|
सुन्दर
योग
मन,
मस्तिष्क
र
शरीरलाई
सन्तुलित
अर्थात्
यी
सबै
पक्षलाई
वशमा
राख्न
सक्ने
साधनालाई
नै
योग
भनिन्छ
।
योगलाई
राम्रोसँग
बुझनका
लागि
यसको
शाब्दिक
अर्थको
व्याख्यालाई
श्रवण
गरेर
मात्र
हुँदैन
।
व्यावहारिक
गहिराइलाई
पहिल्याउन
सक्ने
हो
भने
मात्र
योगविद्या
अपनाउन
सहज
हुन्छ
।
हामीले
तन,
मन
र
मस्तिष्कलाई
अनियन्त्रित
छोडिदियौं
भने
शरीरलाई
अहित
हुने
परिणाम
मात्र
देखापर्न
सक्छन्
।
मस्तिष्कले
शरीरलाई
दिने
आदेश
ठीक
वा
बेठिक
छ
भनेर
समयमै
पहिल्याउन
सक्ने
क्षमतालाई
योगसाधनाले
अनुकूल
बनाइदिन्छ
।
शारीरिक
र
मानसिक
सन्तुलन
ल्याई
मानिसमा
सकारात्मक
पक्षको
विकास
गर्ने
क्रिया
नै
योग
हो
।
स्वच्छ
मन
र
नीरोगी
शरीर
स्वस्थ
जीवनको
आधार
हो
।
रिस,
राग,
द्वेसबाट
मुक्त
मानिस
स्वच्छ
मन,
मस्तिष्कको
प्रतीक
हो
।
त्यसैले
स्वस्थ
शरीर
राख्नका
लागि
विभिन्न
आसन
गर्न
जरुरी
भएझैं
मनलाई
स्वच्छ
राख्नका
लागि
प्राणायाम
र
ध्यान
जरुरी
छ
।
शारीरिक
योगाभ्यासबाट
पनि
हामी
स्वस्थ
छाला
र
सुन्दर
शरीर
पाउन
सक्छौं
।
योगले
छालामा
चमक,
नियमित
रक्तसञ्चार
र
कसिलोपन
आउँछ,
फलस्वरूप
छाला
चाउरिन
पाउँदैन
।
हामीले
आफ्नो
शारीरिक
र
मानसिक
रोगलाई
चिनेर
आसन
र
प्राणायामको
अभ्यास
गर्नुपर्छ
।
योगबाट
रक्तशुद्धीकरण
हुनुका
साथै
रक्तसञ्चार
सन्तुलित
हुन्छ
।
अगाडि
झुक्ने
आसनको
अभ्यासले
रक्तसञ्चार
र
अनुहारको
मांसपेशीको
व्यायाम
हुन्छ
।
यस्ता
अरू
पनि
धेरै
आसन
छन्,
जसको
नियमित
अभ्यासले
छालासम्बन्धी
रोग
निदान
हुनुका
साथै
सौर्न्दर्यमा
निखार
ल्याउँछ
।
र्सूर्य
नमस्कारः
यो
सबैभन्दा
उत्तम
आसन
हो
।
यसमा
बाह्र
भिन्नाभिन्नै
प्रक्रिया
छन्,
जसले
शरीरको
सम्पर्ूण्ा
मांसपेशीलाई
मजबुत,
लचक्दार
पार्नुका
साथै
ब्लड
र्सर्कुलेसन
राम्रो
हुन्छ
।
समयको
अभाव
भए
बिहान
सधैं
र्सर्ूय
नमस्कार
गर्दा
मात्र
पनि
शरीरलाई
आवश्यक
कसरत
हुन
जान्छ
।
योगमा
विभिन्न
चौसट्ठी
आसनको
प्रयोग
हुन्छ
।
भिन्नभिन्नै
रोगको
उपचारका
लागि
यी
आसन
काफी
छन्
।
श्वासप्रश्वास
नियन्त्रण
गर्न
गरिने
प्राणायामबाट
तन
र
मनका
रोग
सदाका
लागि
निर्मूल
पार्न
सकिन्छ
।
यहाँ
अन्य
केही
महत्त्वपर्ूण्ा
आसनका
बारेमा
उल्लेख
गर्ने
प्रयास
गरिएको
छ
।
पवन
मुक्तासनः
यो
पेटका
रोगीहरूका
लागि
अत्यन्त
फाइदाजनक
आसन
हो
।
प्राय
रोग
पेटको
बिगारबाट
उत्पन्न
हुन्छन्
अर्थात्
स्वस्थ
खानपानका
साथै
पाचनक्रियालाई
सुधार्ने
काम
पवन
मुक्तासनले
गर्छ
।
हलासनः
यसले
थायरायड
ग्रन्थीलाई
ठीक
राख्छ
।
यो
आसनको
अभ्यासले
ग्यास्टिक
र
कब्जियतबाट
छुटकारा
पाई
मेरुदण्ड
स्वस्थ
र
लचिलो
राख्न
सकिन्छ
।
र्सवा·ासनः
यो
आसनबाट
पनि
थायराइड
ग्रन्थी
सक्रिय
हुन्छ,
जसले
शरीरको
तौललाई
नियन्त्रण
गर्न
पनि
मद्दत
गर्छ
।
यो
आसन
नियमित
गर्नाले
केश
फुल्ने,
र्झने,
पातलो
हुने
समस्याबाट
मुक्ति
पाउन
सकिन्छ
।
मोटोपन
कम
गर्नुपरेमा
पवन
मुक्तासन,
कटिचक्र
आसन,
भुजंगासन,
शलभासन,
नौकासन
साथै
कपालभाती
प्राणायाम
गर्नुपर्छ
।
अन्रि्रा
सुन्दरताको
शत्रु
भएकोले
यस
समस्याबाट
छुटकारा
पाउनका
लागि
र्सर्ूय
नमस्कारको
अभ्यासका
साथै
अनुलोमविलोम
प्राणायाम
गर्नुपर्छ
।
आँखामुनि
कालो
घेरा
देखिने
समस्या
भएमा
मण्डुका
आसन,
वज्रासन
गरे
फाइदा
हुन्छ
।
सौर्न्दर्यको
शत्रु
मानसिक
तनाब
र
रिस
पनि
भएकाले
कपालभाती
प्राणायाम
वा
सशांकासन
गर्नुपर्छ
।
प्राणायामः
श्वासप्रश्वास
नियन्त्रण
गर्ने
प्रविधि
नै
प्राणायाम
हो
अर्थात्
प्राणायामलाई
प्राण
ल्याउने
जीवनपद्धति
भन्न
सक्छौं,
प्राणायाम
घरमै
बसेर
शरीरलाई
धेरै
कष्ट
नदिई
सजिलो
आसनमा
बसेर
गर्न
सकिन्छ
।
योगासनका
लाभदायी
पक्ष
१.
पाचनप्रणाली
राम्रो
हुन्छ
र
पेटसम्बन्धी
समस्त
रोग
ठीक
हुन्छन्
।
२.
रोग
प्रतिरोधात्मक
क्षमता
अत्यधिक
मात्रामा
विकसित
हुन्छ
।
३.
बाथ,
पित्त
र
कफदोषबाट
मुक्ति
मिल्छ
।
४.
हृदय,
फोक्सो
र
मस्तिष्कसम्बन्धी
रोग
ठीक
हुन्छन्
।
५.
छालासम्बन्धी
विभिन्न
रोग
जस्तैः
चायाँ,
कोठी -तिलकोठी),
डन्डीफोर,
सेतो
दाग,
चाउरीपन
आदिबाट
मुक्त
भई
छालामा
तेज
-कान्ति)
आउँछ
।
६.
मोटोपन,
मधुमेह,
कब्जियत,
ग्यास्टिक,
एलर्जी,
श्वासप्रश्वासको
कठिनाइ,
कोलेस्टोरोल,
रक्तचाप,
किड्नीको
रोग,
माइग्रेन
पेन,
यौनरोग
र
क्यान्सरबाट
पनि
छुटकारा
पाउन
सकिन्छ
।
७.
वंशानुगत
रोगहरूबाट
पनि
छुटकारा
मिल्छ
।
८.
कपालसम्बन्धी
सबै
समस्याबाट
मुक्ति
मिल्छ
।
९.
आँखासम्बन्धी
विभिन्न
रोगबाट
मुक्ति
मिल्छ
।
१०.
नकारात्मक
सोचविचारबाट
मुक्त
भई
सकारात्मक
सोचको
उदय
हुन्छ
र
मनमा
कुनै
रिसराग
रहँदैन
।
अनुशासनले
हाम्रो
दैनिक
जीवनलाई
सुचारु
बनाउन
सक्छ
।
शरीरलाई
स्वस्थ
किसिमले
सञ्चालन
गर्न
पनि
अनुशासनको
आवश्यकता
छ
।
त्यो
अनुशासन
हामीलाई
योगले
सिकाउँछ
।
योगको
अनुशासनमा
बाँधिएर
गरिने
हरेक
आसनले
हाम्रा
लागि
शारीरिक
एवम्
मानसिक
रोगबाट
मुक्तिको
बाटो
खोलिरहेका
हुन्छन्
।
|