![]()
|
तपाईंको घरमा हाम्रा डाक्टर
म २५ वर्षो भएँ । बिहान उठ्नेबित्तिकै नाक चिलाउने र हाच्छ्यौं आउने गरेको छ । ७-८ पटक यस्तो भएपछि रोकिन्छ । साथै नाकको फेद पनि चिलाउँछ । के गरौं ? - कैलाश काम्बाङ नागी-३, हालः धोवीघाट, ललितपुर कैलाशजी, तपाईंको समस्या भनेको एलर्जी र रुघाजस्तो लाग्छ, तर पनि विस्तृत छलफल, निदान र सही उपचारको लागि नाक, कान, घाँटी रोग विशेषज्ञसँग परीक्षण, परामर्श जरुरी पर्ने देखिन्छ । हालको लागि १० मि.ग्रा.को सेटि्रजिन चक्की दिनको एक चक्कीका दरले चार-पाँच दिनसम्म लिनुस् । ख्याल गर्नुस् कि यो औषधिले अलि-अलि न्रि्रा लाग्नेजस्तो गराउन सक्छ । यदि नाक चलाउने वा केही वस्तु हालेर हाच्छ्यांै लगाउनेजस्तो बानी छ भने तुरुन्त छोड्नुस् । मलाई हेपाटाइटिस ँबी’ पोजिटिभ भएको ५ वर्षभयो । अहिलेसम्म नेगेटिभ भएको छैन । आयर्ुर्वेदिक औषधिले निको हुन्छ भन्ने सुने तापनि यहाँको सल्लाहको अपेक्षा गर्दछु ।- प्रेम श्रेष्ठ प्रेमजी, हेपाटाइटिस ँबी’ पोजिटिभ पछि गएर नेगेटिभ हुने गर्छ तर त्यसको लागि यति नै समय लाग्छ भनेर किटान गर्न मिल्दैन । आयर्ुर्वेद औषधिको प्रभावकारिताको बारेमा आफ्नो ज्ञान नभएकोले आलोचना गर्नु सान्दर्भिकता हुँदैन । त्यस्तै आफू आधुनिक एलोपेथिक वैज्ञानिक आधारसहितको चिकित्सा विज्ञानमा हर्ुर्केको हुनाले अध्ययन, प्रमाणित, सुरक्षाजस्ता पक्षको प्रत्याभूति नभएको कुरामा विश्वास गर्न सकिंदैन । त्यसैले भरसक अध्ययन, तुलना, सुरक्षा पक्का भएका औषधि उपयोग गर्न र सोही पक्षमा विश्वास दर्शाउन चाहन्छु । एक पटक कलेजो विशेषज्ञलाई सर्म्पर्क गरी छलफल गर्नुभएमा यकिन सल्लाह मिल्नेछ । मेरो खुट्टा चिरा-चिरा परेर फुट्न थालेको छ । यसको रोकथामको लागि कुन औषधि कसरी लगाउनुपर्ला ?- चण्डिका गर्तौला, बनेपा, काभ्रे चण्डिकाजी, हातखुट्टा चिरा परेर फुट्ने भनेको स्याहार नपुगेर तथा कोहीको छाला अति नै सुख्खा प्रकृतिको हुनाले हो । अवस्थाअनुसार त्यस्तो छालालाई बढी ख्याल र स्याहारसुसार गर्नुपर्ने हुन्छ । साधारणरुपमा सल्लाह दिँदा हरेक दिन हल्का तातो पानीले धुने, रुमालले पुछ्ने, भ्यासेलिन वा नौनी वा तेल लगाउने गर्नुपर्छ । हावा, सुख्खा, धूलो आदिमा खुट्टा नपारी जुत्ता-मोजा उपयोग गर्नुपर्छ । यसो गर्दा पनि कम नभएमा छालारोग विशेषज्ञ भटेर सल्लाह लिनु जरुरी हुन्छ । म २६ वर्षो भएँ । मेरो पेटबाट सुरु भएको छालाभित्रका गिर्खाहरु फैलिंदै हातसम्म आइपुगेको छ । यसै स्तम्भमा हजुरले सामान्य भन्नुभए पनि बढ्ने क्रम जारी छ । यो कस्तो रोग हो र मैले कस्तो खानपान गर्नुपर्ला ?- अशोक गोर्खाली, काठमाडौं अशोकजी, तपाईंको समस्याको निदान ँलाइपोमा’ हो । साधारणतया यो बढेन वा फैलिएन भने केही होइन र डर रहँदैन भन्ने कुरा धु्रवसत्य भएकोले त्यस्तो सल्लाह दिइयो होला, तर अब फैलिन, बढ्न थालेको हो भने तपाईंले शल्यचिकित्सक वा छालारोग विशेषज्ञसँग भेटेर सल्लाह लिनुस् । जहाँसम्म खानपिन बारेर सुधार हुने वा सन्चो हुने भन्ने कुरा प्रमाणित भई नसकेकोले त्यससम्बन्धी सल्लाह दिन मिलेन । मेरो शरीरमा मसिना बिमिराहरु देखिन्छन् । साथै कतै-कतै मासु पलाएको पनि छ । तर चिलाउने, पोल्ने, दुख्ने केही छैन । पछि कतै समस्या आइपर्ला कि ? उदय बस्ताकोटी, सीतापाइला, काठमाडौं उदयजी, यदि तपाईंको शरीरमा आएका बिमिरा वा मासुका त्यान्द्रा साधारण र साना छन्, बढेका छैनन्, दुख्ने, चिलाउने छैन भने त्यति हतार गरिहाल्नुपर्ने देखिंदैन । तर छालारोग विशेषज्ञलाई देखाउनचाहिँ जरुरी छ । चिकित्सकले आफंै हेरेर पहिचान नगरेसम्म यसै भन्न गाह्रो हुन्छ । यो बढ्न पनि सक्ला वा अन्य रोगको प्रारम्भिक कारण पनि हुन सक्ला । काठमाडौंकै बासिन्दा भएकाले एक पटक वीर अस्पताल वा शिक्षण अस्पतालको छालारोग विभागमा देखाएर छलफल गर्नुभएमा राम्रो हुने थियो । मे धेरै पानी पिउने गर्छ् यसले मेरो स्वास्थ्यमा कुनै समस्या सिर्जना त गर्दैन ?- अमित पाण्डे, ठमेल, काठमाडौं अमितजी, पानी नियमितरुपमा पिउनु भनेको नराम्रो हुन सक्दैन । शरीरमा रगत तथा मिर्गौलाको अद्यावधिक सरसफाइ वा सक्रियताका लागि पनि पानी पिउनु राम्रो हो । तर अत्यधिक धेरै हो भने ख्याल गर्नुहोला । पानीको मात्रालाई नियन्त्रणमा राख्नुपर्ने समस्याहरुमध्ये मुटुको फेल, मुटुको हृदयघातसम्बन्धी समस्या, मिर्गौलाको समस्या वा दमको समस्या वा शरीर सुन्निने अवस्था भएमा ख्याल गर्नै पर्छ वा चिकित्सकले दिएको सल्लाहभन्दा बाहिर जानु हुँदैन । होइन भने नियमितरुपमा ठिक्क पानी पिउने बानी राम्रो हो । म ३० वर्षो भएँ । रिंगटा लाग्ने, हात काम्ने, नयाँ व्यक्तिसँग कुरा गर्न नसक्ने, कुरा गर्दा मुखको मासु र्फपmराउने र भकभकाउने, टाउकोमा सिलिकसिलिक गरेको अनुभव हुने, स्मरणशक्ति ह्रास हुँदै जाने समस्या भएको छ । हाल त्चष्बम द्दछ mन र ीयउभश 1mन चार वर्षेखि सेवन गरिरहेको छु । रोग केही मात्रामा नियन्त्रण भए पनि निको हुन सकेको छैन । समाधानको उपाय छ कि ?- अनिल लामा, हालः मलेसिया अनिलजी, तपाईंको उपचारमा चार वर्षेखि एउटै चिकित्सक हुनुहुन्छ कि फर्ेर्ने गर्नुभएको छ भन्ने कुरा स्पष्ट भएन । त्यस्तै दुइ थरी मात्रै औषधि हो कि अन्य पनि छ, बीच-बीचमा औषधि परिवर्तन गरेको हो कि होइन, सुधारको मात्रा सन्तोषप्रद छ कि छैन भन्ने कुरा स्पष्ट भएन । तपाईंले खाएको औषधि र समस्याको लक्षण त्यति मेल खाएजस्तो लागेन । त्यसैले एक पटक स्नायु विशेषज्ञ -न्यूरोलोजिस्ट) तथा मनोचिकित्सक भेटेर सल्लाह गर्नुभएमा समस्या बढ्ने थिएन । तपाईं नेपालमा नभएकोले उतै विशेषज्ञ भेट्ने वा नेपालमै सम्बन्धित विशेषज्ञसँग सर्म्पर्क गरी सबै कुरा राखेर उनीहरुकै सल्लाहअनुसार गर्नुहोला । म १५ वर्षो भएँ । धेरै वर्षगाडिदेखि टाउको दुखिरहन्थ्यो तर अहिले २-३ दिनको अन्तरमा दुख्छ । जँचाउँदा केही दिनका लागि औषधि दिइयो तर औषधिले केही असर गरेन । धेरै टाउको दुखेमा ऐंजेरु पलाउँछ भन्ने सुनेको छु, के साँच्चो हो ?- द्ुगा जल लामिछाने गुरुङ हौचुर-२, पोखरी, खोटाङ दर्ुगाजी, टाउको दुख्नुको कारणहरुको लेखाजोखा गर्दा तपाईंले आँखा रोग विशेषज्ञ, नाक-कान-घाँटी रोग विशेषज्ञ, फिजिसियनसँग सर्म्पर्क गर्नुपर्ने देखिन्छ । त्यसै टाउको दुख्नु नपर्ने हो । टाउको दुख्ने सम्भावना ँमाइग्रेन’ले पनि हुन सक्छ । आँखाको दृष्टिमा कमी, पिनास वा उच्च रक्तचापजस्ता समस्याले पनि टाउको दुख्न सक्छ । त्यसैले एक जना फिजिसियन भेटेर सबै छलफल, परीक्षण गरेर निदान गर्न सकेमा उपचार हुन सक्छ । ऐंजेरु पलाउने भन्ने बेकार हो, त्यस्तो होइन । तर कताकति टाउको दुख्नेलाई ँब्रेन ट्युमर’ भने विरलै रुपमा भेटिन्छ । त्यसैलाई ऐंजेरु भनेको भएमा त्यो पनि धेरै विरलै हुने घटना हो । म ४१ वर्षो भएँ । मेरो हातगोडा दुख्ने -कटकटी खाने) गर्छ । बच्चाहरुलाई कुल्चिन लगाउँदा वा अन्य कसैलाई मिच्न लगाउँदा सन्चो हुन्छ । किन यस्तो भएको र कसरी निको पार्न सकिएला ? हरिकृष्ण कार्की, सिन्धुली हरिकृष्णजी, हातखुट्टा दुख्ने धेरै कारण हुन सक्छन् । त्यसमा पनि बढीजसो स्नायुको समस्या वा रक्तसञ्चारको समस्याले हुन सक्छ । यदि तपाईंको धूमपान गर्ने बानी छ भने समस्याको कारण त्यो पनि हुन सक्छ । त्यसैले कुनै पनि हालतमा धूमपान वा सर्ुर्ती मुखमा राख्ने कार्य नगर्न सल्लाह दिइन्छ । अत्यधिक धूमपानले दुख्ने, दुखाइका कारण सुत्न नसक्ने र कहिलेकाहीँ हातखुट्टाका औंलाहरु र्झन खोज्ने, कुहिने गरेको पनि पाइएको छ । कतिपय अवस्थामा भिटामिन ँबी’ कम्प्लेक्स, भिटामिन र्ँइ’ ले केही आराम भएको पाइन्छ भने कोहीलाई क्याल्सियमको सेवनले सुधार भएको पाइएको छ । त्यसैले एक पटक फिजिसियन भेटेर सम्पूर्ण सम्भावित कारण र निदानबारे छलफल गर्नुभएमा निको पार्ने उपयुक्त उपाय पाइन्थ्यो कि । मैले उच्च रक्तचापको औषधि Repace H र Mylod AT-H सेवन गरिरहेको छु । अहिले रक्तचाप प्रायः १३०/८५ छ । हिँड्दा, काम गर्दा बढी थकान हुने भएकाले मैले दैनिक गर्नुहुने र नहुने कार्यहरु बताइदिनुभए आभारी हुने थिएँ ।- रमेशबहादुर खड्का (हालः कलंकी, काठमाडौं) रमेशजी, तपाईंलाई बधाई नै दिनुपर्ला । किनभने औषधि नियमित लिंदै हुनुहुन्छ तथा रक्तचाप अति राम्रो तथा नियन्त्रित छ । रक्तचापको बिरामीले सधैँ ख्याल गर्नुपर्ने कुरा तपाईंलाई पनि लागू हुन्छ । त्यसैले नुन कम सेवन गर्ने, चिल्लो बन्द गर्ने, शारीरिक तौल नियन्त्रित राख्ने, दैनिक कम्तीमा ३०-४० मिनेट पसिना आउने खालको व्यायाम वा खेल अपनाउने गर्नुस् । त्यस्तै धूमपानको आदत भए त्याग्नुस् । तुरुन्त त्याग्न गाह्रो भए घटाउँदै लगेर त्याग्नुस् । यसैगरी तनाव तथा पीरजस्ता कुराबाट बच्दै सकारात्मक सोच एवम् प्रेममयी भएर दिन बिताउने प्रयास गर्नुस् । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |