|
रोयल्टी
एफएम
रेडियोमा
अत्यधिक
बज्ने
यो
गजलले
कति
रुपियाँकमायो
होला,
अन्दाज
गर्न
सक्नुहुन्छ
-
पक्कै
तपाईंको
अन्दाज
हजार
हुँदै
लाखौं
रुपियाँसम्म
पुग्ला
तर
वास्तविकता
अमिलो
छ
।
अझ
मोबाइलको
ँरिङब्याक
टोन’
मार्फ
त
यो
गीतले
करोडौं
आम्दानी
गरिसकेको
छ
तर
यसका
गायक/गायिका
अञ्जु
पन्त/जगदीश
समाल,
संगीतकार
महेश
खड्का
र
गीतकार
विपिन
किरणलाई
भने
आर्थिक
रूपमा
खासै
सन्तुष्टि
महसुस
गराएन
।
गीतको
चर्चाबाटै
उनीहरूले
चित्त
बुझाउनुपरेको
छ
।
यहाँनिर
प्रसंग
हो-
रोयल्टीको
।
कुनै
पनि
गीतलाई
र्सार्वजनिक
र
आर्थिक
लाभका
निम्ति
प्रयोग
गरेबापत
रोयल्टी
प्रदान
गरिनुपर्ने
कानुनी
प्रावधान
ँकागजी’
रूपमा
लागू
भएको
झन्डै
आठ
वर्षबित्न
लागिसक्यो
।
कतिपय
कलाकार
स्वयं
नै
यो
जानकारीबाट
वञ्चित
देखिन्छन्
।
प्राविधिक
कठिनाइका
कारण
पनि
रोयल्टी
संकलन
कार्यान्वयनमा
बाधा
खडा
भइरहेको
छ
।
नत्र,
कानुन
बनेको
सात
वर्षबितिसक्दा
पनि
कलाकार/स्रष्टाले
आफू
ठगिइरहेको
टुलुटुलु
हेरिरहनुपर्ने
अवस्था
रहन्नथ्यो
होला
।
बढ्दो
ँपाइरेसी’
बाट
पिल्सिरहेका
कलाकार/स्रष्टाका
गीत
त
ँहिट’
हुन्छन्
तर
त्यसअनुसारको
आम्दानी
हुन
नसक्दा
खिन्न
देखिन्छन्
।
२०५९
सालमा
प्रतिलिपि
अधिकार
ऐन
लागू
भएसँगै
उनीहरूले
ँरोयल्टी’
पाउनुपर्ने
ँकानुनी
अधिकार’
तय
भएको
हो
तर
अझै
रोयल्टीको
अधिकार
खोज्नेतर्फउनीहरूको
ध्यान
गएको
पाइँदैन
।
यसैबाट
बुझिन्छ,
नेपाली
संगीत
पर्ूण्ातया
व्यावसायिक
भइसकेको
छैन
।
त्यसो
त
रेडियो
एफएम,
होटल
तथा
रेस्टुरेन्ट,
सवारीसाधन
र
र्सार्वजनिक
स्थलमा
गीत
बजाएबापत
ँरोयल्टी’
दिइनुपर्ने
कानुनी
प्रावधान
छ
।
स्टेज
शोमा
पनि
गीतकार
र
संगीतकारसमेत
रोयल्टीको
हकदार
हुने
कानुनमा
स्पष्ट
पारिएको
छ
।
प्रतिलिपिअधिकार
रजिस्ट्रार
कार्यालयका
शाखाअधिकृत
नारायण
अर्यालका
अनुसार
ँप्रतिलिपिअधिकार
ऐन’ले
कुनै
पनि
सिर्जनालाई
र्सार्वजनिक
रूपमा
प्रयोग
गर्दा
ँरोयल्टी’
दिनुपर्ने
कानुनी
अधिकार
प्रदान
गरेको
छ
तर
रोयल्टी
उठाउने
काम
सरकारको
नभई
ँरोयल्टी
संकलन
समाज’
गठन
गरी
कलाकार/स्रष्टा
स्वयम्ले
त्यसैमार्फ
उठाउन
पाउने
अधिकार
ऐनले
दिएको
छ
।
तर
समाजको
दायरामा
गीतकार
तथा
संगीतकारलाई
मात्रै
पारिएकाले
हालै
स्वरकर्मीले
पनि
ँनेपाल
गायक
समाज’
स्थापना
गरेका
छन्
।
यसका
अध्यक्ष
गायक
रामकृष्ण
ढकालका
अनुसार
रोयल्टी
संकलन
गरी
वितरण
गर्ने
सम्झौता
रोयल्टी
संकलन
समाजसँग
भइसकेको
छ
।
उता,
एल्बम
निकाल्ने
कम्पनीहरूले
कलाकारसँगको
सम्झौताअनुसार
बिक्रीको
आधारमा
रोयल्टी
प्रदान
गर्दै
आएका
छन्
।
नेपाली
सांगीतिक
फाँटमा
२५
वर्षेखि
काम
गर्दै
आएको
म्युजिक
नेपालको
पहिलो
दशकमा
लोकगायक
बमबहादुर
कार्की
र
प्रेमराजा
महतको
ँदाँैतरी’
एल्बम
रोयल्टीमा
अग्र
स्थानमा
रहेको
थियो
।
त्यस्तै,
दोस्रो
दशकमा
खेमराज
गुरुङको
ँएकादशी
बजारैमा’
एल्बमले
रोयल्टीमा
आधिपत्य
जमाएको
म्युजिक
नेपालले
जनाएको
छ
।
म्युजिक
नेपालले
हरेक
तीन
महिनामा
रोयल्टी
प्रदान
गर्दै
आएको
छ
।
हालसम्म
एकै
र्सजकलाई
बढीमा
१५
लाख
रुपियाँ
रोयल्टी
प्रदान
गरेको
प्रशासनप्रमुख
उत्तम
थापाले
बताए
।
रामकृष्ण
ढकाल,
कुन्ती
मोक्तान
र
राजु
लामाजस्ता
चर्चित
गायकगायिकाको
नाम
यो
कम्पनीबाट
धेरै
रोयल्टी
थाप्नेको
सूचीमा
छ
।
रेडियो
एफएमले
कति
दिन्छ
?
व्यापारिक
प्रयोजनका
निम्ति
गीत
बजाएबापत
राजधानीका
पुराना
एफएममध्ये
कान्तिपुरले
वाषिर्कोत्सवको
अवसर
पारेर
उत्कृष्ट
१०
गीतका
र्सजकलाई
रोयल्टी
प्रदान
गर्दै
आएको
छ
।
रेडियो
नेपालले
भने
प्रायोजित
कार्यक्रममा
बज्ने
गीतलाई
५
र
अन्यलाई
३
रुपियाँका
दरले
रोयल्टी
दिँदै
आएको
छ
।
रेडियो
नेपालले
पनि
हरेक
वाषिर्कोत्सवका
अवसरमा
रोयल्टी
वितरण
गर्ने
गरेको
छ
।
कतिले
त
हालसम्म
पनि
रोयल्टी
बुझ्न
बाँकी
नै
रहेको
रेडियोका
कर्मचारी
संगीतकार
भरत
बमजनले
जानकारी
गराए
।
इमेज
एफएमका
स्टेसन
म्यानेजर
भरत
शाक्य
भने
रोयल्टी
प्रदान
गर्न
सैद्धान्तिक
सहमति
भए
पनि
प्रक्रिया
नमिलिरहेको
बताउँछन्
।
उनले
कानुनी
प्रक्रिया
पूरा
भएपछि
मात्रै
आफ्नो
एफएमले
रोयल्टी
दिने
स्पष्ट
पारे
।
त्यस्तै,
चौबीसै
घण्टा
गीत/संगीत
मात्र
प्रसारण
गर्दै
आएको
हिट्स
एफएमले
पनि
अहिलेसम्म
रोयल्टी
दिएको
छैन
।
ँकसलाई
कति
दिने
-’
भन्ने
निक्र्योल
नभएकाले
आफूहरूले
अहिलेसम्म
रोयल्टी
नदिएको
हिट्सका
प्रशासनप्रमुख
जीवन
श्रेष्ठले
जानकारी
गराए
।
काठमाडौं
महानगरपालिकाद्वारा
सञ्चालित
मेट्रो
एफएमले
भने
स्थापनाताका
एकपटक
रोयल्टी
दिए
पनि
त्यसपछि
दिएको
छैन
।
कामपा
सूचना
तथा
अभिलेख
महाशाखाप्रमुख
विक्रम
अधिकारी
क्षत्रीका
अनुसार
यसबारे
महानगरपालिका
बोर्डबाटै
निर्णय
गरिनुपर्ने
भएकाले
रोयल्टी
रोकिएको
हो
।
हालसम्म
पारिश्रमिकबाहेक
रोयल्टी
नपाएको
बताउने
चर्चित
संगीतकार
राजु
सिंहले
ँरोयल्टी
जम्मा
भइरहेको’
आश्वासन
भने
पाएका
रहेछन्
।
भन्छन्-
ँयसबारे
सबै
संगीतकर्मी
एकजुट
भएर
आवाज
उठाउनर्ुपर्छ
।
लगानीकर्ताले
मात्रै
पाउने
हो
कि
अरूले
पनि
पाउने
हो
-
यो
अन्योल
निवारण
हुनर्ुपर्छ
।’
यसबारे
ठोस
नीति
आवश्यक
भएको
उनको
ठहर
छ
।
यसबाट
संगीतकार,
कलाकार
र
सञ्चारमाध्यमको
समन्वय
अझ
सशक्त
हुने
धारणा
राख्दै
उनले
थपे-
ँस्पष्ट
नीति
बन्न
सकेको
खण्डमा
भावी
पुस्तालाई
सहज
हुन्छ
।’
के
गर्दै
छ
समाज ?
रोयल्टी
संकलनका
निम्ति
मापदण्ड
तोक्ने
कार्यभार
सम्हालेको
रोयल्टी
संकलन
समाजका
अध्यक्ष
यादव
खरेलका
अनुसार
रोयल्टी
संकलन
कार्यलाई
अब
चाँडै
कार्यान्वयनमा
ल्याइनेछ
।
यो
समाज
दुइ
वर्षघि
स्थापना
भएको
हो
।
रोयल्टी
संकलनका
निम्ति
सूचना
संकलन
गर्ने,
कम्प्युटरमा
तथ्यांक
राख्ने
र
कसरी
वितरण
गर्ने
भन्नेबारे
प्रशिक्षण
दिन
आगामी
महिना
सिंगापुरबाट
विशेषज्ञ
झिकाइने
भएको
छ
।
यसका
लागि
समाजले
व्यावसायिक
प्रयोजनमा
गीत
बजाएबापत
रेडियो
नेपाल
र
नेपाल
टेलिभिजनसँग
पहिलो
चरणमा
एक
लाख
रुपियाँ
लिने
सम्झौता
गरिसकेको
छ
तर
रकम
भने
प्राप्त
भई
नसकेको
समाजका
अध्यक्ष
खरेलले
जनाए
।
एफएम
स्टेसनहरूसँग
छलफल
गरी
कुल
विज्ञापनको
२
प्रतिशत
रोयल्टी
पाउनुपर्ने
प्रस्ताव
समाजले
अघि
सारेको
छ
।
र्सार्वजनिक
प्रयोजनका
निम्ति
गीत
बजाइने
होटल
तथा
रेस्टुरेन्ट
व्यवसायी
र
यातायात
व्यवसायीसँग
पनि
समाजले
छलफल
गरेको
छ
।
होटलको
स्तर
र
सवारीसाधनको
सिट
क्षमता
हेरेर
ँप्रस्तावित
रोयल्टी’
निर्धारण
गरिने
अध्यक्ष
खरेलले
बताए
।
गीत
बजाउने
सबै
क्षेत्रले
रोयल्टी
दिइनेमा
सहमति
जनाइसके
पनि
दररेट
निर्धारण
र
कसरी
प्रदान
गर्ने
-
भन्ने
निश्चित
हुन
नसकेकाले
संकलन
कार्य
थाल्न
नसकिरहेेको
खरेल
बताउँछन्
।
प्रसंग
सीआरबीटीको
म्युजिक
नेपालले
मोबाइलमा
बज्ने
-कल
रिङब्याक
टोन)
सीआरबीटीको
रोयल्टी
दिने
परम्परा
यसै
वर्षेखि
थालेको
छ
।
यसले
२०६५
सालसम्म
प्रयोग
भएको
आप\mनै
कम्पनीद्वारा
उत्पादित
गीतमध्ये
सबैभन्दा
बढी
ँडाउनलोड’
भएका
पाँचलाई
रोयल्टी
प्रदान
गरेको
छ
।
यीमध्ये
रमण
घिमिरेको
शब्द,
मदन
दिपबिमको
संगीत
र
ममता
दिपबिमको
स्वरको
त्रि्रो
यादमा
कल्पीकल्पी
बोलको
गीतले
१८
हजार
रोयल्टी
पाएको
छ
।
यो
रकमलाई
गीतकार,
गायिका
र
संगीतकारबीच
दामासाही
गरिएको
छ
।
त्यसै
गरी
राजु
लामाको
पर्खाइमा,
कालीप्रसाद
रिजालको
मन
पराउने
हजार
भेटिन्छन्,
एस्पी
कोइरालाको
लाजको
लाली
र
मिलन
लामाको
झल्को
लालीओठको
गीतले
पनि
रोयल्टी
थापेका
छन्
।पछिल्लो
समय
सीआरबीटी
परम्पराले
कलाकारलाई
हौस्याएको
पनि
छ
।
सीआरबीटी
नम्बर
अंकित
नभएको
नयाँ
एल्बम
कमै
देखिन्छ
।
नयाँ
गीतका
लागि
यो
नम्बर
अनिवार्य
भइसकेको
छ
।
आम्दानीको
राम्रो
बाटो
बनिरहेको
सीआरबीटीले
केही
सकारात्मक
पक्ष
त
केही
विकृति
पनि
निम्त्याएको
देखिन्छ
।
यसले
राम्रो
धुन
सिर्जना
गर्न
महत्त्वपर्ूण्ा
भूमिका
खेलेको
छ
भने
तीनै
भागको
रोयल्टीको
लोभले
आपनै
रचना
र
संगीतमा
गाउने
प्रचलन
बढ्दै
जाँदा
राम्रा
गीतकार
र
संगीतकार
पाखा
लाग्ने
सम्भावना
निम्त्याउने
आशंका
संगीतकार
राजु
सिंहको
छ
।
-
मञ्जु
गुरुङ
|