![]()
|
उनीहरु न्यूटि्रनोगेटको तरकारी र भात खाने तरखरमा रहेछन् । मलाई त्यति टाढाको गाउँमा कताबाट यो न्यूटि्रनोगेट पुग्यो होला भन्ने जिज्ञासा उठ्यो । मैले सोधें- ँकहाँबाट ल्याउनुभयो दिदी यो भटमासको तितौरा -’ उनी छक्क परिन् र भनिन्- ँभटमासको तितौरा १ यो त मासुभन्दा बढी राम्रो हुन्छ भनेर किनेर ल्याएको, भटमास भए त के ल्याउँथे ?’ दुइ महिनाअघि आफ्नै खेतमा फलेको केराउ, भटमास, मकै बेचेर उनले यो भटमासको तितौरा, चामल, चाउचाउ, बिस्कुट आदि किनेर ल्याएको रहेछ । ँबच्चाको स्वास्थ्य राम्रो बनाउन मासुजत्तिकै राम्रो खान्की भनेर न्यूटि्रनोगेट ल्याएको, न्युटि्रनोगेट भनेको भटमासको तितौरा पो रहेछ, मलाई के थाहा -’ -उनले भनिन् । ४० रुपियाँ किलोमा भटमास बेची किलोको ३ सय रुपियाँ तिरेर उनले यही भटमासको तितौरा महँगोमा किनेकी थिइन् । मैले भनें- ँसस्तोमा भटमास बेचेर महँगोमा भटमास नै किन्नुभएछ नि ।’ मेरो कुरा सुनेर उनी अलमलमा परिन् ।
क्याल्सियमदेखि लिएर प्रोटिन, भिटामिन आदि पौष्टिक तत्त्व हाम्रो शरीरलाई अवश्य चाहिन्छ र यसको अभावमा कुपोषण हुन्छ । यो कुरा धेरैलाई थाहा छ । तर घरको गहुँ, चनाको सातु, भटमास, ज्वानो, मही, मकै, गहुँको च्याँख्ला आदिमा नै यस्ता तत्त्वहरु पर्याप्त पाइन्छन् भन्ने कुरा उनीहरुलाई थाहा छैन । यस्तो जानकारीको अभावले धेरैजसो ग्रामीण व्यक्तिहरु घरमा रहेका सस्ता र पोषणयुक्त खाद्यवस्तु बेचेर त्यही खाद्यवस्तु प्याकेटमा सजाएपछि महँगो मूल्यमा किन्छन् । एक सय ग्राम कर्कलाको पातमा ३८.७ मिल्रि्राम लौहतत्त्व हुन्छ तर कसैले पनि रक्तअल्पता भएकी महिलालाई कर्कलाको पात खाऊ भनेर सल्लाह दिएको पाइँदैन । यो सहजरुपमा पाइन्छ र यसको मूल्य के हो भन्ने पनि स्थानीय बासिन्दाले बुझेका हुँदैनन् । गहतमा पाइने प्रोटिनको बारेमा प्रायः धेरै मानिस अनभिज्ञ हुन्छन् । त्यसैले हेपेर ँजात फाल्नु गहतको झोलमा’ भनेर उखान नै भन्ने गरिन्छ । एक सय ग्राम गहतमा २२ ग्राम प्रोटिन हुन्छ । बजारमा किनेको र अति पोषणयुक्त भनेर प्रचार गरिएको एक सय ग्राम खानेकुरामा ४-५ ग्रामभन्दा बढी प्रोटिन पाइँदैन । एक सय ग्राम गहतको २२ ग्राम प्रोटिन पाउन ५ रुपियाँ तिर्नुपर्छ भने बजारका त्यही पौष्टिक तत्त्व भएको खानेकुरा किन्न ५० रुपियाँ तिर्नुपर्छ । ग्रामीण क्षेत्रमा मात्र होइन, आजको सहरी जीवनमा पनि सञ्चारमाध्यममा आउने विज्ञापनहरुले मानिसको भोजनको प्रयोग गर्ने शैलीमा प्रत्यक्ष प्रभाव पारेको छ । सञ्चारमाध्यममा आउने अत्यधिक विज्ञापनका कारण दैनिक जीवनमा प्रयोग हुने भोजनमा प्राकृतिक वस्तुहरुको सट्टा बजारमा किन्न पाइने तयारी खाद्यपदार्थको प्रयोग बढी हुन थालेको छ । यसरी खानाको गलत छनोटले गर्दा सहरिया व्यक्तिहरु कुपोषित र अस्वस्थ बन्दै गइरहेका छन् । पहिले-पहिले बजारमा पाइने तयारी खाद्यवस्तुबाट उत्पन्न हुने स्वास्थ्यसमस्या अमेरिकाजस्ता विकसित देशहरुमा मात्र सीमित रहेको थियो भने आज त्यही समस्या हाम्रो जस्तो विकासशील देशको सहरी समाजमा पनि प्रस्टरुपमा देखिन थालेको छ । यस किसिमको समस्याले सहरका बालबालिकालाई बढी प्रभाव पारेको पाइएको छ । सहरका बालबालिकाले मकै र भटमासको स्वाद पनि बिर्सिसकेका छन् । उनीहरुको ज्रि्रोले केवल पाकेटबन्द तयारी खानाकोे स्वाद मात्र थाहा पाउने हुँदै छ । पत्रपत्रिका, टिभी र रेडियोमा आउने भ्रमपूर्ण विज्ञापनहरुले सहरका आधुनिक आमाबाबुहरुलाई निकै आकषिर्त गरेको छ । यी तयारी खाद्यवस्तुलाई आधुनिक आमाबाबुहरुले आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हर्ेन थालेका छन् । विज्ञापनहरुमा कुनै पाकेटबन्द तयारी खानालाई एउटा सम्पूर्ण भोजन हो, यसले कुनै खास प्रकारको बिस्कुट वा दूधभन्दा बढी शक्ति दिन्छ भनेर आकर्षा बढाइएको हुन्छ । कुनै खास प्रकारको व्यापारिक भोजनले बच्चालाई बढी बुद्धिमान बनाउँछ, घरको खानेकुराले बच्चाको शरीरलाई चाहिने सम्पूर्ण भोजन पुग्दैन, त्यसैले किनेर ख्वाउनर्ुपर्छ भन्नेजस्ता विज्ञापनहरु सञ्चारमाध्यममा बराबर आइरहन्छन् । वास्तवमा यस्ता विज्ञापनहरुको उद्देश्य केवल आफ्ना सामानको बिक्री गर्नु मात्र हो । यी खाद्यपदार्थमा विज्ञापनमा उल्लेख गरेजस्तो पौष्टिक तत्त्व हुँदैन । कतिपय घरका बच्चाहरु स्कुलको खाजा पनि तयारी खाना नै लैजान्छन् । स्कुल जानुभन्दा पहिले घरमा पनि त्यस्तै खाना खान्छन् । घरको दालभात र तरकारी खान रुचाउँदैनन् । यस्ता बच्चालाई शरीरमा चाहिने सम्पूर्ण पोषण तत्त्व पुग्दैन र अनेक रोगको सिकार बन्छन् । तयारी खानाभन्दा घरमै बनाएको खाना सस्तो र पौष्टिक पनि हुन्छ । त्यसैले केटाकेटीलाई तयारी खानाभन्दा घरमै बनाएको खानेकुरा दिनर्ुपर्छ । बच्चालाई खुवाउने तयारी खाद्यपदार्थ सेरेलेक र घरमै बनाउन सकिने सर्वोत्तम पीठोमा पौष्टिकता र आर्थिक हिसाबले कुन बढी लाभदायक हुन्छ भन्ने कुरा तलको तालिकाबाट पनि प्रस्ट हुन्छ । सय ग्राम खाद्यवस्तुमा पाइने पौष्टिक तत्त्व र मूल्य खाद्यवस्तु प्रोटिन चिल्लो कार्बोहाइड्रेट मूल्य (रु.) सेरेलेक ९ (ग्राम) १५.५ -ग्राम) ६८.९ (ग्राम) ३०-३५ सर्वोत्तम पीठो २०.७ -ग्राम) ८.३ (ग्राम) ५३ -ग्राम) ६-८ माथिको उदाहरणबाट के कुरा स्पष्ट देख्न सकिन्छ भने ९ ग्राम प्रोटिन पाइने सेरेलेकलाई हामी ३०-३५ रुपियाँ तिरिरहेका छौं तर यसको डबलभन्दा बढी प्रोटिन पाइने सर्वोत्तम पीठोचाहिँ केवल ६-७ रुपियाँमा पाइन्छ । सेरेलेक वा नेस्ले बेच्ने कम्पनीहरु यस्ता खोनकुराहरु छिट्टै तयार हुन्छन्, समयको बचत हुन्छ भनेर विज्ञापन गर्छन् । तर यस्ता वस्तुहरु बनाउँदा पानी उमाल्न लाग्ने समयमा लिटो पनि तयार गर्न सकिन्छ । विज्ञापन गर्ने बेलामा पानी उमाल्दा लाग्ने कम्तीमा तीन मिनेट समयको बारेमा चाहिँ केही पनि भनिएको हँुदैन । यसबारेमा त्यति विचार पुर्याइएको हुँदैन । थोरै मूल्यको भटमासलाई आफ्नो भोजनमा प्रयोग गरेर हामी हाम्रो शरीरलाई चाहिने प्रोटिन सजिलै प्राप्त गर्न सक्छौं । तर नजिकको तीथ हेला भनेझैं सजिलो र सस्तो किसिमले पाइने भटमास खान छोडेर बजारबाट ल्याइएका महँगा तयारी खानेकुराहरुमा हामी लोभिन्छौं । आजकाल गाउँघरका मानिस पनि भटमास र मकै बेचेर आफ्ना बच्चालाई बट्टाको महँगो खानेकुरा किनेर खुवाउन थालेका छन् । यसरी कुपोषण गरिबीको कारणले मात्र नभएर जानकारीको अभाव, अज्ञानता र बाहिरी चमकदमकको प्रभावले गर्दा पनि बढ्दै गएको छ । भटमासले प्रोटिन दिन्छ भने यसमा पाइने चोकरले शरीरलाई कब्जियत हुनबाट बचाउँछ । त्यसरी नै भटमासमा क्याल्सियम हुन्छ, जुन हाडको बनावटको लागि अत्यन्त आवश्यक हुन्छ । बाल्यावस्थामा क्याल्सियमको अभाव भएमा हाडको वृद्धि रोकिन जान्छ भने प्रौढावस्थामा क्याल्सियमको अभावमा हाड खिइन थाल्छ । यसैले प्रौढावस्थामा हाड भाँचिएपछि जोडिने प्रक्रिया पनि ढिलो हुन्छ । भटमासमा प्रशस्त क्याल्सियम, लौहतत्त्वका साथै खनिज पदार्थ पनि हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सय ग्राम खाद्यपदार्थमा पाइने प्रोटिन र क्याल्सियमको मात्रा खाद्यपदार्थ प्रोटिन -ग्राम) क्याल्सियम (मि.ग्रा.) भटमास ४३.२ २४० खसीको मासु १८.५ १२ अण्डा १३.३ ७० आधुनिक पुरियाबन्द खाना, पाउरोटी, चीजबललाई ठूलाबडाको खाना र घरायसी खानेकुरालाई साना दुःखी-गरिबको खानेकुरा भन्ने मानसिकता भएका व्यक्तिहरु हाम्रो समाजमा धेरै छन् । पसलको नाङ्लोमा राखेको भुटेको मकै खान लाज मान्ने तर ँपपकर्न’को नाममा र·ीच·ी बट्टामा सिँगारेर राखेको त्यही मकै १० गुणा मूल्य तिरेर खाँदा आफ्नो इज्जत सम्झने गरिन्छ । त्यस्तै घरमा आउने पाहुनालाई मकै भुटेर दिंदा गरिब भन्लान् भनेर अप्ठ्यारो मान्ने गरिन्छ । स्कुल जाने बच्चालाई खाजामा भुटेको भात पठाउन लाज हुन्छ तर त्यही बासी भातलाई जब होटेल र रेस्टुराँमा ँप|mाइड राइस’को नाममा दिइन्छ, त्यसलाई चाहिँ धेरै पैसा तिरेर खाँदा सान ठानिन्छ । मकैको च्याँख्ला गरिबले खानेकुरा हो भनेर नाक खुम्च्याउँछौं तर प्याकेटमा भएको कर्नफ्लेक्सलाई स्वास्थ्यवर्द्धक भिटामिनयुक्त भोजन भनेर बच्चालाई खान दिंदा सन्तुष्टि लिन्छौं । कर्नफ्लेक्स मकैबाट बनेको खाद्यवस्तु हो । फरक केवल दुवैको स्वरुप र मूल्यमा मात्र हो । च्याँख्ला अत्यन्तै सस्तो हुन्छ । यसको ठूल्ठूला विज्ञापन गरिएको पाइँदैन । कर्नफ्लेक्सको विज्ञापन जताततै हुन्छ । राम्रो प्याकेट र महँगो भाउ भएको कारणले नै त्यस्ता खाद्यवस्तु पोषणयुक्त हुन्छन् भन्ने मानसिकतामा परिवर्तन ल्याउनुपर्ने बेला भइसकेको छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |