विषय सूची
) नायिकाक सेक्सभिडियोका सनसन
) मिस नेपाल
) लगन जुरुयो
) नायिकाको यौन-उदारता
)

र्याम्पमा खेलाडी

) हंसिली हंसिका
) रोयल्टी
) हिट्स अफ मन्थ
)

सुन्दर योग

) सुधांशुको सोच

 

 
 

लगन जुरुयो

नेपाली चलचित्रक्षेत्रमा अब अविवाहित नायिकाहरूको खडेरी नै लाग्लाजस्तो भएको पछिल्लो समयमा हिट सुपरहिट चलचित्र दिइरहेकी नायिका ऋचा घिमिरे पनि अब लगनगाँठोमा बाँधिने भएकी छिन् लामो समयदेखि दर्जनौं चलचित्रका ग्ल्यामरस रूपमा दर्शकको मनमस्तिष्कमा राज गर्न सफल नायिका घिमिरेले आफूले लगातार दुइ चलचित्रमा सँगै काम गरेको पहिलोपटक आपैँले निर्माण गर्न लागेको चलचित्रका नवनिर्देशक शंकर घिमिरेसँग जीवन जिउन एग्रिमेन्ट गरिसकेकी छिन् बिहेका लागि आगामी मंसिर २७ गतेको रात्रिलगन पक्कापक्की पनि गरिसकिएको

त्यसो उनीहरूले एकअर्कालाई जीवनसाथीका रूपमा बुक गरेको अर्थात् पाश्चात्य समाजअनुसार इन्गेजमेन्ट तथा नेपाली समाजअनुसार टीकाटालो भन्ने गरिएको विधि पूरा गरिसके थोरै चलचित्रक्षेत्रका साथीसंगी तथा थोरै नै आफन्त इष्टमित्रलाई साक्षी राखेर नितान्त पारिवारिक घेराभित्र गरिएको यो विधिलाई शुरूमा गोप्य राख्ने प्रयास गरे ऋचाको पहिलेको भै व्यस्त फिल्मी क्यारियर तथा ऋचाको निर्माण शंकरको निर्देशनमा निर्माण नै शुरू हुन बाँकी चलचित्र तुलसीको भारतको मुर्म्बईमा गीत रेकर्डिङका कारण झन्डै एक महिनाजति इन्गेजमेन्टको कुरा गोप्य राख्न यो प्रेमजोडी सफल भए पनि कामनाकै सहप्रकाशन नेपाल समाचारपत्र दैनिकले उनीहरूको इन्गेजमेन्टको खोजपर्ूण्ा सामग्री प्रकाशन गरेपछि यस जोडीले यो विषयलाई गुपचुप राखिरहन सकेन अन्ततः स्वीकार गर्नैपर्यो

नेपाल समाचारपत्रले टीकाटालोको मिति, त्यसको पृष्ठभूमि, त्यसमा सहभागी आफन्त कलाकारको नाम नै किटेर विशेष सामग्री प्रकाशन गरेपछि अन्ततः ऋचा स्वयंले टीकाटालो भएको स्वीकार गरिन्

ऋचा शंकरबीच बिहेका लागि गत असोज २८ गतेका दिन थोरै आफन्त साथीभाइको जमघटमा टीकाटालो भएको थियो त्यस दिन नायिका घिमिरे राजधानीको भाटभटेनीस्थित ब्युटिसियन सान्द्रा पुनको पार्लरमा गई उनीसँग दुलहीको भैँm विशेष प्रकारको मेकअप गर्राई बौद्धस्थित घर गएकी थिइन् ऋचा शंकरको परिवारबीच भएको सहमति सल्लाहअनुसार केही समयपछि शंकर आफनी सानीआमा केही आफन्तका साथ ऋचाको घर पुगेका थिए नायिका घिमिरेको धेरै कलाकारसँग दोस्ती भए पनि टीकाटालो कार्यक्रममा ऋचाका अत्यन्त निकटका दुइ नायिका उषा पौडेल रञ्जु लामिछाने मात्र सामेल थिए

 विष वीरताको चिनोका नवनिर्माता तथा निर्देशक घिमिरेले आफना दुवै चलचित्रमा लगातार ऋचालाई नै लिएपछि सँगै काम गर्ने क्रममा उनीहरूबीच भएको घनिष्टता प्रेममा परिणत भइसक्दानसक्दै बिहेका लागि टीकाटालो भएको थियो शंकरले मनभित्र पलाएको प्रेम तनसम्म फैलिएपछि बिहेको प्रस्ताव राखेका थिए दुवैको परिवारले यसलाई स्वीकार गरेपछि कुरो टीकाटालोसम्म पुगेको थियो

टीकाटालोमा सामेल सबै अतिथि, साथीसंगी, आफन्त इष्टमित्रलाई ऋचा शंकर दुवैले मिडियासामु यो कुरा गोप्य राख्न विशेष अनुरोध गरेका थिए त्यसैले बारम्बार सर्म्पर्कको प्रयास गर्दा पनि ऋचा सर्म्पर्कमा आउनै चाहिनन् बरु आफनाबारे ँसत्य कुरा केही दिनभित्रै र्सार्वजनिक गर्ने साथीहरूमार्फत बताइन् तर ऋचाजस्ती अहिलेकी जल्दीबल्दी नायिकाको बिहेको छिनोफानो भएको समाचार लुकाएर लुक्ने कुरै थिएन लुकेन पनि उता शंकर पनि शुरूमा टीकाटालो भएको कुरा अस्वीकार गरिरहेका थिए तर बिहे गर्नेबारे पारिवारिक सल्लाह भएको कुरालाई उनी नकार्न सकिरहेका थिएनन् शंकर भन्दै थिए- ँइन्गेजमेन्ट गरेको भए लुकाउनुपर्ने कारण नै छैन नि झ् नेपाली कल्चरमा इन्गेजमेन्ट भन्ने नै हुँदैन एकैचोटि बिहे हुन्छ नि, होइन -’, उनको प्रश्नात्मक भनाइ थियो- ँबिहे गर्नेबारे सल्लाहचाहिँ भएको हो ऋचा मेरो परिवार बसेर सल्लाह गरेका हुन् तर बिहे गर्ने भनेर मिति तोकेका छैनौं, कन्र्फम पनि गरेका छैनौं

आफूद्वारा पहिलोपटक निर्मित तथा निर्देशित चलचित्र विषको निर्माणताका ऋचाको नजिक हुन पुगेका शंकर यसै चलचित्रको प्रदर्शनको डेट नजिकिँदै जाँदा उनै ऋचासँग बिहेबन्धनमा बाँधिन लागेको कुरा एउटा रमाइलो संयोग भएको   दुवैका परिवारले उनीहरूको प्रेमसम्बन्धलाई स्वीकार्दै टीकाटालो गरिदिएपछि ऋचा शंकरलाई सजिलै बिहे गर्न बाटो खुलेको उनीहरूको बिहेको लगन मंसिर २७ गते रातिका लागि जुरेको सानीमाको घरमा हर्ुर्केका चितवनका शंकरले त्यस रात घरबाट केही साथीभाइ, आफन्त कलाकारको जन्ती लिएर गौरीघाट गई ऋचालाई सिन्दूरपोते मंगलसूत्र पहिर्याई सधैंका लागि आफनी बनाउने योजना बनाएका छन् बौद्धकी ऋचा जन्तीसहितका उनलाई गौरीघाटस्थित आफन्तको घरमा दुलहाका रूपमा पर्खिने कुराले अहिलेदेखि रोमाञ्चित भइरहेकी छिन् ऋचाको परिवारले त्यसै रात जन्तेबाख्रो खुवाउने कार्यक्रम तय गरेको शंकरले भने बिहेको पर्सिपल्ट अर्थात् मंसिर २९ गते मात्रै छुट्टै प्रीतिभोज दिने कार्यक्रम बनाएका छन् जावलाखेलमा डेरामा बस्दै आएका शंकरले ऋचासँग सुखद दाम्पत्य जीवन जिउने सपना पूरा गर्न गौरीघाटस्थित खरीबोटमा एक घर किन्न बैना गरेका छन्

चलचित्र विष बनाउनुअगाडि नै आफू संलग्न चलचित्र पीडामा ऋचालाई देखेदेखि उनीबाट लट्ठ भएका शंकरले आपैँm गएर ऋचाकी आमासँग मागेका थिए छोरी शंकरबीच के चलिरहेको भन्ने कुराको छनक पाइसकेकी ऋचाकी आमाले पनि शंकरको कुरा सुन्नासाथ बिहे कहिले गर्ने विचार भनेर शुरूमै उनको प्रस्ताव स्वीकारेको संकेत दिएकी थिइन्

केही वर्षगाडि नारायण पुरीको निर्देशनमा बन्ने तयारी भएको चलचित्र पीडा निर्माणको तयारीताका शंकर ऋचाबीच भेट भएको थियो पछि निर्माण हुन नसकेको सो चलचित्रको कथा सुनाउने क्रममा पहिलोपटक ऋचालाई देखेका शंकर उनीबाट त्यतिखेरै आकषिर्त भएका थिए भन्ने कुरा ऋचाले पनि अहिले मात्रै थाहा पाइरहेकी छिन्   खलनायक सुनील थापाको निर्माणमा बन्ने तय भएको त्यस चलचित्रको मुहर्ूतका लागि दुलहीको भेषमा गएकी ऋचालाई देखेर मनमनै उनलाई आफनी दुलहीका रूपमा कल्पिएका शंकरलाई ऋचालाई आज आएर साँच्चै नै जीवनसंगिनी बनाउन पाएको यथार्थमाथि विश्वास गर्न कठिन भइरहेको ँआज आएर मेरो कल्पना साकार हुने भएको ’, शंकरले कामनासँग भने- ँऋचाको बोलीव्यवहार ट्यालेन्टले मलाई फयान बनायो

ऋचालाई भने शंकरले सानै उमेरमा गरेको प्रगति अनि उनको संर्घष्ा गर्न सक्ने शक्तिले तान्यो भन्छिन्- ँदाइ भन्ने गरे पनि उहाँ मेरो बेस्ट पे|mन्ड हुनुहुन्थ्यो कुनै कुरामा कसैसँग चित्त दुख्यो, कुनै कुरा मन परेन वा केही खुसीको कुरा भयो भने सेयर गर्थें अमेरिकाको डकुमेन्ट मगाएर मलाई त्यहाँ पठाउने पनि उहाँ नै हो ऋचाले मुस्कुराउँदै कामनासँग सेयर गरिन्- ँमैले तुलसी बनाउने सोच आएपछि उज्ज्वल घिमिरेलाई डाइरेक्टर उहाँलाई फाइनान्सियल सहकार्यका लागि साइन गरेँ त्यसमा पनि उहाँले साथ दिनुभयो यसबाट अझै प्रभावित भएँ उनी भन्दै थिइन्- ँअर्को कुरा, अहिलेका केटाहरू बाबुआमाको पैसामा जे पायो त्यही खाएर हिँड्छन् क्यारियर पनि बनाउन सक्दैनन् उहाँले जम्माजम्मी २७ वर्षो अर्थात् मभन्दा एक महिना मात्र जेठो भएर पनि सानै उमेरमा धेरै प्रगति गर्नुभएको पाएँ ऋचाले आफना राजकुमारका बारेमा भनिन्- ँउहाँको पोजिटिभ सोच, मेरो परिवारप्रतिको टि्रट सम्मान, मेरो ममी दाइसँगको क्लोजनेस, केही गरौं भन्ने भावना उहाँको स्ट्रङ स्ट्रगलले मलाई उहाँप्रति आकषिर्त गर्यो ’ 

शुरूमा शंकरको प्रेम एकतर्फी थियो विषले दुइतर्फी बनाइदियो किनभने विषकै बेला आगो दुवैतिर लागेको थियो भयो के भने विषकी नायिकामा पहिला झरना थापालाई लिने कुरा थियो झरनाले दुर्र्व्यसनीको भूमिकामा काम गर्न मानिनन्, त्यसपछि शंकर सीधै लागे आफूलाई मन पर्ने उनै ब्ल्याक ब्युटी ऋचाकहाँ ऋचासँग कुरा मिल्यो, उनले विषमा खेलिन् सो चलचित्रको निर्माण पूरा होउन्जेलसम्म दुवैको सामीप्य बढ्यो ऋचाको घरमा जाने-आउने क्रम पनि बाक्लिन थाल्यो एक किसिमले शंकर ऋचाकै पारिवारिक सदस्यसरह भए

शंकरले वीरताको चिनो बनाउने बेलासम्म कुरै अर्कै भइसकेको थियो त्यो चलचित्रको मुहर्ूतमा पूजाआजा नै ऋचाकी आमालाई गराए मुखले नभने पनि ऋचाले शंकरको मनको पाना पढिन् शुरू भयो रोमाञ्चक लभस्टोरी ग्रिन सिग्नल पाएपछि शंकरले बिहेको प्रस्ताव राखे, ऋचाले आफूले निर्माण गर्ने शंकरले निर्देशन गर्ने चलचित्र तुलसीको सुटिङ सकेर बिहे गर्नु ठीक हुने विचार राखिन् शंकरले मानेनन्, जिद्दी गरे एक दिन ऋचा नै घर नभएको मौका पारेर उनको घर गए आमासँग ऋचाको हात मागे उताबाट ओके भएपछि टीकाटालो पनि भयो अब यो जोडीलाई पर्खाइ केवल लगनगाँठोको अनि त्यसपछिका कुराको          - विदुर गिरी

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.