![]()
|
स्त्रीरोगमा गरिने ल्याब परीक्षण रगत-पिसाब-योनिश्रावको जाँचः अधिक रक्तश्राव भएकी सबै महिलामा हेमोग्लोबिन, प्लेटलेट्सको संख्या, रगत बहने र जम्ने समस्याको जाँच, जननेन्द्रियको संक्रमण पत्ता लगाउन रगतमा श्वेत रक्तकणको संख्या र प्रकार, यौनरोग -भिरि·ी) का लागि भीडीआरएलको जाँच गरिन्छ । समस्याको प्रकृतिअनुसार पिसाबमा प्रोटिन वा सुगरका साथै पीपको कण वा कीटाणु छ/छैन, सूक्ष्मदर्शकको सहायताले जाँच्ने गरिन्छ । पिसाबलाई प्रयोगशालामा राखेर जाँचिने विधि -कल्चर) र कुनचाहिँ प्रतिजैविक औषधिले ठ्याक्कै काम गर्छ भनी जाँच्ने तरिका -सेन्सिटिभिटी) पनि उत्तिकै उपयोगी हुन्छ । किनकि आधुनिक चिकित्सा प्रमाण -इभिडेन्स बेस्ड मेडिसिन) को अवधारणामा चल्छ । हरियो गन्धयुक्त योनिश्राव हुने ट्राइकोमोनस -परजीवी) संक्रमण, दहीजस्तै सेतो छोक्रा-छोक्रा हुने क्यान्डिडा -ढुसी) संक्रमण तथा योनिमार्गमा बाह्यवस्तु अड्किँदा धेरै मात्रामा रगतमिश्रति गन्धयुक्त पदार्थ बहने, अधिक मात्रामा गन्धरहित सामान्य प्रकारको ल्युकोरिया समस्या एवम् प्रायः गन्धयुक्त रक्तमिश्रति बहने स्त्री जननेन्द्रियको क्यान्सरको निदान योनिश्रावको वा पाठेघरको श्रावको जाँचबाट गरिन्छ । प्याप स्मियर परीक्षणः विशेषगरी क्यान्सरको पर्ूवस्थितिको पहिचानको लागि ब्रसको माध्यमबाट कोतरेर वा माथिल्लो योनिमार्गको पछाडि भागबाट तानेको श्राव स्लाइडमा पोतेर जाँच गरिथ्यो तर हाल काठको चम्चाजस्तो उपकरणबाट पाठेघरको सतहबाट श्राव निकालेर स्लाइडमा राखी जाँचिन्छ । चाँडै विवाह गरेका, धेरै जनासँग यौनसर्म्पर्क गरेका र सानै उमेरमा यौनसर्म्पर्क राखेका, धूमपान गर्ने, पिल्स चक्कीको सेवन गर्ने, पाठेघरको मुखको क्यान्सर गराउने भाइरस -ह्युमन पापिलोमा) बाट संक्रमितहरुलाई तुलनात्मकरुपमा बढ्ता पाठेघरको मुखको क्यान्सर लाग्न सक्छ । त्यसैले प्रत्येक तीन-तीन वर्षा प्याप स्मियर जाँच गराउनर्ुपर्छ । प्याप स्मियरको संकलनका दौरान पाठेघरको मुखमा कुनै असामान्य तवरले मासु पलाएको वा प्याप स्मियरकै विश्लेषणमा केही शंका उठ्नेबित्तिकै पाठेघरको मुखको एक टुक्रा मासु निकाली जाँच -बायोप्सी) गरिन्छ । यसबाट क्यान्सर छ/छैन, निक्र्योल गर्न सकिन्छ । महिनावारी सुकेपछि पनि रगत वा रगतमिश्रति योनिश्राव भएमा र पाठेघरको मुखमा रहेको कुनै पनि समस्या निदान गर्न बायोप्सीको जरुरी छ । इमेजिङ विधिः एक्सरेको जाँचले पुट्ठाभित्रको जननेन्द्रियको क्यान्सर, हराएको कपर टी, डिम्बाशयको एक खाले क्यान्सर हर्ेन सकिन्छ । क्षयरोगको लक्षण देखिएमा छातीको एक्सरे गरिन्छ । भ्रूणको सट्टा अंगुरको दानाजस्तै हुने मोलर प्रकारको गर्भ भएको शंका लागेेमा पनि एक्सरे गरिन्छ । डिम्बाशयमा डिम्बको आकार र संख्या, पाठेघरको भित्री बनावट, पाठेघरबाहिर गर्भ रहेको शंका लाग्दा अल्ट्रासाउन्ड गरिन्छ । यसैगरी डिम्बवाहिनी नली, पाठेघर, तल्लो पेटमा मासुको डल्लो वा क्यान्सर पलाएमा, महिनावारी सुकिसकेकीमा क्यान्सरको पहिचान गर्न, बढ्ता रक्तश्राव हुनेमा पाठेघरभित्रको अवस्था अध्ययन गर्न, हराएको कपर टी पत्ता लगाउन अल्ट्रा साउन्डको जाँच गरिन्छ । सिटीस्क्यान र एमआरआई प्रविधि बढी महँगा जाँचहरु हुन् । जननेन्द्रियको समस्या, पिसाबको समस्या, क्यान्सर ग्लेन्ड -लिम्फ ग्रन्थि), डिम्बाशयमा डल्लो तथा पाठेघरमा मासु पलाएको पत्ता लगाउन सिटीस्क्यान गरिन्छ । चुम्बकीय क्षेत्रमा आधारित एमआरआईले पाठेघरको विभिन्न तह छुट्याइदिन्छ । यसले पाठेघरमा मासु पलाएको एवम् पाठेघरको मुखको क्यान्सर बाहिर कुन भागसम्म फैलिएको छ भन्ने राम्ररी छुट्याइदिन्छ । सिटीस्क्यानभन्दा उन्नतस्तरको यो जाँच दोब्बर महँगो पनि छ । कल्डोसेन्टेसिसः पाठेघर र मलद्वारको बीच भागमा रगत -डिम्बवाहिनी नलीमा रहेको गर्भ फुटेको अवस्थामा) वा भित्री जननेन्द्रियका अन्य संक्रमणको कारणले पीप भरिएको -पेल्भिक एब्सेस) छ/छैन भनी थाहा पाउन माथिल्लो योनिमार्ग अर्थात् पाठेघरको मुखपछाडिको भाग सियो छिर्राई तानेर जाँच्ने गरिन्छ । ल्याप्रोस्कोपीः पेटमा स-साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोपको मद्दतले तल्लो पेटमा रहेका भित्री अंहरुको समस्या हर्ेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइअक्साइड वा अन्य हावाको प्रयोग गरिन्छ । नपुसंकता, जर्ीण्ा प्रकारको तल्लो पेट दुखाइ, तल्लो भित्री पेटमा मासु वा डल्लो पलाएको, महिनावारीताका तल्लो पेट दुख्ने समस्यामा ल्याप्रोस्कोपी गरिन्छ । यस्तैगरी डिम्बाशयको साधारण खाले डल्लो हटाउन, डिम्बवाहिनीमा रहेको गर्भ, तल्लो पेटमा रगत जमी सिर्जना हुने समस्या -इन्डोमेटि्रओसिस), पाठेघरको मासुको डल्लो निकाल्ने आदि उपचारात्मक उद्देश्यका लागि पनि ल्याप्रोस्कोपी गरिन्छ । हिस्टेरोस्कोपीः हिस्टेरोस्कोपी पाठेघरको मुखबाट फाइबर अप्टिक टेलिस्कोप छिर्राई पाठेघरको भित्री भाग जाँच्ने विधि हो । महिनावारी सुकेकी एवम् सुक्न लागेकीमा पाठेघरबाट हुने असामान्य प्रकारको रक्तश्राव -मासु झोलिएको, मासुको डल्लो र गर्भ ब्रि्रेको) को कारण खुट्याउन, जन्मजात पाठेघरमा बाधक -झिल्ली), भुलेको कपर टी, पाठेघरको भित्री तह टाँसिएको छ कि भनी पत्ता लगाउन हिस्टेरोस्कोपी विधि अपनाइन्छ । गर्भावस्थामा गरिने ल्याब परीक्षण गर्भावस्थाको १२ हप्तासम्मलाई प्रथम त्रैमासिक, १३ देखि २८ हप्तासम्मलाई दोस्रो त्रैमासिक र २९ देखि ४० हप्तासम्मलाई तेस्रो त्रैमासिक गरी तीन भागमा बाँडिएको छ । यस अवधिमा कम्तीमा ४ पटक गर्भवती जाँच गराउनर्ुपर्छ । आमा र बच्चा दुवैको स्वास्थ्य गर्भ अवधिभरि ठीक छ भनेर ढुक्क हुनका लागि विभिन्न जाँचहरु गराउनुपर्ने हुन्छ । गर्भावस्थाको पहिलो जाँचमा गर्भ रहेको निश्चित भएपछि गर्भवती महिलाको शरीरमा हेमोग्लोबिन -रक्तअल्पता छ/छैन हर्ेन), पिसाब, यौनरोगसम्बन्धी, रक्तसमूह, हेपाटाइटिस बी र एचआईभीसम्बन्धी जाँचहरु गराउनर्ुपर्छ । प्रत्येक त्रैमासिकमा हेमोग्लोबिन र पिसाबको जाँच दोहोर्याउनर्ुपर्छ । पहिलो त्रैमासिकमा भ्रूणको बनावट, गर्भावस्थाको अवधि निश्चित गर्न, मुटुको धड्कन, जुम्ल्याहा वा पाठेघरबाहिर गर्भ रहेको, गर्भ ब्रि्रेको थाहा पाउन अल्ट्रासाउन्ड गरिन्छ भने गर्भेशिशुको वृद्धि, गर्भावस्थाको अवधि, बच्चामा कुनै शारीरिक -पेट, ढाड, मुटुमा) विकृति, सालको अवस्थिति, लि· पहिचान गर्न गर्भावस्थाको १६ हप्तादेखि २२ हप्तामा कम्तीमा एक पटक अल्ट्रासाउन्ड गराउनर्ुपर्छ । गर्भेशिशुको बनावट, मोटामोटी तौल, सालको अवस्थिति तथा शिशुवरिपरिको पानीको मात्रा थाहा पाउन तेसो त्रैमासिकमा अल्ट्रासाउन्ड गराउनर्ुपर्छ । यदि पाठेघरभित्रको शिशुको वृद्धिदर निकै कम छ वा गर्भवती महिलामा उच्च रक्तचाप छ भने अल्ट्रासाउन्डसँगै डप्लरको सहायताले गर्भेशिशुमा केही नकारात्मक असर पुगेको छ कि जाँच्न सकिन्छ ।र् गर्भवती महिलामा मधुमेह छुटयाउन रगतमा चिनीको मात्रा जाँच गराउनर्ुपर्छ । यी उल्लिखित जाँचहरु गर्भावस्थामा गनर्ुर्ुुर्े न्यूनतम ल्याब परीक्षणहरु हुन् ।र् गर्भवती महिलामा धेरै उल्टी हुने समस्या हुँदा पिसाबमा एसिटोन भन्ने पदार्थ एवम् रगतको जाँच गराउनर्ुपर्छ । गर्भावस्थाको पहिलो त्रैमासिकमा रगत बहनु वा हल्का रगतमिश्रति योनिश्राव हुनु भनेको गर्भ तुहिनुको पर्ूवसूचना हो । त्यस्तो परिस्थितिमा अल्ट्रासाउन्डबाट निक्र्योल गर्नुपर्छ । यसैगरी पाठेघरबाहिर -इक्टोपिक) गर्भ रहेको वा भ्रूणको सट्टा अंगुरको दानाजस्तै हुने -मोलर) गर्भ पनि अल्ट्रासाउन्डबाटै निदान गरिन्छ । यी तीनै अवस्थामा शल्यक्रियाको जरुरत पर्ने हुनाले शल्यक्रियापर्ूव गर्नुपर्ने सबै जाँचहरु गराउनर्ुपर्छ । यसको अलावा गर्भवती महिलाको शारीरिक तौल अनपेक्षित रुपमा बढ्यो, खुट्टा सुन्नियो भने वा रक्तचाप उच्च भएको पत्ता लाग्नासाथ प्रत्येक पटकको गर्भवती जाँचमा पिसाबमा एल्बुमिन भन्ने प्रोटिन छ/छैन, जाँच्नर्ुपर्छ । यदि गर्भवती महिलालाई मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग छ भने कलेजो, मिर्गौलाको कामसम्बन्धी, रगत बग्ने/जम्ने क्षमतासम्बन्धी थप जँँचहरु गराउनर्ुपर्छ । गर्भवती महिलाको रगत निगेटिभ समूह र उनको श्रीमान्को रक्तसमूह पोजिटिभ छ भने पेटभित्रको बच्चामा कुनै नराम्रो प्रतिक्रिया भयो कि भनेर रगतको विशेष जाँच एवम् अल्ट्रासाउन्ड गराउनर्ुपर्छ । गर्भवती महिलालाई मुटुको समस्या छ भनर्ेर् इसीजी, इकोकार्डियोग्राफी -मुटुको भिडियो एक्सरे) का साथै गर्भेशिशुमा पनि कुनै मुटुको खराबी विकसित भयो कि भनेर गर्भेशिशुको इको जाँच गराउनुपर्ने हुन्छ । पहिलो पटक गर्भ खेर गएकी गर्भवती महिलामा गर्भावस्थाको सुरुतिर विभिन्न संक्रमण, मधुमेह, रक्तनलीभित्रै रगत जम्ने समस्या, निगेटिभ रगत समूह छ/छैन भनी जाँच्नर्ुपर्छ । त्यसैगरी गर्भावस्थामा हेपाटाइटिस र्ँइ’ संक्रमण खतरनाक साबित हुन सक्छ । त्यसैले जुनसुकै प्रकारको हेपाटाइटिस भए पनि र्ँइ’ प्रकारको हेपाटाइटिसचाहिँ छ/छैन, जाँच्नर्ुपर्छ । विशेष परिस्थितिमा रगतमा क्रोमोजोम, शिशुको वरिपरिको पानी निकालेर विभिन्न जाँच एवम् डप्लर अल्ट्रासाउन्ड गर्न सकिन्छ । सुत्केरी बेथा लाग्नुपर्ूव वा सुत्केरी बेथाको क्रममा बच्चाको मुटुको धड्कन तथा पाठेघर खुम्चिंदाको चाप नाप्ने जाँच पनि गर्न सकिन्छ । सुत्केरीपर्ूव बेथा लागेको खण्डमा, पाठेघरभित्रै शिशुको मृत्यु भएमा तथा सुत्केरीपश्चात् उच्च ज्वरो आएमा योनिश्राव, रगत, पिसाब एवम् अल्ट्रासाउन्डको सहायताले कारण खुट्याउन मद्दत पुग्छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |