|
सुधांशुको
सोच
भनिन्छ-
माया
देखाउने
कुरो
होइन
तर
यसो
भन्दैमा
विदेशमा
बसेर
नेपालको
माया
लागिरहन्छ
भनेर
गफ
दिइरहनुको
अर्थ
छैन,
कामै
गरेर
देखाउनुपर्छ
।
एघार
वर्षघि
अमेरिका
पसेका
नायक
सुधांशु
जोशीले
स्वदेशप्रतिको
मायालाई
व्यवहारमै
देखाएका
छन्
।
उनलाई
हरपल
स्वदेशको
मायाले
सताउँछ
।
विदेशमा
बसेर
नेपाललाई
मिस
गरिरहेपछि
उनले
स्वदेशको
सम्झना
र
अमेरिकाको
संर्घष्ालाई
आत्मसात्
गर्दै
नेपाल
नाम
दिएर
फिल्म
नै
बनाए
।
दयाराम
दाहालको
निर्देशन
तथा
चर्चित
हास्य
अभिनेता
निर्मल
शर्मा
र
निर्माता
राजन
शाहीसँग
संयुक्त
रूपमा
बनाएको
नेपालभरि
उनले
देशको
माया
पोखेका
छन्
।
ँवास्तवमै
देशमा
बसिरहँदा
भन्दा
विदेशमा
गएपछि
स्वदेशको
मायाले
पिरोल्दो
रहेछ
।
अमेरिकामा
बस्दा
नेपाल
अनि
नेपालमा
रहेका
साथीभाइ
इष्टमित्र
र
आफन्तको
याद
आइरह्यो
।
विदेशमा
बसे
पनि
देशका
लागि
केही
गरौं
भन्ने
लाग्यो
।
नेपाल
आएर
साथी
निर्मलजीसँग
सल्लाह
गरेँ
र
नेपाल
नाम
राखेर
फिल्म
बनाएँ’,
पछिल्लोपटक
आफना
मायालु
पिताको
देहान्तको
छमहिने
संस्कार
गर्न
नेपाल
आएका
बखत
सुधांशुले
कामनासँग
भने-
ँमलाई
मात्र
होइन,
विदेशमा
बस्ने
हरेक
नेपालीलाई
आफनो
मातृभूमिको
मायाले
यसै
गरी
पोल्ने
गर्छ
।
त्यही
मायालाई
मैले
नेपालमार्फत
पोखेको
छु
।
देशको
मायाभन्दा
ठूलो
केही
हुँदो
रहेनछ
।’
सुधांशुले
आफनो
चलचित्रमा
केवल
देशप्रतिको
अगाध
माया
मात्र
पोखेका
छैनन्,
यो
चलचित्रमार्फत
विश्वशान्तिको
कामना
पनि
गरेका
छन्
।
ँअहिले
विश्वका
हरेक
देशमा
कुनै
न
कुनै
नाम
र
रूपमा
अशान्ति
मच्चिएको
छ
।
नेपाल
पनि
शान्त
छैन
।
आफनो
देशमा
भएको
लडाइँ-झगडाले
सबैभन्दा
बढी
हामी
विदेशमा
बस्नेलाई
पोल्छ
।
आजको
माग
भनेकै
सबैका
लागि
विश्वमा
शान्ति
हो’,
जाली
रुमालजस्तो
प्रेमकथाको
चलचित्रका
यी
चकलेटी
नायक
अत्यन्त
भावुक
हुँदै
भन्दै
थिए-
ँनेपालमा
हामीले
विश्वशान्तिको
कुरा
उठाएका
छौं,
राजनीतिक
दाउपेचका
कारण
समाजमा
परेको
असरलाई
पनि
उदांगो
पारेका
छौं
।’
त्यसो
त
यो
चलचित्र
निर्माणका
लागि
पटकपटक
समाजका
विभिन्न
वर्गसँग
लामो
अन्तरक्रिया
गरिएको
थियो
।
अन्तरक्रियाको
निष्कर्षछि
राष्ट्रियताले
ओतप्रोत
गरी
केही
व्यावसायिक
मरमसला
हालेर
निर्माण
गरिएको
यो
चलचित्रलाई
पनि
अन्य
व्यावसायिक
चलचित्रजसरी
पर््रदर्शनका
लागि
पालो
कुराइएको
छ
।
यसमा
उनको
चित्त
दुखाइ
रहेछ,
भन्छन्-
ँराष्ट्रियता
बोकेको
फिल्मलाई
विशेष
प्राथमिकता
दिनुपर्ने
हो
तर
रिलिजका
लागि
दुइ
वर्षम्म
डेट
नै
पाइएको
छैन
।
अर्को
कुरा,
हामी
विदेशमा
बस्नेले
बनाएको
फिल्मलाई
थप
प्राथमिकता
दिइनुपर्ने
हो
।
त्यसो
भयो
भने
न
अमेरिका,
युरोप
जहाँ
बसे
पनि
फिल्म
बनाउन
आइन्छ
तर
एउटै
फिल्मको
रिलिजलाई
वर्षौं
कर्ुर्नुपर्यो
भने
कसरी
बन्ला
विदेशमा
बस्ने
नेपालीबाट
फिल्म
-’
उनको
ठम्याइ
छ-
ँविदेशमा
बस्नेलाई
केही
सहुलियत
र
सुविधा
दिइयो
भने
अमेरिकामा
बस्ने
धेरै
नेपाली
फिल्म
मेकिङमा
इन्टे्रस्टेड
छन्
।’
यो
चलचित्रको
पर््रदर्शनमा
ढिलाइ
भएपछि
पछिल्लो
समयमा
अमेरिकामा
आईटीको
क्षेत्रमा
काम
गरिरहेका
सुधांशु
अर्को
चलचित्र
पनि
बनाउने
सोचमा
छन्
।
ँअर्को
फिल्मको
प्लानमा
पनि
छु,
त्यो
मुभीका
लागि
कन्सेप्टहरू
तयार
पारिरहेको
छु’,
उनी
भन्छन्-
ँयो
फिल्मको
रिलिज
नसकीचाहिँ
बनाउँदिनँ
।’
नयाँ
क्यारियरको
खोजी
अनि
हलिउड
कलाकारको
मेथोडलाई
नजिकबाट
नियाल्न
अमेरिका
पसेका
सुधांशु
शुरूमा
त्यहाँ
विभिन्न
काम
गरिसकेपछि
आईटी
इन्डस्ट्रीमा
प्रवेश
गरेे
।
फलस्वरूप
अमेरिकी
सरकारको
मिना
पोलिस
डिपार्टमा
सफटवेयर
डेभलपरका
रूपमा
काम
पाए
।
ँहलिउड
आर्टिस्टको
मेथोडका
बारेमा
किन
ज्ञान
नलिने
भन्ने
शुरूदेखि
नै
लागेको
थियो
।
त्यसैले
अरू
बेला
काम
गरेँ,
स्ट्रगल
गरेँ
र
विकेन्डमा
मेथोड
एक्टिङको
क्लास
लिएँ’,
ब्लिप्ट
ट्रान्र्सवर्ड
थिएटर
इन्स्िटच्युट
र
कमन
बेसिस
थिएटरबाट
मेथोड
एक्टिङका
विषयमा
प्रशिक्षण
हासिल
गरेका
सुधांशुले
भने-
ँक्लास
लिन
थालेदेखि
नै
केही
गरौं
भन्ने
लागिरहेको
थियो
।
त्यसैले
फिल्म
मेकिङमा
पनि
हात
हालेँ
।’
डेढ
दशकअघिजसो
पहिलोपटक
जाली
रुमालमा
चकलेटी
हिरोका
रूपमा
ब्रेक
पाएका
सुधांशुले
जयबाबा
पशुपतिनाथमा
गरेको
महादेवको
भूमिकाबाटसमेत
प्रशंसा
पाएका
थिए
।
त्यसबाहेक
रणभूमि,
हत्या,
यो
मायाले
लौन
सतायो,
विषालु,
सीमारेखा,
अवतारजस्ता
चलचित्रमा
काम
गरिसकेपछि
आफनो
क्रेज
रहेकै
बेला
उनी
अमेरिकातिर
लागेका
थिए
।
सांग्रिला
नामक
हिन्दी
सिरियलमा
ओम
पुरीजस्तो
बलिउड
हस्तीसँग
काम
गर्ने
अवसर
पाएका
उनले
त्रिकोण,
नमस्ते
काठमाडौं,
जीवनयात्राजस्ता
नेपाली
सिरियलमार्फत
पनि
आफनो
क्रेज
कायम
गरेका
थिए
।
|
|