Index

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

Find happiness at Shaadi.com

 

 

 

 राशिफल पुस १५- माघ १४

 

-ज्यो. रामानन्द शमा

मेष

महिना शुभ फलदायक छ । स्वास्थ्यलाभ मिल्नाले शारीरिक क्षमता बढ्नुका साथै मानसिक दक्षता पलाउनेछ । रोजगार प्राप्तिका लागि गरेको प्रयास सफल हुनेछ । व्यापारिक लगानी लाभांशमा परिणत हुने, समय परिस्थितिले साथ दिने, प्रतिष्ठित जनबाट रचनात्मक सहयोग पाइने, राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता पाइने, विरोधीमाथि विजयश्री मिल्ने, राजनीतिक क्षेत्रमा लागेकाहरुलाई वाञ्छित उपलब्धि हासिल हुने, मनोकांक्षा पूरा हुने, सेवाक्षेत्रमा स्थानान्तरणको योग छ ।

वृष

पौषपर्यन्त समय बलवान छ । रुघाखोकी, उदरजन्य रोग, रक्तचाप आदिबाट मुक्ति मिल्नेछ । शुभ कार्यमा खर्च हुने, लाभदायी योजनामा लगानी हुने, सेवाक्षेत्रमा सहजता आउने, समय-परिस्थितिले साथ दिने, राजनीतिक सक्रियताको साथै उपलब्धिसमेत मिल्ने, विद्याध्ययनमा सक्रियता बढ्ने, राज्यपक्षबाट सहयोग पाइनेछ । माघ लागेपछि कतिपय क्षेत्रमा व्यवधान नआउला भन्न सकिन्न, आर्थिक पक्ष कमजोर हुने, नकारात्मक सोच पलाउने, यात्रामा व्यवधान, नैराश्यता एवम् तनाव बढ्नेछ ।

मिथुन

समय मिश्रति फलदायक छ । विविध रोगव्याधिले दुःख दिनेछ । कार्यक्षमतामा ह्रास आउनेछ । अस्वस्थ प्रतिस्पर्धा नबढ्ला भन्न सकिन्न । वैवाहिक जीवनमा मनमुटाव उत्पन्न हुन सक्ला । घरेलु दायित्व पूरा गर्न गाह्रो पर्नेछ । मानप्रतिष्ठामा आघात पुग्न सक्ला । वैचारिक संर्घष्ा हुनेछ । साझेदारीसम्बन्धी व्यवसायमा विवाद उत्पन्न हुनेछ । शारीरिक क्षमतामा ह्रास आउनेछ । माघ लागेपछि आंशिक सुधार आउने देखिन्छ । दिनचर्या सुखद, नजदिकी व्यक्तिबाट सहयोग, आकस्मिक उपलब्धि, व्यक्तित्वको विकास हुनेछ ।र्

कर्कट

समय बलवान छ । स्वास्थ्यले राम्रो साथ दिनेछ । डाक्टरकोमा धाउने क्रम रोकिनेछ । शारीरिक-मानसिक सबलता बढ्नेछ । जीवनशैलीमा नयाँ सुधार आउनेछ । कृषि, वाणिज्य, पर्यटन आदि स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ । रोजगारमूलक शिक्षामा लगानी हुनेछ । शोक, मोह, इष्र्याजन्य विकारबाट मुक्ति मिल्नेछ । घरेलु आवश्यकता पूरा हुनेछ । आध्यात्मिक चिन्तनको विकास हुनेछ । कसै-कसैलाई अचल सम्पत्ति वृद्धि हुनेछ । लाभदायी कार्यमा लगानी हुनेछ । प्रेमप्रसंग गाँसिन सक्छ ।

सिंह

गोचर सप्रिएको छ । रोग-विकारबाट मुक्ति मिल्नाले शरीरमा नयाँ ताजगीपन आउनेछ । रोजगारमूलक शिक्षाप्रति चासो बढ्नेछ । लामो दूरीको यात्रामा लाभ मिल्नेछ । घरायसी समस्याको समाधान, महत्त्वाकांक्षा पूरा हुनेछ । कूटनीतिक प्रयासबाट विवादित समस्याको समाधान हुनेछ । सन्तान पक्षबाट सुखसन्तोष पाइनेछ । सामाजिक परोपकारादि कार्यबाट सम्मान मिल्नेछ । घरेलु आवश्यकता पूरा हुनेछ । खाद्यान्न कारोबारबाट यथेष्ट लाभ मिल्नेछ । दूरदराजमा रहेका आफन्तबाट सहयोग पाइनेछ । स्वच्छ विचार पलाउनेछ ।

कन्या

महिना आरोह-अवरोहमा बित्नेछ । उपचारको क्रममा ठूलै रकम स्वाहा नहोला भन्न सकिन्न । शारीरिक-मानसिक क्षमतामा ह्रास आउनेछ । धेरै पटकको प्रयासले मात्र कुनै कार्य सफल हुन सक्नेछ । आर्थिक पक्ष कमजोर हुनेछ । नजदिकी व्यक्तिबाट कष्ट मिल्न सक्छ । जग्गा, शेयर आदि कारोबारमा गरेको लगानी खिइएर सिकुटे नहोला भन्न सकिन्न । प्रोपरट्ीबन्धी विवाद उत्पन्न हुन सक्छ । विरोधीसँग संर्घष्ा हुन सक्छ । रोजगार-व्यवसायमा व्यवधान उत्पन्न हुन सक्छ । सम्मानमा चोट पुग्ने देखिन्छ ।

तुला

महिना उपलब्धिमूलक छ । स्वास्थ्यमा देखा परेको समस्या निक्र्योल हुनेछ । एकमुष्ट रकम संकलन हुनाले आर्थिक समस्याको समाधान हुने, व्यापार व्यवसायमा क्रमिकता आउने, व्यापारिक लगानी लाभांशमा परिणत हुनेछ । विरोधर्ीवर्ग पराजित हुनेछन् । शुभ मांगलिक कार्यको आयोजना हुने, मनोबल उच्च हुने, पदप्राप्तिको योग छ । व्यवहार कुशलताबाट काम बन्ने, राजनीतिक क्षेत्रमा सफलता मिल्ने, अचल सम्पत्ति वृद्धि हुने, विविध सुख-समृद्धि बढ्नेछ ।

वृश्चिक

गोचर बलवान छ । आरोग्यलाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, घरेलु आवश्यकता पूरा हुने, खराब व्यक्तिहरुको चंगुलबाट जोगिन सकिएला । आर्थिक उन्नतिको अवसर मिल्नेछ । कामकाजप्रति चासो बढ्नेछ । हरेक खाले स्वतन्त्र व्यवसायबाट आशातीत धनलाभ मिल्ने योग छ । नजदिकी व्यक्तिबाट सुख-सहयोग पाइनेछ । धार्मिक, आध्यात्मिक आस्था बढ्नेछ । मांगलिक कार्यको आयोजना हुनेछ । सामाजिक सहभागिता बढ्नेछ । व्यक्तित्वको विकास हुनेछ ।

धन

पौषपर्यन्त गोचर शुभ फलदायक छ । प्रतिकूल परिस्थितिमाथि विजयश्री मिल्नेछ । घरेलु सुख-समृद्धि बढ्नेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यलाभ मिल्नाले जैविक ऊर्जा बढ्नेछ । प्रेमप्रसंगबाट मन आनन्दित हुनेछ । विद्याध्ययनमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा विजयश्री मिल्नेछ । व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ । माघ लागेपछि समय संर्घष्ामा बित्नेछ । घरेलु समस्या समाधान गर्न गाह्रो, स्वास्थ्योपचारमा खर्च, भावनात्मक सम्बन्धमा चोट पुग्नेछ ।

मकर

समय बलवान छ । स्वास्थ्यलाभ मिल्नाले नयाँ जीवन पाएको अनुभूति मिल्नेछ । विरोधीद्वारा गरिएका षड्यन्त्रहरु निस्फल हुनेछन् । पारिवारिक समस्याको समाधान हुनेछ । समय-परिस्थितिले साथ दिनेछ । व्यापारिक लगानी लाभांशमा परिणत हुनेछ । राजनीतिकर्मीहरुलाई वाञ्छित उपलब्धि हासिल हुनेछ । मनोरोगबाट छुटकारा मिल्नुका साथै स्वस्थ मनस्थितिको विकास हुनेछ । अचल सम्पत्ति हासिल हुनेछ । रोजगार प्राप्तिको अवसर मिल्नेछ । उत्साह-उमंग पलाउनेछ ।

कुम्भ

चौतर्फी सफलता मिल्नेछ यस महिनामा । स्वास्थ्यलाभ मिल्नाले जीवनप्रति नयाँ सोचको विकास हुने, नजदिकी व्यक्तिबाट सहयोग पाइने, धर्ैय-उत्साह बढ्ने, रोजगारमूलक शिक्षाप्रति चासो बढ्नेछ । कृषि, वाणिज्य, ठेक्कापट्टा, जग्गा, सुनचाँदी आदि कारोबारबाट पर्याप्त आम्दानी हुनेछ । विपरीतलिंगीसँगको मित्रता प्रेममा परिणत हुनेछ । व्यापारिक लगानी लाभांशमा परिणत हुनेछ । परीक्षा प्रतियोगितामा सफलता मिल्नेछ । सामाजिक, राजनीतिक सहभागिता बढ्नेछ ।

मीन

भाग्य परिस्थितिले साथ दिनेछ । स्वास्थ्यलाभ मिल्नाले शारीरिक, मानसिक क्षमता बढ्नेछ । वाहनलाभ मिल्ने योग छ । प्रतिस्पर्धामा विजयश्री मिल्नेछ । व्यावहारिक कुशलतामा वृद्धि हुनेछ । सेवाक्षेत्रमा पदोन्नतिको अवसर मिल्नेछ । रोजगारसम्बन्धी समस्याको समाधान हुनेछ । केही गर्नुपर्छ भन्ने भावना पलाउनेछ । राजनीतिककर्मीहरुलाई वाञ्छित सफलता मिल्नेछ । कसै-कसैलाई विदेश यात्राको अवसर मिल्नेछ । मान, मर्यादा, प्रतिष्ठा मिल्नेछ । बैंक ब्यालेन्स बढ्नेछ ।


                     


 © Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.