विषय सूची
) नायिकाक सेक्सभिडियोका सनसन
) मिस नेपाल
) लगन जुरुयो
) नायिकाको यौन-उदारता
)

र्याम्पमा खेलाडी

) हंसिली हंसिका
) रोयल्टी
) हिट्स अफ मन्थ
)

सुन्दर योग

) सुधांशुको सोच

 

 
 

हिट्स अफ मन्थ

मिस वर्ल्डमा भिड्न दाँतको मर्मत

 अघिल्लो वर्षसम्पन्न हुन नसकेको मिस नेपाल प्रतियोगिता २००८ कै बेला सो प्रतियोगितामा भिड्नका लागि दाँत बनाएकी मिस नेपाल २००९ जेनिसा मोक्तानले मिस वर्ल्डमा भिड्नका लागि आफना पाँचवटा दाँत पुनः मर्मत गराएकी छिन्

दाँत सानो गिजा आवश्यकभन्दा बढी ठूलो भएका कारण जेनिसा दन्तचिकित्सक डा. सुशील कोइरालाको क्लिनिकमा गएर १५ दिन लगाई आफनो दाँतलाई ठूलो देखिने बनाई आगामी डिसेम्बर १२ मा दक्षिण अप्रिmकाको जोहानेर्सबर्गमा सम्पन्न हुने मिस वर्ल्ड २००९ मा सामेल हुन त्यर्सतर्फ लागिन् दाँत ठूलो देखाउनका लागि उनका ठूला गिजा डा. कोइरालाले काटिदिए भने पाँचवटा दाँतमा भेनिर क्राउन हालिदिए, जसले जेनिसाको दाँत अब ठूलो देखिएको

मिस जेनिसा, प्राकृतिक सुन्दरी युवतीलाई पो मिस नेपाल बनाएर मिस वर्ल्डमा पठाउनुपर्ने, यो कृत्रिम सुन्दरता भएन ?

 

भुवन केसी दर्शकमा सीमित

 नायक भुवन केसी पनि इमेज अवार्डमा पुगेका थिए अतिथि बनेर, चित्त बुझाउनुपर्यो दर्शकका रूपमा

भयो के भने भुवन कार्यक्रमको अन्त्यअन्त्यतिर पुगेका थिए उनी आफना साथीभाइ लिएर आर्मी अफिर्सस क्लबस्थित कार्यक्रम हलमा पुग्दा कार्यक्रम सकिनसकिन लागेको थियो धेरैजसो दर्शकका सिट खाली भइसकेका थिए भने दिन बाँकी पुरस्कारको विधा पनि सकिन लागिसकेको थियो आयोजकले उनलाई अवार्ड प्रदान गर्ने अतिथिका रूपमा बोलाएका थिए तर आयोजकको इच्छा पूरा भयो भुवन ढिलै भए पनि कार्यक्रममा गएको काम लाग्यो कार्यक्रमको क्लाइमेक्समा पुगेका कारण आयोजकले उनलाई देख्दै देखेनन् फेरि उनी गएका थिए पनि सीधै दर्शकदर्ीघामा त्यसैले भुवनले आयोजकलाई फोन लगाउने प्रयास पटकपटक गरे एक नेपाल टेलिकमको मोबाइल, त्यहाँमाथि चर्को संगीतको ध्वनि हत्पत फोन नै नलाग्ने, लागिहाल्यो भने पनि त्यत्रो हल नै थर्किने गरी गीतसंगीतको कार्यक्रम चलिरहेका बेला कसरी सुनियोस् मोबाइलको रिङ- हर्ेदाहर्ेर्दै उनकै अगाडि धेरैपछि आएका निखिल मञ्चमा पुगे भुवन भने दर्शकदर्ीघाको दर्शकदर्ीघामै

जहाँ गए पनि सधैं पंचुअल हुनर्ुपर्छ भन्नुको कारण यही हो, बुझनुभो ?

 

अवार्ड पाएर पनि हिस्स 

काठमाडौंबाट प्रसारणमा आउने इमेज एफएमद्वारा नेपाली सांगीतिक क्षेत्रका लागि आयोजना गरिँदै आएको इमेज अवार्डमा गायिका सिने गुरुङलाई सायद अवार्ड पाएर पनि नपाएभै महसुस भयो

किनभने सो कार्यक्रममा उनले आफूले चाहेजस्तो केही गर्नै पाइनन् उनी चाहन्थिन्- अवार्ड पाएकै मञ्चमा ठमठम हिल पड्काउँदै गएर केही बोलौं, केही सुनौं महिला पपगायन विधाको अवार्ड पाएपछि गायिका गुरुङ हर्षवभोर भइन् सायद यो हर्षशब्दमार्फत दर्शकसँग सेयर गर्ने उनको इच्छा थियो त्यसैले उनी अवार्ड लिनासाथै ड्यासतिर बढिन्, जहाँ इमेज एफएमका जोडी एंकर एंकरिङ गरिरहेका थिए उनीहरू अर्को विधाको नोमिनेसन सुनाउन लागिरहेका थिए सिने भने ँएक्स्क्युज मी भन्दै उनीहरू बोलिरहेको ड्यासतिर गइन् एंकरहरूले उनलाई एक्स्क्युज दिने के, उनीतिर फर्केर हर्ेदासमेत हेरेनन् उनले अर्को दिशामा भएको ड्यासतिर गएर बोल्ने विचारले त्यता हेरिन् त्यहाँ पनि अतिथिहरू टन्न थिए, जो उनलाई बोल्नका लागि हट्नेवाला थिएनन् त्यसैले सिनेले एंकरहरूको माइकको आवाज सयौं वाटको स्पिकरको ध्वनिलाई पनि छिचोलौंलाजस्तो गरी मञ्चको अग्रभागमा आएर दर्शकतिर फर्केर केही भन्न खोजिन् तर सुनिए पो झ् अन्त्यमा केही नलागेपछि उनी एंकरहरूलाई नै धारेहात लाउँलाजस्तो गरी दर्शकलाई फलाइङ किस दिँदै मञ्चबाट ओर्लिइन् थाहा छैन गायिकाज्यू - बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु रे, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु रे झ् सायद तपाईंलाई यही कुरा बुझाउन खोजिएको होला

 सेकेन्ड रनरअपलाई मिस नेपालको हप्की

 मिस नेपाल हुनु रनरअप हुनुमा आकाश-जमिनको फरक मिस नेपाल भएपछि सारातिर उसकै मात्र चर्चा हुन्छ, राम्राराम्रा अफर अवसर पनि उसैले पाउने हो यति मात्र फरक छैन मिस नेपाल  हुनु रनरअप हुुनुमा रनरअप त्यो पनि सेकेन्ड कुरै अर्कै

जस्तो हेर्नोस् , अलि अघि मिस नेपाल २००९ जेनिसा मोक्तान सेकेन्ड रनरअप कुन्छान मोक्तानलाई यस वर्षो मिस नेपालमा विजयी बनेर तामाङ समुदायको गौरव बढाएकोमा नेपाल तामाङ घेदुङले राजधानीमा एउटा सानदार समारोहै राखेर सम्मान गर्यो कार्यक्रममा मिस नेपाल जेनिसा समयमा आइपुगिनन् कार्यक्रमका अतिथिगण, प्रमुख अतिथि महोदय, सभापति सबै आइसके तर मिस नेपाल नै नआइपुगेपछि कार्यक्रम रोकियो जसलाई सम्मान गर्नका लागि कार्यक्रम राखिएको हो नै नआइदिएपछि कार्यक्रम रोकिनु पनि स्वाभाविक हो उनलाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा छिटोभन्दा छिटो आइपुग्न उनकै आमाले तारन्तार फोन गरिरहिन् उनले भने नक्साल अमेरिका रेस्टुरेन्टमा बसेर साथीसँग रमाइलो गरिरहे पनि हिडन ट्रेजर -मिस नेपालको आयोजक संस्था) मा छु, आउँदै छु भनिरहिन्   डेढ घण्टापछि उनी आइपुगिन्, कार्यक्रमका आयोजक प्यासीले पानी भेटेजसो गरी खुसी भए

कार्यक्रम शुरू भयो जेनिसा कुन्छान ड्यासमा सँगै बसे जेनिसा आफनो परम्परागत जातीय वेशभूषामा थिइन्, कुन्छान छोटो कपडामा छोटो कपडाका कारण कुन्छानलाई बस्नसमेत अप्ठ्यारो भयो बस्न पनि अप्ठ्यारो हुने लुगा लगाएको देखाएर मिस नेपाल जेनिसाले उनलाई हप्काइदिइन् कुन्छान ठुस्स परिन् तर केही बोल्न सकिनन् आखिर मिस नेपालले जो हप्काएकी थिइन्, होइन कुन्छान ?

चुनाव हारेको आक्रोश पत्रकारमाथि

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदका लागि दुइ-दुइपल्ट चुनाव भए पनि हारेपछि निर्माता-निर्देशक नरेश पौडेलले त्यसको रिस पत्रकारलाई पोखेका छन्

चुनावको परिणाम आएको एक साता नबित्दै लैंगिक आधारमा महिलामाथि हुने हिंसाका विषयमा आयोजित अन्तरक्रियामा वक्ता बनेर बोल्न पुगेका पौडेलले बोल्ने अवसर पाउनासाथ नेपाली चलचित्रक्षेत्र बिगार्नुमा चलचित्र पत्रकारको हात रहेको भन्दै नराम्ररी आक्रोश पोखे उनले चलचित्र पत्रकारहरूले पत्रकारिता शुरुआत गर्दा नै ँनेपाली चलचित्र खत्तम भनेर लेख्दै आफूलाई बौद्धिक साबित गर्न खोजेको आरोप लगाए धड्कन, अभिमन्युजस्ता चलचित्रमा नायिकालाई भरमार अंगपर््रदर्शन गराउँदै नायकसँग चुम्बनदृश्य पस्कन लगाएर नायिका के नायकले समेत भएको इज्जत पनि गयो भन्ने अवस्थासम्म सिर्जना गरेका पौडेलले आफू नै सबैभन्दा अमौलिक चलचित्र बनाउने चलचित्रकर्मी भएको दाबी गर्न पनि पछाडि परेनन्

पौडेल पत्रकारमाथि खनिइरहँदा उनकै नजिककी नायिका अरुणिमा लम्साल भने आफू शारीरिक मानसिक शोषणमा नपरे पनि आर्थिक शोषण हुने गरेको बताइरहेकी थिइन् उनको कुरालाई चुनौती दिँदै अग्रज नायिका करिस्मा मानन्धरले महिलामाथिको शोषण अन्त्य गर्न आफनो शक्ति चिनेर अगाडि बढ्नुपर्ने औंल्याइन्

जसले जे भने पनि चुनाव हारेँ भन्दैमा त्यसरी पत्रकारको झवाँको झार्न नहुने डाइरेक्टर सा त्यो पनि आफनै फिल्म रिलिज हुने बेलामा झ्

 

सुगरिका हीराको दाँत हालेर मुसुक्क

 र्वमिस नेपाल सुगरिका केसी देख्नेबित्तिकै सबैले प्रशंसा गर्ने गर्छन् अहा झ् कस्तो मोतीजस्तो टल्किएको दाँत - कुन मञ्जन प्रयोग गछ्र्यौ हँ तिमी - मिस नेपाल हुन् मुसुक्क हाँसिदिन्छिन्, जवाफै दिनुपर्दैन त्यसैले मिस नेपाल  झ् एउटा प्रश्न सोध्न पाएको छैन, फट्टाफट्ट जवाफ दिइरह्यो भने केको मिस नेपाल - यो कुरालाई सुगरिकाले राम्ररी बुझेकी छिन् उनी जवाफ दिइहाल्दिनन्, मस्केर मुस्कुराएरै काम चलाउँछिन् त्यसमाथि दाँतको कुरा आयो भने झन् कुरै अर्कै, जवाफ नै दिन मिल्दैन

किनभने यो चम्किलो दाँतको राज खोलिदियो भने अरू युवतीले पनि त्यो उपाय अपनाउँछन् अनि सबै युवती मिस नेपालजस्तै मिस नेपाल अरू युवती उस्तै भए भने मिस नेपालको के महत्त्व -

थोरैलाई मात्र थाहा - उनले आफनो पालाको मिस नेपालमा भिड्दाखेरि सामान्य दाँतमा हीरा हालेर चम्काएकी थिइन् यस्तो राजको बात पनि भन्छन् , कि कसो मिस सुगरिका -

 

 

नम्रताको सेक्सभिडियोमा रेखा दंग

 नायिका नम्रता श्रेष्ठको सेक्सभिडियो दुइ-दुइ चरण गरी बजारमा आएपछि सबैभन्दा खुसी को भयो होला - अनुमान लगाउन सक्नुहुन्छ - सक्नुभएन - भैगो, टाउको नदुखाएकै बेस

नम्रताको डीजे तान्त्रिक अर्थात् किचःमान चित्रकारसँगको सेक्सभिडियो र्सार्वजनिक भएपछि सबैभन्दा खुसी भएकी थिइन् नायिका रेखा थापा नम्रताको चलचित्र मेरो एउटा साथी छको पर््रदर्शनको बेलामा आएको सो भिडियो त्यही चलचित्रको टिमका केही बाठा सदस्यले पहिले नै चाल पाइसकेका थिए हेरी पनि सकेका थिए रेखाको हातमा भने अलि पछि परेको थियो

जब उनले त्यो भिडियो हेरिन्, उनको खुसीको सीमा नै रहेन त्यसको कारण के थियो भने भलै नम्रताले सानो संसार मेरो एउटा साथी गरी जम्माजम्मी दुइ चलचित्रमा मात्र काम गरेकी

थिइन्, पछि आएर पनि उनले ती दुइ चलचित्र दर्जनौं म्युजिकभिडियोमार्फत आफनो ठूलो क्रेज बनाएकी थिइन् आफना लागि सम्भावनाका प्रशस्त ढोका खोल्दै पहिलेदेखि चलचित्रक्षेत्रमा रहेका नायिकाहरूलाई चुनौती दिएकी थिइन् रेखाले भने सो भिडियो हेरेपछि केही चलचित्रकर्मीलाई त्यसमा के-के हुन्छ भन्नेबारे सविस्तार त्यसरी सुनाएकी थिइन्, जसरी एउटा राम्रो चलचित्र लेखकले निर्माता निर्देशकलाई आफनो स्त्रिmप्ट राम्रो आकर्ष ढंगले सुनाउँछ त्यो भिडियो हेरेको बारे उनले सञ्चारमाध्यमलाई समेत बताएकी थिइन्

के हो रेखा मेडम, अरूको दुःखमा तपार्इंको खुसी ?

 चेकिङमा गीत सुनाएर फुत्के डम्बर

 मज्जाले पिएर मुडमा बाइक चलाइरहेका बेला बाटोमा प्रहरी चेकिङमा परेपछि गायक डम्बर नेपालीलाई  के गर्नु, कसो गर्नु भयो

प्रहरी ट्राफिक सँगै बसेर बाइक रोक्न संकेत गरेपछि नरोकी सुखै भएन, त्यसैले उनले बाइक रोके लाइसेन्स मागियो, बिलबुक मागियो तर डम्बर केही झिक्न सक्ने अवस्थामै थिएनन् किनभने उनले त्यस दिन लाइसेन्स बिलबुक बोकेकै रहेनछन् त्यसैले डम्बरले प्रहरी ट्राफिकलाई अनुरोध गरे- ँएउटा कुरा कि मामा, गायक डम्बर नेपाली हुँ कि आज मैले पर्स बोक्न बिर्सर्ेेकि मलाई घर जान दिनुस् मामा ट्राफिक प्रहरीले गायक डम्बर नेपाली भनेर उनलाई पत्याउँदै पत्याएनन् उनीहरूले डम्बर नेपाली हो भने एउटा गीत गाउनुस् भने डम्बरले पहिले बाटोमा गीत नगाउने बताए तर प्रहरीहरूले नछोडेपछि नगाई

सुखै पाएनन्

उनले प्रहरीहरूलाई नजिक आउन भने कानैनिर गएर विस्तारै गाइदिए- मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ डम्बरले विस्तारै गाउने प्रयास गरे पनि उनीभित्रको कलाकार जागिसकेको थियो, मदिराले पनि काम गरेकै थियो त्यसैले गाउँदागाउँदै उनको स्वर ठूलो हुँदै गएको थियो, जसका कारण नजिकै घरनिर्माणका लागि काम गरिरहेका मजदुरहरू उनको गीत सुनेर त्यहाँ आउन थाले यो देखेपछि डम्बरले प्रहरीहरूलाई फुसफुसाउँदै ँतपाईंहरूलाई भएर पो सुनाएको , सबैलाई किन सित्तैमा गीत सुनाउने, होइन मामा भनेर बाइक हुइँक्याए

प्रहरी अलमल्याउने यो राम्रै जुक्ति हो नि, हैन मिस्टर नेपाली ?

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.