Index

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

 

Find happiness at Shaadi.com

 

 

चालकको स्वास्थ्य र सवारी दुघटना

 लक्ष्मीप्रसाद खतिवडा

दुइ हातले स्टेरिङ अनि दुइ खुट्टा हमेसा एक्सिलेटर र ब्रेकमा राखेर दैनिक सयौं यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने ड्राइभरहरु आफैं भने विभिन्न खाले स्वास्थ्यसमस्याका कारण खतरामुक्त छैनन् । त्यसमाथि केही ड्राइभरहरुले मादक पदार्थ खाएर सवारीसाधन चलाउनाले धरै यात्रुहरुको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।

दैनिक लामो यात्रा, मादक पदार्थ सेवन, असुरक्षित खानपान ड्राइभरहरुका प्रमुख स्वास्थ्यसमस्या रहेको पाइएको छ । यी कारणले गर्दा पनि सवारी दर्ुघटना बढी हुने गरेको पाइन्छ ।

ड्राइभरहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाउने गरेको कारणले धेरै सवारी दुघटना हुने कुराको पुष्टि ट्राफिक प्रहरी कार्यालयको सवारी दुघटनासम्बन्धी तथ्यांकले पनि गर्छ । कार्यालयको तथ्यांकअनुसार धेरै दर्ुघटनाहरु चालकको लापरबाही र मादक पदार्थ सेवनका कारण हुने गरेका छन् । कार्यालयको पछिल्लो तीन महिनाको तथ्यांक ह्ेदा काठमाडौं उपत्यकामा जम्मा ६४ वटा बस दुघटना भएकोमा चालकको लापरबाहीका कारण ११ वटा, मादक पदार्थ सेवनका कारण ९ वटा र अन्य कारणले ४४ वटा बस दुघटना भएका छन् । त्यस्तै ३८ वटा ट्रक दर्ुघटना भएकोमा ८ वटा चालकको लापरबाहीका कारण, १० वटा मादक पदार्थ सेवनका कारण र २० वटा अन्य कारणले भएका छन् ।

मादक पदार्थ सेवनले चालकको सवारी चलाउने क्षमतामा ह्रास आउने र यसका कारण सवारी दर्ुघटना बढ्न सक्ने चिकित्सकहरुको भनाइ छ । आहारविहारले मानिसको सोचलाई निर्देशित गर्ने बताउँदै वीर अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. ध्रुवप्रसाद सिंह भन्छन्- ँमादक पदार्थ खाएर सवारी चलाउनेहरु शारीरिक रुपमा त कमजोर हुन्छन् नै, साथै ध्यान पनि सवारीमा भन्दा अन्तै जाने हुँदा दर्ुघटनाको सम्भावना बढी हुने गर्दछ ।’

सवारीचालक अनुमतिपत्र दिने प्रक्रियामा स्वास्थ्यपरीक्षण औपचारिकतामा मात्र सीमित हुनु एउटा ठूलो कमजोरी देखिन्छ । एउटा सानो कोठामा रगत जाँच र स्वास्थ्यपरीक्षणको काम हुन्छ । न कुनै उपकरण छ, न त अन्य भौतिक साधन नै । यातायात व्यवस्था ऐन २०३२ मा  निवेदकको छारेरोग, पागलपन, रिंगटा लाग्ने वा मर्ूछा पर्ने रोग, फोक्सो वा हृदयसम्बन्धी रोग र अन्य मानसिक रोगको परीक्षण गर्नुपर्ने प्रावधान छ, तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको एउटा कोठामा आँखाको शक्ति र श्रवणशक्तिको सामान्य परीक्षण मात्र हुन्छ ।

१० रुपियाँ तिरेर बनाइने निरोगिताको प्रमाणपत्रले राजस्व संकलनमा केही योगदान त पुर्‍याएको होला तर राम्रोसँग स्वास्थ्यपरीक्षण नगरी सवारीचालक अनुमतिपत्र लिनेले एउटा सवारी दर्ुघटना गराउँदा कति क्षति हुन्छ भन्नेतिर पनि ध्यान जान जरुरी छ । यससम्बन्धमा जिज्ञासा राख्दा कार्यालय प्रमुख अर्जुनराज पन्त स्रोत-साधन र जनशक्तिको अभावमा स्वास्थ्यपरीक्षणलाई प्रभावकारी बनाउन नसकिएको स्वीकार्छन् । ऐनमा नै संशोधन गर्नुपर्ने पन्तको धारणा छ । ँयससम्बन्धमा ऐन नै अस्पष्ट छ, या त स्रोत-साधनको व्यवस्था हुनुपर्‍यो या ऐन संशोधन हुनुपर्‍यो’ -पन्त भन्छन्

उता यातायात व्यवस्था कार्यालयका चिकित्सक डा. सञ्जीवकुमार झा बाहिर अनधिकृतरुपमा हुने स्वास्थ्यपरीक्षणलाई रोक्नुपर्ने बताउँछन् । डाक्टरको नक्कली छाप बनाएर विनापरीक्षण नै निरोगिताको प्रमाणपत्र बनाउने कामको नियन्त्रण हुनुपर्ने उनी बताउँछन् । कार्यालयबाहिर ५० रुपियाँमा रगत र सय रुपियाँमा स्वास्थ्यपरीक्षण हुन्छ तर त्यहाँ न डाक्टर हुन्छन् न त अरु आवश्यक उपकरण नै । त्यहाँ जस्तोसुकैले पनि निरोगिताको प्रमाणपत्र पाउँछ र त्यसकै आधारमा लाइसेन्स पनि । कार्यालयले चार जना डाक्टरलाई स्वास्थ्यपरीक्षणका लागि तोकेको छ । 

अर्कोतिर राजनीतिक दबाबमा पनि कहिलेकाहीँ विनाजाँच नै प्रमाणपत्र बनाइदिनुपर्ने गरेको अनुभव डा. झा सुनाउँछन् । यससम्बन्धमा कार्यालय प्रमुख पन्तको ध्यानाकर्षा गराउँदा उनी जनशक्तिको अभावमा यस्तो अनधिकृत कार्यलाई नियन्त्रण गर्न नसकिएको बताउँछन् । ँयसको अनुगमन गर्न हामीसँग जनशक्ति छैन’ -पन्त भन्छन् । यसरी बाहिर हुने परीक्षण कम होस् भनेर नै न्यून शुल्कमा कार्यालयले रगत र स्वास्थ्यपरीक्षणको व्यवस्था गरेको पन्त दाबी गर्छन् ।

जोखिममा ड्राइभरको स्वास्थ्य

खानपान र आफ्नै लापरबाहीका कारण ड्राइभरहरुको स्वास्थ्य पनि जोखिममा परेको देखिन्छ । यसले ड्राइभरको मात्र नभएर सयांै यात्रुको स्वास्थ्यसमेत जोखिममा परेको हुन्छ । केही रकम पाइने लोभमा अधिकांश ड्राइभरले गुणस्तरहीन, बासी तथा अस्वस्थ खाना खान यात्रुलाई बाध्य पार्ने र आफू पनि त्यही खाना खाने गरेको पाइएको छ । यसबाट यात्रु र उनीहरुको स्वास्थ्यमा दर्ीघकालीन असर पर्ने गरेको छ । साथै लामो यात्रा, आरामको कमी र स्वास्थ्यजाँच तथा उपचारको कमीले ड्राइभरको स्वास्थ्य अपेक्षकृत राम्रो देखिंदैन ।

दैनिक धेरै यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने ड्राइभरहरुको स्वास्थ्यबारे गाडी सञ्चालक पनि सचेत देखिंदैनन् । दिनरात नभनी गाडी चलाउने ड्राइभरको स्वास्थ्य बिमाको त कुरै छोडौं, नियमित स्वास्थ्यपरीक्षणसमेत भएको पाइँदैन । आफ्नो व्यवसाय नै राम्रो अवस्थामा नभएकाले ड्राइभरहरुको स्वास्थ्य बिमा गर्न नसकिएको गाडी सञ्चालकहरु बताउँछन् ।

लामो रुटमा गाडी चलाउने अधिकांश ड्राइभर २५ देखि ५५ वर्षम्मका पाइएका छन् र केहीले ६० वर्षम्म पनि गाडी चलाउँछन् । आठ घण्टाभन्दा बढी काम गर्नुपर्ने, बिदा र मनोरञ्जनको सुविधा नभएकोले अधिकांशको स्वास्थ्य अवस्था सन्तोषजनक देखिदैन । धूवाँ, धूलोमा सधैँ भिड्नुपर्ने ड्राइभरहरुमा रुघाखोकीजस्ता स्वास्थ्य समस्यालाई त समस्या नै ठानिदैन ।

बिमाको व्यवस्था गर्न नसके पनि गाडी सञ्चालकहरु ड्राइभरको स्वास्थ्यप्रति भने सचेत रहेको दाबी गर्छन् । माउन्ट मकालु यातायात प्रा.लि. का सञ्चालक तुलसीमान सिंह भन्छन्- ँहामीले ड्राइभरहरुका लागि नियमित स्वास्थ्यजाँचको व्यवस्था गरिदिएका छौं तर उनीहरु नै जाँदैनन् ।’ ड्राइभरहरु नै आफ्नो स्वास्थ्यप्रति सचेत नभएको सिंहको तर्क छ । उनीहरुमा खासै स्वास्थ्यसमस्या नआउने गरेको उनी दाबी गर्छन् । कामको चाप नहुने भएकाले बिदाको कुरै नआउने र व्यवसाय नै राम्रो अवस्थामा नभएकोले अन्य सुविधा दिन नसकिएको सिंह बताउँछन् । हाल माउन्ट मकालुका २०-२५ वटा गाडी सञ्चालनमा छन्, जसमा ४०-४२ ड्राइभर कार्यरत छन् ।

सञ्चालक सिंहले ड्राइभरहरुका लागि  नियमित स्वास्थ्यजाँचको व्यवस्था गरिदिएको दाबी गरे पनि ड्राइभरहरुले भने यो सरासर झुटो भएको बताए । मकालुकै ड्राइभर रामसिंह लामाका अनुसार ६ वर्षो उनको कार्य अनुभवमा यस्तो सुविधा पाएकै छैनन् । उनी भन्छन्- ँबरु बिरामी भएमा आफैंले उपचार त गर्नुपर्छ नै, साथै जागिर पनि बच्ने हो कि होइन भन्ने डर रहन्छ ।’

बारम्बारको बन्द र हडतालले यातायात व्यवसाय धरापमा परेकाले सेवा-सुविधाको कुरा सधँै ओझेलमा पर्ने गरेको ड्राइभरहरुको गुनासो छ । अबको नयाँ नेपालमा सडकलाई शान्तिक्षेत्र घोषणा गर्न सकिए व्यवसाय फस्टाउने र सेवा-सुविधाको कुरा पनि उठाउन पाइने आशा उनीहरुमा रहेको छ । हुन पनि मानवअधिकार र श्रम अधिकारसम्बन्धी चर्का-चर्का नारा उठाइने नेपालमा स्वास्थ्य अधिकार ओझेलमा पर्नु पक्कै पनि राम्रो कुरा होइन ।


                     


 © Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.