![]()
|
नेपालमा यो कात्तिकदेखि माघ-फागुनसम्म पाइने हुँदा यसको उपभोग गर्न माघे सङ्क्रान्ति नै पर्खनुपर्ने स्थिति छैन ।त्यसैले अन्य समयमा पनि विभिन्न परिकारका रुपमा यसलाई उपभोग गर्न सकिन्छ । पौष्टिक तत्त्व र शरीरमा यसको प्रभाव सखरखण्डमा बेग्लै प्रकारको प्रोटिन भेटिन्छ, जसमा एन्टिअक्सिडेन्ट (antioxidant) को क्षमता रहेको छ । एक अध्ययनअनुसार यस प्रोटिनमा हाम्रो शरीरले स्वयम् उत्पादन गर्न सक्ने ग्लुटाथिअन (Glutathione) नामक एन्टिअक्सिडेन्टको जस्तै काम गर्ने क्षमता हुन्छ । यस प्रोटिनको क्षमता ग्लुटाथिअनको तुलनामा लगभग एक तिहाइ जति हुने गर्छ । त्यसैले सखरखण्ड खाने गरेमा शरीरका कोषहरु क्षति हुनबाट बच्न मद्दत पुग्नुका साथै रोगमुक्त हुने क्षमतामा वृद्धि हुन्छ । सखरखण्ड भिटामिन ँए’ र ँसी’ को पनि राम्रो स्रोत हो । यसबाहेक यसमा ठूलो मात्रामा म्याङ्गानिज (maganese, कपर Copper, डाइटरी फाइबर(Dietary Fiber) , भिटामिन ँबी६’ पोटासियम र आइरन हुन्छ । बिटा क्यारोटिनको रुपमा रहेको भिटामिन ँए’ र ँसी’ को प्रशस्त मात्रा रहेको सखरखण्डले एन्टिअक्सिडेन्टको काम गर्ने हुँदा यसले शरीरका कोषहरु नष्ट हुनबाट जोगाउँछ । साथै एथिरोस्लिरोसिस(Atherosclerosis) , मधुमेहका कारण मुटुमा लाग्ने रोग र कोलोन क्यान्सर ( Colon Cancer) हुनबाट बचाउँछ । यी दुवै भिटामिनमा ज्वलन कम गर्ने शक्ति भएकोले शारीरिक ज्वलन हुनबाट जोगाउँछ । साथै दम, अस्टियोअर्थराइटिस (Osteoathritis)र रिउम्याटोइड अर्थराइटिस ( rheumatoid arthritis) लाई पनि कम गर्न मद्दत मिल्छ । सखरखण्डमा पाइने भिटामिन ँबी६’ ले हृदयघात र स्ट्रोक (Stroke) जस्ता रोग लाग्नबाट पनि बच्न मद्दत गर्छ । अमेरिकाको क्यान्सस स्टेटस्थित एक विश्वविद्यालयका प्राध्यापक रिचार्ड बेबटले भिटामिन ँए’ मुटुको ज्वलन र इम्फेसिमा (Emphysema) रोगबीच एक-आपसको सम्बन्धमा अध्ययन गरेका छन् । पोषण विषयका प्राध्यापक रिचार्डको अध्ययनअनुसार चुरोटमा पाइने बेन्जोएपाइरिन (Benzoapyrene) ) नामक क्यान्सर उत्पन्न गराउने सक्ने तत्त्वले शरीरमा भिटामिन ँए’को मात्रा कम गर्राई शरीर कमजोर गराउँछ । यसरी शरीर कमजोर भई इम्फेसिमाजस्तो फोक्सोमा हुने रोग फैलिन जान्छ । यदि सखरखण्डमा पाइने भिटामिन ँए’को उपभोग गर्ने हो भने इम्फोसिमाजस्तो रोगबाट बच्न सकिने हुन्छ । त्यसैले चुरोट तान्ने व्यक्ति र उसको छेउछाउमा बढी रहने व्यक्तिहरुलाई पनि सखरखण्डको सेवनले इम्फेसिमाजस्तो प्राणघातक रोग हुने सम्भावना कम हुन जान्छ । सखरखण्डका प्रकार र फाइदाहरु रंगको हिसाबले नेपालमा दुइ प्रकारको सखरखण्ड पाइन्छ- हल्का पहेँलो र हल्का कलेजी । हल्का पहेँलो रंगका सखरखण्डहरुमा बढी बिटाक्यारोटिन हुने गर्छ, जसले शरीरमा भिटामिन ँए’ उत्पादन गर्न मद्दत गर्छ । कलेजी सखरखण्डमा बढी एन्टिअक्सिडेन्ट पाइन्छ, जसले विभिन्न रोग हुनबाट जोगाउँछ । जुनसुकै रंगको सखरखण्ड भए पनि यसको बोक्रामा भित्री भागको भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ । त्यसैले बोक्रासहितको सखरखण्ड खानु लाभदायक हुन्छ । सखरखण्डको इतिहास सखरखण्डलाई सबभन्दा पुरानो भेजिटेबलको रुपमा लिइन्छ । यसको मूल थलो मध्यअमेरिकालाई मानिन्छ । करिब १० हजार वर्षघि पेरुका गुफाहरुबाट पहिलो पटक सखरखण्ड फेला परेको थियो । सन् १४९२ ताका क्रिस्टोफर कोलम्बसले दक्षिण र उत्तरी अमेरिका भ्रमण गरेका थिए । यसै भ्रमणका क्रममा उनले सखरखण्ड युरोपमा पनि लगे । यसैगरी १६ औं शताब्दीमा स्पेनका अन्वेषकहरुले सखरखण्ड फिलिपिन्समा लगे । त्यसपछि यो पोर्चुगलका बासिन्दाबाट अप्रिmका, भारत, इन्डोनेसिया र उत्तरी एसियासम्म पुगेको थियो । अहिले यो धेरैजसो एसियन र ल्याटिन अमेरिकाको परम्परागत खानाको रुपमा रहिआएको छ । संसारमा हर्ेर्ने हो भने अहिले चीन, इन्डोनेसिया, भियतनाम, भारत र युगान्डा सखरखण्डको व्यापारिक उत्पादक देश रहेका छन् । कस्तो सखरखण्ड खाने ? कुनै किसिमले काटिएको, चिरिएको वा नफुटेको दह्रो सखरखण्ड खानको लागि उपयोगी हुन्छ । यसलाई अलि चिसो, अँध्योरो र हावा लाग्ने ठाउँमा राख्नु उपयुक्त हुन्छ । सखरखण्डलाई कहिल्यै प्रिmजमा राख्नु हुँदैन । यो राख्ने कोठाको तापक्रम बढीमा ६० ड्रि्री फरेन्हाइटसम्म हुनु उपयुक्त हुन्छ । यदि तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने सखरखण्डजस्तो पोषिलो खानेकुरा खानु उचित हुनेछ । सखरखण्ड खानका लागि यो उचित समय पनि हो । एउटा ७७ ग्रामको पोलेको ९दबपभम० सखरखण्डमा ९५.३९ क्यालोरी पाइन्छ भने अन्य पौष्टिक तत्त्वहरु निम्नानुसार हुन्छ । पौष्टिक तत्त्व पौष्टिकताको मात्रा स्रोतको हिसाबले महत्त्व भिटामिन ँए’ १३१०७.७० क्ष्ग् सर्वोत्तम भिटामिन ँसी’ १७.०६ मिल्रि्राम उत्तम म्याङ्गानिज ०.५२ मिल्रि्राम उत्तम कपर ०.२६ मिल्रि्राम राम्रो डाइटरी फाइबर ३.१४ ग्राम राम्रो भिटामिन ँबी६’ ९उथचष्मयहष्लभ० ०.२५ मिल्रि्राम राम्रो पोटासियम ३०६.०५ मिल्रि्राम राम्रो आइरन १.४६ मिल्रि्राम राम्रो प्रस्तुतिः बिनी श्रेष्ठ/स्रोतः हेल्थ नेट |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |