![]()
|
अर्को महत्त्वपूर्ण पक्ष भनेको यौनसम्बन्धी छ । चेलीबेटीले विवाहपर्ूव नै यौनसर्म्पर्क राखिदेलान् वा कुनै किसिमको यौनशोषणमा पर्लान् भन्ने भय धेरैको मनमा रहेको भेटिन्छ । स्पष्टरुपमा नभनिए पनि धेरैको मानसिकतामा यो कुरा छ । शायद त्यसैले चेलीको विवाह गरिदिनु आवश्यक ठान्छन् र विवाह गर्नुलाई भारी बिसाएको पनि ठान्छन् । कुमारी केटी अर्थात् अक्षत योनि कन्यासँग यौनसर्म्पर्क गर्ने भित्री इच्छाले पनि सानो उमेरको विवाहलाई बढावा दिएको हुनर्ुपर्छ । ँयौनशुद्धता’को वा केटीको यौनअनुभवहीनताको खोजीले कौमार्य भ· नभएकी कुमारी केटीसँग विवाह गर्न खोज्ने कुराले बालविवाहको समस्यालाई चर्काउँछ नै । विकासवादको सिद्धान्तका पक्षधरहरूको विचार भने अलि फरक किसिमको छ । कुनै पनि प्राणीले वंशको निरन्तरताको लागि सन्तान जन्माउन प्रयासरत रहन्छ र यो प्राकृतिक नियम नै हो । प्राणीजगत्का अन्य जनावरका भाले जातिले जस्तै विशेष गरेर पुरुष जातिले आफूले गराएको गर्भाधानबाट नै सन्तान जन्मियोस् भन्ने ध्येय राख्छन् । यसको लागि अन्य कुनै पुरुषसँग सम्बन्ध नभएको स्थिति चाहन्छन् । भविष्यमा रेखदेख गर्दा पनि आफ्नै सन्तानमा समय र ऊर्जा खर्च गरियोस् भन्ने उनीहरुको भावना हुन्छ । शायद त्यसैले होला, पुरुषहरूमा जैविक रुपमा नै विशेष चासो हुने गर्दछ । शायद त्यसैले पनि कौमार्य भ· नभएकी कन्यासँग विवाह गर्न नै सानै उमेरमा विवाह हुने प्रचलन चलेको हुनर्ुपर्छ । अहिले आधुनिक समाजमा अर्को एक थप कारण पनि देखा परेको छ । अन्य केही मुलुकको तुलनामा नेपालमा यो भ्रम त्यति व्याप्त नभए पनि कुमारी केटी एचआईभी नभएकी हुन्छिन् वा कतिपयले अक्षत योनि कन्यासँग विवाह गर्दा एचआईभी संक्रमण निको हुने भ्रम पालेका पनि हुन्छन् । त्यसैले सानै उमेरका केटीसँग विवाह गर्न चाहन्छन् । बालविवाहको नकारात्मक असर वयष्क व्यक्तिकै लागि पनि अर्काको घरमा जानुपर्ने र त्यहाँ जीवनको अनेक पक्षमा तालमेल मिलाएर जीवनयापन गर्नुपर्ने कुरा सजिलो होइन । झन् बालिकाको लागि त यो निकै कष्टकर हुनु स्वाभाविक हो । माइतीघरको सर्म्पर्क र सम्बन्धलाई चाहेअनुरुप वा आवश्यकताअनुरुप निरन्तररुपमा भेटघाट गर्न सकिने स्थिति रहँदैन । यसले गर्दा एक प्रकारको एकांकीपनको सिकार हुनर्ुपर्छ । अपरिचित वातावरणमा घर अनि व्यक्तिगत आवश्यकता, चाहना र आकँंक्षामा तालमेल गर्नु एक कलिली केटीको लागि सजिलो कुरा होइन । बुहारी भए पनि धेरैजसो स्थितिमा घरेलु कामदारको रुपमा काम गर्नुपर्ने अनि त्यसमा पनि सक्दो चाँडो प्रजनन क्षमता पर््रदर्शन गर्नुपर्ने दबाब हुन्छ । सन्तान जन्माएपछि घरमा उसको स्तरमा बढोेन्नति हुने अनि सम्मान पनि पाउने हुनाले आफू बालिका नै भए पनि आमा बन्न बाध्य हुनुपर्ने स्थिति आउँछ । सानै उमेरमा गर्भ रहँदा वा बच्चा जन्माउँदा रक्तअल्पताको सिकार हुनुपर्ने स्थिति आउँछ । बच्चा जन्माउन नसक्ने वा गर्भ वा प्रस्रवसम्बन्धी जटिलताका कारणले बिरामी वा मृत्यु नै पनि हुन सक्छ । बच्चा कम तौलको हुने, बिरामी हुने र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । १५ देखि १९ वर्षा उमेर समूहमा गर्भदर बढी हुने स्थिति रहेका विकासोन्मुख देशहरुमा गर्भ तथा प्रस्रवसम्बन्धी कुराले आमाको मृत्यु बढी हुने देखिएको छ । त्यसदेखिबाहेक कलिलो उमेरमा यौनसर्म्पर्क थालेका व्यक्तिहरुमा पाठेघरको मुखको क्यान्सरको सम्भावना पनि बढी देखिन्छ । अर्को कुनै व्यक्तिको श्रीमती हुनुपर्ने जिम्मेवारी पनि राम्ररी नबुझेकी किशोरीलाई आमाको जिम्मेवारी बोकाउनु एक प्रकारले अपराध नै हो । यौनजीवनमा पर्ने असर सामान्यता पुरुष र महिलाको विवाहको उमेरमा धेरै नै भिन्नता पाइन्छ । विशेष गरेर बालविवाहको कुरा गर्दा कतिपय वधुको उमेरभन्दा वरको उमेर धेरै हुने गर्छ । वरको उमेर बढी हुनुले पुरुषलाई जहिले पनि शक्तिशाली भूमिकामा रहन मद्दत गर्छ र उसले श्रीमतीमाथि सजिलै प्रभुत्व जमाउन पाएको हुन्छ । यस्तो स्थितिमा वधु हिंसाको सिकार बढी हुने स्थिति आउँछ । तथ्यांकहरूले यस्ता सानै उमेरमा विवाह भएका बालिकाहरुमा घरेलु हिंसा अनि यौनशोषणको सिकार हुने स्थिति बढी रहेको देखाएको छ । कतिपय स्थितिमा पीडक आफ्ना श्रीमान् नै हुने गर्दछन् । यी कुराले पनि यौनजीवनमा नकारात्मक असर पार्ने पार्छ । पीडकसँग सुमधुर सम्बन्ध नभएको स्थितिमा पीडित व्यक्तिले यौनआनन्द लिन सक्ने स्थिति हुँदैन । बालविवाहमा प्रायः बालिकाले विवाहको वास्तविक अर्थ नै बुझेका हुँदैनन् । इच्छाविरुद्ध विवाह गरिनु अनि विवाहभित्र नै भए पनि उसको स्वीकृतिविना यौनसर्म्पर्क राखिनु यौनहिंसा हो । विवाहभित्रको जबर्जस्ती यौनसर्म्पर्क अर्थात् बलात्कारलाई हामी खासै चासोको विषय ठान्दैनौं र यस्ता यौनहिंसालाई एक स्वीकार्य कुरा ठान्छौं । विवाहभित्र नै भए पनि यौनहिंसाबाट पीडित व्यक्तिले यौनआनन्द लिन सक्दैन । यसको दर्ीघकालीन असर पनि पर्छ । कतिपय उमेर नपुगेका बालिकासँग विवाह हुँदा वास्तवमा श्रीमान् हुने व्यक्तिको उमेर निकै बढी हुने गरेको भेटिन्छ । यस्तो स्थितिमा यौनसर्म्पर्क हुँदा यौना·मा चोटपटक लाग्ने सम्भावना बढी हुन्छ । त्यसैगरी प्रजनन अ· परिपक्व नभएको स्थितिमा बच्चा जन्माउनुले योनि वा गुदद्वारमा चोट पुग्ने सम्भावना हुन्छ । केहीमा त फिस्टुला नै हुन सक्छ । यस्तो स्थितिमा यौनजीवनमा प्रत्यक्ष असर पर्छ । बालिकाले आफूभन्दा बढी उमेरका श्रीमान्को प्रभुत्वलाई कुनै किसिमले विरोध गर्न सक्दिनन् । यदि श्रीमान्मा कुनै यौनरोग वा एचआईभी नै हुने बलियो सम्भावना भएको स्थितिमा पनि आफूलाई बचाउन कुनै किसिमको उपाय प्रभावकारीरुपमा अवलम्बन गर्न सक्दिनन् । श्रीमान्लाई कन्डमको नियमित र सही प्रयोग गर्न लगाउन सक्ने स्थितिमा उनी हुन्नन् । यौनसर्म्पर्कलाई नै अस्वीकार गर्ने स्थिति त झनै टाढाको कुरा हो । फेरि यौना· परिपक्व नभएको र चोटपटक पनि लाग्ने स्थिति रहेको हुन्छ । यी सबै कारणले यौनरोग वा एचआईभी लाग्ने बढी जोखिममा उनीहरू हुने गर्छन् । त्यसदेखि बाहेक सानै उमेरमा विवाह गरिएका बालिकामा शिक्षाको अभाव मात्रै होइन, गर्भनिरोधबारे राम्रोसँग थाहा नहुने वा पहुँच नहुने स्थिति रहन्छ । आफूले नचाहँदा नचाहँदै पनि श्रीमान्को यौनेच्छाको परिपर्ूर्ति गर्दागर्दै थुप्रै सन्तान जन्माउन पुग्छिन् । यसरी कलिलै उमेरमा धेरै सन्तान हुनु, सन्तानको हेरचाहमा व्यस्त रहनुपर्ने स्थिति आउनुले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा यौनजीवनलाई असर पर्छ । समस्या कम गर्ने उपाय सयुक्त राप्ट्र संघले विवाह स्वतन्त्र र विवाह गर्ने व्यक्तिको पूर्ण अनुमतिअनुसार हुनर्ुपर्छ भन्ने कुरामा जोड दिएको छ । देशअनुसार विवाह गर्न कानुनीरुपमा न्यूनतम उमेरमा धेरै विविधता पाइन्छ । संसारभरि नै सामान्यतया विवाहको न्यूनतम उमेर १८ वर्षो हुनुपर्ने कुरामा एकमत बन्दै गएको छ । तर संसारका कतिपय देशमा जस्तै- नेपालमा पनि यस उमेरभन्दा कम उमेरका बालिकाको प्रशस्तै विवाह भएको देखिन्छ । नेपालमा कानुनले १८ वर्षन्दा कम उमेरमा विवाह गर्न नपाउने भने पनि वास्तवमा सो कुरा प्रभावकारीरुपमा लागू भएको पाइँदैन । सन् २००६ मा गरिएको जनसांख्यिक र्सर्वेक्षण ( Demographic and health Surrvey )ले अझै पनि नेपालमा १५ देखि १९ वर्षउमेर समूहका एक तिहाइ -३२.२ प्रतिशत) जति बालिकाको विवाह भैसक्ने देखाएको छ । गत १० वर्षा विवाहको सालाखाला उमेर १६.४ वर्षाट बढेर १७.२ भए पनि अझै प्रगति गर्न निकै बँँकी छ भन्ने कुरालाई संकेत गरेको छ । विशेष गरेर बालिकाको शिक्षामा लगानी गर्नुपर्ने र उनीहरूलाई वृत्तिविकासको अवसर दिनुपर्ने कुरालाई बालविवाहले रोक्न सहयोग गर्छ । किशोरावस्थाको सुरुमै उनीहरूलाई राम्रोसँग यौनशिक्षा दिनर्ुपर्छ र त्यसमा गर्भनिरोधका उपाय अनि यौनरोगको संक्रमणबाट कसरी बच्ने भन्नेजस्ता कुरालाई राम्ररी ज्ञान र सीप दिइएको हुनर्ुपर्छ । यौन तथा लै·कि असमानताको बारेमा पनि समाधानका लागि पहल गर्नु दर्ीघकालीन समाधान हुन सक्छ । बालविवाहमा जबर्जस्ती दबाबमूलक बलात्कार अर्थात् सहमतिविनाको यौनसर्म्पर्क हुने भएकाले यो मानवअधिकारको हनन हो । कानुनीरुपमा तोकिएको विवाहको उमेरभन्दा पहिले विवाह गर्ने/गराउने कुरालाई निरुत्साहित गर्नुपर्छ । यसलाई प्रभावकारीरुपमा लागू गर्न मातापितालगायत सबैलाई उमेर नपुगी विवाह गर्नुका नकारात्मक असरबारे जानकारी दिनु आवश्यक छ । विभिन्न विकासका कार्यमा लागेका व्यक्ति चाहे गरिबी निवारणमा होस् वा बाल तथा मातृस्वास्थ, प्रजनन स्वास्थ्य होस् वा एचआईभी रोकथाममा, सबैले आफूले काम गर्ने क्षेत्रमा बालबालिकाको विवाह हुने कुराको विरोधमा सशक्त आवाज उठाउनर्ुपर्छ र आफ्ना कार्यक्रममा समायोजित गर्न जरुरी छ । विवाहको एक प्रमुख पक्ष भनेको यौन नै हो । विवाह हुनुभन्दा पहिले यौनसर्म्पर्कमा संलग्न हुनु प्रायः धेरैजसो समाजमा वर्जित मानिन्छ । अहिले केही मुलुकमा यस मान्यतामा व्यापक परिवर्तन देखिएको छ । विवाहपछि यो बन्देज खुला हुने भएको हुनाले यसलाई यौनसर्म्पर्कको लागि सामाजिक अनुमति प्रदान गरिएको पनि मानिन्छ । विवाह हुनुभन्दा पहिले एक पटक यौनसर्म्पर्क हुँदा मात्रै पनि धेरैको चासोको विषय हुने गरे पनि विवाहपछि सो कुरा वास्तवमा चासो वा चियोचर्चोको विषय नै बन्दैन । यौनसर्म्पर्क राख्न नसक्ने वा राख्न नचाहने व्यक्तिका बीचमा वैवाहिक जीवनले निरन्तरता पाउँदैन । एक पुरुषको एकभन्दा बढी महिलासँग विवाह हुनुलाई पोलिगाइनी (उयथिनथलथ) र एक महिलाको धेरै पुरुषसँग विवाह हुनुलाई पोलिएन्ड्र -उयथिबलमचथ) भनिन्छ । अहिले भने समान लि· भएका व्यक्तिहरूका बारेमा पनि विवाह हुने कुराले बिस्तारै मान्यता पाउँदै गएको भेटिन्छ । |
|
|
|
|
|
© Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |