Index

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

 

Find happiness at Shaadi.com

 

 

 प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

 

प्र डा. अर्जुनदेव भट्ट

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट

पिसाबको बारेमा केही भन्नासाथ हामी मिर्गौलालगायत धेरै कुरा सम्झन पुग्छौं । जबसम्म मिर्गौलाले पिसाब बनाउँदैन तबसम्म बाहिर निष्कासन भएर आउने पिसाबबारे केही कल्पना नै गर्न सकिन्न । मिर्गौलाले पिसाब बनाउँदैमा मात्र पिसाब सजिलै बाहिर निष्कासन हुन सक्दैन ।  

 खास गरेर ६० वर्षउमेर पुगेपछि  पुरुषमा प्रोस्टेटको कारणले गर्दा पिसाबको सञ्चय र निष्कासन ठूलो समस्या साबित हुन सक्छ । पिसाब सञ्चय र निष्कासनमा धेरै तत्त्वले असर पार्न सक्छ । यहाँ  प्रोस्टेटले गर्दा कस्तो खालको असर पर्न सक्छ भन्नेबारे उल्लेख गरिएको छ ।    

मूत्रथैली र प्रोस्टेट ग्रन्थि

मूत्रथैली पिसाब सञ्चय गर्ने अंग हो । यो दुइवटा मूत्रनलीद्वारा मिर्गौलासँग जोडिएको हुन्छ । मिर्गौलामा बनेको पिसाब मूत्रनलीबाट मूत्रथैलीमा पुग्छ । मूत्रथैलीमा करिब ३ सय मिलिलिटर पिसाब थुप्रिंदासम्म थैलीभित्र खासै चाप नबढ्ने भएकाले पुरुषहरु यति पिसाब असजिलो अनुभव नगरी रोकिरहन सक्छन् । जब पिसाबको मात्रा बढ्दै जान्छ, पिसाब गर्नुपर्ने अनुभव हुन्छ तर पिसाब फर्ेनुपर्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण उपलब्ध नहुँदासम्म पिसाब सजिलैसँग रोकेर पर्खन सकिन्छ । पिसाबको मात्रा बढेर करिब ४ सय मिलिलिटर पुगिसकेपछि ज्यादै गाह्रो भई पिसाब फर्ेन आतुरी हुन्छ र पिसाब फेरिन्छ । उपयुक्त ठाउँ फेला नपर्दा अझै बढी पिसाबको मात्रा पनि रोक्न सकिन्छ ।

यसरी सामान्य अवस्थामा मूत्रथैलीको पिसाब सञ्चय गर्ने र पिसाब निष्कासन गर्ने दुइ मुख्य कार्य हुन्छ । यो सिलसिलामा मूत्रथैलीले कार्यपालन गरेर सहजै ४ सय मिलिलिटर र सोभन्दा बढी पिसाबको मात्रा पनि सञ्चय गर्दछ । तर प्रोस्टेट ग्रन्थिमा समस्या भएको खण्डमा पिसाबथैलीको कार्यपालनमा ज्यादै नकारात्मक असर पर्छ ।

मूत्रथैलीको घाँटीबाट पिसाब निष्कासन नली सुरु हुन्छ । त्यो नलीलाई सुरुमा प्रोस्टेट ग्रन्थिले चारैतिरबाट बेरेको हुन्छ । यही बनावटको कारणबाट प्रोस्टेट ग्रन्थि वृद्धि भएर होस् वा सुकेर सानो भएर होस् पिसाबको नलीलाई साँगुरो पार्ने गर्छ । फलस्वरुप पिसाब निष्कासनमा नकारात्मक असर पर्न जान्छ । उमेरको कारणबाट पनि मूत्रथैलीको कार्यपालनमा कमी आउन सक्छ र थैलीमा थोरै मात्र पिसाब सञ्चय हँुदैमा पिसाब निष्कासन गर्न आतुरी हुन्छ । प्रोस्टेट ग्रन्थिमा संक्रमण भएर पनि पिसाबथैलीको मूत्र सञ्चय गर्ने क्षमतामा ह्रास आउन सक्छ । संक्रमणले गर्दा मूत्रथैली अधर्ैय, चञ्चल र अस्थिर हुन जान्छ र पिसाब सञ्चय गर्ने कार्यमा ठूलो ह्रास आएर बिरामीलाई बारम्बार पिसाब फर्ेर्ने इच्छाले हैरान गराउँछ ।

पिसाब निष्कासन नलीमा प्रोस्टेट ग्रन्थिको उमेरसँग सम्बन्धित वृद्धि वा खुम्चिएर सुकेको अवस्था, प्रोस्टेटको क्यान्सर, प्रोस्टेट ग्रन्थिको संक्रमण, चोटपटकको कारणबाट हुन गएको साँगुरोपन, पत्थरी, लिंगको अगर््रचर्म साँघुरिनु आदि जुनसुकै कारणले भए पनि त्यसले मूत्रथैलीको मांसपेशीलाई रेसाप्रोटिन -ऋयििबनभल) मा परिणत गर्छ र फलस्वरुप थैलीले पिसाबको मात्रा ग्रहण गर्ने क्षमतामा ठूलो क्षति पुग्छ । थोरै पिसाब सञ्चय हुँदैमा त्यसलाई निष्कासन गर्न आतुरी हुन्छ । यस्तो अवस्थामा बिरामीले बारम्बार पिसाब फेरिराख्नुपर्ने महसुस गर्छ ।

मूत्र निष्कासन र प्रोस्टेट ग्रन्थि

मूत्रथैलीको दोस्रो मुख्य कार्य पिसाब निष्कासन गर्नु हो । यो कार्यमा प्रोस्टेट ग्रन्थि आफ्नो स्थानले गर्दा ठूलो बाधक हुन सक्छ । मूत्र निष्कासनमा प्रोस्टेट ग्रन्थिबाट अवरोध हुन गएमा विभिन्न लक्षणहरु देखा पर्छन् । र्सवप्रथम यस्तो अवस्थामा बिरामीले पिसाब फर्ेन थालेपछि पिसाब ननिस्किएर केही बेर कर्ुर्नुपरेको महसुस गर्छ । यो अवस्था पिसाबथैलीको मुख नखुलेर हुन आउँछ । पिसाबथैलीको मांसपेशी पिसाब निष्कासन गर्नको निम्ति खुम्चिन्छ, तर थैलीको ढोका -जो मुन्द्रा आकारको मांसपेशीबाट बनेको हुन्छ) खुल्दैन । फलस्वरुप बिरामीले कहिले पिसाब निस्कन थाल्ला भनेर कुरिराख्नुपर्ने हुन्छ । यस्ता बिरामीले बसमा यात्रा गर्दा वा कुनै ठाउँमा धेरै मानिससँग छिटो पिसाब फेरेर र्फकनुपर्ने वातावरण परेको खण्डमा ज्यादै असजिलो सामना गर्नुपर्ने हुन्छ । यसरी मूत्रथैलीको मांसपेशी र मूत्रद्वारको कार्यमा तालमेल नमिलेर यो लक्षण देखा पर्ने हुन्छ । यस्तो प्रकारको एकरुपता जब पिसाबथैलीको मांसपेशीमा हावी हुन्छ बिरामी कहीँ जान, आवश्यक मात्रामा तरल पदार्थ पिउन र सामान्य वातावरणमा रमाउन सक्दैन ।

प्रोस्टेट ग्रन्थिको वृद्धि भएर होस् वा खुम्चिएर सुकेको अवस्थामा होस्, मूत्र निष्कासन नली साँगुरिएको खण्डमा मूत्रप्रवाह कमजोर हुन्छ । यो अर्को महत्त्वपूर्ण लक्षण हो । मूत्रप्रवाह धेरै कुरामा भर पर्छ । जस्तो- पिसाबको मात्रा, मूत्रथैलीको मांसपेशीको शक्ति र मूत्रथैलीमा जाने स्नायुहरुको अवस्था । तर प्रोस्टेट ग्रन्थिको आकार र नापको कारणबाट मूत्रप्रवाहमा ज्यादै धेरै असर पर्छ । यस्ता बिरामीहरु पिसाबको वेग ज्यादै कमजोर भएको र आफ्नै खुट्टामा समेत पिसाब परेर लुगा भिज्ने गरेको गुनासो गर्छन् ।

पिसाबको वेगमा कमजोरी आउनु प्रोस्टेट ग्रन्थिले पिसाब निष्कासन नलीमा पारेको असरको एउटा ज्यादै महत्त्वपूर्ण लक्षण हुन सक्छ । यस्तै अर्को महत्त्वपूर्ण लक्षण हो पिसाब फर्ेदा अन्तिममा पिसाब तपतप चुहिनु वा थोपाथोपा भएर खस्नु । यो अवस्था सामान्यतया पिसाब फेरिरहेको पछिल्लो केही सेकेन्डसम्म देखा पर्छ । पेटको मांसपेशीले बाँकी रहेको पिसाब धकेल्न खुम्चिंदा यस्तो हुन्छ । बाँकी रहेको पिसाब परेको मांसपेशीसमेतले खुम्चिएर निस्कन सहयोग पुर्‍याए पनि बिरामी पूरै पिसाब न्रि्रेको अनुभव नगर्न सक्छ । मूत्रथैलीको मांसपेशीको अस्थिरता र खुम्च्याइले गर्दा पनि फेरि पिसाब फर्ेर्ने इच्छा जगाइराख्न सक्छ ।

प्रोस्टेट ग्रन्थिबाट मूत्रप्रवाहमा परेको असरको उपचार

प्रोस्टेट ग्रन्थिले मूत्रप्रवाहलाई अवरोध गरेको खण्डमा त्यसको उपचार गर्नुपर्ने हुन्छ । र्सवप्रथम त यस्तो मूत्र अवरोधको कारक प्रोस्टेट ग्रन्थि नै हो भनेर रोगको निदान गर्नु ज्यादै नै महत्त्वपूर्ण हुन्छ । अल्ट्रासोनोग्राफी, युरोफ्लोमेट्री र सिस्टोस्कोपीजस्ता जाँचबाट प्रोस्टेट ग्रन्थि नै मुख्य कारण हो भन्ने यकिन भएपछि उपचार गर्नुपर्छ । यस्तो अवस्थाको उपचार औषधि वा शल्यक्रिया दुवै प्रकारबाट हुन सक्छ ।

बिरामीले कुन उपचारविधि अपनाउने भन्ने कुरा चिकित्सकसँग छलफल गरी सबै कुरा प्रस्टसँग बुझेर मात्र निर्णयलिनर्ुपर्छ । कुनै पनि उपचारविधि प्रोस्टेट ग्रन्थिबाट मूत्रप्रवाहमा परेको अवरोधको सबै श्रेणी वा स्थितिका लागि उत्तिकै फलदायी हुँदैन । रोग  जति-जति जटिल अवस्थामा पुग्छ, रोग देखा परेको जति लामो समय हुन्छ, त्यति नै औषधि उपचारबाट कम फाइदा हुने गर्छ । सुरुको अवस्थामा जब मूत्रप्रवाहमा परेको अवरोध ज्यादै कम हुन्छ, बिरामीलाई पिसाब फर्ेन बल गर्नुपर्दैन र पिसाब फेरिसकेपछि खासै धेरै पिसाब मूत्रथैलीमा बाँकी रहँदैन, त्यस्तो स्थितिमा औषधि उपचारबाट राम्रो फाइदा पाउन सकिन्छ । तर स्थिति नाजुक हुँदै गएर पिसाब फर्ेन गएपछि लामो समय कुरेपछि मात्र पिसाब फर्ेन सकिने हुन्छ वा पिसाब फेरिसकेपछि थुप्रै पिसाबथैलीमै बाँकी रहन्छ र बार-बार कनेर पिसाब फेरिराख्नर्ुपर्छ भने त्यस्तो अवस्थामा शल्यक्रियाको सहयोगबाट औषधि उपचार गर्दा  बढी राम्रो नतिजा पाउन सकिन्छ ।

कनेर पिसाब गर्नुपर्ने स्थितिमा पुग्नुअगावै शल्यक्रिया भएको खण्डमा मात्र पिसाबथैलीको मांसपेशीलाई रेसाप्रोटिनमा परिणत हुनबाट केही हदसम्म बचाउन सकिने भएकाले शल्यक्रियाको ढिलासुस्ती आफैंमा सबैको निम्ति अप्रिय लक्षणहरु -जस्तै- छिटो-छिटो पिसाब फेरिराख्नुपर्ने, पिसाबथैलीले धेरै पिसाब सञ्चय गर्न नसक्ने, थोरै पिसाब सञ्चय हुँदैमा थैलीलाई पिसाब निष्कासन गर्न आतुर हुने इत्यादि) निम्त्याउने हुन सक्छ । माथि उल्लिखित केही यथार्थका बाबजुद प्रोस्टेट ग्रन्थि सम्बन्धित मूत्रप्रवाहमा परेको अवरोध र त्यसको परिणामको उपचारविधि भनेको बिरामी आफैंले विभिन्न कुरालाई ध्यानमा राखेर अपनाउने कुरो हो । अर्को कटु यथार्थ, जति धेरै समय पिसाबको अवरोध रही बस्छ त्यति नै यसको उपचारमा औषधि र शल्यक्रिया दुवै प्रयोगमा ल्याउनै पर्ने बाध्यता हुन्छ । त्यसैले ६० वर्षो बिरामीलाई भन्दा ७५ वर्षवा ८५ वर्षो बिरामीलाई एकमात्र उपचारविधिबाट पूरै फाइदा नदिन सक्ने भएकोले औषधि, शल्यक्रिया दुवैको मिश्रणविधिको प्रयोग हुन्छ । उमेर बढी भयो भनेर यो रोगमा शल्यक्रिया कुनै हालतमा नगर्ने भन्ने निर्णयलिंदा शरीरलाई चाहिने फाइदा उपलब्ध गर्न सकिन्न । शल्यक्रिया आफैंमा यो उमेरमा गर्नुहुन्न भन्ने आधार नभएकोले जसलाई जुन उमेरमा यो रोगको निम्ति शल्यक्रिया गरेर पिसाब अवरोधबाट मुक्त वा हलुको हुन मिल्छ त्यसलाई यो विधि अपनाउन हिच्किचाउनुपर्दैन । तर पनि शल्यक्रियाको डरले सक्दो ढिलो र पिसाब पूरै नरोकियुन्जेल यो विधि नअपनाउने वा औषधि नै सेवन गरेर बढी उमेरमा झन् गाह्रो दिनहरुका लागि शल्यक्रिया साँचेर राख्नु ठूलो जोखिमयुक्त मानसिक दृढता वा निर्णयहो ।

प्रोस्टेट ग्रन्थिका कारण मूत्र अवरोधको अनुभव गर्नुपर्ने सम्भावना जति धेरै वर्षबाँच्यो उति नै बढ्दै जान्छ । यो अवस्थाको पहिचान सामान्यतया पिसाब फर्ेन गएपछि कुरेर मात्र पिसाब हुने, छिटो-छिटो पिसाब फेरिराख्नुपर्ने, पिसाब फेरिसकेको एकैछिन्देखि फेरि पिसाब फर्ेर्ने इच्छा हुने, पिसाब फर्ेदा कन्नुपर्ने, पिसाबको वेग ज्यादै कमजोर हुने र पिसाब फेरिसकेपछि पूर्ण पिसाब न्रि्रेको अनुभव वा सन्तुष्टि नहुनेजस्ता लक्षणबाट पर््रदर्शन हुने गर्छ । अल्ट्रासोनोग्राफी, युरोफ्लोमेट्री र सिस्टोस्कोपीजस्ता जाँचको प्रयोग गरेर यो अवस्थाको स्थिति र श्रेणीको पहिचान गरिन्छ ।

मूत्र अवरोधको उपचार मुख्यतया बिरामीलाई झन्झटपूर्ण लक्षणबाट मुक्त राख्न, मिर्गौलाको कार्यक्षमताको ह्रासबाट बचाउन, पिसाबको संक्रमण तथा पत्थरीको अप्रत्यक्ष हानिबाट बचाउन, पिसाबमा रक्तश्राव नहोस् भन्न र पिसाब पूरै मात्रामा नरोकियोस् भन्न गरिन्छ । औषधि र शल्यक्रिया दुवै विधिबाट उपचार हुन सक्छ । कुन उपचारविधि वा दुवै नै बिरामीको निम्ति आवश्यक छ कि, त्यो आपसमा छलफल गरेर बिरामी, चिकित्सक र बिरामीका सहयोगीहरुले अभ्यासमा ल्याउन्ुपर्छ ।

जति लामो समयसम्म उपचार नगरी अवस्थालाई जटिल बनाइन्छ त्यति नै शल्यक्रिया र औषधिउपचार एकै पटक प्रयोगमा ल्याउनुपर्ने हुन्छ । बिरामीको उमेर जुनसुकै भए पनि शल्यक्रिया गर्न हिचकिचाउनुपर्ने हुँदैन । जति बढी उमेर भयो त्यति नै शल्यक्रिया नगरी राम्रो फाइदा पाउन नसकिने हुन्छ । त्यसैले समयमै शल्यक्रिया गरेर मूत्रथैलीको मांसपेशीलाई रेसाप्रोटिनमा परिणत भई ब्रि्रन र बढी कष्टप्रद लक्षणहरु उत्पत्ति हुनबाट रोक्नु श्रेयष्कर हुन्छ ।


                     


 © Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.