![]()
|
यसको नियन्त्रणका लागि समुदाय र सरकारले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।करिब १२ वर्षघिसम्म नेपालमा क्षयरोग निको हुने दर करिब ३० प्रतिशत मात्र रहेकोमा सन् १९९६ मा प्रत्यक्ष निगरानीमा औषधि खुवाउने ँडट्स’ (DOTS) कार्यक्रम लागू भएपछि हाल निको हुने दर करिब ८९ प्रतिशत पुगेको छ । क्षयरोग नियन्त्रणका क्षेत्रमा यो एउटा ठूलो उपलब्धि हो । तर अझै हरेक वर्षकरिब ४० हजार नेपालीलाई क्षयरोग देखा पर्नु र उपचारमा आएकाहरुमा जीण क्षयरोग ( MDR-TB) देखा पर्ने क्रम बढ्दै जानु एउटा ठूलो चुनौतीको रुपमा रहेको छ । औषधि बीचमै छोड्न नहुने क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्युलेसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । यो रोग खोक्दा, हाच्छि्यूँ गर्दा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सछ । क्षयरोग मुख्यतया दुइ किसिमको हुन्छ । फोक्सोमा लाग्ने क्षयरोग अरुलाई र्सर्ने सम्भावना बढी हुन्छ । फोक्सोबाहेकका अन्य अंगमा लाग्ने क्षयरोग अरुमा र्सर्ने सम्भावना निकै कम हुन्छ । यो रोग फोक्सोबाहेक शरीरका अन्य अंगहरु हड्डी, ग्लान्ड, पाठेघर, पेट, किड्नी, मुटु, छाला, मस्तिष्क, आँखालगायत अन्य विभिन्न अंगमा लाग्छ । अन्य अंगमा लागेको क्षयरोग पत्ता लगाउन केही कठिन हुन्छ, अनुभवी डाक्टरले मात्र यसको यकिन गर्न सक्छन् । तर फोक्सोको क्षयरोग खकार परीक्षण र एक्सरेबाट सजिलै पत्ता लाग्छ । फोक्सोमा क्षयरोग लागेका धेरै मानिस उपचार नगर्दा यसै कारण मर्छन् । फोक्सोमा क्षयरोग भएका मानिसले खोक्दा, हाच्छि्यूँ गर्दा रोगका कीटाणु बाहिर हावामा निस्कन्छन् र श्वासप्रश्वासका माध्यमबाट रोग अरुमा र्सछ । यसका साथै क्षयरोग लागेका गाईभैंसीको दूध राम्रोसँग नउमाली पिउँदासमेत र्सन सक्छ । राम्रोसँग उपचार गरेमा क्षयरोग निको हुन्छ तर उपचार नगरेमा ५० प्रतिशतभन्दा बढी बिरामीको मृत्यु हुन्छ । बिरामी भएपछि उपचार नगरेमा लामो समय कमजोर भई काम गर्न नसक्ने र अरुको बोझको रुपमा हुन्छ । साथै उसले बर्से १० देखि १५ जनासम्मलाई रोग सारेर बिरामी पनि बनाउँछ । त्यसकारण रोगका लक्षणहरु देखिनासाथ उसलाई घरपरिवार वा समुदायले नियमित उपचार गर्न प्रेरित गर्नुपर्छ । परिवार र समाजले सकारात्मक भूमिका निर्वाह गरे मात्र रोग संक्रमण हुने दर कम हुँदै जान सक्छ । क्षयरोग लागेका मानिसले उपचार सुरु गरेपछि रोग निको नभएसम्म नियमितरुपमा पूरा अवधि औषधि खानर्ुपर्छ । औषधि बीचमै छोडेमा वा सधैँ नियमितरुपमा औषधि नखाएमा पनि अरुलाई रोग र्सन सक्छ । यस्ता मानिसलाई बहुऔषधि प्रतिरोध गर्ने (MDR-TB) जीण प्रकारको क्षयरोग देखा पर्न सक्छ । यो जर्ीण्ा प्रकारको एमडीआर टिबी साधारण क्षयरोगभन्दा उपचार गर्न कठिन हुन्छ । औषधि पनि करिब २४ महिनासम्म खानुपर्ने हुन्छ । साधारण क्षयरोगको उपचार गर्न थोरै औषधि ६ देखि ८ महिना खाए पुग्नेमा जर्ीण्ा प्रकारको क्षयरोगका लागि औषधि पनि धेरै खानुपर्ने, लामो समय खानुपर्ने र उपचारका दृष्टिले पनि निकै महँगो पर्ने हुन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. पुष्पा मल्लका अनुसार साधारण क्षयरोगको उपचारका लागि एक जनालाई करिब २० डलर -१ हजार ६ सय रुपियाँ) खर्च लाग्छ भने जर्ीण्ा क्षयरोगको उपचार गर्न एक जनालाई करिब ४ हजार डलर -३ लाख रुपियाँ) खर्च लाग्न सक्छ । यस्ता क्षयरोगीले अरुलाई रोग सार्दा पनि जर्ीण्ा प्रकारकै रोग सार्ने हुँदा उपचार खर्च झन् बढ्दै जान्छ । त्यसैले क्षयरोगका लक्षण देखिनासाथ यसको राम्रोसँग उपचार गरिहाल्नर्ुपर्छ ।
खासगरी क्षयरोग लागेपछि केही विशेष लक्षणहरु देखिन थाल्छन् । दुइ हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लागिरहने, साँझपख हल्का ज्वरो आउने र पसिना आउने, खान मन नलाग्ने, दुब्लाउँदै जाने र खकारमा रगत आउनेजस्ता लक्षणहरु देखिन थाल्छन् । फोक्सोबाहेकका अंगमा क्षयरोग लाग्दा अंगअनुसार लक्षणहरु फरक हुन्छन् । शरीरको कुनै पनि अंगमा क्षयरोग लागेका बिरामीलाई खाना रुचि नहुने, शरीरको तौल घट्ने र शरीर कमजोर हुने लक्षण देखिन्छन् । लक्षणहरु देखिनासाथ स्वास्थ्य संस्थामा गई परीक्षण गरेर उपचार सुरु गर्नुपर्छ । क्षेयरोगको औषधि उपचार निःशुल्क हुने व्यवस्था छ । अरुमा रोग नसरोस क्षयरोग विकासोन्मुख राष्ट्रको एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । नेपालमा पनि यो देशभरि नै एउटा प्रमुख रोगका रुपमा रहेको छ । प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारणहरुमा क्षयरोग पनि एउटा हो । यस उमेरमा हुने मृत्युको ९ प्रतिशत कारण क्षयरोग नै हो । क्षयरोग आर्थिकरुपमा सक्रिय मानिसहरुको रोग भएकाले यसका रोगी बढ्दा देशको अर्थतन्त्र नै प्रभावित हुन्छ । यो रोग नेपालमा अत्यधिक संक्रमण भएकाले देशको विकासका लागि नै गम्भीर चुनौती बनिरहेको छ । नेपालीहरुमध्ये १५ वर्षन्दा माथिका ६० प्रतिशत र सम्पूर्ण जनसंख्यामा ४५ प्रतिशतलाई क्षयरोगका कीटाणु संक्रमण भएको छ । क्षयरोगका कीटाणु संक्रमण भए जति सबैलाई रोग लाग्दैन । त्यसमध्ये करिब १० प्रतिशतलाई उनीहरुको जीवनमा कुनै न कुनै बेला रोग लाग्ने गरेको अनुसन्धानबाट पाइएको छ । शरीरमा अरु कुनै रोग भएर वा पोषणयुक्त खानाको कमी वा अत्यधिक शारीरिक परिश्रम वा अरु कुनै कारणले शरीर कमजोर भई रोग-प्रतिरोधात्मक क्षमतामा कमी भएका अवस्थामा क्षयरोग देखा पर्छ । कमजोर र कुपोषित शरीरमा यो रोग बढी देखिने भएकाले यसलाई गरिबको रोग पनि भनिन्छ । स्वस्थ र हृष्टपुष्ट मानिसमा क्षयरोगका जीवाणु संक्रमण भए पनि रोगका रुपमा देखा पर्दैन । तर कुपोषित मानिस, एचआईभी/एड्स भएका, डायबिटिज भएका, धूमपान/मद्यपानका अम्मलीलाई यो रोग छिटो देखा पर्छ । यस्तैगरी क्यान्सरका बिरामी, मिर्गौलाका दर्ीघरोगी, फोक्सोका दर्ीघरोगी र वृद्धावस्थाका मानिसलाई पनि यो रोग छिटो देखा पर्छ । उनीहरुलाई क्षयरोगको जोखिमपूर्ण समूहका रुपमा लिने गरिन्छ । उनीहरुको रोग निको पार्न पनि कठिन हुन्छ । तर नियमित उपचारले निको हुन्छ । क्षयरोग मुख्यतया श्वाप्रश्वासबाट र्सर्ने भएकाले जनसंख्या बढी भएका ठाउँमा रोग बढी देखा पर्छ । भीडभाडमा बस्ने, समूहमा काम गर्ने, र्सार्वजनिक यातायातमा हिँड्ने, गलैंचा कारखानामा काम गर्ने, जेलका कैदीहरु, ब्यारेक, होस्टलमा बस्नेहरु पनि क्षयरोगका जोखिमपूर्ण समूह हुन् । उनीहरुलाई पनि क्षयरोग र्सर्ने सम्भावना निकै हुन्छ । त्यसकारण यस्ता मानिसहरुले अरुसामुन्ने खोक्दा, हाच्छ्यूँ गर्दा, रुमालले नाक-मुख छोप्नर्ुपर्छ । साथै अन्य मानिसले पनि आफूलाई रोग र्सर्ने सम्भावनाप्रति चनाखो हुनर्ुपर्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा अहिले हरेक वर्षकरिब ४० हजारलाई क्षयरोग देखा पर्ने गरेको छ । त्यसमध्ये करिब २० हजारलाई सरुवा किसिमको क्षयरोग हुने अनुमान छ । हाल बर्सर्ेे देखिने ४० हजार नयाँ बिरामीमध्ये ३ वर्षता करिब ३३ हजारलाई उपचार गर्ने गरिएको राष्ट्रिय क्षयरोग केन्द्रकी निर्देशक डा. पुष्पा मल्ल बताउनुहुन्छ । बाँकी बिरामीहरुले निजी क्लिनिकहरुमा उपचार गराउने गरेको डा. मल्ल जानकारी दिनुहुन्छ । उहाँका अनुसार नेपालमा डट्स कार्यक्रम लागू भइसकेपछि यस कार्यक्रमअर्न्तर्गत उपचार गराउनेहरुको उपचार प्रभावकारीरुपमा भएको छ तर व्यक्तिगतरुपमा निजी क्लिनिकमार्फ उपचार गराउनेहरुले नियमित औषधि नखाने गर्दा रोगको उपचार राम्रोसँग नहुने भएकाले यसकै कारण कतिपय बिरामीको मृत्यु हुने र कतिपयमा जर्ीण्ा क्षयरोग -एमडीआर टिबी) देखिने गरेको छ । क्षयरोगको औषधि लामो समय -६ देखि ८ महिना) नियमितरुपमा खानुपर्ने तर बिरामीले २/३ महिना औषधि खाएपछि निको भयो भनेर आफूखुशी औषधि छोड्ने, कतिपयले दैनिकरुपमा औषधि नखाने गर्नाले रोग बल्भिmने र जर्ीण्ा क्षयरोग देखा पर्नेजस्ता समस्या देखा पर्न थालेकाले प्रत्यक्ष निगरानीमा औषधि खुवाउने -डट्स) कार्यक्रम अघि सारिएको हो । सन् १९९६ मा चारवटा जिल्लाबाट सुरु गरिएको डट्स कार्यक्रम सन् २००१ सम्ममा ७५ वटै जिल्लाका कम्तीमा एक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । हाल यो कार्यक्रम मुलुकका ९९ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा निःशुल्करुपमा उपलब्ध गराइएको क्षयरोग केन्द्रकी निर्देशक डा. पुष्पा मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार सन् १९९६ मा १.७ प्रतिशत क्षयरोगका बिरामी स्वास्थ्य संस्थामा दर्ता भएकोमा हाल अधिकांश बिरामी स्वास्थ्य संस्थामा दर्ता भएका छन् । हाल सरकारी स्वास्थ्य संस्थाबाहेक निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, कारखानाहरु, गैरसरकारी संस्थाहरु, शरणार्थी शिविर, प्रहरी अस्पताल, मेडिकल कलेज, महानगरपालिका, गाविस, जिल्ला विकास समिति, बन्दीगृह आदिबाट पनि डट्स कार्यक्रमलाई मुलुकभर व्यापकरुपमा विस्तार गरिएपछि क्षयरोगको उपचारमा बिरामीहरुको पहुँच वृद्धि भएको छ । डट्स सुरु हुनुअघि क्षयरोगका कारण बर्सर्ेे करिब १८ हजार मानिसको मृत्यु हुने गरेकोमा हाल यो संख्या घटेर ६ हजारमा झरेको छ । यसलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको एउटा ठूलो सफलता मान्नर्ुपर्छ । साथै अझै पनि केही बिरामीहरु पहिचान हुनै नसकेको, त्यसमा पनि धेरै महिलाहरु रोग पहिचान भई उपचारको दायरामा आउन नसकेका समस्याहरु आगामी वर्षा चुनौतीका रुपमा छन् । अर्कोतिर जर्ीण्ा क्षयरोगका बिरामीहरुको संख्या देखिंदै जानु पनि डट्स कार्यक्रमको सफलतामा नयाँ चुनौती नै हो । गतवर्ष३३ हजार ४ सय ४० जना क्षयरोगका बिरामीलाई उपचार गरेकोमा १४ हजार ३ सय ५५ जना र्सर्ने खालका नयाँ क्षयरोगी थिए । त्यसमध्ये २.९ प्रतिशतमा जर्ीण्ा क्षयरोग ९ःम्च् त्द्य० पाइएको छ । एमडीआर टिबी बढ्नुमा बिरामी मात्र दोषी नभई गुणस्तरीय औषधि नहुनु, औषधि सिफारिस नमिल्नु, सिफारिसअनुसार औषधि नपाउनु वा बिरामीले सोअनुसार नखानु, डायबिटिज र एचआईभी हुनु पनि कारणका रुपमा रहेका छन् । यस्ता समस्याको पनि समाधानको प्रयास गर्नु जरुरी छ । डट्सलाई अझ प्रभावकारी बनाउने प्रयास नेपालमा मात्र नभएर दक्षिण-पर्ूर्वी एसियामा नै एमडीआर टिबीका बिरामीको संख्या बढ्न थालेपछि यस क्षेत्रमा र्सवप्रथम नेपालमा सन् २००५ मा पाइलट प्रोजेक्टका रुपमा एमडीआर टिबीको उपचार डट्स प्लस सुरु गरिएको हो । साधारण क्षयरोगभन्दा यो जर्ीण्ा क्षयरोग निको पार्न कैयौं गुणा कठिन र खर्चिलो हुन्छ । यसको उपचारका लागि थप औषधि र तालिमप्राप्त जनशक्तिको आवश्यकता हुन्छ । बिरामीहरु फाट्टफुट्टरुपमा छरिएर रहेका हुन्छन् । उनीहरुलाई करिब दुइ वर्षम्म स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधि खुवाउनुपर्ने हुन्छ । त्यसका लागि बिरामीले सम्बन्धित स्वास्थ्य केन्द्रनजिक दुइ वर्षम्म बस्नुपर्ने हुन्छ । यसो गर्न बिरामीलाई आर्थिक र व्यावहारिक दृष्टिले निकै कठिन हुने भएकाले र चेतनाको पनि कमीका कारण करिब २० प्रतिशत बिरामीले ४/५ महिना औषधि खाएर बीचमै छोड्ने गरेका छन् । यसरी बीचमा औषधि छोड्दा बिरामी त निको हुँदैन नै, त्यसको अलावा अरुलाई पनि जर्ीण्ा -एमडीआर) क्षयरोग सारेर थप समस्या सिर्जना गर्छ । सन् २००५ मा ५ वटा विकास क्षेत्रका ७ वटा जिल्लाबाट एमडीआर टिबीको उपचार सुरु गरिएकोमा हाल २१ वटा जिल्लामा सेवा पुगे पनि जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसम्म सेवा पुग्न सकेको छैन । विगत ३ वर्षता एमडीआर टिबीको उपचारमा करिब १ सय ५० जना बिरामी आउने गरेको राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याड्ढ छ । तर यसका बिरामी संख्या भने करिब ४ सयको हाराहारीमा हुने गरेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. मल्लका अनुसार एमडीआर टिबीको उपचार ६८ प्रतिशत मात्र सफल भइरहेको छ । एमडीआर टिबीको उपचार सेवा पुर्याउन पनि कठिन र बिरामीलाई पनि सेवा प्राप्त गर्न गाह्रो भएकाले साधारण क्षयरोगको उपचार ँडट्स’लाई अझ प्रभावकारी बनाउने तयारी गरिएको केन्द्रका निर्देशक डा. मल्लले बताउनुभएको छ । निजी क्षेत्रबाट औषधि लिने तथा किन्नेहरुले बीचमै औषधि छोड्ने र यसको अनुगमन पनि नहुने भएकाले सबै बिरामीलाई राष्ट्रिय क्षयरोग कार्यक्रमभित्र पारी प्रभावकारी उपचार सेवा दिन बजारमा क्षयरोगको औषधि नै नपाउने स्थिति ल्याउने प्रयास गरिंदै छ । निजी क्षेत्रमा उपचार गर्नेहरुमा नै एमडीआर टिबी बढी देखिएकाले यस किसिमको रणनीति लिन लागिएको उहाँले बताउनुभएको छ । क्षयरोग नियन्त्रणका लागि विकसित मुलुकहरुलगायत श्रीलंका, भुटान, माल्दिप्समा बजारमा क्षयरोगको औषधि किन्न पाइँदैन । विश्व स्वास्थ्य संघलगायत अन्य अन्तर्राष्ट्रिय संघसंस्थाको मान्यताअनुसार क्षयरोगका बिरामीलाई सबै डट्स कार्यक्रम दायरामा ल्याएर उपचार गर्नुपर्छ भन्ने भएकाले नेपालमा पनि यही विधि लागू गर्ने तयार गरिएको बताइएको छ । साथै एमडीआर टिबी बढ्न नदिनका लागि डट्स कार्यक्रमलाई अझ प्रभावकारी बनाउने सर्न्दर्भमा ८ महिनासम्म खानुपर्ने औषधिको मात्रालाई ६ महिनासम्म खाए पुग्ने व्यवस्था गर्न थालिएको क्षयरोग केन्द्रले जानकारी दिएको छ । यो कार्यक्रम हाल ४० जिल्लामा लागू भइसकेको र १ वर्षभत्र सबै जिल्लामा लागू गर्ने लक्ष्य रहेको केन्द्रले जानकारी दिएको छ । सहस्राब्दी लक्ष्य (MDG) अनुसार सन् २०१० सम्ममा क्षयरोगका बिरामीको मृत्यु र नयाँ बिरामीको संख्यामा सन् १९९० को तुलनामा ५० प्रतिशत कम गर्ने योजना छ । यो उपलब्धि हासिल हुन सक्ने राष्ट्रिय क्षयरोग केन्द्रको दाबी छ । अहिले क्षयरोग नियन्त्रणका कार्यक्रम मुख्यतया विदेशी सहयोगमा निर्भर छ । सरकारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको २० प्रतिशत मात्र व्ययभार लिएको छ । अनुदानमा निर्भर यस्ता कार्यक्रमको भविष्य निश्चित नहुने भएकाले सरकारले यस्ता कार्यक्रम आत्मनिर्भरताका साथ सञ्चालन गर्ने प्रयत्न गर्नुपर्छ । यो रोग वृद्धि हुन गरिबी, कुपोषण, बसाइँ सराइ, एचआईभी/एड्सलगायतका रोगहरुको पनि ठूलो भूमिका हुने भएकाले यी बहुपक्षीय समस्याको समाधान गर्न क्षयरोग केन्द्र एक्लैले मात्र सम्भव नभएकाले स्थानीय समुदाय, खाद्य व्यवस्थापन, गरिबी निवारण, एचआईभी/एड्सको नियन्त्रण गर्ने संस्थाहरु पनि परिचालन हुन जरुरी छ । बिरामीको रोग पहिचान भएर पनि उपचार गर्न आएन वा बीचैमा छोड्यो भने क्षयरोग नियन्त्रणको साटो फैलिंदै जाने भएकोले क्षयरोगी भएको शंका लाग्नासाथ उसलाई परीक्षण गर्न र रोग भए नियमित उपचार गर्न समुदायले प्रेरित गर्नुपर्छ । क्षयरोगबाट बच्ने सबैभन्दा राम्रो उपाय नै यही हो ।
|
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |