![]()
|
हेल्थ न्युज क्षेत्रीय क्षयरोग सम्मेलन सम्पन्न क्षयरोग, एचआईभी/एड्स र श्वासप्रश्वास रोगसम्बन्धी दोस्रो दक्षिण एसियाली क्षेत्रीय सम्मेलन र्सार्क क्षेत्रमा यी रोगहरुको नियन्त्रणका लागि साझा प्रयत्न गर्ने प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भयो । मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म सञ्चालित उक्त ४ दिने सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानलगायत अमेरिका, बेलायत, स्पेन, जर्मर्नी, जापान, क्यानडा, नर्वेका क्षयरोग, छातीरोग, एचआईभी/एड्स र श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञहरुको सहभागिता थियो । यो सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोग, एचआईभी/एड्स र श्वाप्रश्वाससम्बन्धी रोग दक्षिण एसियाका ठूला चुनौतीका रुपमा रहेको र यी रोगहरुले यस क्षेत्रको सामाजिक, आर्थिक विकासमा पनि प्रभाव पारिरहेकाले यसको नियन्त्रणका लागि साझा प्रयत्न गर्नुपर्ने बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव डा. शीलकान्त शर्माले क्षयरोग र एचआईभी/एड्स नियन्त्रणका लागि दक्षिण एसियाली राष्ट्रहरुले साझा प्रतिबद्धता जाहेर गरेको र क्षयरोग नियन्त्रणका लागि सञ्चालित डट्स कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । र्सार्क क्षयरोग तथा एचआईभी/एड्स नियन्त्रण केन्द्रका निर्देशक डा. काशीकान्त झाले क्षयरोग तथा एचआईभी/एड्स नियन्त्रणका लागि दक्षिण एसियाको स्रोत, साधन र अनुभवको आदानप्रदान हुनुपर्ने कुरामा जोड दिनुभयो । सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. दर्ीघसिंह बमले क्षयरोग तथा एचआईभी/एड्स बहुपक्षीय समस्या भएकाले समाधान पनि बहुपक्षीय किसिमले गर्नुपर्ने बताउनुभयो पूर्वी सिमानामा बर्डफ्लु नेपालको पर्ूर्वी सीमानजिक पश्चिम बंगालका १४ वटा जिल्लामा हाल फेरि बर्डफ्लुको संक्रमणले सन्त्रास फैलाएको छ । त्यस क्षेत्रमा संक्रमण फैलिएको पाइएपछि हालै ५० लाख पक्षीहरु नष्ट गरिएको छ । विगत एक महिनायता यो रोग हङकङ र इन्डोनेसियामा पनि देखा परेको थियो । नेपालको पर्ूर्वीलगायत दक्षिणतिरको नाकाबाट यो रोग नेपालतिर छिर्न नदिन विभिन्न र्सतर्कता अपनाइएको जानकारी गराइएको छ । एभिएन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाले पशु सेवा विभागको अनुमतिपत्रविना कुनै पनि जीवित पक्षी, पक्षीजन्य पदार्थ बर्डफ्लु संक्रमित देशबाट आयात नगर्न अनुरोध गरेको छ । वीरमा पनि मिर्गौला प्रत्यारोपण त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा सफलतापर्ूवक मिर्गौला प्रत्यारोपण गरेको करिब चार महिनापछि वीर अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु गरिएको छ । वीर अस्पतालमा मंसिरको अन्तिम हप्ता दुइ जनाको मिर्गौला प्रत्यारोपण गरेको जानकारी पाइएको छ । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण टोलीलाई सहयोग गर्न अखिल भारतीय आयर्ुर्विज्ञान संस्थाबाट डा. सन्दीप गुलेरियाको एक टोली काठमाडौं आएको थियो । वीर अस्पतालले करिब चार वर्षगाडि पनि मिर्गौला प्रत्यारोपणको प्रयास गरेको भए तापनि सफल हुन सकेको थिएन । त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा करिब ३ लाख रुपियाँमा मिर्गौला प्रत्यारोपण भइरहेको छ र वीर अस्पतालमा त्यो भन्दा पनि कममा प्रत्यारोपण हुने बताइएको छ । भारतमा मिर्गौला प्रत्यारोपण गर्न करिब १० लाख रुपियाँ लागिरहेको सर्न्दर्भमा नेपालमै सेवा सुरु हुनाले बिरामीहरुलाई ठूलो राहत मिलेको छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |