![]()
|
नेपालको सर्न्दर्भमा उन्मूलन भएको एकमात्र सरुवा रोग बिफर हो, जुन विश्वबाटै उन्मूलन भइसकेको छ । हाल नेपालबाट पोलियो उन्मूलन हुने अवस्थामा रहेको छ । नेपाल सरकारले सन् २००८ को अन्त्यसम्ममा पोलियो उन्मूलन गर्ने उद्देश्य राखेको थियो तर लक्ष्यअनुरुप पोलियो उन्मूलन नहुने बालस्वास्थ्य महाशाखाका निर्देशक तथा खोप शाखा प्रमुख डा. श्यामराज उप्रेती जनाउनुहुन्छ । भारतसँगको खुला सिमाना, पाकिस्तानलगायतका र्सार्क राष्ट्रमा पोलियोको उल्लेख्य प्रभावका कारण नेपालबाट पोलियो पूर्णरुपमा उन्मूलन गर्न गाह्रो भइरहेको पनि डा. उप्रेतीले बताउनुभयो । यद्यपि नेपालले पोलियोविरुद्धको अभियानमा उल्लेख्य सफलता हासिल गरेको छ । र्
खोप लगाउनु भनेको रोग लाग्न नदिन अपनाइने प्राथमिक उपचार होे । सरकारले हाल सात प्रकारका खोपलाई अनिवार्य खोपको रुपमा लिएको छ । साथै यी खोपहरु देशव्यापीरुपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, पोलियो र दादुुरासँगै सन् २००२/०३ देखि हेपाटाइटिस-ँबी’ गरी सात प्रकारका रोगविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । बीसीजी खोपले बच्चालाई बाल्यकालमा हुने क्षयरोगबाट बचाउँछ । डीपीटी-हेप बी खोपले बच्चालाई भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार र हेपाटाइटिस ँबी’ लगायतका चार किसिमका रोगहरुबाट बचाउँछ । पोलियो थोपा र दादुराविरुद्धको खोपले क्रमशः पोलियो र दादुरा रोगको संक्रमण हुनबाट जोगाउँछ । बच्चालाई एक वर्षभत्र खोपको सम्पूर्ण मात्रा लगाएमा यी सबै रोगहरुबाट बचाउन सकिन्छ । बालबालिकालाई सबेै किसिमका खोपहरुको पूरा मात्रा लगाउनु एकदमै आवश्यक छ । खोपले बच्चाहरुको रोग-प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसैले तोकिएको समयमा खोप लगाउनु महत्त्वपूर्ण हुन्छ । समयअनुसार खोप लगाउन बिर्सिएमा अर्काे पटक खोप लगाउनर्ुपर्छ अनि पछिको तालिकाअनुसार खोप लगाउँदै जानर्ुपर्छ । ज्वरो आएको समयमा वा अन्य सामान्य बिरामी भएको अवस्थामा पनि खोप लगाउन सकिन्छ । हामीमा बिरामी बच्चालाई खोप दिनुहुँदैन भन्ने अन्धविश्वास रहेको छ, त्यसैले त्यो हटाउन नितान्त जरुरी छ । खोपले कुनै हानि-नोक्सानी नगर्ने भएकोले कुपोषण वा अपांग बच्चालाई पनि पूरा मात्रामा खोप दिनर्ुपर्दछ । कान्ति बालअस्पतालका निर्देशक डा. रामेश्वरमान श्रेष्ठका अनुसार सन् २०११ सम्ममा सरकारले दादुरा उन्मूलनको उद्देश्य लिएकोे छ । स्वास्थ्य मन्त्रालयले सन् २००३ मा करिब ५ हजार बालबालिकाको दादुराबाट मृत्यु भएको अनुमान गरेको छ । सन् २००३ मा १ लाख ५० हजार बालबालिका दादुराबाट प्रभावित भएको मन्त्रालयले जनाएको छ । यसको निदानको लागि सन् २००५ मा मृत्युदर ५० प्रतिशत घटाउने लक्ष्यका साथ अगाडि बढेको थियो । लक्ष्यअनुरुपको सफलता प्राप्त गरी सन् २००६ मा ८१ प्रतिशत घटाउन सफल भएको आंकडा स्वास्थ्य मन्त्रालयले निकालेको छ । वि.सं.२०६५ भदौ र असोज महिनामा पहिलो चरणअर्न्तर्गत दादुरा खोप अभियान सञ्चालन भएको छ । दोस्रो चरणको खोप अभियान मंसिर २१ ब्ााट सञ्चालन भइरहेको छ । नौ महिनादेखि पाँच वर्षम्मका ३९ लाख बालबालिकालाई यस अभियानमा खोप लगाउने लक्ष्य सरकारको रहेको छ । दादुरा खोपसँगै अभियानमा पोलियोविरुद्धको खोप पनि खुवाइँदै छ । यसरी बारम्बार पोलियो थोपा खुवाउनुको एकमात्र उदेश्य यस रोगलाई नेपालबाट उन्मूलन गर्नु रहेको डा. श्यामराज उप्रेती बताउनुहुन्छ । डा. उप्रेतीका अनुसार बारम्बार खुवाइने पोलियोविरुद्धको खोपलेे बालबालिकामा कुनै पनि नराम्रो असर पर्दैन । दादुरा रोग नियन्त्रण गर्नका लागि यस अभियानमा कम्तीमा ९५ प्रतिशत लक्षित बालबालिकाहरुले खोप पाउनर्ुपर्छ । अन्यथा दादुराबाट बालबालिका फेरि संक्रमित हुन सक्छन् । २३ करोड रुपियाँ बजेट जुटाएर सञ्चालन गरिएको यस अभियानमा विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० र संयुक्त राष्ट्रसंघीय बालकोष -ग्ल्क्ष्ऋभ्ँ) ले सहयोग गरेको छ । देशभरि ३७ हजार खोपकेन्द्र, १५ हजार स्वास्थ्यकर्मी र ७५ हजार स्वयंसेवकहरु परिचालन गरिएको छ । सरकारले सञ्चालन गरेको खोप अभियानको समय भने उपयुक्त देखिंदैन । किनभने मंसिर महिनामा ग्रामीण क्षेत्रका र्सवसाधारणहरु अन्नबाली भित्र्याउन व्यस्त हुन्छन् । तर डा. श्यामराज उप्रेती ग्रामीण क्षेत्रमा खोप अभियान पूर्णरुपमा सफल हुने दाबी गर्नुहुन्छ । ँसमस्या त सहरी क्षेत्रमा पो छ’ -उहँँ भन्नुहुन्छ । उहाँका अनुसार काठमाडौंमा सम्पूर्ण सुविधा भएर पनि खोप अभियान प्रभावकारी बन्न सकिरहेको छैन । अधिक जनघनत्वका कारण बालबालिकाको सही आंकडा निकाल्न नसकिरहेको अवस्था छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलका अनुसार पनि खोप अभियान सहरी क्षेत्रमा कठिन रहेको छ । खोप अभियानमा सुरुका दिनहरुमा जस्तो र्सवपक्षीय सहयोग प्राप्त नभइरहेको अवस्था छ । जनतामा चेतना हुँदँहुँदै पनि नागरिक समाज, राजनीतिक पार्टीले अभियानमा आवश्यक सहयोग नगरेको आरोप छ । सरकारले सञ्चारमाध्यमबाट खोप अभियान सफल बनाउन पर्याप्त प्रचारप्रसार गरेको दाबी गरिरहेको छ । खोप अभियान सफल बनाउन पर्याप्त तयारी र अनुगमन आवश्यक देखिन्छ । सरकार, समुदायलगायत स्वास्थ्यकर्मीहरुले संयुक्तरुपमा प्रयास गर्दा खोप अभियानले नेपालको सहस्राब्दी लक्ष्यअनुसार बालमृत्युदर घटाउन ठूलो योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ । खोप अभियानलाई र्सार्थक तुल्याउन नेपाल बालचिकित्सक समाज -पिडियाटि्रक सोसाइटी) को भूमिका अहम् रहेको छ । सोसाइटीका अध्यक्ष डा. रामेश्वरमान श्रेष्ठ सन् १९८१ मा स्थापना भएको सोसाइटीले नियमित खोप कार्यक्रमलगायत विभिन्न खोप अभियानमा समाजको तर्फाट नेपाल सरकारलाई व्यापक सहयोग गरेको बताउनुहुन्छ । नेपालको कुल जनसंख्याको १६ प्रतिशत भाग ओगटेका ५ वर्षुनिका बालबालिकालाई लाग्ने विभिन्न किसिमका सरुवा रोगविरुद्ध सहयोगी संस्थाका रुपमा पिडियाटि्रक सोसाइटी रहेको डा. श्रेष्ठ बताउनुहुन्छ । सोसाइटीले देशभरिका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई मंसिर २१ बाट भइरहेको दादुरा खोप अभियानमा पूर्ण सहयोग गर्न अपिल पनि जारी गरेको छ । पिडियाटि्रक सोसाइटीले खोपका लागि मात्र नभएर कुपोषण, झाडापखालालगायतका रोगविरुद्धका अभियानमा स्वास्थ्यकर्मीलाई तालिम उपलब्ध गराएर पनि सहयोग पुर्याउँदै आएको छ । बालविशेषज्ञको संख्या बढाउने उद्देश्यले बंगलादेशमा पिडियाटि्रक र्सजरी र पोस्ट गे्रजुएसन इन मेडिसिन विषयको अध्ययन गर्न एउटा कोटा मिलाएको पनि उहँँ स्पष्ट पार्नुहुन्छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |