विषय सूची
) नायिकाक सेक्सभिडियोका सनसन
) मिस नेपाल
) लगन जुरुयो
) नायिकाको यौन-उदारता
)

र्याम्पमा खेलाडी

) हंसिली हंसिका
) रोयल्टी
) हिट्स अफ मन्थ
)

सुन्दर योग

) सुधांशुको सोच

 

 
 

नायिकाको यौन-उदारत

लचित्र सिलसिलामा राज तिमल्सिना सोनिया केसीबीचको  टङकिस सिन पछिल्लो दिनमा चलचित्रक्षेत्रमा निकै चर्चाको विषय बन्यो चलचित्र सिलसिला हलबाट उत्रिन नपाउँदै अन्य केही चलचित्रमा पनि यस्तै दृश्य राखेर व्यापार बढाउने प्रयास गरेको देखियो अबका दिनमा धेरै चलचित्रमा चर्चाकै लागि पनि यस्ता दृश्य राख्ने होडबाजी चल्ने निश्चित तर अहिलेका सबै नायिका यस्ता सिन दिन तयार छन् वा छैनन् अथवा चलचित्रमा चल्नकै लागि यौनजन्य विषयमा कति उदार हुन सक्छन् - यो बहसको विषय हुन सक्छ

हुन अहिले चर्चा भए पनि एक दशकअगाडि नै नायिका करिस्मा नायक शिव श्रेष्ठले गरेको किससिन बिल्कुलै सामान्य थिएन चलचित्र सिलसिलामा किससिन अत्यन्तै आवश्यक भएर राखिएको यो चलचित्र चर्चामा ल्याउन मात्र राखिएको नभएको यसका निर्देशक राजेन्द्र उप्रेती बताउँछन् भन्छन्- ँकिसले मात्रै चलेको हैन, विषयवस्तु नै राम्रो भएर यो चलचित्र चलेको हो त्यस कारण चर्चाकै लागि कुनै निर्देशकले यस्तो सिन राखे वा कुनै नायिकाले चर्चित हुनका लागि किससिन गरिन् भने त्यो दुवैका लागि अभिषाप साबित हुन्छ  

अरूभन्दा फरक बोल्ड हुन चाहन्छु, रेखा थापालाई पनि टप्न चाहन्छु त्यसैले मैले सिलसिलामा किससिन दिएकी हुँ मैले यो निकै राम्रो काम गरें, लकी साबित भएँ उनी सेक्सका विषयमा चलचित्र बनेमा बकाइदा त्यस्तो सिन दिन पनि डराउँदिनन्

पछिल्ला दिनमा चलचित्रमा टिक्न नायिकाहरूमा केही हदसम्म यौन-उदारताको जरुरी हुने सबैले स्वीकारेका छन् भन्छन् पनि- ँनायिका सेक्सी देखिनर्ुपर्छ कथाले मागेअनुसारका दृश्य दिनु पनि पर्छ तर नेपाली चलचित्रमा नायिकाहरू जति उदार हुन्छन् त्यति नै कथाले माग्दै जान्छ नायिकाले मानिनन् भने कथाले पनि माग्दैन धेरैको आँकलन यही यस विषयमा सिलसिलाकी नायिका सोनिया भन्छिन्- ँम अरूभन्दा फरक बोल्ड हुन चाहन्छु, रेखा थापालाई पनि टप्न चाहन्छु त्यसैले मैले सिलसिलामा किससिन दिएकी हुँ मैले यो निकै राम्रो काम गरें, लकी साबित भएँ उनी सेक्सका विषयमा चलचित्र बनेमा बकाइदा त्यस्तो सिन दिन पनि नडराउने बताउँछिन् भन्छिन्- ँतर त्यो समाजमा पच्ने खालको भने हुनर्ुपर्छ ’ 

चलचित्र तोडकी नायिका उमा बेबी पनि कथाले सहज देखाएमा टङकिस गर्न तयार छिन् उनी सफलताका लागि शारीरिक फिटनेस अभिनयलाई महत्त्व दिन्छिन्, जसका लागि व्यायाम द्वन्द्व सिकिरहेकी छिन् ग्लेमरमा पनि केही लचकता अपनाउन तयार छिन् भन्छिन्- ँअब कथाअनुसार हटसिन, बेडसिन स्विमिङ गर्नु ठूलो कुरा होइन अहिलेको अवस्थामा अत्यन्तै राम्रो कथावस्तु भएको खण्डमा मैले टङकिस गर्दा डराउनुपर्दैन अभिनयक्षमताको अभावमा चल्नकै लागि मात्र यस्ता काम गर्ने हो भनेचाहिँ त्यो नायिका एक-दुइ वर्षमिस युज हुन्छे अनि उसका दिन पनि सकिन्छन् ’ 

ँअब चल्नका लागि सात तलाबाट हाम फालेर हँुदैन अबका दिनमा भरपूर मनोरञ्जन दिन सक्ने पात्र मात्र चल्न सक्छ पहिले नायिका चल्न आन्तरिक क्षमता जस्तै- नृत्य हाइट, राम्ररी मिलेको शरीर चाहिन्छ लामो रेसको घोडा हुने हो भने निश्चय नै भर्सटायल हुनर्ैपर्छ समयअनुसारको ड्रेसअप पनि गर्नुपर्छ चलचित्रमा निकै छोटा कपडा लगाउने विषयमा चाहिँ उदार छु तर चल्नका लागि किससिन, बेडसिनको डिटेल भने दिन तयार छैन, अझ टङकिस सम्भव नै छैन’ -यो भाषण नायिका ऋचा घिमिरेले दिएकी हुन्

उनले चलचित्र छोडी गए पाप लाग्लामा किससिन दिन मानिनन् तर अहिलेको समयमा किस सामान्य भएकाले आगामी दिनमा राम्रो डाइरेक्टरले किससिन राखेमा ओठमा किस खान भने उनी तयार भएकी छिन् उनलाई स्विमिङपुलमा कस्टम लगाउन अपत्ति छैन तर उनी कस्टम लगाएर बाटोमा दगर्ुन भने सक्दिनन् सेक्सी देखिने विषयमा उनी भन्छिन्- ँम आफूलाई साडीमा पनि सेक्सी देखाउन सक्छु मेरो एक्सप्रेसनले पनि मलाई सेक्सी देखाउँछ मैले चलचित्र छोडी गए पाप लाग्लाको एक गीतमा छोटो कपडाबिनै पनि निकै सेक्सी एक्सप्रेसन दिएकी छु कथाअनुसार नै चलचित्र जंगबाज, गुरुदक्षिणा र्फजमा निकै  सेक्सी छोटो ड्रेसमा अभिनय गरेकी छु

सिम्बोलिक बेडसिन किससिन चलचित्र धड्कनमै दिइसकेकी नायिका अरुणिमा लम्साल चलचित्रमा चर्चाकै लागि हटसिन वा किससिनको होडबाजीमा लाग्न तयार छैनन् भन्छिन्- ँम कुनै ग्लेमर पोजका लागि युज हुने नायिका हैन  दीपशिखामै धड्कनजस्तो ग्लेमर छैन् किनकि यो चलचित्र फरक विषयवस्तुमा बनेको एउटा चलचित्रमा केही एक्सपोज गरियो भन्दैमा अर्को चलचित्रमा झन् बढाउने भन्ने हुँदैन, एउटा चलचित्रमा थाई हल्का छाती देखाउँदै जाँदा अरू चलचित्रमा पूरै नांगै हुने भन्ने हुँदैन नि

चलचित्र गंगाजलमा द्वन्द्वका दृश्य गरेर आफूलाई सशक्त नायिकाको सूचीमा राखेको बताउने शोभिता सिंखडा चल्नका लागि मुख्यतः अनुशासित हुनुपर्ने आफूलाई सुहाउँदो रोलमा उभ्याउनुपर्ने बताउँछिन् ँजो आप+mैमा विश्वस्त हुँदैन, उसले मात्रै अंगपर््रदर्शन गर्छ अहिलेको परिस्थितिमा कथाले मागेमा टङकिससम्म दिनु सक्छु, सिम्पल बेडसिन पनि सामान्य नै हो ती दृश्य चलचित्रमा स्वाभाविक रूपमा आएका रहेनछन् चर्चाकै लागि मात्र राखिएका भएचाहिँ गर्दिनँ’ -उनी आफ्नो धारणा यसरी राख्छिन्  

ँसेक्सुअल रिलेसन गोप्य हुनर्ुपर्छ तर यस विषयको कुराकानी गोप्य हुनु जरुरी छैन यौनशिक्षाका लागि त्यस्ता विषयमा कुनै चलचित्र बन्छन् भने काम गर्न डराउनुपर्दैन तर हटसिन दिने भनेर जथाभाबी आफ्ना संवेदनशील अंग पर््रदर्शन गर्न तयार छैन ती अंगलाई सेफ नै राख्न चाहन्छु, फेरि मलाई ओभर ग्लेमर सुहाउँदा पनि सुहाउँदैन नायिका सौजन्य सुब्बाचाहिँ यसो भन्छिन् थप्छिन्- ँम अहिलेको परिस्थितिमा कुनै पनि हालतमा टङकिस दिन्नँ तर सामान्य किस वा बेडसिन दिन कुनै आपत्ति छैन र्

भर्खरै मात्र पति श्याम भट्टर्राईसँग छुट्टएिकी रञ्जना शर्मा अबको तीन वर्षछि मात्रै यस्ता विषयमा भेराइटिज दिन तयार छिन् करिअरको शुरुआतमै किस गर्ने अथवा अनावश्यक यौनजन्य दृश्य दिन उनी तयार छैनन्   ँम परिपक्व मेरो फिगर आकर्ष भएपछि सब चीज गर्छर्र अहिले गर्दिनँ   अहिलेका दिनमा एक्सप्रेसनबाट सेक्सी देखिने प्रयत्न गर्छर्ुु हिट भएपछि गर्नु ठीकै हुन्छ तर चर्चाका लागि मात्रै यस्ता घीनलाग्दा काम गरेर अघि आउने पनि देखिएका छन् यसले भने नेपाली चलचित्रमा निकै अराजक अवस्था ल्याउन सक्छ’ -उनको  ठम्याइ

विगतदेखि नै भद्र रूपमा प्रस्तुत भएकी नायिका सञ्चिता लुइँटेल यो विषयमा कहिल्यै अगाडि नआउने बताउँछिन् केही समयअघिको भेटमा नायिका सञ्चिताले आफू राम्रो अभिनयबाहेक अरू केही गर्न नसक्ने बताएकी थिइन् तर पछिल्लो भेटमा उनले यसो भनिन्- ँचलचित्र सुहाउँदो विषयमा बनेको भने किससिन मात्र हैन, बारमा डान्स गर्ने केटी बन्न पनि तयार छु

 चलचित्र धड्कनलाई निकै फरक ढंगले प्रस्तुत गरिसकेका नरेश पौडेल प्रेमीप्रेमिकाबीच हुने किसलाई समाजले पचाउन सके राम्रो हुने बताउँछन् भन्छन्-ँयो चलचित्र उद्योगकै लागि पनि उत्साही विषय हो तर ती दृश्य सही तरिकाले आएको हुनर्ुपर्छ धड्कनमा राखिएका सामान्य किस बेडसिनभन्दा पछिल्ला चलचित्रमा ग्लेमर पक्ष बढी देखिएको त्यो गलत नभएको उनको धारणा नायिकाहरूले कथाअनुसार मात्रै यौन-उदारता देखाउन उपयुक्त हुने सल्लाह उनले दिएका छन्                - सरोज प्याकुरेल

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.