Index

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

Find happiness at Shaadi.com

 

 

 

घरका खाना नै पोषणयुक्त हुन्छन

डा. अरुणा उप्रेती/उमा लोहनी

स्थानीय खाना र पोषणसम्बन्धी काममा काभ्रेको भकुण्डेबेंसीको एउटा घरमा पुग्दा सो घरका परिवार बिहानको खाना खाने तयारी गर्दै थिए ।

 उनीहरु न्यूटि्रनोगेटको तरकारी र भात खाने तरखरमा रहेछन्  ।  मलाई त्यति टाढाको गाउँमा कताबाट यो न्यूटि्रनोगेट पुग्यो होला भन्ने जिज्ञासा उठ्यो । मैले सोधें- ँकहाँबाट ल्याउनुभयो दिदी यो भटमासको तितौरा -’ उनी छक्क परिन् र भनिन्- ँभटमासको तितौरा १ यो त मासुभन्दा बढी राम्रो हुन्छ भनेर किनेर ल्याएको, भटमास भए त के ल्याउँथे ?’  दुइ महिनाअघि आफ्नै खेतमा फलेको केराउ, भटमास, मकै बेचेर उनले यो भटमासको तितौरा, चामल, चाउचाउ, बिस्कुट आदि किनेर ल्याएको रहेछ । ँबच्चाको स्वास्थ्य राम्रो बनाउन मासुजत्तिकै राम्रो खान्की भनेर न्यूटि्रनोगेट ल्याएको, न्युटि्रनोगेट भनेको भटमासको तितौरा पो रहेछ, मलाई के थाहा -’ -उनले भनिन् । ४० रुपियाँ किलोमा भटमास बेची किलोको ३ सय रुपियाँ तिरेर उनले यही भटमासको तितौरा महँगोमा किनेकी थिइन् । मैले भनें- ँसस्तोमा भटमास बेचेर महँगोमा भटमास नै किन्नुभएछ नि ।’ मेरो कुरा सुनेर उनी अलमलमा परिन् ।

स्थानीय खाना र पोषणसम्बन्धी अध्ययनका सिलसिलामा विभिन्न ठाउँमा जाँदा ँनजिकैको तर्ीथ हेला’ भनेझैं देखिन्छ । घरमा भएको कोदो, मकै, फापर, भटमास आदि पोषणयुक्त खाना बेची बजारका कम पोषणयुक्त तयारी खाना किनेर खाने चलन चलेको देखिन्छ । यसले गर्दा कुपोषण पनि बढ्दो छ । किनभने फापर र कोदोमा झंै पोषण भात र पाकेटबन्द खानामा हुँदैन, धेरै महँगो पनि पर्छ । तर यो कुरा प्रायः धेरैजसो मानिसले बुझ्न सकेका छैनन् । फेरि विभिन्न किसिमका विज्ञापनहरुको प्रभावमा परेर मानिसले विज्ञापनको कुरा साँचो नै हो भन्ने ठान्छन् ।

क्याल्सियमदेखि लिएर प्रोटिन, भिटामिन आदि पौष्टिक तत्त्व हाम्रो शरीरलाई अवश्य चाहिन्छ र यसको अभावमा कुपोषण हुन्छ । यो कुरा धेरैलाई थाहा छ । तर घरको गहुँ, चनाको सातु, भटमास, ज्वानो, मही, मकै, गहुँको च्याँख्ला आदिमा नै यस्ता तत्त्वहरु पर्याप्त पाइन्छन् भन्ने कुरा उनीहरुलाई थाहा छैन । यस्तो जानकारीको अभावले धेरैजसो ग्रामीण व्यक्तिहरु घरमा रहेका सस्ता र पोषणयुक्त खाद्यवस्तु बेचेर त्यही खाद्यवस्तु प्याकेटमा सजाएपछि महँगो मूल्यमा किन्छन् ।

एक सय ग्राम कर्कलाको पातमा ३८.७ मिल्रि्राम लौहतत्त्व हुन्छ तर कसैले पनि रक्तअल्पता भएकी महिलालाई कर्कलाको पात खाऊ भनेर सल्लाह दिएको पाइँदैन । यो सहजरुपमा पाइन्छ र यसको मूल्य के हो भन्ने पनि स्थानीय बासिन्दाले बुझेका हुँदैनन् ।

गहतमा पाइने प्रोटिनको बारेमा प्रायः धेरै मानिस अनभिज्ञ हुन्छन् । त्यसैले हेपेर ँजात फाल्नु गहतको झोलमा’ भनेर उखान नै भन्ने गरिन्छ  । एक सय ग्राम गहतमा २२ ग्राम प्रोटिन हुन्छ । बजारमा किनेको र अति पोषणयुक्त भनेर प्रचार गरिएको एक सय ग्राम खानेकुरामा ४-५ ग्रामभन्दा बढी प्रोटिन पाइँदैन । एक सय ग्राम गहतको २२ ग्राम प्रोटिन पाउन ५ रुपियाँ तिर्नुपर्छ भने बजारका त्यही पौष्टिक तत्त्व भएको खानेकुरा किन्न ५० रुपियाँ तिर्नुपर्छ ।

ग्रामीण क्षेत्रमा मात्र होइन, आजको सहरी जीवनमा पनि सञ्चारमाध्यममा आउने विज्ञापनहरुले मानिसको भोजनको प्रयोग गर्ने शैलीमा प्रत्यक्ष प्रभाव पारेको छ । सञ्चारमाध्यममा आउने अत्यधिक विज्ञापनका कारण दैनिक जीवनमा प्रयोग हुने भोजनमा प्राकृतिक वस्तुहरुको सट्टा बजारमा किन्न पाइने तयारी खाद्यपदार्थको प्रयोग बढी हुन थालेको छ । यसरी खानाको गलत छनोटले गर्दा सहरिया व्यक्तिहरु कुपोषित र अस्वस्थ बन्दै गइरहेका छन् ।

पहिले-पहिले बजारमा पाइने तयारी खाद्यवस्तुबाट उत्पन्न हुने स्वास्थ्यसमस्या अमेरिकाजस्ता विकसित देशहरुमा मात्र सीमित रहेको थियो भने आज त्यही समस्या हाम्रो जस्तो विकासशील देशको सहरी समाजमा पनि प्रस्टरुपमा देखिन थालेको छ । यस किसिमको समस्याले सहरका बालबालिकालाई बढी प्रभाव पारेको पाइएको छ । सहरका बालबालिकाले मकै र भटमासको स्वाद पनि बिर्सिसकेका छन् । उनीहरुको ज्रि्रोले केवल पाकेटबन्द तयारी खानाकोे स्वाद मात्र थाहा पाउने हुँदै छ । पत्रपत्रिका, टिभी र रेडियोमा आउने भ्रमपूर्ण विज्ञापनहरुले सहरका आधुनिक आमाबाबुहरुलाई निकै आकषिर्त गरेको छ । यी तयारी खाद्यवस्तुलाई आधुनिक आमाबाबुहरुले आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हर्ेन थालेका छन् । विज्ञापनहरुमा कुनै पाकेटबन्द तयारी खानालाई एउटा सम्पूर्ण भोजन हो, यसले कुनै खास प्रकारको बिस्कुट वा दूधभन्दा बढी शक्ति दिन्छ भनेर आकर्षा बढाइएको हुन्छ । कुनै खास प्रकारको व्यापारिक भोजनले बच्चालाई बढी बुद्धिमान बनाउँछ, घरको खानेकुराले बच्चाको शरीरलाई चाहिने सम्पूर्ण भोजन पुग्दैन, त्यसैले किनेर ख्वाउनर्ुपर्छ भन्नेजस्ता विज्ञापनहरु सञ्चारमाध्यममा बराबर आइरहन्छन् । वास्तवमा यस्ता विज्ञापनहरुको उद्देश्य केवल आफ्ना सामानको बिक्री गर्नु मात्र हो । यी खाद्यपदार्थमा विज्ञापनमा उल्लेख गरेजस्तो पौष्टिक तत्त्व हुँदैन ।

कतिपय घरका बच्चाहरु स्कुलको खाजा पनि तयारी खाना नै लैजान्छन् । स्कुल जानुभन्दा पहिले घरमा पनि त्यस्तै खाना खान्छन् । घरको दालभात र तरकारी खान रुचाउँदैनन् । यस्ता बच्चालाई शरीरमा चाहिने सम्पूर्ण पोषण तत्त्व पुग्दैन र अनेक रोगको सिकार बन्छन् । तयारी खानाभन्दा घरमै बनाएको खाना सस्तो र पौष्टिक पनि हुन्छ । त्यसैले केटाकेटीलाई तयारी खानाभन्दा घरमै बनाएको खानेकुरा दिनर्ुपर्छ ।

बच्चालाई खुवाउने तयारी खाद्यपदार्थ सेरेलेक र घरमै बनाउन सकिने सर्वोत्तम पीठोमा पौष्टिकता र आर्थिक हिसाबले कुन बढी लाभदायक हुन्छ भन्ने कुरा तलको तालिकाबाट पनि प्रस्ट हुन्छ ।

सय ग्राम खाद्यवस्तुमा पाइने पौष्टिक तत्त्व र मूल्य

खाद्यवस्तु       प्रोटिन  चिल्लो  कार्बोहाइड्रेट      मूल्य (रु.)

सेरेलेक  ९ (ग्राम) १५.५ -ग्राम)     ६८.९ (ग्राम)     ३०-३५

सर्वोत्तम पीठो    २०.७ -ग्राम)     ८.३ (ग्राम)      ५३ -ग्राम)      ६-८          

माथिको उदाहरणबाट के कुरा स्पष्ट देख्न सकिन्छ भने ९ ग्राम प्रोटिन पाइने सेरेलेकलाई हामी ३०-३५ रुपियाँ तिरिरहेका छौं तर यसको डबलभन्दा बढी प्रोटिन पाइने सर्वोत्तम पीठोचाहिँ केवल ६-७ रुपियाँमा पाइन्छ । सेरेलेक वा नेस्ले बेच्ने कम्पनीहरु यस्ता खोनकुराहरु छिट्टै तयार हुन्छन्, समयको बचत हुन्छ भनेर विज्ञापन गर्छन् । तर यस्ता वस्तुहरु बनाउँदा पानी उमाल्न लाग्ने समयमा लिटो पनि तयार गर्न सकिन्छ । विज्ञापन गर्ने बेलामा पानी उमाल्दा लाग्ने कम्तीमा तीन मिनेट समयको बारेमा चाहिँ केही पनि भनिएको हँुदैन । यसबारेमा त्यति विचार पुर्‍याइएको हुँदैन ।

थोरै मूल्यको भटमासलाई आफ्नो भोजनमा प्रयोग गरेर हामी हाम्रो शरीरलाई चाहिने प्रोटिन सजिलै प्राप्त गर्न सक्छौं । तर नजिकको तीथ हेला भनेझैं सजिलो र सस्तो किसिमले पाइने भटमास खान छोडेर बजारबाट ल्याइएका महँगा तयारी खानेकुराहरुमा हामी लोभिन्छौं । आजकाल गाउँघरका मानिस पनि भटमास र मकै बेचेर आफ्ना बच्चालाई बट्टाको महँगो खानेकुरा किनेर खुवाउन थालेका छन् । यसरी कुपोषण गरिबीको कारणले मात्र नभएर जानकारीको अभाव, अज्ञानता र बाहिरी चमकदमकको प्रभावले गर्दा पनि बढ्दै गएको छ ।

भटमासले प्रोटिन दिन्छ भने यसमा पाइने चोकरले शरीरलाई कब्जियत हुनबाट बचाउँछ । त्यसरी नै भटमासमा क्याल्सियम हुन्छ, जुन हाडको बनावटको लागि अत्यन्त आवश्यक हुन्छ । बाल्यावस्थामा क्याल्सियमको अभाव भएमा हाडको वृद्धि रोकिन जान्छ भने प्रौढावस्थामा क्याल्सियमको अभावमा हाड खिइन थाल्छ । यसैले प्रौढावस्थामा हाड भाँचिएपछि जोडिने प्रक्रिया पनि ढिलो हुन्छ । भटमासमा प्रशस्त क्याल्सियम, लौहतत्त्वका साथै खनिज पदार्थ पनि हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ ।

सय ग्राम खाद्यपदार्थमा पाइने प्रोटिन र क्याल्सियमको मात्रा

खाद्यपदार्थ प्रोटिन -ग्राम) क्याल्सियम (मि.ग्रा.)            

भटमास   ४३.२    २४०        खसीको मासु      १८.५    १२

अण्डा     १३.३    ७०               

आधुनिक पुरियाबन्द खाना, पाउरोटी, चीजबललाई ठूलाबडाको खाना र घरायसी खानेकुरालाई साना दुःखी-गरिबको खानेकुरा भन्ने मानसिकता भएका व्यक्तिहरु हाम्रो समाजमा धेरै छन् । पसलको नाङ्लोमा राखेको भुटेको मकै खान लाज मान्ने तर ँपपकर्न’को नाममा र·ीच·ी बट्टामा सिँगारेर राखेको त्यही मकै १० गुणा मूल्य तिरेर खाँदा आफ्नो इज्जत सम्झने गरिन्छ । त्यस्तै घरमा आउने पाहुनालाई मकै भुटेर दिंदा गरिब भन्लान् भनेर अप्ठ्यारो मान्ने गरिन्छ । स्कुल जाने बच्चालाई खाजामा भुटेको भात पठाउन लाज हुन्छ तर त्यही बासी भातलाई जब होटेल र रेस्टुराँमा ँप|mाइड राइस’को नाममा दिइन्छ, त्यसलाई चाहिँ धेरै पैसा तिरेर खाँदा सान ठानिन्छ ।

मकैको च्याँख्ला गरिबले खानेकुरा हो भनेर नाक खुम्च्याउँछौं तर प्याकेटमा भएको कर्नफ्लेक्सलाई स्वास्थ्यवर्द्धक भिटामिनयुक्त भोजन भनेर बच्चालाई खान दिंदा सन्तुष्टि लिन्छौं । कर्नफ्लेक्स मकैबाट बनेको खाद्यवस्तु हो । फरक केवल दुवैको स्वरुप र मूल्यमा मात्र हो । च्याँख्ला अत्यन्तै सस्तो हुन्छ । यसको ठूल्ठूला विज्ञापन गरिएको पाइँदैन । कर्नफ्लेक्सको विज्ञापन जताततै हुन्छ । राम्रो प्याकेट र महँगो भाउ भएको कारणले नै त्यस्ता खाद्यवस्तु पोषणयुक्त हुन्छन् भन्ने मानसिकतामा परिवर्तन ल्याउनुपर्ने बेला भइसकेको छ ।


                     


 © Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.