विषय सूची
) नायिकाक सेक्सभिडियोका सनसन
) मिस नेपाल
) लगन जुरुयो
) नायिकाको यौन-उदारता
)

र्याम्पमा खेलाडी

) हंसिली हंसिका
) रोयल्टी
) हिट्स अफ मन्थ
)

सुन्दर योग

) सुधांशुको सोच

 

 
 

र्याम्पमा खेलाडी

 खेलाडीहरू र्याम्पमा उत्रने खबरले नेपालगन्जकी पत्रकार दीपा आलेको मनमा बिहानैदेखि कौतूहल जगाइरहेको थियो कार्यक्रममा भाग लिन आएकी उनकी सहकर्मी प्रेरणा तामाङ पनि त्यस विषयमा जिज्ञासु देखिन्थिन् उनीहरू मात्र हैन, पहिलोपटक कार्यक्रम हर्ेर्ने मौका पाएका जुम्ला खेलकुद विकास समितिका अध्यक्ष भीम थापालगायत र्सवसाधारणलाई खेलाडीले नृत्य मोडलिङ गर्ने खबरले त्यस दिन राष्ट्रिय नाचघरसम्म तानेको थियो

नेपाल खेलकुद पत्रकार मञ्चले बर्सर्ेे प्रदान गर्ने वर्षा उत्कृष्ट खेलाडी घोषणा तथा सम्मान समारोहका अवसरमा गत भदौ २५ गतेका दिन नेपाली खेलकुदका रोलमोडलहरूले नृत्य देखाए, अनि र्याम्पमा उत्रिए

तेक्वान्दो स्टार आयशा शाक्यलाई शुरूमा मोडलिङ गर्ने भनेपछि उकुसमुकुस लागेको थियो विजयमा स्याबासी पराजयमा गाली खान अभ्यस्त भइसकेकी आयशालाई अलग परिदृश्यमा दर्शकको मन जित्न सकिँदो रहेछ भन्ने अनुभव भयो लगातार दुइ वर्षमोडलिङ गरेकी आयशा भन्छिन्- ँखेलकुदमा लागेर सेलिब्रिटी बन्न गार्हो , सायद मोडलिङ अलि सजिलो होला।

आयशा वर्षेलाडी-२०६३ को युवा खेलाडी विधाकी विजेता हुन् उनी साग खेलकुद प्रतियोगिताकी रजत पदकधारी खेलाडी हुन् ँशारीरिक रूपमा खेल कठिन विधा पक्कै हो तर व्यक्तित्व देखाउन मोडलिङ जरुरी रहेछ’, ललितपुर नकबहिलनिवासी २२ वषर्ीया आयशाले कामनासँग भनिन्- ँमोडलिङमा पनि गार्हो पक्कै होला तर खेलमा धेरै गार्हो खेलकुदसम्बन्धी मोडलिङ गर्ने अफर आयो वा समाजलाई उचित सन्देश प्रवाह गर्ने खालको भूमिकामा मोडलिङ गर्ने प्रस्ताव आयो भने त्यस्तोमा काम गर्ने इच्छा राखेकी छिन् उनले

नेपाली राष्ट्रिय फुटबल टोलीका भर पर्दा गोलकिपर विकास मल्ललाई पनि त्यस्तै भयो   उनले पनि मोडलिङ गर्ने सोचेका थिएनन् तर यसपटक  र्याम्पमा उत्रिँदा उनले पनि बेग्लै अनुभूति गरे भने- ँरमाइलो भयो, नौलो अनुभव बटुल्न पाइयो व्यक्तित्व विकास गर्ने मौकासमेत मिल्यो अलग क्षेत्रमा पनि काम गर्न सकिँदो रहेछ भन्ने आत्मविश्वास सो कार्यक्रमबाट बढेको उनले बताए  ँखेलकुद मोडलिङ एकदम फरक विधा हो’, २४ वषर्ीय विकासले भने- ँसेलिब्रिटी बन्न खेलकुद मोडलिङ दुवैको भूमिका त्यत्तिकै रहन्छ होला

आगामी दिनमा मोडलिङ गर्ने इच्छा पालेका विकासले भने- ँयद्यपि खेल मेरो पहिलो रोजाइ हो, त्यसपछि मात्र मोडलिङ

खेल कार्यक्रमकी अर्की मोडल समृद्धि र्राई बास्केटबलकी उदीयमान खेलाडी हुन् खेलपत्रकारहरूको आग्रह र्टार्न नसकेर अन्तिम समयमा प्रशिक्षणमा आएकी समृद्धिलाई र्याम्पमा उत्रिएको क्षणभन्दा पनि अलगअलग खेलका मोडल खेलाडीसँग चिनजान भएकोमा खुसी लागेको अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिनिधित्व गर्ने तीव्र इच्छा भएकै कारण खेलविधा रोजेकी रहिछन् उनले यद्यपि बास्केटबलको अन्तर्राष्ट्रिय सहभागिता एकदम न्यून हुने देखेर अब विधा परिवर्तन गर्दै छिन् आउँदो वर्षो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउने तयारी गर्दै छिन् मिस टिन-२००६ की रनरअप उनी  भन्छिन्- ँमेरो इच्छा भनेको अन्तर्राष्ट्रिय भूमिमा कुनै पनि विधाबाट राष्ट्रको प्रतिनिधित्व गर्नु हो, जुन सम्भावना मैले मिस नेपालमार्फ देखिरहेकी छु

खेलकुद सेलिब्रिटीका रूपमा स्थापित ओलम्पियन दीपक विष्ट र्याम्पमा आउँदा दर्शकले गडगडाहट तालीले स्वागत गरे ँत्यो खेलाडीप्रतिको माया थियो’, साग स्वर्ण्र्ाा ह्याटि्रककर्ता तथा एसियाडका दोहोरो कांस्यपदकविजेता दीपकले भने- ँहाम्रो देशमा अझै खेलाडीलाई सेलिब्रिटीका रूपमा स्वीकार्ने संस्कार बसिसकेको छैन राष्ट्रको नाउँ फैलाउन खेलकुदजति सफल विधा अरू नभएको दीपकको भनाइ शुरूमा र्याम्पमा उत्रन खेलपत्रकारको प्रस्तावलाई अप्ठ्यारो महसुस गरेका रहेछन् उनले ँपछि रमाइलो लाग्यो’, दीपकले भने- ँखेलाडी हरेक काममा सक्षम छन् भन्ने बलियो उदाहरण हो यो ’  र्याम्पमा उत्रिएको अर्को साता उनी मोटरसाइकलको विज्ञापनमा देखिएका थिए

खेलाडीहरूलाई र्याम्पमा उतार्न कोरियोग्राफर कमल  ओझाले प्रमुख भूमिका निर्वाह गरेका हुन् दुइ हप्ताको प्रशिक्षणबाट उनले खेलाडीलाई कुनै व्यावसायिक मोडलको भन्दा कम पर््रदर्शन हुन दिएनन् मिस्टर नेपाल-२००६ का सहभागी तथा मिस्टर एन्ड मिस युनिभर्सिटी-२००६ का कोरियोग्राफर कमलले भने- ँसामान्य मानिसलाई एक महिनाको कोर्सबाट मात्र र्याम्पमा उतार्ने गरिन्छ तर खेलाडी अनुशासित हुने भएकाले होला, यिनीहरूमा तुरुन्त सिक्न सक्ने क्षमता देखें विगत तीन वर्षेखि वर्षेलाडीहरूलाई र्याम्पमा उतार्दै आएका उनले खेलाडीहरूमा सिक्न सक्ने कला ग्ल्यामर कलाकारमा भन्दा बढी भेटेको महसुस गरेका छन्

विदेशमा खेलाडीले मोडलिङबाट करोडौं रकमको आयआर्जन गरिहेका हन्छन् नेपालमा भने त्यसको विकास अझै हुन सकेको छैन   कमलले भने- ँस्थापित खेलाडीलाई मोडलिङको दुनियाँमा प्रवेश गराउन सकियो भने नेपाली खेलाडीको आम्दानी ह्वात्तै बढ्न सक्छ मोडलिङको दुनियाँ अझ समृद्ध बन्न सक्छ

विश्वपरिदृश्य नियाल्ने हो भने पनि युरोपमा चर्चित खेलाडीहरूको क्रेजले ठूला मोडललाई छायामा पारेको देखिन्छ छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने पनि फिल्मी कलाकारहरूको आकर्षा जति , त्यसलाई राष्ट्रिय क्रिकेटरहरूले सजिलै उछिन्ने गर्दछन्         - टीएस ठकुरी

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.