विषय सूची
) नायिकाक सेक्सभिडियोका सनसन
) मिस नेपाल
) लगन जुरुयो
) नायिकाको यौन-उदारता
)

र्याम्पमा खेलाडी

) हंसिली हंसिका
) रोयल्टी
) हिट्स अफ मन्थ
)

सुन्दर योग

) सुधांशुको सोच

 

 
 

हंसिली हंसिका

बलिउड नायिकाको सफलताको राज सुन्दरतासँग मात्र जोडिएको हुँदैन आवश्यक कलाक्षमताले नै उनीहरूलाई सफलतातर्फडोर्याउँछ भन्ने वास्तविकतालाई हंसिका मोट्वानीले पनि प्रमाणित गरेकी छन् हेदा अति नै आकर्ष व्यक्तित्व सुन्दर शरीर मात्र होइन, अभिनयक्षमताको प्रचूरताले उनलाई दक्षिण भारतका प्रान्तीय चलचित्रबाट बलिउड फिल्म इन्डस्ट्रीमा समेत फड्को मार्ने अवसर दिलायो

मोडलिङबाट व्यावसायिक यात्रा थालेकी उनले चलचित्रमा हाम फाल्नेसम्मको क्षमता राख्नुको पछि बाल्यकालमा उनले देखाएको यस क्षेत्रप्रतिको रुचि नै हो

व्यापारी बाबु प्रदीप मोट्वानी डाक्टर आमा मोना मोट्वानीकी पुत्रीका रूपमा अगस्ट १९९१ मा मुर्म्बईमा जन्मिएकी हंसिकाले पोदार इन्टरनेसनल स्कुलबाट १२ कक्षा अध्ययन गरेकी छन्

उनलाई राकेश रोशनको फिल्म कम्पनीबाट पनि अभिनय गर्ने प्रस्ताव आयो सोही प्रस्तावअनुरूप रितिक रोशन प्रीति जिन्टाका साथमा उनले कोही मिलगयामा अभिनय गरिन् उनको अभिनयक्षमताको धेरै कम्पनीले सदुपयोग गरेका छन् सामसुङ, पेप्सी, बर्नभिटालगायत उत्पादनका विज्ञापनमा उनले गरेको अभिनय दर्शकले निकै मन पराए

गोविन्दा जुही चावलाद्वारा अभिनीत चलचित्र याहुमा जुहीको विशेष सिफारिसमा बालकलाकारका रूपमा प्रवेश गरेकी हंसिकाको ख्याति प्रान्तीय स्तरबाट एकाएक राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पुग्यो यही क्रममा उनले शाहरुख खानका साथमा स्यान्ट्रो कारको विज्ञापनमा प्रभावकारी अभिनय गर्ने अवसर पाइन् त्यस्तै विभिन्न उत्पादन कम्पनी चलचित्रमा अभिनय गर्ने प्रस्तावको ओइरो आएपछि उनले आफूलाई र्सवत्र चिनाउने मौका पाएकी हुन्

यसै क्रममा उनलाई राकेश रोशनको फिल्म कम्पनीबाट पनि अभिनय गर्ने प्रस्ताव आयो सोही प्रस्तावअनुरूप रितिक रोशन प्रीति जिन्टाका साथमा उनले कोही मिलगयामा अभिनय गरिन् उनको अभिनयक्षमताको धेरै कम्पनीले सदुपयोग गरेका छन् सामसुङ, पेप्सी, बर्नभिटालगायत उत्पादनका विज्ञापनमा उनले गरेको अभिनय दर्शकले निकै मन पराए

त्यस्तै मेहुल कुमारद्वारा निर्देशित चलचित्र जागोमा गरेको अभिनयले उनलाई चर्चाको उचाइमा पुर्यायो एउटा मानसिक अशक्त बालिकाका रूपमा गरेको सशक्त अभिनयको सबैले तारिफ गरे तर उक्त चलचित्रले व्यावसायिक सफलता भने हासिल गर्न सकेन

हंसिका सानो पर्दाको अभिनयका कारण देशविदेशका घरघरमा चर्चित मात्र होइन, सानै उमेरमा टेलिभिजन स्टारका रूपमा स्थापित भएर उदाहरणीय कलाकार नै बनिसकेकी छन् क्युँ कि सासभी कभी बहु थी, हम दो है ना, देशमे निकला होगा चाँद, तुमबिनजस्ता निकै चर्चित टेलिचलचित्रमा गरेको प्रभावकारी अभिनयका कारण उनी सबैका नजरमा बस्न सफल भएकी हुन्

अंग्रेजी, हिन्दी, तेलगुलगायत अन्य केही प्रान्तीय भाषामा समेत दखल राख्ने क्षमताले मोडलिङ, टेलिचलचित्र, प्रान्तीय चलचित्र हुँदै उनलाई बलिउड चलचित्र उद्योगमा प्रवेश गर्न सजिलो बनायो

तेलगु चलचित्र देश मुदुरुमा उनले निर्वाह गरेको संन्यासीको भूमिकाले पनि कम चर्चा पाएको होइन स्केप |m तालिवानपछि उनले हम कौन हैमा अमिताभ बच्चनसँग अभिनयकला सिक्ने अवसर पाइन् हंसिकाले विभिन्न चलचित्रका फरकखाले भूमिकामा प्रभावशाली अभिनय गरेकी छन्, जसअर्न्तर्गत उनले गरेको हि वान्ली वान चलचित्रको अभिनय साह्रै मन छुने खालको रह्यो   यसमा उनले आफ्नो परिवारको हत्यारामाथि बदला लिएको जोसिलो भूमिकामा अभिनय गरेकी छन् यी सुन्दरी अभिनेतृले एउटा अर्काे र्सवम् नामक तमिल चलचित्रमा पनि अभिनय गरिन्, जुन चलचित्रलाई विष्णर्वर्द्धनले निर्देशन गरेका हुन्

संगीतप्रतिको लगावलाई प्रतियोगितामार्फ उजागर गर्ने प्रयासमा उनले सेलिब्रिटीहरूको सहभागिता रहने टेलिभिजनको प्रतिस्पर्धात्मक कार्यक्रम गुरुकुलमा भाग लिइन् खरो उत्रन सक्ने गला बनाउन नभ्याएकी उनले त्यहाँ सफलता हासिल गर्न सकिनन् तर यसलाई सहज रूपमा लिँदै उनले भनेकी थिइन्- ँम गुरुकुलमा भाग लिएर सम्पर्ूण्ा बालबालिकालाई राम्रो सन्देश दिन चाहन्थें, यसमा सफल भएँ, त्यसैले खुसी छु

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.