

यसैगरी भारतको एक तर्ीथस्थल गंगोत्तरीमा तर्ीथयात्रुलाई रुमालमा चामल पोको पारी प्राकृतिक तातो पानीमा केही समय डुबाउन लगाइन्छ । पछि रुमालमा भात तयार भएपछि प्रसादको रुपमा खान लगाइने गरेको छ । चामलको पोको तातो पानीको कुण्डमा डुबाएको ७-८ मिनेटमा भात तयार भएको र त्यही भात प्रसादको रुपमा खाएको अनुभव बानेश्वर, काठमाडौंका पं. लक्ष्मीप्रसाद शास्त्रीको छ । हुन त हाम्रो देशमा पनि भगवान्ले दिएको पानी भनेर पवित्र हुन यस्ता तातो पानीमा नुहाउने गरिएको छ ।

हातगोडा दुख्ने, बाथ, छालाको रोग आदिको पनि यस्तो पानीबाट उपचार हुने विश्वास गरिन्छ । जमिनमुनिबाट आउने तातो पानीमा डुबुल्की मार्दा बाथ, छालाको रोग केही कम भएको सुनाउने बिरामीहरु आफूकहाँ आउने गरेको प्राकृतिक चिकित्सक डा. आनन्द केसी बताउनुहुन्छ । तर उच्च रक्तचाप भएका व्यक्तिले त्यस्तो पानीमा नुहाउँदा विचार पुर्‍याउनुपर्ने उहाँको सुझाव छ । आफूले चाहिँ तितेपातीको धूलो मिसाएको तातो पानीमा प्रभावित अंग डुबाउन लगाउने वा तितेपातीको पोको तातोपानीमा डुबाएर त्यसले सेक्ने गरेको उहाँ बताउनुहुन्छ ।

प्राकृतिकरुपमा सित्तै पाइने तातो पानी नुहाउने मात्र नभएर लुगा धुने, खाना बनाउने, पिउने, यसबाट निस्कने बाफबाट ऊर्जा निकाल्ने, पौडी खेल्ने आदि काममा उपयोग गर्न सकिन्छ । कोदारी राजमार्गछेउको तातो पानीका धारा, पोखरी, बाथ टब बनाएर नुहाउने, डुब्ने, पौडी खेल्ने कार्यमा प्रयोग गरिरहेको तातोपानी समितिसँग आबद्ध सुरेश श्रेष्ठ बताउँछन् ।

संखुवासभा, रसुवा, म्याग्दी, मुस्ताङ, मनाङ तनहुँ बझाङ, जुम्ला, दार्चुला आदि जिल्लामा गरी नेपालका झन्डै ५० ठाउँमा तातोपानीका मुहानहरु छन् । तर त्यहाँका तातो पानी नुहाउनुभन्दा बाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन । कतिपय ठाउँमा त निरन्तर बाफ आइरहेको हुन्छ र छुँदा पोल्ने तातो पानी पनि पाइन्छ तर त्यो बाफ र तातो पानी खेर गइरहेको छ ।

कुनै बेला जाडो याममा राणाको दरबारको कोठा न्यानो पार्न पानी उमालेर ती कोठामा बाफ पठाइन्थ्यो । नेपालमा विद्युत् नभएको बेला चारबर्ुजा दरबारका प्रमुख कोठाहरु पानीको बाफले तताउने गरिन्थ्यो भन्ने कुरा आफूले सुनेको इतिहासकार पुरुषोत्तमशमशेर राणा बताउनुहुन्छ । जाडो याममा दरबारबाहिर ठूला-ठूला भाँडामा पानी उमालेपछि कोठामा लगेर राख्ने, अनि झ्यालढोका लगाएपछि पानीको बाफले कोठा न्यानो हुने कुरा उहाँ सुनाउनुहुन्छ । बाफ आउन छोडेपछि अर्को तातो पानी राखेर त्यहाँको पानी अन्य प्रयोजनमा प्रयोग गरिन्थ्यो । शायद अन्य दरबारमा पनि यसैगरी कोठा तताउने गरेको हुन सक्ने राणाको धारणा छ । स्मरणीय छ इतिहासकार राणाको बाल्यकाल चारबर्ुजा दरबारमै बितेको थियो ।

यता प्रकृत्रि्रदत्त तातो पानी त्यसै खेर गइरहेकोले यसलाई यस्तै खाले विभिन्न प्रयोजनमा प्रयोग गरी फाइदा लिनेतिर कहिल्यै सरकारको ध्यान गएको देखिंदैन । तातो पानी भएका स्थानमा सरकारी तवरबाट पार्क, पोखरी फोहोरा, स्नानघर आदिको व्यवस्था मात्रै गरे पनि विदेशी पर्यटकहरु आकषिर्त हुने थिए र थप धन आर्जनको बाटो बन्न सक्ने थियो ।

कसरी बन्छ तातो पानी ?

प्रायः हिमालय पर्वत शृङ्खलामा यस्ता तातो पानीका स्रोतहरु भेटिन्छन् । प्राचीनकालमा भौगर्भिक हलचल हुँदा जमिन खुम्चिन गई पहाडको उत्पत्ति भयो । पहाड तथा पृथ्वीको आवरणले थिच्चिंदा पृथ्वीको भित्री भाग अद्यापि तातो भइरहेको छ । तातो भागको आसपासमा रहेका बालुवा, चट्टान आदि पनि धेरै तातो अवस्थामा रहेका हुन्छन् । पहाडका छ्रि्रा, चिरा, गुफा आदिबाट पानी बाहिर आउने क्रममा तिनै तातो वस्तुको सर्म्पर्क हुने भएकाले पानी पनि तातो भएको हो । यस्तो पानीमा पृथ्वीको भित्री भागका साल्ट, सल्फर, फोस्फोरसजस्ता विभिन्न तत्त्वहरु पनि घोलिएर आउन सक्छन् ।

यसै गरी ज्वालामुखी फुट्नाले पनि कुनै भागबाट तातो पानी निरन्तर आइरहन्छ । यसको उदाहरण अमेरिकाको आइडाहोस्थित एलोस्टोन नेसनलपार्कमा रहेको तातो पानीको फोहोरालाई लिन सकिन्छ । यो लाखौं वर्षगाडि भएको ज्वालामुखीको परिणाम हो ।

तातो पानीबाट उपचार हुन सक्ने रोगहरु

त      दर्ीघ बाथरोग

त      युरिक एसिड तथा जोर्नी दुख्ने

त      नसा तथा मानसिक असन्तुलन

त      अन्तस्राव ( Endocrine) ग्रन्थिहरुको असन्तुलन

त      छालासम्बन्धी रोग

त      स्त्रीरोग तथा बाँझोपन

त      एलर्जी

बढी तातो पानी प्रयोग गर्न नहुने रोगीहरुले डाक्टरको सल्लाहअनुसार मात्र यस्तो पानीमा डुब्न, नुहाउन सल्लाह दिइन्छ ।


                     


 © Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.